एउटा ब्यथा - Sajha Mobile
SAJHA MOBILE
एउटा ब्यथा
Posts 9 · Viewed 7837 · Likes 2 · Go to Last Post
prabhat41
· Snapshot 0
Like · Likedby · 2

भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ |
ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ |

थाहै न् पाइ नजिकिए, यो के   लगिरहेछ ,
बाहिर शान्त, भित्र   कतै केहि जलिरहेछ  |


बाटो भुलेउ तिमीले ,मैले बाटो बिराये ,
छाती भित्र तिम्रै तस्बिर , बेहोसी मै  कराये |

जाग्न चाहिनौ तिमीले ,भन्न् चाहिन मैले ,
अघोसित सम्झौता थ्यो ,भित्रै भित्रै लजाये |


अपरिचित को अभिनय ,शैली पुरानै हो |
मनै न् हो दुक्छ कतै ,माया बिरानो भो |

 

Last edited: 16-Mar-11 10:34 AM
Last edited: 19-Mar-11 06:51 AM
Last edited: 19-Mar-11 09:53 PM
Geology Tiger
· Snapshot 3
Like · Liked by · 0
भाव सुन्दर छ तर अलिकती शब्द चयन र वर्णविन्यासमा पनि ध्यान दिने हो कि!
prabhat41
· Snapshot 20
Like · Liked by · 0
thank you very much for kind suggestion.I will do accordingly.
Ranu Sharma
· Snapshot 122
Like · Liked by · 0
Very Nice gazal.I liked it.Please continue.
prabhat41
· Snapshot 237
Like · Liked by · 0
Thank you very much Ranu for your inspiring comment.
SimpLe_KeTa
· Snapshot 259
Like · Liked by · 0

सबैलाई नमस्कार !

Good छ ....
Geology_Tiger सरको भनाई तितो सत्य हो !

म जान्ने पल्टेको होईन, ग्यान को आदान प्रदान चहान्छु ।

प्रभात४१को :
यदि यस्लाई गजल मान्ने हो भने:
पहिलो शेरलाई सबै भन्दा महत्वपुर्ण मान्ने हो भने:

हजुरको पहिलो शेर:
भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ |
ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ |


माथिको :
कविता हो भने कसरि पाठ गर्ने ?
गजल-गित हो भने कसरि गाउने ?
अनि स्वास कति खेर लिने ?

यस्तो हो कि कवि गितकारको भनाई :

॥:    १    १   २    |  ३          २        | २       २        २       |
॥: भेट घाट हुँदा | मुसुक्क हासेउ | घाइते बनाइ दियेउ |
| १         १        १ | २        २       | २    २      २
| ख्याल ख्यालमै | आखा छलेउ | मुटु चोरी लियेउ :॥

हजुरहरुको कमेण्टको आशा राखेको छु ।
सिक्दै छु, मिलेर सिकुम - सजिलो हुनेछ अनि रमाईलो हुनेछ !

धन्यवाद ।
बाई !

prabhat41
· Snapshot 284
Like · Liked by · 0

सिम्पल केटा जि
प्रतिकृयाको लागि धेरै धन्यवाद  |
मैले यो गजल भनेर दाबी गरेको छैन , यो के भन्दा ,यो त्यही हो |
फिलिङस मात्रा |

यो २ ,४ लाइन पढ्न पनि के सास फेरिरन पर्छ भन्या ?सासै रोकेर पढे हुन्न ?

SimpLe_KeTa
· Snapshot 399
Like · Liked by · 0
नमस्कार सबैलाई !

प्रभात सर,
फलिङ्गसलाई मनको बाँध तोडेर आउने पानि मान्नुस ।
यदि  नहर, कुलोमा नबगाये खेतको बालि, ज्यान र जिवन ध्वस्त पार्छ ।

नहर, कुलो धेरै किशिमका छन्, तपाईलाई सुहाउँदो छान्नु होस - बर्खाको बाढि जस्तो बग्न नदिनुस ।

सोध्नु भो, चित्त बुझाउने कोशिस गर्दछु :
बोल्दा वा गाउँदा जिँउदो मान्छेले स्वास लिनै पर्छ । मान्छेले केहि शब्द बोले पछि स्वास लिनै पर्छ । नत्र च्याँठेर एकै स्वासमा बोल्या भन्छन् । कर्ण प्रिय हुन्नन् ।

ध्यान दिनु होला :
मान्छेले कहिले सानो स्वरमा बिस्तारै र कहिले ठुलो स्वरमा छिटो बोल्छन् ।

क्रोध, रगत आदि शब्दहरुले रातो रँग भन्छ । तसर्थ : रातो रँग याद दिलाउने शब्दहरु छोटो र तिखो हुनु पर्छ । (e.g. छाडा गालिहरु छोटो हुन्छन्)
कालो रँग याद दिलाउनु छ भने लामो शब्द, लामो सेन्टेन्स हुनु पर्छ (groovy feelings, the blues)

अब स्वास लिने कत्ति खेर भन्ने कुरो फोक्सोमा पनि भर पर्ला । के था ? एकै स्वासमा आधा धण्टा बोल्ने कोई कोई होलान पनि ... के था !
योगा पो हो कि ?!
:)

मैले जान्या यत्ति नै हो ।

बाई !

सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला ...
यो कथा कतै नजाला ...
prabhat41
· Snapshot 401
Like · Liked by · 0
सिम्पल जी
यो तपाइको प्रतिक्रिया पढे पछी सिम्पल केटा बाट केटा झिक्न बाध्य भए |
अति मन छुने ,राम्रो प्रतिक्रिया लेखिदिनु भो |
तेस्को लागि धेरै धेरै धन्यबाद |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 623 · Likes 1
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 72
· Posts 15 · Viewed 3237 · Likes 3
· Posts 4 · Viewed 393
· Posts 1 · Viewed 318
· Posts 7 · Viewed 1768
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 162
· Posts 5 · Viewed 696



Your Banner Here
Travel Partners
Travel House Nepal