एउटा भेट बिछोड हुन.... - Sajha Mobile
SAJHA MOBILE
एउटा भेट बिछोड हुन....
Posts 24 · Viewed 18795 · Likes 9 · Go to Last Post
matyangra
· Snapshot 0
Like · Likedby · 1
 श्रिंखला-१

रातको परिभाषा रातको अस्तित्व अनुसार हुन्छ । जव रात एक्लिन्छ तव रात कालो हुन्छ , जव रातले मिलन पाउँछ तव रात उज्यालो हुन्छ अनपेक्षित रुपमा ...आजको रात अलग्गै थियो परिभाषाको सिमाहरु भन्दा वाहिर थियो हो परिभाषामा सिमा हुन्छ त्यसैले त म यो रातलाई कुनै परिभाषा दिन चाहन्नथेँ मात्र भोग्न चाहन्थे , नियाल्न चाहन्थँउ अनि त्यहि रात काखी च्यापेर विहानीलाई धकेल्न चाहन्थे थोरै टाढा जहाँ सम्म मैले ढकेल्न सक्छु ...यो रातमा मिलन त थीयो तर बिछोडको संघारको मिलन थीयो । मैले कोकी संग बिदा माग्नु पर्ने दिन....
कोकी यो उसको वास्तविक नाम हैन , मैले राखिदिएको , उसको कोक सँगको लगाव देखेर । उसलाई आफ्नो नाम भन्दा मायाले बोलाउने नामहरु मन पर्थे । सामान्यतय मान्छेलाई आफ्नो नाम सँग बिशेष लगाव हुन्छ , उसलाई त्यस्तो थीएन ।र त उ पृथक थीई सामान्य मान्छे हरुको भीँडमा ।वाहिरी आवरणमा उ बिछट्टै राम्री थिइन , पातलो कपाल ,गोरो छाला ,चश्मा भित्रको गम्भिर आँखा , उ गम्भिर देखिन्थी ,सामान्यतय उसलाई मुस्काउन धेरै समय लाग्थ्यो , मैले धेरै कसरत गरे पछि मात्रै उ हाँस्थी ,उसको हाँसो औसत थियो । म उ मुस्काउँदा तारा उदाउँथे भन्न सक्दिन तर उसले म मा छोडेको छाप अनुसारले मेरो जीवनमा उज्यालो हुन्थ्यो उ मुस्काउँदा ।त्यसैले होला शायद त्यो औसत हाँसो मेरो लागि अनमोल थीयो र म त्यो औसत हाँसो उसको मुहारमा ल्याउन धेरै समय खर्चिन्थे !!
उसले ढोका खोली , मलाई धेरै बेर हेरी !!
"आज म भित्र छिर्न पाउन्न ?" मैले उसलाई जिस्क्याएँ 
उसले उत्तर फर्काइन ! उ खुशी छैन । उसले मलाई भोली विदा गर्नु पर्ने छ । त्यसपछी उसलाई थाहा छैन उसले मलाई भेट्छे भेट्दिन , मलाई पनि थाहा छैन म उसलाई भेट्छू भेट्दिन ।भुगोलका दुइ खण्डमा छुट्टिन आँटेका हामीलाई हाम्रो भविष्य थाहा छ ।छुट्टा छुट्टै भविष्य ,वर्तमान भन्दा पुर्णरुपमा पृथक !!
त्यसैले त आजको रात अलग्गै थियो अनपेक्षित थीयो ।
 
....................... ...................... ...................... ..................... ......................... .................. .....................
"कति सुत्छ यो क्लासमैँ , न्युफिक ले नेपालीलाई स्कोलरसिप नै दिन बन्द गरिदेला फेरी !" सरोजले अर्धनिन्द्रामा रहेको मलाई बिउँझायो ! 
"प्रेसर लो भएर होला !" मैले आफ्नो निन्द्राको एक्स्क्युज खोजेँ अनि प्रोफेसरलाई हेरेँ , उ अझै ग्लोवल वार्मिंग र क्लाइमेट चेन्ज मै व्यस्त थियो ।
" हुन्छ तेरो प्रेसर लो ...रात भरी धोकेर निन्द्रा लागेको भन न !!"
चिसो लाग्यो बेलुका अलिकति खाएँ त के बिराएँ । मैले मन मनैँ सोचेँ !! मान्छे किन पिउने वानीलाई लिएर क्रिटिकल हुन्छन् सँधै ? सवैका लत भिन्दा भिन्दै हुन्छन् मैले अहिले सम्म कुनै पनि मान्छेलाई चलचित्रको असाध्यै शौकिन भएको वा ग्याजेट हरु प्रति आशक्त भएकोमा कसैले जिस्क्याएको सुनेको छैन त्यो उसको तारिफको विषय बन्छ तर मेरो पिउने लत !!!!
" हैन पढाउन पनि त अल्छीलाग्दो ताल ले नै पढाउँदै छ नी !! उ त्यो केटीलाई हेर त त्यो पनि निदाइ राखेकी छे ! " 
"त्यो चाइनिज हो मुला , त्यसको आँखै त्यस्तै हो , जति खेर पनि निदाएजस्तो देखिन्छे !! इन्जिनियरहरलाई ल्याएर ग्लोवल वार्मींग , क्लाइमेट चेन्ज र सस्टेनिबिलिटी पढाउँदै छ , के काम हामीलाई त्यसको !!"
"के गर्छस त बाबै , वाटर म्यानेजमेन्ट पढ्ने तेरै आइडिया हो , अव युरोप घुम्न पाको छु अरुको पैसामा भन त्यसैमा दंग पर !!"
"स्सससससससससससस" म भन्दा पछिल्लो रो बाट कसैले मलाई कोट्याउँदै शान्त बस्न आग्रह गरी
"सरी !" मैले पछि हेर्दै क्षमा मागेँ ।सामान्यतय हामी नेपाली को स्वर अरुको भन्दा चर्को नै हुन्छ । उसलाई वानी परेको छैन । एउटै क्लासमा न हो वानी पर्छे बिस्तारै मेरो चर्को स्वरको , अनि मेरा वकम्फुसे गफहरुको पनि !!
"इट्स ओके !" उ थोरै मुस्काई ।
"क्या राम्रो हाँसी हेर त , म त मर्छु की क्या हो !" 
" तँलाई त दुई खुट्टा टेकेको देख्नै हुँदैन , मन परिहाल्छ , मन हो की भात को सितामा बस्ने झीँगा कहिले यता सरेको छ , कहिले उता सरेको छ ! गोरो छाला त देख्नै नहुने भो यसले !!"
उसले फेरी मलाई कोट्याई !
"सरी अगेन !" मैले उसले भन्दा भन्दै फेरी हल्ला गर्नु नहुने थीयो तर मैले गरेँ !
"आइ एम फिलिंग स्लीपि टु , क्यान यु गाइज टक इन इंग्लिस सो द्याट आइ क्यान अन्डरस्ट्याण्ड एन्ड बि अ पार्ट अफ योर टक टु ??"
(यस भन्दा तलका वाक्यांशहरु म नेपाली मा नै अनुवाद गर्दैछु......)
म उ तिर फर्केर मुस्काएँ ! तिम्रै बारेमा गफ गर्दै थिएँ तिम्रो पहिलो मुस्कानले नै मेरो मुटु लग्यो भन्नु हो भने के भन्ली त्यसले !!!
"म सुमन , नेपाल बाट !" मैले उ तिर हात बढाएँ
"देउ , इन्डोनेसिया !"
उसले हात मिलाई , हातको केटाले लाउने जस्तो स्पोर्ट्स घडीमा मैले करिव ३ बजेको देखेँ !!
"तिम्रो घडी काम गर्दैन हो ??"
"हैन इन्डोनेसीयाको टाइम हो , काँटा ठिक ठाउँमा छ , डिजिट मात्रै हो , इन्डोनेसियन !! तिम्रो आँखा तेजीलो रैछ !"
" मेरो एउटा नराम्रो वानी छ , राम्री केटी देख्ने वित्तिकै अचानक मेरो आँखा तेजीलो हुन्छ !" फ्लर्टिंगको लागी मैले कक्षा लिनु पर्दैन , फुर्छ त्यत्तिकै !!
"आइ एम फ्ल्याटर्ड !!" 
"हैन साँच्चै भनेको !"
"ओइ , तिमीहरु तिर हेर्दै छ प्रोफेसरले , यता फर्कि अनि स्लाईड हेर !! "
सरोजले मलाई सतर्क गरायो , वा उसको म प्रतिको इर्ष्या मैले पत्ता लाउन सकिन !!! म प्रोफेसर तिर फर्केँ ,झुस्स परेको दाह्री , अस्तव्यस्त कपालमा उ साँच्चै ग्लोवल वार्मींगले पिरोलिएको मान्छे देखिन्थ्यो ।। आँखा धेरै वेर उसमा टिक्न सकेनन् !!
 "ब्रेक भो उठ !! कफि खान जौँ " पछाडीबाट कोट्याएपछी अर्को चोटीको तन्द्रा भंग भयो !!

" तिम्रो निन्द्राले म इम्प्रेस भएँ !" कफि मेशिनमा उ फेरी मेरो नजिक आई।
सामान्यतय म आफ्नो नजरमा आफूलाई औसत मान्छु ।केटीहरुको आँखामा नपर्ने केटो । होचो , पातलो जिउ तर कहिलेकाहिँ सुन्दरता हेर्ने मान्छेको आँखामा हुन्छ । वा कहिलेकाहिँ अरु कसैको हेराईले आफू विशेष छु भन्ने भान हुन्छ ।
"हैन क्लास नै पट्यारलाग्दो थियो !" 
मैले आफ्नो कफि लिँदै भनेँ !
" तिमी पक्कै पनि इन्जिनियर हुनुपर्छ !" 
"हो तर .... किन र ?" मैले अचम्म मान्दै उसलाई प्रश्न राखेँ !!
"आजको क्लासमा भौतिकता थिएन , विषयबस्तु अब्जेक्टिभ होस् भन्ने तिमीहरुको चाहना हुन्छ !!"
उसले आफ्नो कफिमा चिनी घोल्दै इन्जिनियर प्रतिको आफ्नो दृष्टिकोण पोखी !!
" तिमी चाहिँ नि??"
" म आफूलाई वकिल भन्न रुचाउन्न तर मेरो व्याचलर ल मा हो !"
बोलीले नै थाहा हुन्छ । मैले मनमनै सोचेँ !!!
" वकिल भन्न नरुचाउने तर ल पढेकी साथी पाएर खुशी लाग्यो !!"
"धन्यवाद !!" 
हामी छुट्टियौँ । आजको दिन मेरो लागि भिन्न छ । मैले मेरो जीवनमा एउटा साथी थपेको छू जसले ल पढेकी छे तर आफुलाई वकिल भन्न रुचाउन्न !!!!
 



Load Previous
Birkhe_Maila
· Snapshot 457
Like · Liked by · 0
गजबको सुक्ष्म अवलोकन छ, सामान्य कक्षा चलिरहेको बेलामा पनि!

राम्रो लाग्यो!!
perfectionist
· Snapshot 470
Like · Liked by · 0
 कस्तो मीठो। धेरै पछि साझामा मीठो कथा पढ्न पाइयो, जाम जाम अझै अघि बढुम्। राम्रोsssssssssssssssssssss

matyangra
· Snapshot 495
Like · Liked by · 1
 राहुल भाइ- कथालाई निक्कै केलाएर हेरिदिनु भएकोमा धन्यवाद...
तिमी मेरो साथी, geology tiger , birkhe maila , perfectionist..- प्रतिकृयाको लागि धन्यवाद
साथै पढेर मलाई हौसला दिनुहुने सवैलाई धन्यादका साथ दोश्रो भाग पस्कदैछु....

श्रींखला -२

उसको कोठा सँधै जस्तै आज पनि चिटिक्क परेकै थियो ।उसले पनि त प्याक गरीसकी होली नि त म जस्तै .... ,मैले दिएको " लीभिंग माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड " उसको झोलाको अघिल्लो खण्डमा थीयो ।प्लेन मा पढ्ने भनेर राखेकी होली ... व्यर्थैमा मलाई सम्झिने छे प्लेनमा ।किन यात्रा भरी विरही बन्न चाहन्छे उ ? मुभि हेरेर समय काटेकै राम्रो हो नी  !! 
मैले उसलाई भन्न सकिन । सामान्यतय उ भन्दा ज्यादा जिद्दि छे । म उसलाई सम्झाउन सक्दिन ।
"जुस खान्छौ ?" 
उसको खाटको एउटा कुनामा बस्न लाग्दा उसले मलाई प्रश्न राखी !! 
"कुन जुस ?" मैले कुराकानीलाई हलुका बनाउने प्रयास गरेँ !!
" मेरो फ्रिजमा ओरेन्ज जुस मात्रै छ !!त्यो पनि सकिन लागेको छ ...भोली सकिन भने वाहिरको फोहोर फ्याल्ने ठाउँमा फ्यालदिन्छु " उसले सिधा उत्तर फर्काई !!
" त्यसो भए त म खान्न !!" मैले टाउको हल्लाएँ । 
" साँच्चै नखाने नै हो त ?" उसले नजिकै आएर मलाई चुमी । अनि फेरी टाढा भइ । म उसलाई टाढा भएको हेर्न चाहन्न । उ सँधै मेरो मुटुको यति नजिक होस् कि मेरो आँखाले पनि उसलाई नदेखोस् मात्र मुटुले देखोस् अनी मैले उसको स्पन्दन महसुस गर्न सकुँ मेरो चाहना तर यथार्थ फरक हुन्छ । अवको करिव छ सात घण्टा पछि स्काइपका च्याटरुम बाहेक उसको र मेरो नजर जुध्ने सम्भावना शून्य प्राय छ । 
उसले मलाई आफ्नो विहा मा बोलाउनु भनेकी छे तर म सक्दिन होला उसलाई बोलाउन अनि शायद उ पनि चाहन्न होला त्यसमा आउन ..
 मैले आँखा अर्को तोर घुमाएँ । त्यो कोठामा उसको प्रार्थना गर्ने सानो कपडा हुने गर्थ्यो । उसले प्याक गरीसकी जस्तो छ। 
"आज तिमीले प्रार्थना गर्नु पर्दैन ?"
"मैले गरिसकेँ एघार बजे देखी पछी जति खेर गर्दा पनि हुन्थ्यो !"
उसको भनाइ अनुसार पाँच चोटी गर्नु पर्ने भए पनि उ तिन चोटी मात्र प्रार्थना गर्थी । उ टाउको लुकाउन रुचाउन्नथी । सामान्यतय टाउको लुकाउनु उनीहरुको समुदायमा अपरिहार्य मानिन्थ्यो तर उसको भनाइमा उ त्यो गर्नुको औचित्य देख्दिनथी । उसको घरमा पनि त्यो कुरालाई लिएर एक दुइ चोटी वादविवाद भएको उसले मलाई सुनाएकी थीई  । त्यसपछि मैले उसको धर्ममा चासो लिइन ।घरमा चासो लिइन । हामी सामान्यतय एक अर्काको परिवारको बारेमा खासै गफ गर्दैनथ्यौँ तर कहिलेकाहिँ कुरा उक्किन्थे त्यस समयमा हामी लुकाउन बल गर्दैनथ्यौँ । हामी एक अर्कामा जति छर्लंग हुन्थ्यौँ उति रमाउँथ्यौ मानौँ आफू भित्रकै कुनै गहिरो यथार्थ खोतलेजस्तो !!!!
............................. ......................... ....................... .......................... ...................... .............................
"त्यसो भए तिमीहरु साँच्चै बुद्दिस्ट हैनौ त ?"
मैले आश्चर्य मान्दै उसलाई सोधेँ ।
"तिमी साँच्चै भुगोलमा कमजोर छौ !!" उसले म तिर हेर्दै मलाई गिज्याई । 
"म मात्र किन आधा युनिभर्सिटीलाई थाहा छैन होला तिमी कुन धर्म मान्छौ भनेर !!"
मैले आफ्नो रोष प्रकट गरेँ 
"मलाई खासै फरक पर्दैन !! " उसले वाहिर हेरी । उसका चश्ना भित्रका गहिरा आँखा अझ गहिरा भए । वाहिर आकाश धुम्मिएको थीयो । धेरै दिन देखी घाम लागेको छैन । आकाशले पनि केहि लुकाएको छ , आकाश पनि गम्भीर छ । उ जस्तै ....
"सरि !!!"
मलाई लाग्यो म अली कडा भएको छु उ सँग । उसको र मेरो कति नै दिन भएको छ र भेट भएको हफ्ता दिन भन्दा पनि कम ! अरु सँग उ खासै घुलमिल भएको देखेको छैन । क्लासमा उसको र मेरो बसाइ सामान्यतय अघि पछी नै हुने गर्छ । तर कहिलेकाहिँ उ झुकेर अघी बसेको म सँग गफ गर्छे । म झकाएको बेला उ कोट्याउँछे । धेरै जसो गम्भिर नै भए पनि उ म सँग कहिले काहिँ जिस्कीदिन्छे । शायद उ म भित्र एउटा वालक देख्छे , तोते बोली बोल्ने जसले बोलेपछि उ मख्ख पर्छे। तर अहिले साँच्ची नै मेरो जवाफ रुखो थियो ।
"इट्स ओके , तर मलाई तिम्रो देशमा हिमालय छ , गौतम बुद्द जन्मेको देश हो तर पनि धेरै मान्छे हिन्दु छन् भन्ने थाहा छ , तिमीलाई म मुस्लिम हो भन्ने थाहा नभएर के भयो त , मलाई तिम्रो बारेमा धेरै थाहा छ ....!!!!" उ अर्ध मुस्कान हाँसी । म चुप भएँ , मलाई यसको उत्तर के दिने थाहा छैन , म सँग मौनता वाहेक केहि छैन अहिले उसलाइ दिन लाई हुन त उ धेरै हाँस्दिन तर उसले आफ्नो अर्ध मुस्कानले नै मलाई पराजीत गरेकी छे अहिले ... 
"तर तिम्रा साथीहरु जस्तो तिमी टाउको किन छोप्दैनौ ?" अनायसै मैले प्रश्न राखेँ , मैले मिडलइस्ट तिरका साथीहरुले टाउको छोपेको देखेको छु ।
" मैले भने नी म आफ्नो आत्मालाई मान्छु , धर्म भन्दा ...." उ एक छिन चुप भई । उसलाई आफ्नो उत्तर प्रति आफैलाई चित्त नबुझेजस्तो ....
"तिम्रो फिलोसोफी हिन्दु फिलोसोफी जस्तो छ ..."
म मुस्काए...
"ठ्याक्कै त होइन तर अलि अलि , टाउको छोप्नु सँगै धेरै कुरा हरु जोडीएर आउँछन् जस्तो केटाको आँखामा आँखा जुधाएर नहेर्नु , मलाई थाहा छ , म यो गर्न सक्दिन त्यहि भएर म टाउको पनि छोप्दिन..."
उसले सरल तरिकाले आफुलाई परिभाषित गरी ।
"अनी पुजा ??"
"गर्छु ....त्यो त म आफु शुद्द हुन लाई हो !!!"
"मलाई थाहा थीएन , साँच्चै थाहा थीएन तिमीहरुको देश बुद्दिस्ट हैन भनेर ...."
" यसमा तिम्रो केहि गल्ति छैन , इन्जिनियर हरुलाई नम्वर बाहेक अरु केहि थाहा हुन्न , न भूगोल , न धर्म "
उसले फेरी मेरो पेशामा व्यंग्य गरी !!
"तिमी वकिल हौ भन्नेमा मलाई पक्का विश्वास छ ..."
मैले पनि यसपाली उसलाई यसपाली उत्तर फर्काएँ । 
"बाइ द वे , केटी मान्छे सँग गफ गर्ने टपिक्स हैन यो..."
फेरी उसले मलाई जिस्क्याई...
"के हो त केटी मान्छे सित गफ गर्ने टपिक्स...?" मैले कुरालाई अझ गहिरो बनाउन चाहेँ । मलाई उ खुलेको मन पर्छ । अघिको धुम्म आकाशमा घाम लागेजस्तो लाग्छ ।
"फरक पर्छ , मान्छे अनुसारले..."
"कस्तो वस्तुगत उत्तर.."
"प्रश्न पनि  वस्तुगत नै थियो...।"
"ओके तिमीलाई कुन टपिक्स मन पर्छ...?"
"हाहाहाह....पत्ता लाउने जिम्मा तिम्रो....!!" यसपाली पहिलो चोटी उ खुलेर हाँसी..
छेउको टेबलको मान्छे चुरोट खान बाहिर निस्केर होला । चिसो सिरेटो एक्कासी कलेजको रेस्टुरेण्ट मा छिर्यो ।यहाँको सिरेटो ज्यानमारा लाग्छ मलाई , नेपालको सिरेटो आफुलाई पसिना सुकाउनलाई आए जस्तो आमाले हम्किदिएको पंखा जस्तो तर यहाँको सिधा मुटु छेडेर निस्किन्छ ।
 उसले ढोका तिर हेरी ....
"यो टेम्परेचर सित फ्यामिलियर छैनौ हो ?"
" म हिमालयको देश बाट हैन नि त ..."
" म पनि पुगेको छैन ..." म खीस्स हाँसे । 
"कुन होस्टलमा हो तिम्रो बसाई ?" 
"क्रिस्टोफर ... तिम्रो ??"
"मेरो पनि त त्यसैमा हो नि ...." मैले उसलाई पुलुक्क हेरेँ । कहिलेकाहिँ संयोगहरु असाध्यै मिठा हुन्छन् । शायद त्यो मेरो जीवनको मिठो संयोग मध्येको एक थियो होला...।मलाई एक्कै चोटी कोठा नम्वर सोध्न गाह्रो लाग्यो । उसले भन्छे कि भनेर पर्खिहेरेँ तर अहँ उसले भनिन ....मलाई विश्वास छ केहि दिनमा मलाई पक्कै पनि उसको कोठा को नम्वर थाहा हुनेछ ....
 
Fat beast
· Snapshot 509
Like · Liked by · 0
K k bhayo bhayo.. Kotha.. Chinese.. Buddhist... Muslim... Kiss... Hostel.. Kotha no... Khoi k khoi k, Nepali ni bujhna chade ki k ho maile
perfectionist
· Snapshot 500
Like · Liked by · 1
 उत्तम, अत्ति उत्तम। ऐले सम्म शिर्षक सँगै बगिरहेको छ कथा, छिट्टै आर्को भाग आउनी आशामा। 
matyangra
· Snapshot 524
Like · Liked by · 0
 @fat beast- प्रतिकृयाको लागि धन्यवाद...कथा दुइटा समयमा बगिरहेको छ ,एउटा वर्तमान मा ...र अर्को भुतकालमा(its in itallic) पढ्नलाई गाह्रो होला भनेर मैले एउटा समयचक्रलाई इटालिक बनाएको छु...अर्को श्रींखला अलि सजिलो बनाउने प्रयत्न गर्ने छु।।।।
Perfectionist- thanx ..........I ll try to improve more... :)
Chanakya Niti
· Snapshot 587
Like · Liked by · 0
रोचक छ है |
जीवन मा मीठास आउदो रहेछ मैया तेज ध|र की रहेछे, वैतिंग फोर नेक्ष्त मूव  
matyangra
· Snapshot 714
Like · Liked by · 1
 @Chanakya Niti...Thanx for the comment....

तथा अरु साथीहरुलाई पनि धन्यवाद दिँदै तेस्रो श्रींखला पस्कदैँ छु।।।।

श्रींखला-३



"तिमीले घरमा भन्यौ त यति बजेको फ्लाइट भनेर ?"
उसले अचानक मेरो घरमा चासो देखाई , मैले टाउको मात्र हल्लाएँ स्विकारोक्ति जनाउँदै ....
जीवन कति शुन्य भएको छ आज , उ छेउमा हुँदा हुँदै पनि हामी आफु भन्दा टाढा टाढाका कुरा गर्दै छौँ । नत्र उ र म विचमा हामी दुइका कुरा नै पर्याप्त हुन्थे । कहिले उसका साथीका साना साना कुरा , कहिले मेरा साथीका साना साना कुरा हुन्थे । ऊ मलाई कहिलेकाहिँ बकेट भनेर जिस्क्याउँथी जसभित्र पुरा कलेजका सुचना हुन्थे , हरेक केटीका बायोडाटा ,हरेक केटीका अफेयर अनि धेरै धेरै कुराहरु !!!
अनि कहिले उ मलाई फेरी जिस्क्याउँथी 
"तिमी दिन प्रतिदिन केटी जस्तै बन्दै गएका छौ , अर्काको चियो चर्चो गर्ने ..."
म हाँस्दै जवाफ फर्काउँथे , 
"मलाई तिम्रो ऐना बन्ने रहर छ...."

"मलाई कुरा गरेर समय विताउन मन छैन !"  उसको नजिकै गएर उसलाई अंगालोमा बेर्दै म थोरै लाडिएँ ।
"अचम्म तिमीलाई आज कुरा गर्न मन छैन !!"
"हो तिम्रो बकेटलाई आज इन्फर्मेसन शेयर गर्न मन छैन..."
"तर मलाई आज कुरा मात्र गर्न मन छ , तिम्रो आँखा नियाली राख्न मन छ ।"
उसले म तिर हेर्दै जवाफ फर्काई ।
म नाइ भन्न सक्दिन । यो उसको बिछोड हुनु अघीको मेरो सामुको अन्तिम आग्रह होला शायद ।
" साँच्ची अरु केटीहरुलाई पनि विदा माँगीसक्यौ त ?"
उसले छ्यास्स मलाई जिस्क्याई !
"को सँग मैले बिदा माग्नु पर्ने त धेरै छन् !!"
उसले मेरो ढाडमा मुड्किले बिस्तारै हिर्काइ । उ अझै अंगालो मै थिइ । त्यो मुड्की शायद मात्र मलाई स्पर्श गर्न थियो । कुनै जोड थीएन त्यसमा । मात्र हातलाई म सम्म पुग्ने रहर थीयो ।
म कसरी भनौँ उसलाई अरु सँग विदा माग्नु को कुनै औचित्य छैन । किनकी अरुले मेरो जीवनलाई कुनै मोडसम्म साथ दिएर डोर्याएका थिएनन् । अरु मात्र कुनै स्वप्नअंश जस्तो भनेर झल्याक्क झल्याक्क झुल्किरहन्थे तर जव जव म आँखा खोल्थेँ मेरो छेउमा उ भेटिन्थी ।जव जव म कुनै मनका कुरा खोल्न खोज्थेँ मेरो छेउमा उ हुन्थी ।यथार्थ सपना भन्दा रमाइलो थियो । अनि म यथार्थमै रमाइदिन्थेँ । 
तर म सवै कुरा उसलाई भन्न सक्दिन । किनकी एक त मेरो अंग्रेजी यति सवै भन्ने गरिको राम्रो छैन अनी अर्को म मा आँट छैन , शायद उसमा पनि बिछोड् हुने बेलामा यी कुरा सुन्ने सामर्थ्य छैन ।
"साथीहरु कता छन् त तिम्रा आज ?" उसको इशारा मेरा नेपाली साथीहरु तिर थियो ।
"सुति सके होला ! "
अघि सम्म हामी सँगै थियौँ । धेरै वहाना बनाएर केटाहरुलाई आज म पिउँदिन भनेर टारेको थिएँ ।
"तर तिमीले पिएका छैनौ आज ..."
"तिमीलाई थाहा छ , तिम्रो कोठामा आउने दिन म पिउँदिन भनेर !!!"
मैले उसलाई हेर्दै आफ्नो जवाफ फर्काएँ । केटीहरुलाई उनीहरुले गर्दा केटामा भएको परिवर्तन मन पर्छ शायद । म पनि उसलाई परिवर्तन हरु देखाइरहन्छु उ खुशी होस् भनेर ।

............................... ............................ .......................... ....................... ....................... .....................
"मलाई तिमीसित नाच्न मन छ !" यो आँट पक्कै रक्सिकै हुनुपर्छ  त्यो दिन मैले उसलाई तान्दाको आँट...
"सरी मलाई राम्ररी नाच्न आउँदैन ..उ त्यो सँग नाच न...तिमीलाई सवै भन्दा मन पर्ने केटी..." धेरै दिन देखी उ मेरो साथी भए पनि उ थोरै हच्किइ । सिनियरहरुको ग्रयाजुएसन पार्टीको दिन कलेजमा झिलीमिली जस्तो थियो । मैले उसलाई आफुसँग नाच्न भनेको थिएँ उ मानीन
मैले उसले औल्याएकी केटीलाई हेरेँ । हो मैले एकदिन भनेको थीएँ मलाई यो केटी साह्रै मन पर्छे भनेर । एउटा केटीको अघि हुन त अरु केटीको तारिफ गर्न नहुने तर पनि म गर्थे कुनै राम्री केटी देखेँ भने धित मरुन्जेल नियाल्थेँ । अनि उ मलाई चिमोट्थी...के आज उ आफ्नो जलनको प्रतिशोध लिन चाहन्थी म सँग ननाचेर...वा मैले रक्सी खाएकोले उ थोरै हच्किएकी थिई...
"हैन मलाई तिमी सितै नाच्न मन छ...."
"अनि मलाई साँच्चै नाच्न आउँदैन...."
"तिमी मलाई आफ्नो साँचो साथी मान्दिनौ !" 
मैले केटाकेटी जस्तो घुर्की लगाएँ ।मलाई थाहा छ म यो ठिक गर्दै छैन तै पनि मैले गरेँ । उसको आकर्षण अनि रक्सी को नशा दुवै मिसिएर मेरो जीवन पनि त ककटेल भएको छ अहिले....
"तिमी फ्रेन्डसिपलाई यसरी तौलिन्छौ ...तिम्रो जोखाइ ठिक छैन..."
उसको गम्भिरतालाई मेरो केटाकेटी जस्तो घुर्कीले कुनै असर गरेन । उ परिवर्तन भइन । 
"तिमी मलाई खासै वास्ता गर्दिनौ ..." म फेरी उहि घुर्की मै अड्किएँ
"तिमीले धेरै पिएका छौ.."
उसले मलाई नियाल्दै भनी ..
"हैन म होश मै छु.."
मैले उसलाई जवाफ फर्काएँ । मलाई थाहा छैन त्यो जवाफ कत्तिको कन्भिन्सिंग छ उसको लागी । म आफु नै शंका मानीरहेको छु त्यो जवाफ प्रति । उ छेउमा हुँदा हुँदै म होशमा कसरी हुन सक्छु । धत्तेरी मेरो गलत उत्तर हो यो । आफु प्रतिको गलत आँकलन....ओभरकन्फिडेन्स...
"तिमीलाई किन लाग्छ , म तिमीलाई वास्ता गर्दिन भनेर ?"
उसले मलाई फेरी प्रश्न गरी ...
म सँग यसको उत्तर छैन।।।
"मलाई कसरी लागोस् तिमी मलाई बास्ता गर्छौ भनेर ?"
मैले त्यहि प्रश्नलाई घुमाएर उसैतिर फर्काएँ
"कस्तो अनसेक्युर्ड प्रश्न...तिमीले मलाई यत्रो संगत गरेर पनि चिनेनौ !"
उ चिन्तित देखिइ ।
"शायद तिमीले दिएको मौका कम भयो..."
मैले फेरी उत्तर थपेँ ।
उ चुप भइ म पनि चुप भएँ । एक छिन उ तिर हेरेँ ....एकछिन रिसाए जस्तो गरेँ । अनि फेरी बार तिर लागेँ....उसले मलाई खासै वास्ता देखाइन । म रिसाउनु नरिसाउनुले उसमा कुनै परिवर्तन देखिएन । के म उसको जीवन मा कुनै अर्थ राख्छु राख्दिन थाहा छैन ।कहिलेकाहिँ लाग्छ उ म सँग समय विताउँदा साह्रै खुशी हुन्छे , म पनि त आफ्नो अतित बिर्सिन्छु , भविष्य विर्सिन्छु अनि लाग्छ यहि वर्तमानको सानो अंशमा सानो पलमा मेरो जीवन अटेको छ । म मात्र यसलाई आफ्नो बनाउन चाहन्छु काखी च्याप्न चाहन्छु । उ सँगको यात्रा मा म चाहन्न कुनै लक्ष परिभाषित होस् । मात्र लक्ष बिना हामी दौडीरहुँ अनवरत ...अनि कहिलेकाहिँ लाग्छ उसलाई म सँग जोडिएका केहि कुरामा पनि खासै चासो छैन । प्रत्येक भेटघाटहरु मात्र सतही हुन । उसको मलाई देखेर मुस्काएको मुस्कान पनि त सतहि हो , किनकी भित्र त उ गम्भिर छे । यो मलाई पनि थाहा छ ।
जस्तो कि आज उसले म सँग नाच्न मानीन । यो रक्सीकै दोष हो । म मात्र किन उ म सँग नाचिन मा अड्किरहेको छु.. तर हैन यो रक्सी मात्र हैन । आज उसको र मेरो सम्बन्धको अहिले सम्मका भेटघाटको आँकलन हो । हुन त म उसलाई कुनै कुरामा जवर्जस्ती गर्न सक्दिन तर यति बुझ्नु उसको पनि जीम्मेवारी हो...
म उसको छेवैमा गएँ फेरी...
"मलाई तिमीसँग केहि कुरा गर्नु छ??"
"नाचको बारेमा...।अब अहिले म सिकाउँछु हिड नाच्न चाहिँ नभन है ..."
उ जिस्किइ । अघि सम्म त उ गम्भिर नै थिइ । फेरी कहाँ बाट आयो यो जिस्क्याई ??
"हैन अरु नै कुरा छ..."
"भन न त..."
मैले यता उता हेरेँ अनि धेरै बल लगाएर बोलेँ ...
"धेरै दिन देखी मलाई एउटा कुराले पिरोलीरहेको छ..."
"के कुराले??अघिको कन्भर्सेसनले हो भने सरी...तिमीले पनि रक्सी पिएका छौ र मलाई पनि यस्तो कुरा कसरी डिल गर्ने थाहा छैन ।।।"
"हैन अरु नै कुरा छ..."
"के भन न त..!!!"
"तिम्रो र मेरो सम्बन्धको नाम के हो??"
उसले मलाई धेरै बेर नियाली नियालीरही ।अनी भनी 
"मलाई पनि यहि कुरा तिमीलाई धेरै अघि देखी सोध्न मन थियो ...!!"

क्रमश:
perfectionist
· Snapshot 717
Like · Liked by · 1
कस्तो मज्जाले बगेको कथा। दुइटा फरक परिवेश तर दुबैमा उस्तै भाव। क्या मज्जाले छानेर चुनिएको शब्दहरु। कथा पस्किन अलि ढिलो भो के, यसरी कुराउन चाइँ भे'न क्या।

अर्को भागको प्रतिक्षामा।
Chanakya Niti
· Snapshot 824
Like · Liked by · 0
हेर्नुस मत्यन्ग्रा जी, मेरो जीवन मा पनी तपाई को जस्तै  अनुभव मैले भोगी सक्या छु , एस्तो अनुभव हुन्छ आधुनिक शैली को समय मा केटा हरु को कथा नै येस्तई केटि लै भन्दा पनि आफुलाई चिन्न गारो, खस् समस्या नै भविस्य मा के हुन्छ भनेर होह, तर पछी बुझ्दा खेरी मन बलीयो हुनु पर्छ विल पावेर ले डर लाइ जीत्छा
matyangra
· Snapshot 841
Like · Liked by · 0
 @Perfectionist- thanx...
@Chanakya niti- its mere a story....if u think its real...its my success to make u flow with my story ...हैन र?? ;)

Chanakya Niti
· Snapshot 907
Like · Liked by · 0
Yeah man, your words are chosen one, and little ahile ko paripekhcha ko I mean modern day type when maximum guys like us are out of country and try to meet woman with emotion, publish it man, it's going to sell, ur capabilty is noteworthy better and amazing as well,. This will survive and kick dude. Me I have no Nepalese women in as far as 200 kilometer radius so all affairs I had were with multinational women. Matching like yr story, Abd I am so choosy for highly educated as me am reaching the height of my carreer and training
OBAMA
· Snapshot 959
Like · Liked by · 0
matyangra,
   nicely written and well presented so far....hope to read another part preety soon.
Bhaktey
· Snapshot 1103
Like · Liked by · 0
 बल्ल पढ्ने समय जुर्यो !! मज्जा आयो ....कता कता भोगेको ,सुनेको देखेको जस्तो बास्तबिक लाग्ने !! 

अर्को भाग चाडै पढ्न पाइयोस् !! 

matyangra
· Snapshot 1158
Like · Liked by · 2
 Chanakya niti , Obama and bhakte dai thanx for the comments...And I would like to apologize too for the delay of next part...I know I m not going as fast as u r expecting me to ....but I hope u ll forgive me for this delay.........here goes my fourth part....

श्रींखला-४



"तिमी अव गएर राजधानी मै होइन त बस्ने.."
मैले स्विकारोक्तिमा टाउको हल्लाएँ । कम्तिमा अहिले चैत छ असोज सम्म मेरो काम छैन । म राजधानीकै कुनै गल्लिमा हल्लिने छू । त्यसपछि कतै फिल्ड जान सक्छू वा देशको कुनै कुनामा हुन सक्छु । उसलाई मेरो देशको स्थिति बुझाउन गाह्रो छ जसरी मलाई पनि उसको देशको स्थिति बुझ्न गाह्रो छ । म उसलाई भन्न चाहन्छु अब हामीले एक अर्कालाई बिस्तारै बिस्तारै बिर्सिन खोजेकै बिसेक हुन्छ । जति टाढा भएर हामी एक अर्कालाई सम्झिन खोज्नेछौँ उति हाम्रो माया माया नभएर जीवनमा लागेको एउटा गहिरो चोट हुनेछ । खिल बनी बिझ्नेछ बिस्तारै बिस्तारै ...।तर अहँ सक्दिन....आफ्ना शब्दहरु रोकेँ मैले।।।
"अनि तिमी?"
"म पनि जाकार्तामैँ हुन्छु...हुन पनि जाकार्ताको धुवाँ धुलो अनि अत्यासलाग्दो भिँडमा मलाई हराउन सजिलो छ..."
" म सँग त भीँड पनि छैन आफ्नो..."
"भीँड कसैको आफ्नो हुँदैन , भिँड केवल भीँड हो तिमी मिसिन चाहन्छौ वा छुट्टै भएर पनि हराउन चाहन्छौ त्यो तिम्रो विषय हो त्यो तिम्रो रहर हो..."
मैले उसलाई हेरेँ । कहिलेकाहिँ म उसका कुराहरु बुझ्दिन। उसका गहिरा कुरा हरु । समुन्द्रका मोति जस्ता अमुल्य वाक्यहरु । मैले एक एक गरेर सम्झनाको माला बनाएको छु उसका वाक्यहरुबाट ...मुटुको कुनै कुनाको बाकसमा यी अमुल्य वाक्यहरु कसैले थाहा नपाउने गरी साँचिनेछन् ।
"हामी किन यस्ता बकम्फुसे गफ गर्दैछौँ...."
"तिमी के गर्न चाहन्छौ त?"
मैले उसलाई फेरी अँगालोमा बेर्दै भनेँ ..
"हामी सँग समय छैन घडी हेर त."
मैले घडी हेरेँ । ओहो तिन बजिसकेछ ....किन घडी यति चाडो दौडिदैँछ आज । विवश म समय रोक्न सक्दिन ।
"मलाई थाहा छ..." उसले पनि घडी नियाल्दै भनी ।

उ उठी अनी आफ्नो ढाड एकैछिन तन्काई । यो उसको नियमित प्रकृया मध्येको एक हो । म अभ्यस्त छु... छेवैको प्याक गरीसकेको झोलाबाट आफ्नो पेन रिलिफ बाम निकाली अनि म तिर तेर्स्याई । उसले मलाई भनीरहनु पर्दैन उसको ढाड दुखेको छ भनेर ... मलाई जस्तै उसलाई पनि धेरै बेर बस्न हुन्न । उ सक्दिन , उसको पनि ढाड दुख्छ मेरो जस्तै ... 
मैले आफ्नो हातले उसको ढाड मा थोरै पेन रिलीफ बाम लगाएर सुम्सुम्यए...कुनै स्पर्शहरु चिरस्पर्शी हुन्छन । जस्तो मेरो हातले अहिले कसैको ढाड होइन कसैको मुटु छोएको छ । 
........................... ............................. ........................ ......................... ........................... ......................
"तिमीलाई मेरो निम्तो छ , पर्सी म दुइचारवटा हाम्रो खाना बनाउँदै छु..हुन त कुनै परिकार पनि राम्रो बनाउदिन तर पनि म प्रयास गर्ने छु..."
उसले मलाई निम्तो गरी । धेरै पछि उसले मलाई आफ्नो कोठामा निम्तो गरी... ।मैले ग्र्याजुएसन नाइट पछी उ सँग माफी मागेको थिएँ । उसले हाँसेर म तिर हेर्दै भनेकी थीई..
"कहिलेकाहिँ मान्छे होशमा हुँदा शव्दहरु लुकाउँछ... मलाई नशाको सवैभन्दा मन पर्ने पाटो त्यहि हो..."
मैले हाँस्ने वा आफ्ना वाक्यहरुलाई अरु तिर मोड्ने छुट्याउन सकेको थीइन त्यति बेला...हो साँचै नशामा मान्छे साँचो हुन्छ ।
"को को आउँदैछन् ?"
"अरु सँग तिमीलाई के को सरोकार ..तिमी भ्याउँछौ भ्याउँदैनौ भन न...!!!"
"बेलुका हैन त ?:"
उसले टाउको हल्लाई...
"हुन्छ म आउँछु..." 
मैले एकछिन सोचे जस्तो गरेर जवाफ फर्काएँ ।म किन पो आउँदिन भन्थेँ र...।
............................. ................................. .......................... .............................. ............................ ........
"तिमीले मलाई मात्र एक्लै बोलाएकी ?"
मैले अचम्म मान्दै उसलाई हेर्दै प्रश्न राखेँ ।
"तिमी आए पछी किन हो किन सवै कलेजनै म सँग भए जस्तो लाग्छ..."
उसले आँखा झीम्क्याउँदै मलाई जिस्क्याई । मेरी गम्भिर साथी आजकल कहिलेकाहिँ म सँग जीस्किने भएकी छ...छेवैमा भएको कोक को बोटल र डोरिटोस् उसले म तिर तेर्स्याई....
"सरी म सँग पिउने नाम मा यहि कोक मात्रै छ...तर चिप्स मैले मेक्सिकन पनि ल्याएकी छु....तिमीलाई सवैभन्दा मन पर्ने केटीको देश..."
" हो पछाडी बाट त झन ज्यानमारा नै देखिन्छे मोरी..."
म पनि जिस्किदिएँ । मलाई थाहा छ उ सुन्न चाहन्छे होइन त्यो केटी भन्दा त तिमी नै राम्री देखिन्छौ तर मैले आफ्ना शव्दहरु साँचेको छु । म सँग आँट छैन उसलाई भन्ने...
"अनि तिमीले मलाई आफ्नो देशको खाना खान बोलाएकी हैन...अब मैले यो कोक र मेक्सिकन चिप्स मै चित्त बुझाउने ?"
मैले उसलाई जिस्क्याएँ । 
"पर्ख एकैछिन समय लाग्छ.।"
उसले मलाई भनी । 
"अनि कति पिउँछौ यो कोक पनि...तिम्रो नाम त कोकी हुनु पर्ने..."
उ मुसुक्क हाँसी...
"तिमीलाई थाहा छ ... मेरो मिल्ने साथीहरुले मलाई कहिल्यै पनि नाम ले बोलाउँदैनन् सवैको आफ्नै नाम छ. मलाई बोलाउने आज तिमीले त्यसमा एउटा अर्को नाम थपिदियौ.।।।"
"तिमीलाई अरु नाम ले बोलाएको मन पर्छ त?"
उसले टाउको हल्लाई...
"ल आज देखी मेरो तर्फ बाट तिम्रो नाम...कोकी..."
" अल्छि लागे इन्टरनेट खोलेर बसे पनि हुन्छ ।"
उ म सँग छे कसरी पो अल्छि लागोस् मलाई ।
"मैलै सघाउनु पर्ने छ भने भन.."
मैले आफु सँग नभएको जाँगर देखाउँदै भनेँ। सामान्यतय भान्छा छिर्ने बित्तिकै मेरो जाँगर सेलाउँछ । तर शायद यहि होला माया भनेको । माया सँगै परिवर्तन जोडीएर आउँछ। म परिवर्तन हुँदैछु ।
"पर्दैन...यति दिन भो संगत गरेको तिमी कति अल्छि छौ भनेर मलाई पनि थाहा छ..."
कसरी थाहा भो उसलाई मलाई खाना बनाउन मन पर्दैन भनेर..पक्कै पनि कोही मेरा नेपाली साथीले उसलाई सुनाएको हुनुपर्छ । केहि कुरा अडिदैन उनीहरु घाँटीमा किलकिलो नभएका केटाहरु केटी जस्तै , यस्तो कुरा पनि भन्ने कुरा हो र ? मन मनै रिस उठ्यो ।
"कसले भन्यो भन त ?"
"वकिल हुँ मलाई धेरै कुरा कसरी खोतल्ने थाहा छ.."
"कहिले काहिँ वकिल हरु बुझी बुझि बुझ पचाउँछन् !"
मैले उ तिर नियाल्दै भनेँ...
"कहिलेकाहिँ वकिल हरुलाई थाहा भए पनि अरुकै मुखबाट सुन्ने रहर हुन्छ..."
उसले मिठो जवाफ फर्काई...
म उसको नजिकै गएँ...अनि उसको कानमा साउति मार्दै भनेँ....
"तिमी के सुन्न चाहन्छौ?"
उसको मुटुको ढुकढुकी बढेको मैले छेवैबाट सुने.. हो अहिले उ मेरो असाध्यै नजिक छे। उसले आफ्नो मुटुको ढुकढूकी लाई औसतमा झार्न खोज्दै जवाफ फर्काई....
"जे तिमी भन्न चाहन्छौ..."
मैले धेरै बेर उसको आँखा नियाँले...आफूलाई ति आँखामा खोजीहेरेँ । हो उसको आँखामा अहिले म मात्र देखिएको छु । म वाहेक केहि अट्ने ठाउँ छैन त्यो आँखामा । 
"तिम्रो मुटुको ढुकढुकी बढेको मैले महसुस गर्न सक्छू..."
मैले बिस्तारै उसको हात समात्दै भनेँ....। उसले अर्को हातले ग्याँस निभाई.... अनि म तिर आग्रहि आँखाले हेरीरही... उ म बाट अझ धेरै सुन्न चाहन्छे म नरोकीउँ भन्ने उसको चाहना छ...।
"मलाई त्यो मेक्सिकन केटी भन्दा पनि तिमी मन पर्छ..."


क्रमश:



 
OBAMA
· Snapshot 1216
Like · Liked by · 1
matyangra,
tell me how am i going to wait untill next part comes out...?????
password
· Snapshot 1302
Like · Liked by · 0
awesome writing..loved it..waitin for next part..Please do fast this time, can't wait for the next part.
Chanakya Niti
· Snapshot 1436
Like · Liked by · 0
Abha ma k bhanu, life ma hajaar wata Korean movie heriyo, yoh emotional keti ko jaal prakriya, naiteek hoh ki anaiteek, chuttyaunai garo, tension huncha ra sab ramri ramri maiya Lai choddera ramri payincha bhanne aas ma, kehi chaina Matyagra jee yoh Maya-Jaal hoh, shrinkhala jaroo rahos
perfectionist
· Snapshot 1447
Like · Liked by · 0
 म पनि कुर्दैछु.....
Birkhe_Maila
· Snapshot 1458
Like · Liked by · 0
 गजब को बहाव जाँदैछ।
हामि पढ्दै छौ। छिटो छिटो लेखौँ है सकेसम्म।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 223
· Posts 71 · Viewed 15743 · Likes 15
· Posts 1 · Viewed 78
· Posts 16 · Viewed 2403 · Likes 3
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 107
· Posts 4 · Viewed 533
· Posts 1 · Viewed 144
· Posts 1 · Viewed 139
· Posts 1 · Viewed 276



Your Banner Here
Travel Partners
Travel House Nepal