breaking news-अमेरिकामा एक नेपालीको गोलि हानी हत्या - Sajha Mobile
SAJHA MOBILE
breaking news-अमेरिकामा एक नेपालीको गोलि हानी हत्या
Posts 7 · Viewed 11520 · Go to Last Post
neerman
· Snapshot 0
Like · Likedby · 0
यहाँ स्थित तेलफ्लावर सिटीमा एक नेपालीको गोलि हानी हत्या गरिएको छ र स्थानीय सेभेन इलेभेन स्टोरमा कार्यरत २३ वर्षीय रोशन भण्डारीलाई अज्ञात समुहले आज बिहान गोलि हानी हत्या गरेको हो र हाम्रा स्थानीय प्रतिनिधि सुदिप पन्तका अनुसार आज बिहान करिव ८ बजेतिर स्तोर्कै कम विशेषले अदालत जान स्तोर्बत बाहिर निस्केर गाडीमा बस्न लागेका भण्डारीलाई अज्ञात समुहले गोली प्रहर गरेको थियो

visit www globenepal dot com
8848m
· Snapshot 446
Like · Liked by · 0
 झापास्थित महारानी ७ दुरामाढी स्थायी घर भएका  रोशन भण्डारी वर्ष २३ को मंगलबार विहान क्यालिफोर्नियास्थित लजएन्जलसको पेल्सफ्लावर सिटीमा रहेको सेभेन इलेभन पसल अगाडि स्थानीय अपराधीहरुले हानेको गोली प्रहारबाट निधन भएको छ । गोली कारभित्रै उनको छातीमा लागेको छ ।

विगत दुइ वर्षअघि डीभी परेर अमेरिका आएका भण्डारी केही वर्षयतादेखि सोही सेभेन इलेभेनमा काम गर्दै आएका थिए । 

सो सेभेन इलेभेन पसलमा तीन महिनाअघि डकैती भएको र सो डकैतीमा परेका अपराधीहरुको स्थानीय अदालतमा मुद्दा चलिरहेको थियो र आज मुद्दाको फैसला हुने दिन भएको जानकारी सेभेन इलेभेनका संचालकबाट थाहा भएको छ ।  भण्डारीमाथि सोही अपराधीहरुले गोली प्रहार गरिएको हुन सक्ने आशंका सुदिप पन्तले नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ ।

पन्तका अनुसार आज पनि भण्डारी सोही मुद्दाका लागि सेभेन इलेभेन पसलका तर्फबाट स्थानीय अदालत जाने क्रममा बाहिर पार्क गरिरहेको गाडीमा बस्दा बस्दै उनीमाथि गोली प्रहार भएको थियो । 

स्थानीय प्रहरीले गोली प्रहार भएको सेभेन इलेभेन क्षेत्रलाई धेरै समयसम्म घेरा गरेर राखेको र कसैलाई त्यहाँ भित्र जान नदिएकाले गोली लागेका भण्डारीको स्थितिबारे प्रहरीले दिउँसो १२ बजेतिर मात्र मृतकका आफन्तलाई बोलाएर निधन भएको  जानकारी गराएका थिए ।

झापा दुरागढी ७ निवासी रानेन्द्रबहादुर भण्डारी र देवीमाया भण्डारीका दुइ छोराहरुमध्ये रोशन अविवाहित जेठा छोरा हुन् ।
source : http://www.nepalipost.com/index/?a=read&catid=15&id=12476

Rest in peace my fren !!!!
 
meh_nepali
· Snapshot 1120
Like · Liked by · 0
 RIP
nagarikreport
· Snapshot 2030
Like · Liked by · 0
How come this is not a "hot" news for Nepali community?  Because his well wishers are not seeking money?
Dukhe
· Snapshot 2470
Like · Liked by · 0
RIP
yubarajk
· Snapshot 2494
Like · Liked by · 0
भण्डारी परिवार अहिले रोशनको वुवा आमा लाइ रोशनको अन्तिम सद्गतिका लागि अमेरिका ल्याउने अनि अन्तेष्टी कार्य गर्ने क्रममा छ । यसका लागि परिवारलाइ आर्थिक सहयोग आवश्यकता छ ।  इन्छुक व्यक्तिले http://helpbhandarifamily.blogspot.com/ मा गएर आफ्नो पेपाल एकाउन्ट मार्फत भण्डारी परिवारलाइ सहयोग गर्न सकिनेछ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 189
· Posts 10 · Viewed 786 · Likes 1
· Posts 9 · Viewed 1179
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 626
· Posts 25 · Viewed 4014 · Likes 2
· Posts 3 · Viewed 655
· Posts 3 · Viewed 593



Your Banner Here
Travel Partners
Travel House Nepal