~ चौतारी १९६ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी १९६ ~
Posts 201 · Viewed 115961 · Likes 1 · Go to Last Post
बिस्टे
· Snapshot 0
Like · Likedby · 1

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.

Load Previous
gaalab
· Snapshot 1613
Like · Liked by · 0
प्रणामम्, नमस्कारम्, जदौ, योSS!

प्रथमत‌: दीप प्रभोको दामी डायलागको लागि २ सिठ्ठी!
सुईय! सुईय!!

स्कूलका सपैजना पास भ'र क्याम्पस लागेचन् के रे, त्यो बेला' दौंतरी त तेती देख्खेनन्। हुन त आफू पनि मुग्लान पस्या, उता' उतै भैयो।
ती बजिया-बजिनीहरूहरू चाडबाडाँ मुख देखाउँचन् कि देखाउँदैनन् हँ?

ऊ बेलाका जिम्माल उसै लिखुरे बुडा, अहिले त लौरो टेक्न पर्ने भ'चन्! कपाल पनि कति लामा लामा पालेका हुन्, टाउको सेतै भ'चन गाँठे!

राउलदाइका कपाल पनि अलि फुल्या जस्तै लायो।

पुन्टे बुडाका त .... कपाल भे पो कमेन्ट गर्नु! टाउकोको हकमा कुरा गर्दा, जाइने, खेतसँग तुलना गर्ने हो भनी, पैले धान काट्या बेला' जस्तो थ्यो क्यार, अहिले त खलो खन्या जस्तै भ'च।
धोबिनी भाउजू पनि गलिचन् बरा! भट्टीमा रौसी बाँड्दा बाँड्दा लठ्ठी जस्तै भा'रचिन्।

सबैको जय होस्।

नारायण! नारायण!!

अस्तु:।।
Rahuldai
· Snapshot 1623
Like · Liked by · 0

गालब गुरु तारेमाम।
धेरै बर्ख पछी चौतारी फर्किनु भयो, खुशी लागो।


हामी त चौतारी मै कपाल सपाल फुलाइयो ।
आफ्नो हाल पनि बयान गर्नुस् ।


पुराण सुराण को वाचन हुन्छ कि हुंदैन अचेल। पुराण भट्याएरै पण्डित महोदयहरु करोड पती , बहुपत्निको पती भेका छन रे नयाँ नेपाल मा ।
 

बैरे
· Snapshot 1632
Like · Liked by · 0
 

तारेमाम गम्लेहरु!



बिहीवारे बगलामुखिय जदौ ।

Rahuldai
· Snapshot 1642
Like · Liked by · 0


प्रेमिका (प्रेमी से) : सामने खिड़की में जो तोता-मैना बैठे हैं, दोनों रोज यहां आते हैं। साथ बैठते हैं, चहचहाते हैं, प्यार से एक-दूसरे को गुदगुदाते है और एक हम हैं कि हमेशा लड़ते ही रहते हैं। 
प्रेमी : तुमने उनकी एक चीज नोट नहीं की। यहां पर रोजाना बैठने वाले जोड़े में तोता तो वही होता है, पर मैना हमेशा नई होती है
SurNaTal
· Snapshot 1642
Like · Liked by · 0
Namaste sappailai. Gauma alikata kaam parera chhireko thiye. Ani chautaarima suskeraa halna ayeko. Ko ko hunuhunchha han??
gaalab
· Snapshot 1651
Like · Liked by · 0
राहुलदाइ, त्यो पुरानो इलम छोडियो! त्यति बेला पढीओडी क्यै समय निकाली यसो भट्भट्याइन्थ्यो। अब अहिले, कसैको नून खान थालेसि त्यस्का बाउका कामले हैरान!

"उठ, जाऊ, उतै खाऊ;
रात पर्च, लुख्रुलुख्रु आऊ"

अस्तु॥
serial
· Snapshot 1660
Like · Liked by · 0

तारेमाम रामे, गालब गुरु, सुन्तले अनी बैरे


धुरन्धर औतारी हरु आएछन नि हौ आज त

gaalab
· Snapshot 1680
Like · Liked by · 0
जदौ सिरियलज्यू प्रणाम! चौतारीका औतारीहरू दौंतरी खोज्दै भौंतारिंदा अन्त जाने ठाम पो कता छ र? हैन?
serial
· Snapshot 1724
Like · Liked by · 0

त्यो नि हो गालब गुरु


जे छ चौतारी मा छ - जे छैन चौतारी मा छैन

ritthe
· Snapshot 1732
Like · Liked by · 0

ल मुथैया मुरलिथरन ले ८०० विकेट पुर्याएर टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट लिने खेलाडी को ईतिहास रचे ! हुन त वान डे मा नि उस्कै छ क्यारे हाइएस्ट रेकर्ड !


सबैलाई दोश्रो राउण्ड को जदौ है !


गालब आएछन धेरै पछी ! जदौ गरे है गालब ! कताबाट आज उक्ल्या हो चौतारी तिर?

ritthe
· Snapshot 1754
Like · Liked by · 0
Last edited: 22-Jul-10 12:38 PM
Rahuldai
· Snapshot 1765
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चरो मुसो छैन आज चौतारीमा । मुसो मुसी खोज्न गो होला, चरो चरी । अर्थात चिच्याउने बाक्समा होला सप औतारी। मखुला ??

NitiSa
· Snapshot 1822
Like · Liked by · 0

हेल्लो चौतारी ...




ritthe
· Snapshot 1821
Like · Liked by · 0
म छु नि दाई, कस्लाई खोज्नु भा हो थाहा भएन है
NitiSa
· Snapshot 1823
Like · Liked by · 0

NitiSa
· Snapshot 1827
Like · Liked by · 0

NitiSa
· Snapshot 1832
Like · Liked by · 0

NitiSa
· Snapshot 1834
Like · Liked by · 0

NitiSa
· Snapshot 1836
Like · Liked by · 0

Rahuldai
· Snapshot 1869
Like · Liked by · 0

तारेमाम गाम्लेहरु!
शुक्रबारे झम्झमाउदो जदौ ।


रामाइलो दिन बिताऔं रमाइलो साँझ
हाँसी खुशी रमाऔं साथी सँगी माझ ,


मखुला ??

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2300 · Likes 3
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 69
· Posts 4 · Viewed 419
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 212
· Posts 6 · Viewed 828
· Posts 1 · Viewed 198
· Posts 1 · Viewed 377



Your Banner Here
Travel Partners
Travel House Nepal