बिगतको घाऊ कोट्यायौ तिमीले........... - Sajha Mobile
SAJHA MOBILE
बिगतको घाऊ कोट्यायौ तिमीले...........
Posts 22 · Viewed 19147 · Likes 19 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 12

बिगतको   घाऊ कोट्यायौ  तिमीले
आगतको सम्बध छोट्यायौ तिमीले 

आधा गिलास, आधा खाली भन्यौ,
त्यही आधा पनि रित्यायौ तिमीले। 

तल मात्र हेरी आफू अग्लियौ धेरै,
"होचोलाई घोचो"  प्रष्ट्यायौ तिमीले

सफल हुन्जेल फल मिठो भन्यौ ।
असफलतामा  बिष्ट्यायौ  तिमीले ।

Load Previous
mulmiz
· Snapshot 64
Like · Liked by · 0
म त शब्द बिहिन भए ठुल्दाई, मार्मिक धेरै समय पछिको हजुरको भावनामा
राछस
· Snapshot 76
Like · Liked by · 0
 

आधा गिलास, आधा खाली भन्यौ, 
त्यही आधा पनि रित्यायौ तिमीले। 



jay hos rahuldai jay hosh

timi_mero_sathi
· Snapshot 156
Like · Liked by · 0
 वाह  RV  जी वाह  ल मेरो तर्फा बाट पनि

 

छल गरि मलाइ विश्वास गरायौ तिमीले

तेही  विश्वास लाई चुसेर रित्तायौ तिमीले

 

सजाए तिमीलाई मायाको घुम्टोले

तर आफैले आफै लाई  नंगायौ तिमीले

 

हरेक अप्ठ्यारामा साथ लियौं तिमीले

तर देउता लाई ढुंगा ठानी लत्त्यायौ तिमीले 

 
Last edited: 19-Sep-11 10:39 AM
serial
· Snapshot 158
Like · Liked by · 0

सजाए तिमीलाई मायाको घुम्टोले

तर आफैले आफै लाई  नंगायौ तिमीले

टि एम एस को पनि गज्जब गयो

 

Geology Tiger
· Snapshot 334
Like · Liked by · 0
ल ल गजब गयो ठुल्दाइ, अरु पनि जाओस्  
_Nas
· Snapshot 360
Like · Liked by · 0
धेरै राम्रो लाग्यो राहुल दाई। 
Bhaktey
· Snapshot 454
Like · Liked by · 0
ठुल्दाइ, वाह वाह !!
सहि गयो त !
Rahuldai
· Snapshot 569
Like · Liked by · 0

तारेमाम है सप्पै लाई ।

लहरे, राम्रो लागेको हो त साँच्चै ? धन्यवाद ।

मुल्मी,

शब्द बिहिन हैन केही कोर्नु पर्‍यो मुल्मी । प्रतिभा लाई लुकाइ राख्न हुन्न । ( त्यसको बाउ ले भेटए मार्छ )

राछस,

धन्यवाद , हजुरको नि जय होस् ।

टि एम एस्,

मीठो पूरक कबिता झनै राम्रो ।

जिते ब्रो,

धन्यवाद , अरु त खै कहाँ कता जाने हो थाहा भएन ।

_Nas
थ्यान्क यु !

भक्ते दाई ,

ठिकै गयो भन्छु म त । 
 

mulmiz
· Snapshot 584
Like · Liked by · 1
ठुल्दाई प्रतिभाको बाउ, धेरै नथर्काउ
मन भित्रको कुरा ल्याउ, मेरी प्रतिभालाई पढ आउ

serial
· Snapshot 601
Like · Liked by · 0
लोल मुल्मी
mulmiz
· Snapshot 607
Like · Liked by · 0
ठुल्दाई, कबितात्मक बनाउन अलि ठाडो शब्द प्रयोग भयो माफ पाम है
लोल लरे लोल
amricane
· Snapshot 664
Like · Liked by · 0
अती उत्तम राहुल भाई
SimpLe_KeTa
· Snapshot 798
Like · Liked by · 0
गजब !
शुभकामना !

SimpLe_KeTa
· Snapshot 799
Like · Liked by · 0
Rahul दाईलाई

हजुरको [version]
मायामै भुलेर हरायौ तिमीले
आँखामै डुबेर रमायौ तिमीले
नापेर सोचेर सुस्तरी सुस्तरी
छातीमै घोचेर डरायौ तिमीले

मेरो [version]
मायामै भुलेर हरायौ किन ?
आँखामै डुबेर रमायौ किन ?
सोचेर नापेर सुस्तरी आज 
छातीमै घोचेर डरायौ किन ?


शुखद नियात्रा

Last edited: 16-Oct-11 07:04 PM
Pokhrelikanchi
· Snapshot 1732
Like · Liked by · 0
gajjab cha !!!
cybro
· Snapshot 1810
Like · Liked by · 0
 प्रेम को अर्थलाइ भत्कायौ  तिमिले 
सुकेको आँसुलाइ बगायौ तिमिले 
मेरो मायालाइ बेचेर अर्को सित मन लायौ तिमिले 
चिनी दिन्छु भनेर घाउ मा नून लायौ तिमिले 
behoove_me
· Snapshot 1831
Like · Liked by · 2

ठुल्दाइ को अगाडी आफ्नो के चल्छ र? शब्द त्यति नआए पनि एउटा सानो हास्य कविता:

धेरै पैसा खर्च गरायौ तिमीले
अनि भ्यालेन्टाइन गिफ्ट हरायौ तिमीले

विश्वज्योति को अँध्यारो मा 'चुप्प' खान लाग्दा
दाइले देख्छ भनि डरायौ तिमीले

मोटरसाइकल पन्चर भै डेटमा लेट हुँदा
भएभरको रिसको पोको एकै चोटी खन्यायौ तिमीले

जूस मात्रै खान्छु भनि लुकिछिपी
नान्ग्लोमा दुइ गिलास भोड्का सिध्यायौ तिमीले

Pokhrelikanchi
· Snapshot 1867
Like · Liked by · 0
Sab jana ek se ek chan . Good job .  sabai le lekheko dekhera euta mero pani jaos hai

धेरै माया गरे मैले तैपनि बुझेनौ तिमीले
आँसु पिडा आफै संग राखी खुसि दिएकै थिए
बाचा कसम तिमि ले बिर्स्यौ
बिर्सिन मैले कहिले , बिर्सिन मैले कहिले
Rahuldai
· Snapshot 1905
Like · Liked by · 2

पोखरेली कान्छी, बेहूबे, साइब्रो लाई धन्यबाद . हराई सेको को धागोलाइ फेरी जीवन दिनु भयो .

 

साइब्रो, बेहूबे र पोखरेली कान्छीका रचनाहरुको सम्मान गर्दै चाउरे ब्रो र साइब्रो का केहि कमेन्ट हरुलाइ हटाउन बाध्य भएको छु.

यो जथाभावी छुद्र शब्दहरु को संग्राहलय हैन,  माफ गर्नुस मित्रहरु, कबिता बुझ्न सक्नु हुन्न भने न पढे हुन्छ तर अश्लिल शब्द र बोलि यहा न खर्चिनुस, अन्तै काम लाग्ला .
 

cybro
· Snapshot 1914
Like · Liked by · 0
 शान्त थ्यो यो मन यसमा आगो लायौ तिमिले
प्रेम को गाँठो बाँधेको थिए चुदायौ त्यो धागो तिमिले 
निन्द्रा छैन अब भोक पनि लग्यौ तिमि ले 
माग्ने नै थिए मा तै पनि सब थोक लग्यौ तिमिले 
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 77 · Viewed 18796 · Likes 16



Travel Partners