गीत-गजल - Sajha Mobile
SAJHA MOBILE
गीत-गजल
Posts 20 · Viewed 14849 · Likes 11 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 11

मुटुमा कोरिएको तसबीर मेटेर कहाँ मेटिन्छ र,

तिमीले कोरिदिएको तकदीर,मेटेर कहाँ मेटिन्छ र।
 

संगै हिंडेका गोरेटो, घोडेटो, चौबाटो उस्तै छन्

डोबहरु अझै आलै छन्, मेटेर कहाँ मेटिन्छ र ।
 

संगै देखेका सपनाहरु, भत्कंदै गरेका बिपनाहरु,

तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र ।
 

पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं,

दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र ।
 

बिस्टे
· Snapshot 0
Like · Liked by · 0
 वाह ठुल्दाइ वाह
बेतोड को गयो नि त। 


Geology Tiger
· Snapshot 16
Like · Liked by · 0
 wah thuldai wah!!! kasto gajab ko gajal gayecha...... thuldai ko gajal padhera ankha sajal huna bata balla balla roke..... ( nepali ma type garna namilekoma khed prakat gardachu)
liberty gal
· Snapshot 18
Like · Liked by · 0
 <पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं, 

दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र । >

wah !! wah!!

Thul bro dai 
serial
· Snapshot 18
Like · Liked by · 0
दामी गयो ठुल्दाइ
Birkhe_Maila
· Snapshot 36
Like · Liked by · 0
वाह ठूल्दाई वाह!
राछस
· Snapshot 73
Like · Liked by · 0
 waha wah..dai ..dheri pachi sunna paiyo...
cheli
· Snapshot 79
Like · Liked by · 0
वाह :)
राछस
· Snapshot 83
Like · Liked by · 0
 ल है ल है पुराना पुराना  साझा बासी तान्नु भयो दाई ले
mulmiz
· Snapshot 96
Like · Liked by · 0

" संगै देखेका सपनाहरु, भत्कंदै गरेका बिपनाहरु,

तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र । "

दाईको शब्दहरु निकै वजनदार हुन्छन, निकै नै रामरो लाग्यो दाई , अरू पनि अपेक्षा गर्छु ।
dHwasE
· Snapshot 108
Like · Liked by · 0
dai bhanna ta nahune ho , tara churot tanda asto geet gajal aaucha bhane, 1 batta surya mero naam ma la
timi_mero_sathi
· Snapshot 125
Like · Liked by · 0
ल धेरै समये  पछी सच्छिकै गजल पढे जस्तो लाग्यो,
एकदम राम्रो,
TMS
Maverick
· Snapshot 154
Like · Liked by · 0
पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं,

दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र ।
SONA 1
· Snapshot 170
Like · Liked by · 0

मुटुमा कोरिएको तसबीर मेटेर कहाँ मेटिन्छ र, तिमीले कोरिदिएको तकदीर,मेटेर कहाँ मेटिन्छ र।    Really touchy rahul da ..keep it up :)



 

sukha1
· Snapshot 196
Like · Liked by · 0
 
"तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र । " yo line gajab ko chha, keep it up.
Rahuldai
· Snapshot 243
Like · Liked by · 0

बिस्टे,

बिस्तारइ लेख्छु, हिड्छु , बेतोड त हैन हो ।

जीते,

गजल गजल जस्तो होस्, उदास आँखा सजल होस् ,
गजल,गजल जस्तो होस् , गजल पजल जस्तो नहोस् ।

लहरे,

दामी गयो गएन यहाँहरु को मुल्याङ्कन मा भर पर्दछ । लहरे ले भने सि गयो होला नै ।

लिली,

धन्यवाद वाह वाह को लागि । 

बिर्खे बा,
वाह वाह को लागि अर्को वाह वाह !

राक्षस,

धन्यवाद ।

चेली

धन्यवाद ।

मुल्मी,

कहिले कही लेख्छु, थोरै लेख्छु , धेरै भन्ने कोशीश गर्छु । सफल भएं वा भैइन , समय ले बताउला ।

ध्वाँसे ,

नाम मात्र हो कि बट्टा नै पठाउने कष्ट गर्ने ? सूर्य पाए, ध्वाँसे र जे एफ को नाम मा अर्को कबिता कोर्छु लौ जा ।

टि एम एस्,

गजल शैली मा भए नि गजल चाँही हैन जस्तो लाग्छ, त्यसैले गीत- गजल लेखेको । धन्यवाद .

म्याभ,

धन्यवाद ।

सोना,

केही घट्ना हरु ले मन छुन्छ , मुटु दुख्छ। त्यै दुखाइ मा कबिता फुर्छ ।

सुख,

धन्यवाद टिप्पणी को लागि ।
 

 

 

ritthe
· Snapshot 259
Like · Liked by · 0
हेत्तेरिका क्या खतरा लेख्न सक्या हौ
ritthe
· Snapshot 265
Like · Liked by · 0

ठुल्दाइको कबिता हिजो पढेको मैले
चुरोस तान्न थाल्या छु अहिले
हिजो देखी सुरु गरिराछु धुवा पिउन
पिर पर्या बेला तान्दा सजिलो हुन्छ रे जिउन
भाबुकताको चरम सिमामा पुगिन्छ रे
औंलाहरु आँफै १०० को स्पिडमा दौडिन्छन रे
रहर हरु कल्पनाको सागरमा पौडिन्छन रे


 

amitraja
· Snapshot 281
Like · Liked by · 0
very good


ramubro
· Snapshot 333
Like · Liked by · 0
 यो कलि युगमा पनि कहाँ साचो प्रेम खोजेर पाइन्छ र?

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12461 · Likes 1
· Posts 7 · Viewed 3790 · Likes 1
· Posts 1 · Viewed 1056
· Posts 1 · Viewed 1014
· Posts 1 · Viewed 921
· Posts 1 · Viewed 1027
· Posts 1 · Viewed 1009
· Posts 21 · Viewed 9634 · Likes 1
· Posts 3 · Viewed 2443
· Posts 5 · Viewed 7671 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal