Ghich - Sajha Mobile
SAJHA MOBILE
Ghich
Posts 3 · Viewed 7321 · Go to Last Post
aman
· Snapshot 0
Like · Likedby · 0

नेताहरुको सहमति कुरेर बसेका सभासदहरु खाना खाने समय भएपछि खानको कुपन लिएर तछाडमछाड गर्दै खानको पंक्तिमा लामबद्ध लागेका छन् । खनाको पालो कुरेर बस्ने सभासदहरुको लाईन यतिबेला संविधानभवन परिसरमा भित्र ५ वटा लाइनमा पंक्तिबद्ध छ ।

सभासदहरुको खानाको मेनु

दालभात, तरकारी, अचार, माछा, कुखुराको, खसीको मासु, हरियो साग, पापड सलाद, कटहरको तरकारी, काँक्रा, मुला, गाँजर लगायत खानको परिकार सभासदहरुका लागि तयार पारिएको छ ।

Padante Khate muraj
· Snapshot 214
Like · Liked by · 0
aman
· Snapshot 407
Like · Liked by · 0

काठमाडौं, भाद्र ८ - सरकारले सत्ताबाट बाहिरिन लागेका प्रधानमन्त्री झलनाथ खनाललाई व्यक्तिगत प्रयोजनका लागि चढ्न दिन चमेलिया जलविद्युत् आयोजनाको महँगो विलासी गाडी खरिद गर्ने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयले चमेलियाको उक्त गाडी खरिद गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई उपलब्ध गराउनेछ । मन्त्रिपरिषद् सचिवालयले ऊर्जाले किन्न लागेको गाडी सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्रीका हैसियतमा खनाललाई दिने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

ऊर्जा मन्त्रालयले चमेलिया आयोजनाको टोयोटा प्राडो गाडी १ करोड २ लाख रुपैयाँ (कर छुट मूल्य) मा खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयस्तरीय निर्णयबाट चमेलियाको गाडी खरिद गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको हो । चमेलिया आयोजनाका परामर्शदाताका निम्ति कर छुटमा खरिद गरिएको बा५च १०२६ नम्बरको गाडी तत्कालीन जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि वर्तमान ऊर्जामन्त्री गोकर्ण बिष्टसम्मले चढेका थिए । बिष्टले हालै उक्त गाडी विद्युत् प्राधिकरणमार्फत आयोजनालाई फिर्ता गरेका थिए ।

पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतमा चमेलिया आयोजनाकै क्रमशः बा५च १०२९ र १०३० नम्बरको गाडी चढ्दै आएका छन् । खनालले पनि आफ्ना दुई पूर्ववर्तीको जस्तै चमेलियाकै गाडी चढ्न ऊर्जालाई खरिद प्रक्रिया अघि बढाउन लगाएका हुन् । दाहाल र नेपालले आफू पदमा हुँदा चढेको गाडी सत्ता बहिर्गमनपछि आफूखुसी लगेका थिए । पछि सरकारले निर्णय गरी उनीहरूलाई तिनै गाडी पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्न दिएको थियो ।

दाहालले आफूले चढेको गाडी लैजाँदा भावी प्रधानमन्त्रीका लागि चमेलियाकै अर्को गाडी व्यवस्था गरिदिएका थिए । नेपालले भने आफूले प्रधानमन्त्री हुँदा चढेको चमेलियाको गाडी पदबाट बाहिरिएपछि जबर्जस्ती लगेकाले नयाँ प्रधानमन्त्री खनाललाई सुरुमा गाडीको अभाव भएको थियो । मन्त्रिपरिषद् सचिवालयले तत्कालीन स्थानीय विकास सचिव कृष्ण ज्ञवालीले चढ्दै आएको गाडी मागेर प्रधानमन्त्री खनाललाई उपलब्ध गराएको थियो । खनाल अहिले त्यही गाडी चढ्दै आएका छन् ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 45
· Posts 4 · Viewed 282
· Posts 2 · Viewed 291
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 113
· Posts 2 · Viewed 314
· Posts 12 · Viewed 1809
· Posts 1 · Viewed 121



Your Banner Here
Travel Partners
Travel House Nepal