अमेरिकामा नेपालीहरु आउने क्रम कहिलेबाट
सुरु भयो भन्ने ठोस प्रमाण नभेटिए पनि सन् १९७५ सम्ममा जम्मा ५६ जना
नेपाली आप्रबासीले यहां बसोबास गरेको तथ्यांक छ| सन् १९९५ बाट डि भी
चिठ्ठा सुरु भए यता र गत दसकको अन्तिम तिर नेपाली बिद्यार्थीहरुको आगमनमा
सुलभताले गर्दा येहाँ नेपालीहरुको संख्या पछिल्ला बर्षहरुमा निक्कै बढेको
छ| हाल अमेरिकामा कति संख्यामा नेपाली मूलका मानिस बसोबास गर्दछन भन्ने
सहि तथ्य थाहा पाउनलाई सन् २०१० को अप्रिलमा हुन गइरहेको जनगणनालाई कुर्नु
पर्ने हुन्छ तर पनि एक अनुमान अनुसार हाल आप्रबासी , शणनार्थी,
बिद्यार्थी र पेशाकर्मी गरि करिब ११०,००० नेपाली मूलका मानिस वसोवास
गर्दछन |
Late Surendra Dangol
नेपालीहरुको संख्यामा अत्याधिक बृधि
भएपनि यहां रहेका थोरै मात्र नेपालीहरु आफ्नै व्यापार व्यवसाय र सीप मुलक
व्यवसाहिक रोजगार र प्रठिस्थित कम्पनीमा काम गरेका छन्| तर बहुमत
नेपालीहरु प्राय गरेर रेस्टुराँ, होटेल, मोटेल, खुद्रा तथा सुलभ पसल र
ग्याँस स्टेशनमा काम गरि रहेका छन् | यी कामहरु ज्यादा जोखिम र ज्याला कम
हुने काममा पर्दछन् | प्राय हतियार धारी लुटेराहरुको प्रमुख निसाना यी
साना व्यवसायमा हुने हुँदा नेपालीहरु बढी मात्रामा लुटिने, घाइते हुने र
अकालमा मिर्तुवरण गरिरहनु परेको छ|
नेपालीहरु यस्ता जोखिम पूर्ण र न्युन ज्याला हुने काममा बढी लाग्नुको पछाडी निम्न कारणहरु छन् :
१. अँग्रेजी भाषामा राम्रो दख्हल नहुनु |
२. नेपालमा पाएको ज्ञान र सीप यहां काम नलाग्नु वा कसरी उपयोग गर्ने भन्ने बारेमा अनविज्ञ रहनु |
३. अन्य व्यवसायमा कसरी प्रवेश गर्ने भन्ने ज्ञान र परामर्सको कमि |
४. शिक्षाको कमि |
Last edited: 05-Feb-10 07:56 PM