बिगतका बोक्राहरु.... - Sajha Mobile
SAJHA MOBILE
बिगतका बोक्राहरु....
Posts 9 · Viewed 8944 · Likes 2 · Go to Last Post
serial
· Snapshot 13
Like · Likedby · 0
एकदम राम्रो छ - अर्को भाग को प्रतिक्षा मा
perfectionist
· Snapshot 27
Like · Liked by · 0
म नि सुन्दै छु. चसक्क भो.
Aviatorchick
· Snapshot 47
Like · Liked by · 0
:)

ekdamai ramro.
BABAL Khate
· Snapshot 63
Like · Liked by · 0
Bolyokipolyo,

Written in a very pure and authentic language. Like the other friends have said, please continue.
Geology Tiger
· Snapshot 107
Like · Liked by · 0
कथा राम्रो छ,

बुद्दिसागरकै कथा हो हैन त?
bolyokipolyo
· Snapshot 256
Like · Liked by · 0
भाग-२
बुद्दीसागर-भर्खरै
घरमा सेतो गाई ल्यएको थियो। हामी भुराहरुलाई के चाहियो। त्यही गाईको वरिपरी हुन्थियौँ दिनै भरी। गाईलाई हामीले 'गौरी' नाम देको थियौँ। आमाले घाँस काटेर ल्याएको देख्नासाथ दौडेर बोरा खोस्न जाने। 'आज गौरिलाई घास खुवाउछु' भनेर जिद्दी हुन्थियो। घरको सबै भन्दा कान्छो। रोइ दिन्थेँ आमाले 'भैगो नि भाईलाई किन रुँवाउछौ हँ, तिमीहरु ठुला भएर जिद्दी नगर, अहिले भाईलाई देओ' भनेर हकार्नु हुन्थियो। दाई-दिदी मलाई कस्तरी हेर्थे मुर्मुरिदै अर्कैतिर लाग्थे। कान्छो हुनुको फाईदा मैले भर्पुर उठाउथे। आमा-बा पनि सानो भनेर मेरै साइड लिने। मैले पछी बुझ्दै जाँदा कान्छो भनेको काखको छोरो भएर होला, प्राय: बढी माया पाउने गर्दा रएछन कान्छाहरुले। मेरो हजुरामा पनि कान्छा मामालाई औधी माया गर्ने। दाई अली छुक्छुके स्वभावको, सँग जिस्किरनु, मलाई चलाइरनु पर्ने। फेरी ठ्याकै उल्टा। मलाई ति सब मन नपर्ने। यही कारणले मेरो दाईको बेलामा खुब 'फाइट' हुन्थियो। दिदी भने बिचमा। सानै देखी त्यो समजदार लाग्थियो। परिपक्क खाल्की। मलाई दाईलाई सम्झाउन खोज्ने। तर हामी कुकुर बिराला भन्दा काम थिएनौ। मलाई याद आमा कहिले काहीँ वाक्क भाको। एक दुई फेर मैले रोको पनि देखेको छु। त्यो बेलाको मेरो बुझाईले आमा पक्कै पनी हाम्रो कारणले रुनु भा जस्तो लाग्थियो। सार्है नरमाइलो लाग्ने त्यो कलिलो मनलाई। दाई सार्है फुर्तिलो र दरो पनि थियो। सानो कालो अनुहार,सबै ले मन पराउथेँ, बिशेषत: केटीहरुका माझ उ पपुलर हुन्थियो। पछी सम्म पनि त्यस्तै। मैले उस्लाई बोलाउने बिभिन्न नाम थिए- चोर, काले, डिंङर, मुसर, हब्सी, र सबै एकै चोटि भन्नु पर्दा 'चोकाडीमुह'। दिदिको नाम - झुम्राकी पुतली (झुम्री)। मेरो चाँही घोइरे (दिदिले) र गु (दाइले)। पछी स्कुल पढदा साथी-भाइले अरु नाम पनि दिए।

 


Last edited: 08-Apr-11 11:55 AM
bolyokipolyo
· Snapshot 282
Like · Liked by · 0

मलाई याद , एकदिन के भएर हो आमालाई सन्चो थिएन बुवाको पनि धरानमा रातिको ड्युटी थियो। गौरीले - दिन अगाडिमात्र रातो सलक्क परेकी बाछी जन्माएकी थि। दुध मनग्गे दिन्छ भन्नु हुन्थियो आमाले। थुन पनि मोट्टा मोट्टा, टम्म भरिएको फाँचो, गाँउमा कती मान्छे गौरीलाई हेर्न आउथें। मलाई मान्छेहरु सँग खासै घुल्मुल हुन आँउदैनथ्यो, माथि कौसीबाट नै हेरिरन्थे गौरीलाई लिना 'का भनेर दाईले मलाई डर देखाउथ्यो, रोइ दिन्थे फेरी गाली खान्थियो दाई। त्यो दिन गाई दुन भनेर कान्छा खतिवडालाई आमाले डाकेर ल्याउन दाईलाई अर्हाउनु भयो। दाइले सुटुक्क बाल्टी नौनी लिएर गोठतिर लाग्यो। मैले धम्क्याए - 'पख आमालाई भन्दिन्छु' मेरो कम्जोरी उस्लाई था थियो - 'मलाई चिउरा का लुकाको था , चुप लागेर बसिस भने चिनी हालेर दिन्छु, हुन्छ?' भन्यो। मलाई पनि चिउरा सार्है मन पर्ने, पेट ढाडिने गरी नै खान्थे। आमाले त्यही भएर केटाकेटीले नदेख्ने ठाउमा लुकार राख्नु भाको थियो बिहान चियासँग मात्रा खान पाउथें। 'चिउरे' पनि भन्ने गर्थे मलाई घरमा पछी सम्म। एक तपेश चिउरा, एकै ठाँउ बसेर सक्काइ दिन्थे। मैले - ' पहिले दे अनी मात्र' भने। दाई दौडेर भान्सामा पस्यो एउटा पोलिथिनको झोलामा पोको पारेर ल्यायो। 'ला यो गोजिमा हाल उता गएर खा' दौडेर मन्दिर पछाडि पुगे पकापक खान थाँले। मलाई सिङगडा (समोसा) पनि खुब मन पर्ने। एक चोटि त मैले ६-७ ओटा खाइदिये एकैचोटि, भोली पल्ट छेर्पाटी लागेर २-४ दिन स्कुल छुट्यो। अनी त मेरो सिङगडा आमाले बन्दै गरिदिनु भयो। उही आकलझुकल कोइ पाउना आए भने-फर्किने बेलामा २-४ रुपैयाँ 'ला चक्लेट खा' भनेर दिन्थे, अनी म दौडिन्थे मधेसिको सिङगडा दोकान। मामा घर गइयो भने चै टन्नै खान पाइन्थियो हजुरामालाई फकाएर। 'मेरो कान्छो नातीलाई खान पनि दिएनन' भन्दै थैलोबाट दुई रुपैयाँ खोतलेर निकाल्दै दिनु हुन्थियो। त्यही भएर मलाई कहिले मामाघर जान पाइएला लागिरन्थो ।

bolyokipolyo
· Snapshot 285
Like · Liked by · 0

राख्नु भाको थियो बिहान चियासँग मात्रा खान पाउथें। 'चिउरे' पनि भन्ने गर्थे मलाई घरमा पछी सम्म। एक तपेश चिउरा, एकै ठाँउ बसेर सक्काइ दिन्थे। मैले - ' पहिले दे अनी मात्र' भने। दाई दौडेर भान्सामा पस्यो एउटा पोलिथिनको झोलामा पोको पारेर ल्यायो। 'ला यो गोजिमा हाल उता गएर खा' दौडेर मन्दिर पछाडि पुगे पकापक खान थाँले। मलाई सिङगडा (समोसा) पनि खुब मन पर्ने। एक चोटि त मैले ६-७ ओटा खाइदिये एकैचोटि, भोली पल्ट छेर्पाटी लागेर २-४ दिन स्कुल छुट्यो। अनी त मेरो सिङगडा आमाले बन्दै गरिदिनु भयो। उही आकलझुकल कोइ पाउना आए भने-फर्किने बेलामा २-४ रुपैयाँ 'ला चक्लेट खा' भनेर दिन्थे, अनी म दौडिन्थे मधेसिको सिङगडा दोकान। मामा घर गइयो भने चै टन्नै खान पाइन्थियो हजुरामालाई फकाएर। 'मेरो कान्छो नातीलाई खान पनि दिएनन' भन्दै थैलोबाट दुई रुपैयाँ खोतलेर निकाल्दै दिनु हुन्थियो। त्यही भएर मलाई कहिले मामाघर जान पाइएला लागिरन्थो ।

love life
· Snapshot 405
Like · Liked by · 0
Nice Read !!!! Wating for next part .........
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12476 · Likes 1
· Posts 7 · Viewed 3814 · Likes 1
· Posts 1 · Viewed 1058
· Posts 1 · Viewed 1020
· Posts 1 · Viewed 926
· Posts 1 · Viewed 1030
· Posts 1 · Viewed 1012
· Posts 21 · Viewed 9670 · Likes 1
· Posts 3 · Viewed 2455
· Posts 5 · Viewed 7686 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal