गगन सभापति किन नहुने? - Sajha Mobile
SAJHA MOBILE
गगन सभापति किन नहुने?
Posts 18 · Viewed 11609 · Likes 1 · Go to Last Post
shirish
· Snapshot
Like · Likedby · 1

गगन सभापति किन नहुने?


smaller text tool iconmedium text tool iconlarger text tool icon
गिरिजाप्रसाद कोइरालाको निधनपछि व्यक्त शोक र उर्लिएको मानव भेलले कोइरालाप्रतिको श्रद्धाभन्दा पनि देशको परिस्थितिबाट आहत भएको र पीडालाई भावुकतामा अभिव्यक्त गर्न खोजिरहेको जन मनोविज्ञान प्रकट हुन्छ। यस्तो मनस्थिति क्षणिक हुन्छ र त्यसले सामान्यतया विगत एवं भविष्यलाई हेर्दैन, वर्तमानमा बहकिन्छ । त्यसपछि जीवन र जगतका वास्तविकता दोहरिन थाल्छन् । कोइरालाको निधनसँगै नेपाली राजनीति र नेपाली काँग्रेसमा रहेको कोइराला परिवारको एकछत्र र ठूलो हदसम्म अधिनायकवादी बर्च्श्व अब विस्तार धुमील हुँदै जानेछ। यो नेपाली राजनीति र नेपाली कांग्रेसको लोकतान्त्रीकरण तथा शुद्धीकरणका लागि सहायक सिद्ध हुनसक्छ। कोइरालाको निधनले नेपाली कांग्रेसलाई आफ्नो गुमेको साख पुनःस्थापित गर्ने अवसर प्रदान गरेको छ। तर दलभित्र कोइराला चरित्र र प्रवृत्तिको अन्त्यपछिमात्र त्यो संभव हुनेछ। त्यसो कसरी होला?

छिटै हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी अन्योल कायमै भएपनि सभापति पदका दावेदारले आआफ्नो पक्षमा ‘लबिंग' सुरु गरिसकेका छन्। तर हालसम्म चर्चामा आएका नामहरू कोइरालाले हुर्काएबढाएका त्यही पुस्ताका छन् जसले जिन्दगीभर राजनीति गरेर यो सुन्दर, हुँदाखाँदाको देशलाई बनाउन सकेनन् बरू आफ्ना कमजोरीका लागि सधैं कुनै न कुनै पक्ष र परिस्थितिलाई दोष दिइरहे। लोकतन्त्रले भोको पेट भर्न, नातावाद, कृपावाद, भष्टाचार, हत्या, हिँसा र विभेद कम गर्न मद्दत नगर्दासम्म ‘हामीले लोकतन्त्रका लागि लड्यौं' भनेरमात्र पुग्दैन। हाम्रो जीवनकालमा केही दिन नसक्ने लोकतन्त्रबाट हाम्रा छोरानातिले सुख पाउलान् भनेर सन्तोष लिनु भाग्यवादीले ‘मेरो पनि दिन कसो नआउला?' भनेर पर्खिनुजस्तै हो। लोकतान्त्रिक प्रतिफलको बोझ हामीले भाविको पुस्तालाई बोकाइदियाँैं भने देशका लागि त्यसभन्दा दुर्भाग्य केही हुने छैन। हालै मैले एकजना वरिष्ठ नेतालाई - ‘यही ताल हो भने तपाईँहरूको पुस्ताको त कुरै छोडिदिउँ, हामी र हामीभन्दा पछिल्लो पुस्ताले पनि शान्त र समुन्नत नेपाल देख्न पाउने संभावना अत्यन्त न्यून देखिन्छ' भन्दा उनी शिर झुकाएर बसिरहे। लाग्थ्यो, उनले नेपालको भविष्यलाई ईँगित गरिरहेका छन्।

दलभित्र लोकतन्त्रको धज्जी उडाएको र आडम्बरले गाँजेको भएपनि नेपाली काँग्रेस नेपाली राजनीतिमा लोकतन्त्रको पर्यायका रूपमा स्थापित दल हो। तर गिरिजाप्रसाद कोइरालाको छायाँबाट बल्ल मुक्ति पाएको यस दलका कार्यकर्ताले अब पनि तुलनात्मकरूपमा इमान्दार, सक्षम, अध्यनशील, देखेबुझेका र राजनीति ‘फोहोर' मात्र होइन ‘आदर्श' पनि हो भनेर स्थापित गर्नसक्ने पृष्टभूमि र आत्मविश्वास भएका नेतालाई प्रवर्धन गर्न नसक्ने हो भने न त यस देशको न नेपाली कांग्रेसकै भलो हुने देखिन्छ। त्यो उज्वल भविष्य सोच्न, बोल्न, बुझ्न र पढ्न नजान्ने सधैं पर्दापछाडि तिकडमप र गुटबन्दीको राजनीति गर्ने, अझ कतिपयका हकमा साँझ पर्‍योकी जाँड डुब्ने राजनीतिबाट अपेक्षा गर्न सकिँदैन। अहिले सभापतिका लागि दाबा गर्ने र तिनका पुस्ताका कुनै नेताले चाहे पनि केही गर्न सक्दैनन्। किनभने तिनमा नेतामा हुनुपर्ने गुण छँदैछैन। ती नियमित आकस्मिकताका कारण नेता बनेका हुन्। यो विडम्बनापूर्ण परिस्थितिबाट मुक्त हुने प्रयास गर्ने हो भने दुईवटा विकल्प देखिन्छन्।

पहिलो, नेपाली कांग्रेसभित्रकै गगन थापाजस्ता आशालाग्दा युवा नेताहरूलाई दलको उच्च नेतृत्व सम्हाल्न प्रोत्साहित र प्रवर्धन गर्ने। उनीहरूमा पनि कमजोरी छैन भन्ने होइन र आज आशालाग्दा भनिएका नेता भोली नबिग्रिएलान् भन्न पनि सकिँदैन। तर अहिले थापा र उनीभन्दा पहिलो पुस्ताका कयौं युवा नेतामा दलको नेतृत्व सम्हाल्नसक्ने अनुभव र परिपक्वता छैन भन्नु गलत हुन्छ। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालाको पुस्ताका पूर्णतः विफल नेताले दल र देश हाँक्न सक्छन् भन्ने ठान्ने तर प्रतिभावन र उर्जाशील युवाबाट त्यो काम हुनसक्तैन भन्नु अत्यन्त साँगुरो सोच हो। गगन थापा युवा नेतृत्वको प्रतिनिधि पात्रका र२पमा स्थापित भएकाले यस लेखको शीर्षकमा उनको नाम लिइएको हो र लेखको आशय युवाले अब नेपाली कांग्रेसमा उच्च नेतृत्वको दावा गर्नुपर्छ भन्ने हो। त्यस्ता युवा नेताले आँट गरेर नेपाली कांग्रेसलाई जर्जर तुल्याउने विफल पुस्ताका नेताहरूलाई लोकतान्त्रिक ढंगबाटै विस्थापित नगरी हुँदैन।

बेलायतमा घागडान, इमानदार र सक्षम बूढाहरू हुँदाहुँदै त्यहाँका दुई प्रमुख दल मध्येको कन्सरभेटिभ पार्टीले ३९ वर्षका डेभिड क्यामरुनलाई नेता छान्यो। सोही दलले सन् १९९७ मा ३६ वर्षीय विलियम हेगलाई नेता बनायो। बेलायतकै आर्को प्रमुख दल लेबर पार्टीले ४१ वर्षको उमेरमा टोनी ब्लेरलाई नेता बनायो। उनले ४४ वर्षको उमेरमा प्रधानमन्त्री बनेर दश वर्ष नेतृत्व गरे। ती युवा नेताको नेतृत्वमा ६०-६५ वर्ष नाघेका, धेरै पटक महत्वपूर्ण मन्त्रालय सम्हालेका वरिष्ठ नेताहरू सहजतापूर्वक इज्जतसाथ पछि लागे। त्यसो गर्न उनीहरूले लाज मानेनन्। तर हामीकहाँ चाहिँ कतिपय बूढा नेताले छोराको उमेरको कार्यकर्ताको पछाडि लाग्दा लाज हुन्छ भन्ने सोच्छन्। बेलायत र नेपालको तुलना हुन नसक्ला तर अरूका राम्रा अभ्यास सिक्न नखोज्ने हो भने हाम्रो विकासको गति सधैं कछुवाको चालमा सीमित रहनेछ।

युवा नेताहरूले पनि ‘मुखले भन्न सजिलो हुन्छ, तर तिनै तिकडमवाला पुराना नेताको आड नलिने हो भने आफ्नै राजनीतिक भविष्य चौपट हुन्छ' भन्ने सोचे भने तिनको प्रतिष्ठा पनि लामो समय कायम रहने छैन। त्यस्ता युवामा पनि भरोसा गर्न सकिएन भने, देशले कसको भर पर्ने? तिनले पनि जिन्दगीभर राजनीति गर्लान्, मन्त्रीप्रधानमन्त्री बन्लान् तर डुंगडुंग गन्हाउने परिचय बोकेर पाएको पदलाई आफ्नै स्वार्थी समर्थकबाहेक कसले पुछ्ला र? अनि देश चाहिँ जस्ताको तस्तै छाडेर मर्ने हो भने कोइरालाको निधनमा जत्तिकै जनसागर उर्लिए पनि त्यसको तात्विक अर्थ हुँदैन। त्यस परिस्थितिमा परिवर्तन ल्याउन आज देखिएका आशालाग्दा युवा नेताले ज्येष्ठताको आधारमा मात्र होइन, स्वच्छ प्रतिस्पर्धाका आधारमा कम उमेरका नेता पनि माथि जान सक्छन् भन्नेे प्रमाणित गरेर देखाउनु परेको छ। त्यसका लागि दलका सबै युवाले साथ दिनुपर्ने हुन्छ। किनभने यो देश मूलरूपमा युवा पुस्ताको हो - तिनका छोराछोरीको हो। आफ्नो निहित स्वार्थले छोराछोरीको भविष्यसमेत अन्धकार तुल्याइदिनु ‘महापाप' हुनेछ।

त्यसैगरी, हामीले राम्रा पढेका, देखेका, जानेका, नेतृत्व क्षमता भएका, इमानदार युवा, आफ्ना छोराछोरी, भाइभतिजालाई राजनीतिमा प्रवेश गर्न प्रेरित गर्नुपर्ने देखिएको छ। राम्रा सबैलाई स्थायीरूपमै विश्व बैंंक र राष्ट्र संघकै जागिर खानुपर्ने, विदेशमा बस्नुपर्ने, डाक्टर, इन्जिनियर, व्यवस्थापक र बैंकर हुनुपर्ने अनि बाँकी रहेकाहरूमा पनि गएगुज्रेकाले राजनीति गरेपछि राजनीतिको हाल बेहाल त हुने नै भयो। साथीहरूसँगको कुराकानीमा सबै भन्छन्, ‘राजनीतिज्ञहरू इमानदार भैदिए सब ठीक हुन्छ।' तर ठीक मान्छेले राजनीति गरे पो ठीक हुन्छ। अधिकांशतः गलत मान्छे राजनीतिमा लागेपछि ठीक खोजेर कहाँ पाइन्छ? थोरै असल मानिस फटाहाहरूको छायाँमा पर्नु स्वाभाविकै हो। सक्षम, इमान्दार आफन्तहरूलाई चाहिँ ‘ओहो' राजनीतिमा लाग्नु हुन्न' है भन्ने अनि राजनीतिमा ‘आदर्श' खोज्न त मिल्दैमिल्दैन। धेरैअगाडि यस स्तंभकारले एउटा लेखमा उल्लेख गरेको थियो, द्वितीय विश्वयुद्धपछि बेलायतमा सन् २००७ मा टोनी ब्लेरको प्रधानमन्त्रीत्वकाल अन्त्य हुँदासम्म बनेका ११ जना प्रधानमन्त्री मध्ये नौजना विश्वप्रसिद्ध अक्सफर्ड र केम्ब्रिज विश्वविद्यालयका उत्पादन रहेछन्। राम्रो विश्वविद्यालयमा पढेका मात्र राम्रा राजनीतिज्ञ हुन्छन् भन्ने होइन तर राम्रो शैक्षिक पृष्ठभूमी भएकाहरू इमान्दार पनि भैदिए भने बढी राम्रो गर्न सक्छन् भन्ने चाहिँ पक्कै हो। बेलायतको त्यो उदाहरण अत्यन्त राम्रो शैक्षिक पृष्ठभूमि भएका मानिसले पनि राजनीति गर्दारहेछन् भन्ने प्रमाण हो। नेपालमा पनि हामीले राम्रा पृष्ठभूमिका युवालाई राजनीतिमा प्रेरित गरेर आधारभूत राजनीतिक संस्कारमा परिवर्तन ल्याउन प्रयास नगर्ने हो भने जतिसुकै राम्रो संविधान बनाए पनि त्यसले कुनै तात्विक परिणाम ल्याउने छैन। के २०४७ सालको संविधान कम राम्रो थियो र? देश, संविधान खराब भएर होइन, राजनीतिक संस्कार खराब भएर बिग्रिएको हो। अहिले पनि हामी कागजी लिखत बदल्ने कुरा गरिरहेका छौँ, राजनीतिक संस्कार बदल्न के आवश्यक छ भन्ने बहस भने गरिरहेका छैनौ। राजनीतिक संस्कार परिवर्तन गर्न सक्षम युवालाई राजनीति छीछीदूरदूर गर्ने होइन बरु समाज रूपान्तरणका साथसाथै व्यक्तिगत मानसम्मानका लागि पनि अत्यन्त आकर्षक क्षेत्र हो भन्ने विश्वास दिलाउन जरूरी छ। विभिन्न राजनीतिक दलभित्र रहेका प्रतिभावन युवाले उदाहरणीय आचरण देखाएर नेतृत्वदायी भूमिका लिने आत्मविश्वास प्रदर्शन गरेमात्र त्यो संभव हुनेछ।

त्यसैले नेपाली कांग्रेसको अब हुने महाधिवेशनमा शेरवहादुर देउवा, रामचन्द्र पौडेल र सुशिल कोइरालाहरूले ‘हामीले प्रयास गर्‍यौँ, सकेनौ। ल अब तिमीहरू आऊ, देश बनाऊ' भनेर युवालाई अघि लगाएर आफू तिनको पछि लागे सबभन्दा राम्रो हुनेथियो। तर ती त्यसो गर्ने संस्कारमा ती हुर्किएकै होइनन्। त्यसैले तिनीहरूबाट त्यस्तो आदर्शको अपेक्षा गर्नु बेकार हुन्छ। तर, तिनले त्यसो नगर्ने हो भने, तिनलाई युवा नेताहरू मिलेर एकपल्ट राम्रै धक्का दिनु आवश्यक देखिएको छ। कतिलाई यो धारणा अतिरंजित लाग्ला, एकैपल्टमा युवा नेतृत्व सफल नहुन पनि सक्छन् तर उनीहरूको प्रयासको प्रभाव भने कांग्रेसमा मात्र होइन अन्य दलहरू र राजनीतिका सम्बन्धमा सिंगो सामाजिक सोचमै पर्नेछ। त्यसले देशको दुर्दशाको मूल कारण - राजनीतिक संस्कार - बदल्न सघाउ पुर्‍याउनेछ। नत्र, यो सुन्दर देश र यहाँका निर्दोष जनतामाथि ‘नालायक'हरूले रजाईँ गरी रहनेछन्। लायकहरू राजनीतिमा प्रवेशै गर्ने छैनन्।

rabindra .helpnepal@gmail .com

naivelyStupid
· Snapshot
Like · Liked by · 0

I guess this 'feudal' concept called seniority has tremendous implications in our society. People should come out of this idea of senority and sacrifice. I'd not hate any of the gen-2 guys coming to the top but do fear this would  just mean Sitaram Kesarification of NC leadership leading to a takeover by the family daughter. So, need to establish performance and calibre as the criteria. You don't have to go to gen-n right away as well, there may well be capable ones in the middle. But things should be transparent and promising.


If our politics is filled with all incapable people, then it is also the failure of those who are supposed to be able and 'deserving'. No one in politics will think s/he does not deserve to be there unless knocked out by someone more capable. So lets wait for the knockouts.

jira
· Snapshot
Like · Liked by · 0

Thanks for posting Sirish ji. Was good article.

syanjali
· Snapshot
Like · Liked by · 0
मिनेन्द्र रिजाल किन नहुने ? तर उस्लाई कोइराला पक्षधर भनी चिनिन्छन ,
roshankhadka
· Snapshot
Like · Liked by · 0
Gagan will be fine but not old man aba yar kati buda khada ko anuhar herne kati tehi bichar sunne kehi new kura lyauna congress
jawan1999
· Snapshot
Like · Liked by · 0
Gagan can be Nepali Congress president why not? how long we see the face of sushil koirala as a young leader of Nepali congress.  This is the right time to shift paradigm in Nepali congress. 
But the main problem is who takes care of our voice. 
It is a very very very big game somany things are there including sam dam danda ved  it is very hard to win the dirty game for a real leader. This is the culture of Nepali congress.  

amricane
· Snapshot
Like · Liked by · 0
दिये पो हुने
Rodiohead
· Snapshot
Like · Liked by · 0

जाठो, म चै किन नहुने?

kanchu!
· Snapshot
Like · Liked by · 0

Rabindra ji!


It seems like you have devoted good time to console " Gagan Thapa", but your  previously article where you criticized Gagan Thapa appears more realistic and factual. This pieice looks like you are trying to more politcally correct.


Yes we agree that we need a youth leader who has vision, equally well educated and far sightedness.


Let's get the fact straight.


1. What vision Gagan Thapa has??- He supported " rebuplican" idea to revolt against GPK who was then supporter of constitution monarchy. Now that country is republic-what is his vision now apartfrom lofty rhetoric (BS).


What is his vision on" development, education, health, information and communication and so on??" -honestly speaking he is not that well qualified to understand and tackle these issues.


2.What is his academic potential? ( very essential to become contemporary good leader)


-diploma engg droped out, law dropped out-MA sociolgy for sake of continuing politics and for sake of having one degree is not enough to understand these issues.


JUST because you are YOTH that does not make you good leader-Obama is youth but equally has vision and education. (not comparing apple and oragne though).

If i were to select between Dr.Minendra Rijal and Gagan Thapa, I would select Minendra Rijal instead. In my opinion most of the our leader does not have sound academic background on the subject matter, that is why they fail to put their point across when needed, specially with International and foriegn bodies.


 


LETS CHOOSE THE LEADER WHO HAS VISION AND QUALIFICATION TO TURN THAT VISION INTO REALITY.


Unfortunately, Gagan Thapa does not have that, media projected him as a youth icon..he can just be a political celebrity not the good leader. You mark this point.

Last edited: 29-Mar-10 12:28 PM
shirish
· Snapshot
Like · Liked by · 0

Kanchu !


I think he mentioned Gagan Thapa as a representative of a youth leader. I do not think he endorsed particularly Gagan Thapa though.


Fourth para -fourth line:


"गगन थापा युवा नेतृत्वको प्रतिनिधि पात्रका र२पमा स्थापित भएकाले यस लेखको शीर्षकमा उनको नाम लिइएको हो र लेखको आशय युवाले अब नेपाली कांग्रेसमा उच्च नेतृत्वको दावा गर्नुपर्छ भन्ने हो। "


 

shirish
· Snapshot
Like · Liked by · 0







मधुपर्क २०६६ चैत
 















ग्रे-कोटभित्रको मान्छे

- दिनेश अधिकारी
 


केही दिन अगाडिदेखि


मेरो साथीले


ग्रे-कोट लगाउन थालेको छ


र, म अनुभव गरिरहेछु-


ग्रे-कोट लगाउन थालेपछि


उसको मुटु हराउन थालेको छ


मान्छे उही हो


पहिले पहिले


घर-परिवारका कुरा गथ्र्यो


आराम-विरामका कुरा गथ्र्यो


ऐँचोपैँचो र गर्जोका कुरा गथ्र्यो


मानवता र परम्परा सहयोगका कुरा गथ्र्यो


ग्रे-कोट लगाउन के थालेथ्यो


औचित्य विचार्दैन


मात्र आदेश गर्छ,


दर्शनका कुरा गर्छ,


नियन्त्रण र ऐन-कानुनका कुरा गर्छ


म, बिरामी छु भन्छु


ऊ, यो काम जसरी पनि अहिल्यै सकिएको हुनुपर्छ भन्छ


म, भोकाएको छु भन्छु


ऊ, यो तेरो व्यक्तिगत समस्या हो भन्छ


म, आमाको सराद्धे गर्न बिदाका लागि अनुरोध गर्छु


ऊ बिदा अधिकारको कुरा होइन भनेर मलाई दुत्कार्ने कोसिस गर्छ


ग्रे-कोट लगाउने भएपछि


कोटको इज्जत धान्न होला


उसले मोटर सुविधा पाएको छ


हिजोआज ऊ, मोटरमा सवार हुन्छ


पूर्ववत्


म दुईहात जोडेर नमस्ते गर्छु


हिजोआज उसले


हल्का टाउको हल्लाएर अभिवादन फर्काउन सिकेको छ


भेट्न पनि त्यत्ति सहज छैन उसलाई


हिजोआज


निजी सहायकमार्फत अनुरोध पुर्‍याएपछि मात्र


उसले दुई मिनेटका लागि दर्शन दिने दिन-चर्या बनाएको छ


रातोलाई मैले रातो भन्दा


त्यसमा सहमति जनाउन उसलाई हम्मेहम्मे पर्छ


र, सकेसम्म मैले भनेभन्दा


विपरीत ढङ्गमा प्रस्तुत हुने अभ्यास गर्न थालेको छ


कोटको तातो यस्तै हुन्छ कि क्या हो ?


अचेल ऊ,


कसैको कुरै नसुन्ने स्वभावमा परिणत हुन थालेको छ


अचेल ऊ


आफूलाई सर्वज्ञ ठान्न थालेको छ


उसले उपयोग गर्ने गरेको


घुम्ने मेच नै ठान्छ कि क्या हो यो संसारलाई ?


ऊ जता फर्कियो


मान्छेरूप


उतै लाम लाग्नुपर्छ भन्ने व्यवहार देखाउन थालेको छ Û


यो मेरो भोगाधिकारको घर हो भन्दासम्म त


केही हदसम्म चित्त बुझाउन सकिन्थ्यो


तर ग्रे कोट लगाउन थालेको दिनदेखि


सिंहदरबारलाई उसले आफ्नो गोठ


र, त्यहाँ बस्ने अरु सबैलाई आफ्ना बस्तुभाउ जस्तो व्यवहार प्रदर्शन गर्न थालेको छ


जुनसुकै रङको होस्


कोट शरीर होइन


र, नफुकाल्दा नफुकाल्दै पनि


कुनै न कुनै दिन यो फाट्ने निश्चित छ भनेर


जति नै सम्झाउने कोसिस गरे पनि


ऊ आफूलाई पटक्कै बदल्न तयार छैन


उल्टो हिजोआज


मेरो सल्लाहलाई ऊ शत्रुको दिमागले सम्झन थालेको छ


उफ Û अब म के गरुँ ?


यस्तै चाला हो भने


पर्खाल भएर उभिने छ यो ग्रे-कोट उसको जीवनको बाटोमा


र, केही समयपछि नै


उसका लागि


खुसीमा थपडी बजाउने हातरूपको अभाव हुनेछ


दुःखमा मुख लुकाएर रुने काखरूपको अभाव हुनेछ


म, साह्रै चिन्तित छु यत्तिखेर


केही दिन अगाडिदेखि


मेरो साथीले


ग्रे-कोट लगाउन थालेको छ


र म, क्रमशः अनुभव गरिरहेछु


ग्रे-कोट लगाउन थालेदेखि


उसको मुटु हराउन थालेको छ !!


च पो.व.नं. ९४९३

kanchu!
· Snapshot
Like · Liked by · 0
well shrish, if so he could have written without using GT's name. He is smart enough to do that..whatever  I have nothing against GT either, but I want a leader be young or 50+  who would talk about economy and development. Leaders including GT, who are just into lofty political rhetoric should be pushed behind..
Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
शेर बहादुर, अर्जुन नरसिङ, बल बहादुर, खुम बहादुर हरु सबैको पनि ईतिहास गगनेहरुकै जस्तो छ। एती बेला देस्लाई जता ततै आगोको फिलिङो छर्दै हिंड्ने मावोबादी पनि हैन न त एकै पटक म धेरै लामो फाल हान सिपालु गगने हरु। " मुखमा नौनी दल्दैमा डकार गनौदैन" भन्न मिल्दैन। देस्लाई एती बेला एउटा तानसाह चहिएको छ।
syanjali
· Snapshot
Like · Liked by · 0
दक्षिण कोरियाली जनरल जस्ले शासन डोर आफ्नो हातमा लिए , उनी एक तानाशाह थिए , उनी अहिले देसका राष्ट्रपिता का रुपमा चिनिए  । के नेपाल धर्तिले तेस्ता लौह पुरुष  जन्माएको छ त ? 


Last edited: 29-Mar-10 05:55 PM
koolketafromca
· Snapshot
Like · Liked by · 0
Gagan would be a very good fit for NC President. I have full support for him. He is transparent - creative - friendly - importantly, he has a leadership personality. You have any concerns, talk to me~
gorkhethito08
· Snapshot
Like · Liked by · 0
काङ्रेशमा अहिले त्यस्तो युवा पुस्ता छैनन तेसैले कृष्ण प्रसाद भट्टराई जिन्दावाद ।
Tapariwan
· Snapshot
Like · Liked by · 0
"युवा नेताहरू मिलेर एकपल्ट राम्रै
धक्का दिनु आवश्यक देखिएको छ
" crap रबिन्द्र मिश्रको प्रायोजित बोली सुन्दा ठिकै लागे पनि गगने भनेको काङ्रेस भित्रको प्रचन्डे हो। चाकमा टाउको राखेर उचाल्दिने हो भने यो प्रचन्डेको पनि बाउ भएर निस्किन्छ: गफ दिन तर गर्ने केही होइन। पक्कै पनि second लाइन सम्हाल्न गगने ठीक होला तर नेत्रित्व भनेको अली धेरै नै serious कुरा हो जस्तो लाग्छ।  म तोरिलाउरेले भनेर के होला तर काङ्रेसको चरित्र काङ्रेसिलाई त थाहा हुँदैन...घुमाइ फिराइ २-३ बर्ष मा  इन्डियाको ईशारामा सुजु सुद अध्यक्ष भए पनि कुनै अनौठो मान्नु पर्दैन।


nissan2006
· Snapshot
Like · Liked by · 0
Hoine where is this person "MAHESH ACHARYA?"
I know nothing about politics, but used to hear about him before.
Hearing a lot about Minendra Rijal.............................................
But don't know whether these people been jailed or not to lead party.....


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 51
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 169
· Posts 16 · Viewed 3397 · Likes 3
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 217
· Posts 6 · Viewed 806 · Likes 1
· Posts 1 · Viewed 140
· Posts 1 · Viewed 151
· Posts 4 · Viewed 480



Your Banner Here
Travel Partners
Travel House Nepal