जल्नेहरु यसरी जले................. - Sajha Mobile
SAJHA MOBILE
जल्नेहरु यसरी जले.................
Posts 25 · Viewed 23415 · Likes 70 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 13



जल्नेहरु  यसरी जले,
 
आगो भै जले कोही धागो झै जले ।

 
यत्रतत्र जले, सर्बत्र जले 
 
अस्वीक्रित प्रेमको  प्रेम पत्र झै जले । 

 
काहानीमा जले, जवानीमा जले
 
रात रातको के कुरा बिहानी मै जले । 

 
जल्नेहरु  यसरी जले,
 
आगो भै जले कोही धागो झै जले ।
 

रिसले जले, इषले जले,

सबै नीलकण्ठ कहाँ हुन्छन्? बिषले जले ।
 

नाममा जले , काममै  जले,

जलेर खाग भएकाहरु घाम मै जले ।
 

 जल्नेहरु  यसरी जले,
 
आगो भै जले कोही धागो झै जले ।

 

 

 

Load Previous
_____
· Snapshot 470
Like · Liked by · 0
jalne haru jali rahanchan, kaag karaudai garcha pina sukdai garcha bhantrhey nepal ma
tara kabita chhai sital diney khalko chha
Namit
· Snapshot 612
Like · Liked by · 0
 Ek sabd matra :  "Sarbotkristha".
Rahuldai
· Snapshot 812
Like · Liked by · 1

GT,
अहिले सम्म को को जले, थाहा भएन । जलेर खरानी भै  खरानी पनि डेलावर नदी मा बगाइ सके कि ??

भक्ते दाई,
चिन्ता गर्‍या छैन। चिन्ता तिनिहरु ले गरुन् , चिन्ता गर्दा गर्दै चित्तामै जलुन् , बालै भएन नि , मखुला ??

टि एम एस्,
हो कोइ रुपमा जले, कोइ सिन्के धूप झै जले । जल्नेहरुको लामो लिस्ट छ ।

दीप जी,
सदा झै सुन्दर हरफ हरु , मेरो प्रयास माथि चार हैन पाँच चाँद भएको छ ।

धर्के,

तेल ग्यास यस्तो महंगो हुंदा नि जल्नेहरुको कमी छैन भन्या ।

नमित,

धन्यवाद, तपाईं को सह्रिदयता को लागि ।

मबी  दाई ,

दाई को चेलो हुने कोशीश मा छु ।
 

SimpLe_KeTa
· Snapshot 1050
Like · Liked by · 0
वाह !
सार्है शुन्दर!

हजुर हरुको सुन्दर रचना देखे पछि मैले नलेखि बस्नै सकिन ।
कविता प्रेमिमाझ मेरो भुन्टि रचना पेश गर्दै छु । हेरि दिनु होला ।


माटोमा  मिल्न होकि ?

गल्नेलाई गलाउँदा
धेरै त्यसै जले,
प्रेम पत्र र कन्येहरु
धेरै त्यसै ढले ॥

यो जँडयाको बस्तिमा,
यो केटो मस्तिमा -
कतिनै लुक्न सक्थ्यो र ?
कतिनै भाग्न सक्थ्यो र ?

त्यसैले भयो कि लगाम -
उस्को न्यानो हातहरु ?
यि धिपधिपे स्वासहरु -
नत्र किन भयो र गुलाम ?

माटोमा मिल्न होकि ?
पालुवा फुल्न होकि ?

:)

सुझाव दिनु होला ।
The Lonely Traveler
· Snapshot 1077
Like · Liked by · 0
Kabita haru ramra chhan. Eutale suru garnu parcha sabaika Kalam sagsagauchha...yesarinai kurakani ma kabita lekhdai janu paryo!!' good luck!!
BlurMirror
· Snapshot 1268
Like · Liked by · 0

ठुल्दाइ, मिठो लाग्यो।  अब एक चोटि तपाईंले नै यो recite गरेको सुन्नु बाँकी भो है ।

अरु पनि धेरै कबिता हरु को पर्खाइ मा, साथ्साथै अरु contributers हरु को लेखाइ पनि निक्कै रोचक hats off to you all..just wondering how do you all do this? :-s


उही
 

Rahuldai
· Snapshot 1351
Like · Liked by · 0

सिम्पल केटा,

तपाईं को कबिता झन राम्रो लाग्यो, त्यो कबिताबाट अझ जल्ने छन ।

एक्लो यात्री,

तपाईं पनि थप्नु होस् । तपाईं को कबिता पनि पढेको छु, राम्रा छन ।

ब्लर मिरर,

कुनै दिन वाचन गर्ने मौका मिल्ला नै । त्यतिन्जेल एउटा कथा राख्ने कि ??

chamatkar
· Snapshot 1373
Like · Liked by · 0

मैले यो कविता पढ्दा जलिंछ भनेर होसियारीपुर्वक पढे त्यसैले बचे ....
 कविता पढ्ने हरु पढेर जले चाहिं हुनु नपरोश भनेर चेतावनी दिएको 
Last edited: 01-Mar-11 09:14 AM
ritthe
· Snapshot 1421
Like · Liked by · 0

यत्रतत्र जले, सर्बत्र जले 
 
अस्वीक्रित प्रेमको प्रेम पत्र झै जले ।


वाह! वाह !!

हरिप.....हरिप सब का सब

 

Rahuldai
· Snapshot 1443
Like · Liked by · 0

चमत्कार,
जलेर पढ्नेहरु अबश्य नै जले होलान्, तर पढ्नेहरु चाँही कोइ जलेको छैन, जल्दैनन पनि ।

रिट्ठे,
हरिप नै भनी न हाल्ने कि म जस्तो गरीबको कबिता लाई !

nakkali keti
· Snapshot 1474
Like · Liked by · 1
कोही सुन्सान साँझमा जले 
कोही भिडहरुको माझमा जले
यो धुवै धुवाँको शहरमा
कोही साउँले जले
कोही ब्याजमा जले .....


मखुला ठुल्दाई? :)
Nepal ko chora
· Snapshot 1530
Like · Liked by · 1

सुन्दर रचना  ठुल्दाइ !!!

कोही आँशुमा भिजेर गले,
कोही फूलले लागेर ढले।

कोही मुर्दा भए पनि चले, 
कोही अमृत खाइ ढले।   



SimpLe_KeTa
· Snapshot 1615
Like · Liked by · 0
वाह !
धन्यवाद !

गरिब राहुल दाईको हरिप कविता लाई प्रणाम ।

समस्त कविता प्रेमिलाई १० अम्ला जोडेको नमस्कार । अनि जल्नेहरुलाई न्यानो तिरस्कार !

नक्कलि केटिको वजनदार कविता अतुलनिय छ । रोचक छ । राम्रो छ ।

होशियारि पुर्वक कविता पढेर नजल्ने चमत्कार लाई धन्यवाद । दम छ !


कोही आँशुमा भिजेर गले,
कोही फूलले लागेर ढले।

कोही मुर्दा भए पनि चले, 
कोही अमृत खाइ ढले।   


वाह !

यात्रा जारि रहोस !
शुभयात्रा !

बाई !

vIRGIN dUMSHI
· Snapshot 1617
Like · Liked by · 0
SimpLe_KeTa
· Snapshot 1691
Like · Liked by · 0

 youtube video yaha ke prashanga ma rakheko ho bujna ali gaaro bho ?
Lahari
· Snapshot 2151
Like · Liked by · 0
all the best gazal comes in the name of rahulbhai.
sadhai bhaai hune?daai kahile hune?
prabhat41
· Snapshot 2170
Like · Liked by · 0
तपाईंको गजल म् खोजी खोजी पढ्ने गर्छु ? कोइ कोइ असाध्एइ राम्रो लागेको ?
यो पनि तेस्ताइ
chamatkar
· Snapshot 2170
Like · Liked by · 0






Last edited: 24-Mar-11 11:37 PM
Last edited: 24-Mar-11 11:39 PM
prabhat41
· Snapshot 2354
Like · Liked by · 0

SimpLe_KeTa
· Snapshot 2429
Like · Liked by · 0
फेरि गाना राखेछन् ।

होईन हो, यस्तै हो भने मेरो गाना 'नि राख्छु म ।
:)
कसरि राख्ने सिकाम है ।

धन्यवाद ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 3986 · Likes 3
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 158
· Posts 1 · Viewed 342
· Posts 1 · Viewed 198
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 101
· Posts 77 · Viewed 18744 · Likes 16
· Posts 1 · Viewed 154



Your Banner Here
Travel Partners
Travel House Nepal