SAJHA MOBILE
~चौतारी १९९~
Posts 179 · Viewed 68135 · Likes 31 · Go to Last Post
perfectionist
· Snapshot 0
Like · Likedby · 0

~  चौतारी १९९ ~


आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ!

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 199 editions.

Last edited: 10-Aug-10 08:43 AM
RESPONSES :: Showing Last 20 :: Show by page
serial
· Snapshot 1266
Like · Liked by · 0
समर्थन जि तारेमाम

ल आउनुस् बस्नुस्

एसो कुरा कानी नि गरम -


अनुहार त हिजो अस्ती नि देख्या हो

बोली चाँही सुन्न पाको छैन -

rahulvai
· Snapshot 1279
Like · Liked by · 0

तारेमाम जीते, बैरे , रिट्ठे , समर्थन ।


बुढा आए मुढा चलाए गए ।


 दिन त दरो दिएको हो लहरेलाई।


लहरे पनि कम छैन ।


काइनेटिक इनर्जीले दिने भा छ ।


अस्ती सम्म काइनेटिक मोपेड चलाऊथ्यो ।

ramronepal
· Snapshot 1291
Like · Liked by · 0




अरे ह्यापी रे ह्यापी, मि एकदम ह्यापी रे ...... आज तो फ्राइडे  हे ना ...... वोह राह देख रही होगी ........

सराबका सुक्र है, बर्ना गुजरती कैसा साम
सराब जिस्ने बनायी है उसे हमरी सलाम








Last edited: 13-Aug-10 11:53 AM
ramronepal
· Snapshot 1314
Like · Liked by · 0




खोइ कता गये सबै .......... हसुरिसकेको हुन पर्ने अहिले सम्म त ........
अहिले शाहीली कहाँ जाने समय नि भएको छैन ..... के हो के हो ......
cheli
· Snapshot 1314
Like · Liked by · 0
लोल लहरे पुराण!!

समर्थन भन्या नि लहरेको मुकुन्डो हो कि क्या हो ?
rahulvai
· Snapshot 1318
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


के हो राम छ , एक्लै फटफटाइ रहेको ?


कराँची जानु पर्ने मान्छे राँची जानु पर्ला ।



साइली लाई यतै बोलाए हुन्न ? हामी पनि माद पिउंथे नि । मखुला ??

Harka_Bahadur
· Snapshot 1329
Like · Liked by · 0

क्यारम क्यारम भो मलाईनी आजत , अस्तिको क्यारम बोर्ड पनि रिठ्ठे बज्जेले कता राख्यो राख्यो , के अर्ने अब ?


आज फ्राइ डे , जिम्माल फ्राइ गर्ने हैन , सिङै बूङूरनै फ्राइ गर्नु पर्छ कि के हो आज त , कि सिङै राङा गर्ने हो ?


लु है सप्पैलाई तारेमाम अनी नमस्ते साथ साथै फ्री जदौ ।

Harka_Bahadur
· Snapshot 1347
Like · Liked by · 0

लु है झ्यप्प लार चपाम बसेर चिसोको ब्यबस्था कल्ले गर्ने हो अब ?


Harka_Bahadur
· Snapshot 1348
Like · Liked by · 0

टन्न छ मजाले खाउ , अरुपनी पोलिदै छ ।


Harka_Bahadur
· Snapshot 1352
Like · Liked by · 0

लु रिठ्ठे यो मासुलाई झिरमा उनेर रेडी बनार राखत , अर्को लटमा पोल्नु पर्छ ।


Harka_Bahadur
· Snapshot 1353
Like · Liked by · 0
ठुल्दाइ कता लागे भनेको त , मो मोको तयारीमा जुटेका रछन । बूङूर फ्राइ पनि कसैले खान्छ , मो मो पो खानु पर्छ असली महेन्द्र बौचाको पसलको स्वाद आउने मो मो मखुला।
Harka_Bahadur
· Snapshot 1357
Like · Liked by · 0

साँधेको खसिको मासु सँग चिरिप्प पारेर झिरिप्प हुने हो कि ?


Geology Tiger
· Snapshot 1363
Like · Liked by · 0

 


होइन हो हर्के हामी सागाहारीहरुलाई पनि त केही ब्यबस्था गर्नु पर्‍यो!


 

Harka_Bahadur
· Snapshot 1368
Like · Liked by · 0

लु यो चै भेजीटेबल मो मो बाघको लाई , नाम चै बाघ खाना चै साघ , कि झोल हालेको बूङूरमा , बूङूर हटार झोल झोल खाने होकी हो भने भनी हालौ है ।


Geology Tiger
· Snapshot 1392
Like · Liked by · 0

 


हेर झन हर्केले यती दु:ख गरेर हरेक किसिमको मासुको परिकार तयार पार्दा पनि कुनै औतारिले पनि भरे रमाइलो गर्न केही तयारी गरेनन्। बज्जे अल्लारेहरु त सबै त्यही साइली र माइलिको भट्टिमा गएका त होलान् नि। मलाई त के छ र? हर्केले ल्याएको म:म: छदै छ एक्लै बस्छु आनन्दले खान्छु। थ्यांक यु है हर्के।


 

syanjali
· Snapshot 1404
Like · Liked by · 0
हर्केजी,  ह्याकुला सेक्न लाग्नु भा जस्तो छ, लौ मत " मान न मान मै तेरा मेहमान" हुन लागे है। बरु चिसो मा के चै उठाउ ? बड् को स्वाद लाग्न छोड्यो , स्टार बियर को स्वाद जस्तो कुनै छ कि ? कोदोको छ्याङ जस्तो बिस्तारै दनक दिने ।
Smriti44
· Snapshot 3089
Like · Liked by · 0
तातारेमाम ............म सिमि पोखरेलको    waaaaaaaaaaa साँधेको खसिको मासु !!!!!!!!
serial
· Snapshot 3112
Like · Liked by · 1
तारेमाम सिमी जि -
यो चाँही पुरानो चौतारी हो - यहाँ अचेल कोही नि आउँदैन - अर्को चौतारी मा आउनु होला
सबै उतै बसेर गफेर बसिराखेको छ, नयाँ चौतारी मा जान तल को लिन्क मा क्लिक गर्नुस्

नयाँ चौतारी जाने बाटो





Last edited: 22-Nov-10 09:32 AM
shreya08
· Snapshot 67442
Like · Liked by · 0
हेल्लो हेल्लो... कोइ छ?
चौतारीका औतारीहरु कता हराए अचेल?

मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ...........
logan
· Snapshot 67498
Like · Liked by · 0
चौतारी नै हरायो जस्तो लागेको थियो ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 26 · Viewed 3847 · Likes 9
· Posts 7 · Viewed 3967
· Posts 1 · Viewed 828
· Posts 1 · Viewed 1024
· Posts 6 · Viewed 996
· Posts 2 · Viewed 577
· Posts 1 · Viewed 184
· Posts 1 · Viewed 1185
· Posts 9 · Viewed 1622
· Posts 1 · Viewed 1575



Travel Partners
CheapAirFaresToNepal
Air Zone
Aero Nepal
Nepas Travel Tours
Zen Travels
Travel Solution USA
Himalayan Treasures & Travels
Travel House Nepal