बिजुली निभेको रात - Sajha Mobile
SAJHA MOBILE
बिजुली निभेको रात
Posts 10 · Viewed 12018 · Likes 4 · Go to Last Post
Gautam B.
· Snapshot 0
Like · Likedby · 0
अस्तित्वहीनझैं लाग्छ-
डराएर लुकेजस्तो
कसैको कर्कश आदेशमा
लत्रिएर झुकेजस्तो
चारै सूरमा लहर लागेर
विपत्ति र पिडाले ढुकेजस्तो
अन्धकारको भारले थिचिएर
पाईलाहरु रुकेजस्तो,

यो बिजुली निभेको रात
मलाई अचेत बनाउन
सघन हुँदै सोहोरिएका छन्
यो बस्तीका सम्पूर्ण पिडाहरु,
र म
थुप्रिएका पिडाहरुबाट फुत्किन
कहिले रोगी जूनमुनि कठ्याङ्ग्रिँदै
कहिले मलीन ताराहरुसंग गुँडुल्किँदै
आफूलाई दौडाईरहेछु
यो बस्तीको शिर-पुछार,


किन यस्तरी कान्तिहीन छ बस्ती?
कहिल्यै बैंश नआउने गरी
जन्मिँदै आत्मा सुकेजस्तो
किन यस्तरी झोक्राएको छ यो बस्ती?
अक्षता हान्दै कसैले
कालो मन्तर फुकेजस्तो
किन हरबखत सन्त्रस्त छ बस्ती?
कसैले अविराम कानमा
घोर आतंक भुकेजस्तो।



(माघ १, २०६७; राती ११:३५ बजे; पोखरा)
The Lonely Traveler
· Snapshot 115
Like · Liked by · 1
 Nice poem man. I like it.
Geology Tiger
· Snapshot 115
Like · Liked by · 3
लौ धेरै पछी देख्न पाइयो यहाँलाई साझामा !

अब लोडसेडिङ बलेको देशमा रातहरु त निभ्ने नै भए नि हजुर ! बरु यहाँको कलम ननिभोस् अहिलेलाई त्यति कामना !
SimpLe_KeTa
· Snapshot 339
Like · Liked by · 0
मन पर्यो।
मिठो गहकिलो कविताको लागि धन्यवाद।
SimpLe_KeTa
· Snapshot 340
Like · Liked by · 0
कविता प्रेमि माझ मेरो एउटा लुत्रे कविता पेश गर्न चहान्छु।

के म बौलाएकै हो त

आज ऐठनले बिहानै उठेँ
अनि अनिँदोमै पत्रिका पढेँ
तर पचेन
किनकि कतै राजनिति भेटिन ॥

लौ बर्बाद!
सायेद म बौलाएछु कि ?
मन्त्रिको आशिर्वाद
पत्रकार सन्चो भएछ कि ?

अनि कुरो बुझ्न बासिभात निलेर
दर्शन लिन मन्त्रि मन्दिर गएँ
तर बाटोमै अचम्म परेँ
मन्त्रिले कुचो लाएको देखेर

के म बौलाएकै हो त ?
के यो मेरै भ्रम हो त ?

कृपया सुझाव दिनु होला!
धन्यवाद!
Rahuldai
· Snapshot 402
Like · Liked by · 0
गौतम जी को यो सारगर्भित कबिता फेशबूक मा पढेको थिएं आज दोहर्‍याइ पढें । हिजो अलिकतो दुखेको थियो आज बेस्सरी दुख्यो ।
timi_mero_sathi
· Snapshot 435
Like · Liked by · 0
राम्रो कविता को लागि Gautam  B  लाई धन्यवाद , Simple  keta  केटा लाई pani
अनि  म टुक्रे  ओस्ताद को पनि एउटा सानो टुक्रा

कल्पी, कल्पी  मेरो मन  रुन्छ
फूल भै फुलु  भने,
ओइली  एक दिन झर्नु पर्छ
बादल भै उडु भने
झरी बनि झर्नु पर्छ
 
कल्पी, कल्पी  मेरो मन  रुन्छ
सफलता सधै  चुमु भने
दुखः को अँगालो मा रम्नु पर्छ
नदि भै बगु भने
सागर मा मैले बिलौनै पर्छ

कल्पी, कल्पी  मेरो मन  रुन्छ
 प्रेम मा डुबु भने
बिछोड को सधै डर हुन्छ
जिन्दगि के हो?  जति बुझ्यो तेती
कल्पी, कल्पी  मेरो मन  रुन्छ


SimpLe_KeTa
· Snapshot 481
Like · Liked by · 0
१० औंला जोडेर सबैलाई नमस्कार!

Gautam B. सरको गज्जबैको कविता पढे पछि निस्केको timi_mero_sathi ओस्तादलाई मेरो प्रणाम।
timi_mero_sathi को गज्जबैको गयो गिति कविता। परफेक्ट!
मादलुको तालमा गाँउ गाँउ जस्तो भो। 

मेरो सबैलाई सुभकामना!

बाई!
adhikari_bandhu
· Snapshot 589
Like · Liked by · 0
Thank you Gautam ji, simpleketa and timi mero sathi. You guys inspire someone like  us to read 'kabitas'. Good job !
Deep
· Snapshot 684
Like · Liked by · 0

गोतामे प्रभो,

धेरै ट्याम भा थ्यो दर्शन पाईया थे न प्रभो को --

हाम्रा गाम तिर अचेल खग्रास ग्रहणको जोग परेको छ -- ग्रहण नसकिदै साँझ परेर रात लम्बिने हो कि भन्ने डर हो प्रभो, तर बिहान त हुन्छ हुन्छ---

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 578 · Likes 1
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 71
· Posts 15 · Viewed 3231 · Likes 3
· Posts 4 · Viewed 378
· Posts 1 · Viewed 313
· Posts 7 · Viewed 1762
· Posts 1 · Viewed 158
· Posts 1 · Viewed 159
· Posts 5 · Viewed 689



Your Banner Here
Travel Partners
Travel House Nepal