प्याला रित्याउं अनि गाला मिठ्याउं कि ? - Sajha Mobile
SAJHA MOBILE
प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?
Posts 19 · Viewed 12913 · Likes 10 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 3

प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?
शरम र धरम बीचको ताला मिल्काउं कि ?


सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?
 
छल्की रहने, पोखिन पोखिन खोज्ने यौबन,
सदाबहारतिम्रो मातको नदी नाला फर्काउं कि ?
 
नजरले चित्त बुझेन कतै, अधरले  मन भरेन
टाँसीरहन सधैं तिम्रो हातको बाला बनीरहुं कि ?
 
जती भाबुक छु,त्यती नै कामुक पनि छु म   
हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं  कि? 

बिस्टे
· Snapshot 3
Like · Liked by · 1

वाह रे वाह ठुल्दाइ
बेजोड को गयो है एस्पाली त।


"सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?...


"जती भाबुक छु,त्यती नै कामुक पनि छु म   
हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं  कि?
  "



हरेक पङ्ती उत्तिकै वजनदार छ् दाई।

ritthe
· Snapshot 30
Like · Liked by · 1

जती भाबुक छु,त्यती नै कामुक पनि छु म   
हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं  कि? 


ओहो ठुल्दाइ को नि "R" rated गजल आएछ !  jus kidding...


वाह ! पंक्ती पंक्ती मा १०/१० किलो को वजन छ ! गज्जब !

prabhat41
· Snapshot 47
Like · Liked by · 1

राहुल भाई
यो दुई लाइन चै अती मन पर्‍यो |अरु चै ठीक ठिकै भो |


सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?
 

serial
· Snapshot 103
Like · Liked by · 1

वाह ठुल्दाइ वाह


गज्जब छ

serial
· Snapshot 104
Like · Liked by · 1

Last edited: 19-Jul-10 12:01 PM
SimpLe_KeTa
· Snapshot 238
Like · Liked by · 0
लोल ...



म भन्दानि ठुलो आशावादि हुनु हुंदो रहेछ ।

बधाई छ ।
Rahuldai
· Snapshot 337
Like · Liked by · 0

धन्यवाद बिस्टे ,
राम्रो लागेकोमा मेरो प्रयास सफल भएको मानेको छु ।


रिट्ठे,
आर रेटेड त भन्नु मिल्दैन कि ? अश्लील त छैन नि मखुला ??


प्रभात ,


दुई लाइन भए नि राम्रो लेखेको रहेछु, धन्यवाद ।


सेरिल,


गजब कबिता होइन टिप्पणी पो छ, मखुला ??



सिम्पल केटा
लोल भन्ने ठाउँ कतै देखिन मैले त । हास्य कबिता त हैन जस्तो लाग्यो । अनि आशाबादी त हुनै पर्‍यो नि बाँच्न लाई ।

SimpLe_KeTa
· Snapshot 399
Like · Liked by · 0
Rahulvai, चित्त नदुखाउनुस ।
                         नराम्रो छ भनेको छुईन । राम्रै छ, बरु त्यहां हास्य रश अर्थ मैले बुझेकोमा लज्जित छु ।

अलिकत्ति चिरफार गरुम है । माईण्ड नगरि दिनुश है ।

5th Couplet लाई अन्तिम अर्थ मान्ने हो भने:
                            "जती भाबुक छु,  त्यतीनै कामुक पनि छु म   
                              हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं  कि?
"
               
मैले बुझेको: एउटा कामुक भाबुकले, बिना भियागरानै, काम थाल्नु आँटेछ ।
                   रिसानि माफ होस, गर्दन चिलाकै छ, रुख सोझै छ ।

अर्थ जस-जस्ले जसरि लियेनि तपाईको गजल(?) शब्द चयन सराहनिय छ ।

आई टु लाईक ईट !

Birkhe_Maila
· Snapshot 412
Like · Liked by · 0


ठूल्दाई,


मिठ्याईदिउँ, मिल्क्याईदिउँ, फर्काईदिउँ, बनाईदिउँ, सल्काईदिऊँ जे पर्ला पर्ला!

prabhat41
· Snapshot 412
Like · Liked by · 0

'दुई लाइन भए नि राम्रो लेखेको रहेछु, धन्यवाद '
न् बम फट्यो  ,न गोली चल्यो |
एउटा चरा ,तेसै भैमा झर्यो |


 

Nepal ko chora
· Snapshot 469
Like · Liked by · 0
गज्जब को लाग्यो, ठुल्दाइ। लेख्दै गर्नुस।
SimpLe_KeTa
· Snapshot 539
Like · Liked by · 0

मलाईनि प्यासै लाग्छ

देखेर अरुको खुशि मलाईनि प्यासै लाग्छ
पिएर सस्तो रक्शि मलाईनि प्यासै लाग्छ

राहुलभाई म'नि कुमारनै छु :wink:wink:
भित्र-भित्रै हड्डिबाटै मलाईनि प्यासै लाग्छ

हुन्छ रे "एउटा मानिसको बोझ अर्को मानिसको खोझ"
राहुलभाई कुनै दिन तिम्लाई अधाए मलाईनि प्यासै लाग्छ

यो सिम्पल_केटोलाई'नि आशले एउटा देव जाग्छ
 देखेर राहुलभाईको खुशि उसलाईनि प्यासै लाग्छ ॥



Last edited: 22-Jul-10 02:22 AM
Comcast
· Snapshot 695
Like · Liked by · 1
Thuldaai,
Here is it, as per your request. I know it's a coarse translation but I have tried my best to preserve the essence of your words....

Should I… ??

Should I empty those bottles or  flood your lips with my affection?

Or should I just obliterate the barrier between responsibility and humiliation?  

Addicted to your beauty obsessed with your youthfulness,

Should I just keep on drinking and make a bar out of the continuation?  

Your youth spills here and your splendor drips there,

Should I make a dam to turn back the river of addiction?  

Neither these eyes nor the body could fulfill the thrust,
should I just be your bangles so that it feels like incorporation?  

Not only I hoard sentiments, can also burgeon the seduction;
If you permit, should I just incite the fire of passion? 
Last edited: 21-Jul-10 04:57 PM
बैरे
· Snapshot 701
Like · Liked by · 0
wah wah wah wah wah CC aka S--S--
SimpLe_KeTa
· Snapshot 798
Like · Liked by · 0
Comcast, rahulvai
             Compliments! बधाई छ ।

प्याला रित्याउं                                                अनि गाला मिठ्याउं कि ?
Should I empty     those bottles or  flood your lips with my affection?

Great work!
Last edited: 23-Jul-10 01:52 PM
Rahuldai
· Snapshot 854
Like · Liked by · 0

धन्यवाद कम्कास्ट ब्रो , अंग्रेजी अनुवाद निकै नै अर्थपूर्ण र सुन्दर छ ।



धन्यवाद सिम्पल केटा, हौसलाले अझ लेख्न प्रेरणा दिने छ ।

KyaJhoor
· Snapshot 931
Like · Liked by · 0
जती भाबुक छु,त्यती नै कामुक पनि छु म   
हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं  कि?

wah wah... ThulDai...
uranus
· Snapshot 998
Like · Liked by · 0
राहुलदाइ,
धन्य हुनुहुन्छ! तपाईं को रचनाहरु देखेर, मलाई पनि लेख्न मन लाग्छ तर के गर्ने, कवितै फुर्दैन। रिसानी माफ हुन्छ भने एउटा सानो टिप्पिणी गर्न मन लाग्या छ। त्यो 'बनिरहुं' को साटो, 'बन्न पाउँ' भइदिये माथि का सबै 'आउं ' सित मिल्थ्यो कि?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 1994 · Likes 1
· Posts 3 · Viewed 280
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 69
· Posts 2 · Viewed 472
· Posts 1 · Viewed 215
· Posts 2 · Viewed 412
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 202



Your Banner Here
Travel Partners
Travel House Nepal