~चौतारी १८३ ~ - Sajha Mobile
SAJHA MOBILE
~चौतारी १८३ ~
Posts 327 · Viewed 155077 · Likes 37 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 0

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM
Load Previous
serial
· Snapshot
Like · Liked by · 0
नेपाली टिम पनि चोकर नै  त हो , दिक्क लाग्ने गरी -

जहिले नि लास्टाँ गएर हार्ने - फाइनल सँग एलर्जी छ कि के हो नेपाल लाई साउथ अफ्रिका जस्तो, के हो के हो


लेख्नु लेखी हाले, पढोस् नपढोस् बालै भएन नि कि कसो
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम लहरे , चिप्ले ।


नेपालाँ गए सि पहिलो दिनको पहिलो कार्य महेन्द्र बौचा को पसलमा म: म: खानु बाहेक अरु कुनै निश्चित छैन । बातावरण हेरी समय अनुसार कदम चाल्ने हो। नेपालको भबिष्य जस्तै आफ्नो पनि अनिश्चित भबिष्य छ । क्रिकेट टिमले जस्तै फाइनल हार्न बेर छैन ।


 

ramronepal
· Snapshot
Like · Liked by · 0
पुरे किन कराइरहेको ........... थुतुनो किताबमा नगएर .....

ए ठुल्दाइ ....... अाइसकेछ त है नेपाल जाने दिन नि ...... ल राम्ररी जानुस् क्यारे .... रिठ्ठे ले जस्तो माया नमार्नुस् .... चिप्ले ले जस्तै राम्रो राम्रो अझ राम्रो फोटो हरु खिचेर लेराउनुस् ...... रेचार्जेबल भन्दा टुकी वाला क्यामरा ठीक होला जस्तो छ . त्यही बोकेर जानुहोस् ......

ठुल्दाइ, थाहा छ नि तपाईंलाई ..... सुरु भयो .... बिहान उठ्ना साथ दौडिन पर्‍यो नि ...... जिउ तन्दरुस्त त राखनै  पर्‍यो नि .. मखुला  ठुल्दाइ ?

लहरे ले गरेको भाग बन्डा मा त्यो काम नलाग्ने टाउको चाँही नलगे हुन्छ है ठुल्दाइ, नत्र नेपाल मा पनि किच किच गरेर हैरान गर्छ त्यो टूक्रा टुक्री ले .....

चिप्ले लाई कस्ले रुखो सहानुभुति दियो?

चिप्ले ले भनेको जस्तै बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्न पाये त यो चौतारी बहिस्कार गरिदिन्थे .........

अनी ठुल्दाइ, ट्याक्सी, मिटरवाला ट्येम्पो चडदा त्यो मिटर नहेर्नु है ....... नत्र रिंगटा लागेर वाक वाक लाग्छ .....

चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने ....... अर्को भक्ते, नमे र टुसे हो कि क्या हो ? चिन्नै गाह्रो भयो मलाई त .....
Last edited: 07-Apr-10 10:30 AM
chipledhunga
· Snapshot
Like · Liked by · 0

चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने


के भन्छ रामे? फोटो खिचेको मैले, म कसरी हुनु त्यहाँ। अनि अर्को कुरा कती चोटि सम्झाउनु पर्ने, चौतारीको सबैभन्दा जवान औतारी २२ बर्षे चिप्ले हो भनेर?   

ramronepal
· Snapshot
Like · Liked by · 0
२ घण्टा त भएछ नि कोइ पनि नआएको  .....

ठुल्दाइ नि कहाँ लागेको हो कुन्नी .......

चिप्ले सर, २ बर्ष अगाडि म नेपाल गएको थिए ....... म पनि भएको फोटो राखौ ? आफ्नो क्यामरा मा त आफ्नो फोटो नै हुँदैन जस्तो .....

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम दोस्रो राउण्डको।


चिप्ले सरको स्पष्टिकरणको २ घण्टा पछी पनि कोइ औतारी न चियाउनु को रहस्य के हो ?? युबा जमात लरकी छैन भनेर फरकी न आउने , बुढाबर्ग आफु बुढा हैन भनेर घुरकी र मुरकी देखाउने ।

ramronepal
· Snapshot
Like · Liked by · 0
ठुल्दाइले आफु भन्दा २ मिनट अगाडि आएको तन्नेरिलाई देख्नु भएन छ .........
chipledhunga
· Snapshot
Like · Liked by · 0

रामे, हेरम् न त फोटो। मेरो हकमा भने प्राय: एक्लै डुलेको तथा अरुलाई फोटो खिच्न खासै अनुरोध पनि नगरेको प्रष्ट पार्दछु। त्यसको अर्थ यो पनि हो कि त्यो बुढो तस्याहा खालमा जवान चिप्ले सहभागी थिएन। यसो हेरेर फोटो खिचेर आफ्नो बाटो लागेको कुरा सबैलाई चेतना भया।


खोइ ठुल्दाइ, अहिले यस्तो छ पर्सी देखि झन् के हुने हो। रिट्ठे फर्केछि यसो मुख देखाउला कि। 

Rahuldai
· Snapshot
Like · Liked by · 0

मिटिङ थियो, सिटिङ गरेर आइयो। बज्या प्रोगेसर गोरुले जान अघी पनि मिटिङ बोलाउन छोडेन ।


बुढा जमात मा ठुल्दाइ कहाँ बाट आयो चिप्ले ?? ठुलोकाका, ठुलोबुवा, ठुलोहजुरबा भे पो अर्को कुरा । मखुला ??

chipledhunga
· Snapshot
Like · Liked by · 0
ख ख ठुल्दाइ। फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार। मखुला?    
timi_mero_sathi
· Snapshot
Like · Liked by · 0
watch this funny song
2536452

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0
sorry I forgot to attach the funny song  please watch this time

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 4035 · Likes 3
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 170
· Posts 1 · Viewed 375
· Posts 1 · Viewed 214
· Posts 1 · Viewed 124
· Posts 1 · Viewed 111
· Posts 77 · Viewed 18781 · Likes 16
· Posts 1 · Viewed 158



Your Banner Here
Travel Partners
Travel House Nepal