Good News! - Sajha Mobile
SAJHA MOBILE
Good News!
Posts 1 · Viewed 3174 · Go to Last Post
Smooth
· Snapshot 0
Like · Likedby · 0

काठमाडौ, वैशाख २९ -
वाल्मीकि क्याम्पसका स्ववियु सभापति रमेश रिजाल जेल चलान भएका छन् । ५ वर्षदेखि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कलंकीबाट भाइ प्रकाश रिजालसहित पक्राउ गरेर बुधबार जेल चलान गरेको हो । उनी सरकारी कागजात दस्तखत किर्ते ऐनमा फरार रहँदै आएका थिए ।

२०६० साल फागुनमा सवारी चालक अनुमति पत्र नक्कली बनाएको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले फागुन १९ गते १८ हजार रुपैयाँ धरौटीम्ाा रिहा गरेको थियो । धादिङ खाल्टे गाविस ३ घर भएका रिजाललाई २०६२ कात्तिकमा अन्तिम फैसला गर्दै एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

वाल्मीकि क्याम्पसको स्ववियु सभापति चुनिए । फरार रहेकै बेला २०६५ सालमा भएको चुनावमा उनी सभापतिमा विजयी भएका थिए ।







http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=242495
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 42
· Posts 1 · Viewed 66
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 101
· Posts 8 · Viewed 719
· Posts 1 · Viewed 230
· Posts 7 · Viewed 727
· Posts 9 · Viewed 1382
· Posts 1 · Viewed 100



Your Banner Here
Travel Partners
Travel House Nepal