ऊ चुपचाप बस्ने नेपाली हो
दिनभरी श्रम गर्छ,आफ्नो पेट पाल्छ
धुजा-धुजाले कपडा बनाउछ
फेरी च्यातिय, फेरी टालछ
दिनभरी सुर्यको प्रकाशमा रमाउछ
रात परेपछि टुकी बाल्छ
लोडशेड़इंगको तालिका परिवर्तन भएको याद हुन्छ
भित्तामा नया टासछ, पुरानो फाल्छ
तिमी त सिंघदुर्बारमा रमाउने नेता हौ
दिनभरी गफ चुटछौ, कुर्सि धान्याछौ
अख्तियारलाई छलेर, ढुकुटी रित्याउन जान्याछौ
सात-बुंदे समजदारीले सरकार बान्याछौ
हाम्रो भाग खोसेर, हाम्रै पेटमा लात हान्याछौ
फेरी पनि हामी तिमीलाई नेताजी मान्याछौ
कस्तो बिडम्बना!!!!