बर्षा - Sajha Mobile
SAJHA MOBILE
बर्षा
Posts 5 · Viewed 6977 · Likes 7 · Go to Last Post
Smriti44
· Snapshot 0
Like · Likedby · 3
बर्षा
मलाई पखाल
मलाई शुद्द बनाऊ ।
क्षितिजमा इन्द्रेणी झै
मलाई सजाऊ।
बर्षा तिमी एकछिन
झमझम बर्षीर्देऊ ।
बर्षीएको क्षणको त्यो
मधुर संगीत सुनाऊ । 
दुई हात फिजाएर
म पनि तिम्रो
मुहानतिर हेर्नेछु ।
हेर,तिमी बर्षेको 
खुशीयालीमा ।
रुखका पातहरु
नाचिरहेका !
हेर, किसानले
पूजा गरेर
स्वागत गरेका !
आधिबेहरी,चट्याङको
साहारा नलीई
एक्लै आऊ ।
किनकी, किनकी
चट्याङको गर्जनमा,
चम्केका बिजुलिका
झिल्काहरुमा,
म तिमीलाई
नियाल्न सक्दिन ।
र अस्तब्यस्त हुन्छु ।
डराउछु ।
प्यासीहरुले बर्षा
आजलाई रोक्क
नभनुन्जेल आऊ ।
सबैका दु:ख
बुझेर आऊ ।
त्यसपछिको
उघ्रिएको निलो
अनी सफा आकाश
पनि मलाई
प्यारो लाग्छ ।

          create date : Thursday,June 09 2011
Birkhe_Maila
· Snapshot 35
Like · Liked by · 2
 

चट्याङको गडगडाहट नभईदिऐ वर्षा गज्जपको हुन्थ्यो हगि? सकिएपछि खुलेको आकाश मात्र हैन मलाई त शुरु हुन बेलामा अलिकता बुंदहरुले गर्दा आऊने माटोको गन्ध पनि मिठो लाग्छ यो तिम्रो कविता जस्तै!
ANS
· Snapshot 26
Like · Liked by · 0
nice nice..
word section 100% perfect.
loved it.

:)
Smriti44
· Snapshot 169
Like · Liked by · 0

birkhe_maila:-हो नि माइला दा । तर चट्याङको गडगडाहट नभई बर्षा नै नहुने रै छ ।
शुरु हुने  बेलामा अलिकता बुंदहरुले गर्दा आऊने माटोको गन्ध  मिठो मात्र हैन मलाई त ति बुंदहरु धेरै भएको ठाउमा बनेका पानीका फोकाहरु हेर्न पनि मज्जा आउछ ।
ans:-Thank you very much for loving my Barsha.

Geology Tiger
· Snapshot 218
Like · Liked by · 2
गजब छ गजब सिमी नानी, ... यसै गरी अरु पनि बर्षाउँदै जाउ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 122
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 63
· Posts 15 · Viewed 2082 · Likes 3
· Posts 1 · Viewed 150
· Posts 6 · Viewed 733
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 306
· Posts 4 · Viewed 850
· Posts 2 · Viewed 467



Your Banner Here
Travel Partners
Travel House Nepal