माँ र द्यो माँ हरु ! - Sajha Mobile
SAJHA MOBILE
माँ र द्यो माँ हरु !
Posts 51 · Viewed 29537 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

माँ र द्यो माँ हरु


बाचुन्जेल मेरी ममतामयी माँ ( आमा)ले दु:ख पाउनु भयो । तै पनि छोरा छोरीको सुखको लागि धेरै गर्नु भयो । त्यो दुधको ऋण शायद नै तिर्न सक्छु होला। माँ सँग को केही स्‍मृतिहरु यस भन्दा अघी नै साझामा पस्की सकेको छु । हेर्नु होस् (http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=583)


र आज फेरी माँ को संझनामा फेरी केही स्‍मृतिहरुलाई शब्दाँकन गर्ने जमर्को गर्दै छु ।


 भोक र अभाव को लावा लस्कर सहित दु:ख हाम्रो घरमा डेरा गरेर बसेको धेरै दिन भैसकेको थियो । बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो। हामी सानै थियौं । दाई १५-१६ बर्षको, म १० -११ बर्षको अनी भाई ६  बर्षको । बिबशताका यी दीन र दिनहरुबाट पार लाग्ने लक्षण दूर क्षितिज मा पनि देखिदैनथ्यो। डुब्नेको लागि परालको त्यान्द्रो को पनि साहारा हुन्छन भन्छन ।


माँलाई कसैले क्षेत्रपाटी तिर एक जना द्यो माँ हुनु हुन्छ, उसको गएर बेदना पोख्न सुझाव दिनु भए छ क्या रे , माँले मलाई एक दिन बिहानै द्यो माँ को जाऔं भन्नु भयो । १०-११ बर्षको यो राहुले लाई द्यो माँ को हुन भन्ने थाहा थिएन । माँले जाम भने सि संगै गैयो ।


द्योमाँ बस्नु हुने क्षेत्रपाटी स्थित घरको चोटामा एउटा ठुलै कोठा रहेछ। कुनामा एउटा रातो रङको गद्दी जस्तो देखिने आसन थियो । कोठाभरी भक्तजनहरुको भीड "फूल हाउस " भैसकेको थियो । माँ को सवारि भैसकेको थिएन । केही छिन मै माँ उपस्थित हुने जनाउ आयो । सबै सतर्क भए। द्यो माँ रातो पहिरन मा कोठामा पदार्नु भयो । चिनेजाने का लाई सन्चो बिसन्चोको खबर लिइ सोझै आफ्नो आशनमा बस्नु भयो। एक छिन आँखा चिम्म गर्नु भयो र शरिरमा अनौठो कम्पन देखियो । उपस्थित सबै जनाले द्यो माँको शरीर भित्र साक्षात देबीको अत्मा बिराजमान् भैसकेको माने र नतमस्तक भए।
द्यो माँले एक एक गर्दै अगाडि बढ्न संकेत गर्नु भयो । त्यो भीडमा एक परिवार काठमाडौ बाहिरका देखिन्थे। त्यती बेला द्यो माँहरुको जमघाटमा स्थानिय बाहेक अन्यत्रका हुन्थेन होला शायद । अचम्म मान्दै हेर्दै थिए । त्यो परिवारलाई द्यो माँको मा लिएर आउने शायद पुरानै भक्त हुनु पर्छ र अघी बढ्दै द्यो माँ समक्ष तिनको परिचय गराउनु भयो ।



" माँ , यिनीहरु धार्दिङ देखि आएका हुन, यिनको छोरा ४ दिन देखी बेपत्ता भएको छ । भोटे बहाल डेराबाट सोमबार अस्कल मा पढ्न निस्केको छोरा फर्केका छैनन ।"
" लौ तपाईं हरु आँफै भन्नुस् माँ लाई " भन्दै उक्त भलादमी ले धार्दिङ का ब्रिद्ध दम्पतिलाई माँ को अगाडि बस्न भन्नु भयो ।


छोरा बेपत्ता भएको बियोगमा ती दम्पतिको बोली फुटेन, बलिन्द्रा अश्रुधाराले नै सबै पीडा पोखी रहे ।द्यो माँले रोइरहेकालाई सम्झाउदै भन्नु भयो - "न रुनुस् , हुने भै हाल्छ" ।


"साह्रै ज्ञानी छोरो, पढाई मा गाउं भरकै अब्बल छोरो। शहरमा काका सँग पढ्न बसेको । निकै मेहनती छोरो । एस् एल सी मा बोर्ड सेकेन हो मेरो छोरो । हुने सम्म ठाममा, चिने सम्म ठाममा खोजी सकें । केही पत्तो लागेन माँ । कहाँ गएका होलान, के गर्दै होला? जिउदो छ कि छैन त्यती थाहा पाए हुन्थ्यो माँ "


सकी नसकी आमाको मुखबाट अपशकुण निस्के ।



" तिम्रो छोराले ४ दिन अघी नै जल समाधी लिइ सके, कहीँ खोज्नु पर्दैन, यही काठमाडौ मै छ । आज या भोली सम्ममा भेटिने छ ।"



द्यो माँको यो तितो शब्द सुनेर आमा बेहोस् हुनु भयो। कोलाहल मच्चियो । बल्लतल्ल होसमा आउनु भयो। छोरा गुमाएको आमा को पीडा प्रत्यक्ष महसुस गरें ।


न भन्दै उक्त ब्यक्ती को लाश रानी पोखरिमा तैरिएको भेटियो । प्रहरिले डेराको खानतलाशी लिंदा आत्महत्या गर्नु अघिको पत्र पनि फेला पारे ।


एस् एल सि मा बोर्ड सेकेण्ड आउने उज्वल विद्यार्थीले आत्मा हत्या गरेको खबर शहर भरी फैलियो ।



म भने, द्यो माँको भनाइ र त्यो रानी पोखरिमा तैरिएको लाश बीच को तार खोज्न थालें।


क्रमश :
 

Load Previous
spoken
· Snapshot
Like · Liked by · 0
*...bhut sut chha ki chhaina thaha chhaina.......
Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठे,


गुरु केदार बराल सँग भेट पनि त्यती कै स्मरणिय रह्यो नै । विश्वाश को कुरा हो । सामान्य मान्छेमा हुने शक्ती भन्दा बिशेष सक्ती हुने केही हुन्छन नै ।


शितलबी,


कथामा उल्लेखित बोक्सी को अर्थ परपिडक् हो। यस्ता बोक्सिहरु धेरै हुन्छन । मन नपरेको ब्यक्तिलाई बोक्सी उपमा दिइ दिसा खुवाउने चलन बोक्सी मानसिकता को उपज हो। यस्ता यतना दिनेहरु नै बोक्सी हुन ।
बाँकी तपाईं आँफै बुझ्नु हुन्छ, हामी अली कम पढे लेखेका हरु मध्ये पर्‍यौं।


भक्ते,
हाम्रा माँ बा हरु को विश्वाश हो, कतिपय कुराहरु अकात्य हुन्छन द्योमाँहरुको कुरा। हानी नोक्सानी गर्दैन भने विश्वाश गरेर के बिग्रियो भन्ने आसय हो मेरो।


स्पोकन ,


न देख्दा, न भोग्दा सम्म मलाई पनि विश्वाश लागेको थिएन। कर्ममा विश्वाश गर्ने म पनि । तर पनि यी अद्रिश्य र अलौकिक शक्ती प्रती नतमस्तक छु । 


 

Sheetalb
· Snapshot
Like · Liked by · 0
Well i think it is our duty to change our elder's view on this so called 'bokshis' or whatever, we cannot just say it is their faith when it is wrong.
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
नदेख्दा नभोग्दा सम्म विश्वास नगर्ने ठुलै जमात छन । तर देखिभोगिसकेपछि भने जस्तोसुकै मै हुँ भन्ने वा जान्नेबुझ्नेले पनि मरेरै विश्वास गर्दा रहेछन । 

पहिला यस्तो तिलस्मी घटना घटेको थियो अचेल घट्दैन जस्तो लागेकोथ्यो केहि बर्ष पहिला, तर अहिले फेरि होइन जस्तो लाग्न थालेको छ । अचेल पनि यस्ता घटनाहरु घट्ने रहेछ, मात्रा केहि फरक, स्वभाव र असर केहि फरक । परिवेश केहि फरक । देखि भोगि सकेर पनि रहस्य थाहा नहुन सक्छ , थाहा नहुँदा सम्म विश्वास गर्नै पर्यो । चन्द्रमामा मान्छेले पाइला टेक्यो रे, हामीले दैख्या नै त हैन, तै पनि विश्वास गरीन्छ नि । त्यस्तै ।

ल भनम न, मन्त्रले असर गर्छ कि गर्दैन? गर्छ भने किन गर्छ ? फिजिक्स पढाउने नेपालका प्रख्यात ताम्राकार सरले भनेअनुसार मन्त्रभित्र त ठुलो बैज्ञानिक रहस्य पो रहेछ । उनका अनुसार मन्त्रोच्चारण गर्दा निश्चित फ्रिक्वेन्सिको आवाज आउन जरुरी छ, जुन क्षमता हासिल गर्नुलाइ सिद्धि प्राप्त गर्नु भनिन्छ । सिद्धि प्राप्त नगरेको मन्त्रले असर गर्दैन, तर सिद्धि प्राप्त तरीकाबाट मन्त्रोच्चारण गर्यो भने अनेकौ अलौकिक चमत्कारहरु देखाउन सकिने रहेछ, ती चमत्कारहरु साउण्ड वेभको कम्बिनेशनले दिने रेसोनान्स र त्यसको असरको कारणले हो अरे ।
Madness
· Snapshot
Like · Liked by · 0
बिश्वास, आश्था, धर्म र राजनितीको विवाद; यसले कहिले पनि दुई पक्षलाई एउटै धारामा ल्याऊन सक्दैन जबसम्म आफ्नो आश्था, बिश्वास, धर्म र राजनितीलाई स्ट्यान्डर्ड मानेर अरुसंग तुलना गर्न छोडिँदैन। कसैको नजरमा कसैको बिश्वाश अन्धबिश्वास नै सहि यदि त्यसले कुनै पनि किसिमको सामाजिक तथा व्यक्तीगत हानि गर्दैन भने हामिले त्यसको बिरोध गर्न नै किन पर्यो र?
Sheetalb
· Snapshot
Like · Liked by · 0

So you think it is not doing any damage to our society? especially to women? Interstingly, these Bokshis never belong to higher class women, they are always very poor, marginalized people who people can easily abuse and it is very sad. And all these 'MA's make so much money breaking other's family, house, so many men leave their wives becasue some MA says that she is a Bokshi, etc so you think this kind of faith is not damaging our society...


I am sure there is some law now that you cannot blame anyone in the name of BOKSHI or anything else.Bad things happen to every person and every family now and then but blaming it on some other people is really not the way to go, i think the more you believe in such things, the more suspecious you become of people around.


Just my understanding hai pheri...you are free to think what you believe in...it is a free country after all

Madness
· Snapshot
Like · Liked by · 0

हैन हैन, मैले कथाको चमत्कारमा, कथाकार र पढ्ने पाठकहरुले त्यसमा बिश्वास गर्दा त्यसले कुनै पनि किसिमको सामाजिक हानि गरेको छैन मात्र भन्न खोजेको हो, किनभने यहाँ पोस्ट भएका कमेन्टहरुमा अलिकता फरक बिश्वासहरु देखियो। फेरि कथा सकिएको पनि त छैन नि :-)


तपाईँले देखाउनुभएको हाम्रो देशको यथार्थ वास्तविक हो। आश्था(faith) र बिश्वास(belief) बढि भएर भन्दा पनि मेरो बिचारमा शिक्षा र चेतनाको कमि भएर यस्ता घटनाहरु घटिरहेका छन्।

Rahuldai
· Snapshot
Like · Liked by · 0

माँ र द्योमाँहरु



भाग ४


 


भोली पल्ट बिहानै चिया पाउरोटी खाँदै सोधी हालें को हो त्यो दुष्ट ब्रिद्धा भनेर। आमाले सबिस्तार सुनाउनु भयो ।


" जुन दिन साँझ त्यो कहिरो कालो परिकार हाम्रो चुलोमा नाच्ने थालेको थियो, त्यही दिनमा हामी स्कूल गाको बेला उमेर ले बजै भन्नु पर्ने ब्रिद्धा आउनु भएको रेहछ । छिमेक टोल को आफ्नै बिरादरीको नाता चाँही नपर्ने चिनजान को । भएको के रहेछ भने, दुष्ट आमै को छोरीको  बुवाको फुफु को छोरा सँग विवाह भएको रहेछ धेरै बर्षा अगाडि। बिहेको कुरो चल्दा, केटो को चालचलन बुझ्न बुवाको मा आउनु भएको रहेछ। बुवाले मेरो भाई हो , थाहा भए सम्म असल नै छन , फरक पर्दैन भनेर सिफारिस गर्नु भएको रहेछ ।"


बिहे भएको १०-१२ बर्ष पछी, छोराछोरी ठुलै भएसके पछी, जोइपोइको ठाकठुक् पर्‍यो । ठाकठुक बढ्दै जाँदा ठोकाठोक भए छ , ३ पानेको सूर मा।



हाम्रो निनी बज्यै ( फुफु बजै ) को छोरा अर्थात बुवाको भाई जाँड खाएको सूर मा झूर काम गर्थ्यो मलाई नि थाहा थियो । खोलो त एकनास ले बग्दैन, समय को के कुरा ?  चन्द्रमा बाँया हुंदा भएको ब्यवसायले आँखा तर्‍यो । साहुको ऋणको  ब्याज को भाखा नाघ्यो ।
बिबाद लम्बियो, एउटै खातमा पनि बात भएन रे । माइतीमा बसेर घुर्की देखाइन रे ।


धेरै छोराछोरी भाको घरमा बिहे गरी सकेकी माइतमा बस्दा अझ साइत बिग्रने हुन्छ भन्छन । माइतमा पै ठाकठुक परेछ।



त्यो दिन दुष्ट ब्रिद्धा, त्यही गुनासो लिएर आएकी रहेछ। "ज्वाँई लाई सम्झाइ दिनु पर्‍यो । छोरीलाई रक्सी खाएर बोक्सी भन्दै पित्नु भएन भन्दिनु पर्‍यो"  भनेर बुबा लाई अनुरोध गर्न आएकी रे । बुवा को स्वास्थ अझै ठीक नभैसकेको र ओखती खाएर सुती रहनु भएकोले गुनासो माँले सुन्नु भएको रहेछ । पाहुना आए सि मिठाइ र अन्डाले सत्कार गर्ने हाम्रो चलन। चलन अनुसार अन्डाको पोच बनाउन माथि बुइगलमा जाँदाको एकान्तमा बुढीयाले रातो चामल हाल्न भ्याएको हुनु पर्छ, माँ  को अनुमान । 


 


यी कुरा सुने पछी मेरो मस्तिष्कमा धेरै अनुरित्तित प्रश्नहरु घुमी रह्यो जो अद्यापी घुमिरहेका छन । हामीले तिनको परिवारको के बिगार गरेका थियौं ?  तिनको छोरी ज्वाँईको झगडा सँग हाम्रो सरोकार थिएन। "एउटै शिरानी गरेर सुते पछी कहिले काही गोडा लाग्छ नै" - गुरु प्रशाद मैनाली ले छिमेकीमा लेखेका थिए। ज्वाँईंलाई सम्झाउने बुझाउने काम त तिनको हो । व्यबहार मिलाउने काम त ती दुई परिवार बीच हो।



मलाई लाग्यो परपीडकहरु यो संसार मा कम रहेन छ । हामीलाई बिगारेर तिनको छोरी ज्वाँईं को सम्बन्ध पुन: सुध्रिन्छ भने ठिकै हो, एउटा पीडा फेरी सहौला।  अजब संसार का गजब मान्छेहरु ।


द्यो माँले सुझाए मुताबिक फाली चामल संकलन गरी फाली सके पछी सबै कुरा नर्मल भाकोले यो कुरा यही सेलायो । तर एउटा अनुतरित्त प्रश्नले अझै बिझी रहेको छ ।


पछी बुझ्दा जांदा थाहा पाइयो, बुढीले तन्त्र बिद्याको साधना ( बोक्सी बिद्या भन्दा कसैलाई आपत्ति हुन सक्ला) गर्ने गरेकी रैछ ।  तन्त्र बिद्या मानव कल्याणकारी काम मा लगाए मात्र फलदायी हुन्छ, दुष्ट्याइमा लगाए आफ्नै पतन् हुन्छ भनी पढेको थिएं । भयो त्यस्तै।


आखिर के पायो त ती ब्रिद्धा ले ?


रक्सी को अत्याधिक सेवनले ज्वाँईको असामयिक निधन, छोरी र नाती को बिचल्ली !!!
आफ्नै घर तहस नहस । कमाउ छोराहरु एके पछी अर्को गर्दै घर छोडेर हिंडे । साना छोराछोरी बाहेक सबैले घर छोडे पछी हातमुख जोड्न धौ धौ भयो। आँफै थला पर्‍यो। काल आयो।


यसरी एउटा अध्यायको अन्त्य भयो। टोलका जो सुकैको निधनमा शोक प्रकट गर्न मलामी जाने यो राहुले जिन्दगीमा पहिलो पल्ट् मलामी गएन।


क्रमश:

perfectionist
· Snapshot
Like · Liked by · 0
पढें है दाई मैले। जे होस्, कस्ले राख्या भन्ने सम्म थाहा चाइँ भो, अरु कुरो त केइ नभनम होला केरे मैले। ल अब अर्को भागको प्रतिक्षामा। म त बसिराछु है कथा सुन्न
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

एउटा कुरा नि-- मैले गाउँठाउँमा अनि काठमान्डुमा जति पनि बोक्सी ईत्यादी भनेर कुनै महिला वा वृद्धालाई भनिएको देखेँ, त्यो सबैमा एउटा समानता पाएँ। बोक्सी भनिनेहरुको जीवन, घोर अभाव, अनवरत तनाव, हेपाई, पेलाई, सामान्य भन्दा अलि भिन्न मानसिक स्थीती, जीवनमा गहिरो अपुग ईत्यादीले भरिएको जीवन पाएँ। यस्ता कुराहरुले वर्षौँसम्म खाईरहँदा अलिकता विक्षिप्त हुन पुग्दारेछन् र विक्षिप्तताको स्थितीमा उनिहरुले देखाऊने कृयाकलाप अरु सामान्य महिलाहरुको भन्दा भिन्न देखिन्छ (कहिलेकाहिँ बाहिरबाट हेर्दा सामन्या नै देखिए पनि)। सामान्य मानसिक स्थिती भएका मानिसहरुमा रहेको आश्था र बिश्वास, किंवदन्तीको मनभित्र गढेको गहिरो छाप, चलिआएको संस्कार र संस्कारसंग अझ गाडिएर आएको अर्को बिश्वास आदिले गर्दा, विक्षिप्त महिलाले देखाऊने कृयकलापसंगै सामान्य मानिसमा शायद डर उत्पन्न हुँदो हो। यस्तो डर, यस्तो बिश्वास कि सम्पूर्ण आश्थावानहरुको ठुलो समूहले नै आफ्नो डर हटाऊन वा कुनै अनिष्टसंग बँच्म 'बोक्सी'को संज्ञा दिएर एककिसिमले समाजबाट च्यूत गरिदिन्छन। पहिले नै विक्षिप्त महिला अब झन अनौठो कृयाकलाप गर्न थाल्छिन्। अब यसको अन्त्य कहाँ त? शायद यस्तै यो कथामा भए जस्तो एक्लो मृत्यू! चमत्कार गरेर अरुलाई बिरामी बनाऊन सक्नेले, आफ्नो परीवार, नातागोता सबै गुमाएर एक्लो मृत्यू मर्न पर्ने यथार्थप्रतीको बिश्वासतर्फ चाहिँ आश्थावानहरुको बिचार कहिल्यै गएन। कसैको बिश्वास र आश्थालाई कुनैपनि किसिमको प्रश्न नगरी यो कथाको अन्त्यले कथामा भनिएको बोक्सी बुढिप्रती मनमा नमिठो सहानुभुती र दया जागाएको छ।


बिश्वास र आश्थाले नै रोग ठिक गर्छ र बिश्वास र आश्थाले नै रोग निम्त्याउँछ। कुनै पनि आश्था र बिश्वासको सकारात्मक नतिजा आऊने समाज मात्र शिक्षित समाज हो। यहाँ धर्मको नाममा संहार गर्नेहरु पनि छन् र त्यहि धर्मको नाममा सम्भार गर्नेहरु पनि छन्।


थट प्रभोकिङ!!यो भागको अन्त्य साधारण शब्दहरुले कोरिएको छ, तर मजाले छोयो ठूल्दाई! अर्को भागको प्रतिक्षामा!

Last edited: 14-Dec-09 11:00 AM
बैरे
· Snapshot
Like · Liked by · 0
ठुल्दाइ , पढियो तर कता कता के नपुग्या के नपुग्या जस्तो भयो । शायद हामी नेपाली हरु को खुट्टा तान्ने र अरु को बिगाड गर्ने धारणा खुल्या भएर अली दिक्क लाग्या होला !!! ल गुर्लाम गुर्लाम अर्को भाग पर्ख्दै छौ
serial
· Snapshot
Like · Liked by · 0

ल यो भाग नि पढियो


खै के भन्ने ठुल्दाइ - मन्त्र तन्त्र त्यस्तै मान्छे को हातमा पारेपछी बिगार्दै जान्छ -


खै मानिस कै मन मा भर पर्ने हो सबै कुरा


इर्स्या दाहा गर्ने मान्छे ले बिगार गर्छ होला मेरो बिचार  मा

chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
एकै सासमा पढीयो,  दुष्ट स्वभावकै भए पनि मन्त्र जान्ने बुढीको दु:खद अन्त्य नमज्जा लाग्यो । कसैलाइ त्यस्तो भोग्न नपरोस जस्तो लाग्यो । क्रमश: को क्रम नटुटोस ।

बिर्खेले कोट्याएको कुरा चै गहन छ है । हुन त हाम्रा बिचारहरु हाम्रा भोगाइ र बुझाइका दर्पण हुन । "बोक्सी भनिनेहरुको जीवन, घोर अभाव, अनवरत तनाव, हेपाई, पेलाई, सामान्य भन्दा अलि भिन्न मानसिक स्थीती, जीवनमा गहिरो अपुग ईत्यादीले भरिएको जीवन पाएँ। यस्ता कुराहरुले वर्षौँसम्म खाईरहँदा अलिकता विक्षिप्त हुन पुग्दारेछन् र विक्षिप्तताको स्थितीमा उनिहरुले देखाऊने कृयाकलाप अरु सामान्य महिलाहरुको भन्दा भिन्न देखिन्छ ।"   तर मैले सम्पन्नता र रोवदोबपूर्ण जिन्दगी बाँचेका मानिस (बुढी महिला मात्र हैन तन्नेरी र पुरुष पनि) पनि बोक्सी भनेर आरोपित पाएको छु । किम्बदन्ति जस्ता लाग्ने तिनीहरुका अनौठो हरकतहरु देखेका मानिसहरुको सविस्तार बयान सुनेको छु । बिक्षिप्तता हो या नियति, तिनिहरुको मानसिक अवस्था असमान्य चाहि हो जस्तो लाग्छ । मन्त्रसाधना र शुद्धताको निमित्त तिनीहरुले गर्ने अन्धविश्वास वा आडम्बर जस्ता लाग्ने ब्यबहारहरु पनि देखेको छु । 

यसको मतलब के हो भने विद्या सिकेर बन्ने तथा आरोप खेपेर बन्ने दुइ किसिमका बोक्सीहरु हुन्छन । बिर्खेले इंगित गरेको दोस्रो प्रकार हो, जसलाइ हाम्रो समाजले ठूलो अन्याय गरेको छ, त्यसमा दुइमत नहोला । तर ठुल्दाइले ब्याख्या गरेको पहिलो प्रकारको हो भन्ने मलाइ लागेको छ । घरायसी दुश्मनीमा बदला साँध्न काम लाग्छ भन्ने भावना र आफ्ना वरीपरीका मानिसलाइ बिगार गरेरै तह लगाउने उद्देश्यले तन्त्रमन्त्र सिक्ने हरु छन चै छन है ।  कहिलेकाहि त्यो मन्त्रले काम गर्छ कि गर्दैन भनेर नजिकैका आफन्तलाइ बेफ्वाँकमा परिक्षण गरेर हेर्नेहरु पनि छन । यस्ता तन्त्रमन्त्रका कुरामा मैले देखेको समानता चै के हो भने तिनीहरुसित जहिले पनि केहि न केहि पदार्थ (जस्तो चामल, फुल, अविर, चिउरा, सुपारी, मसला, कपडा, आदि ) पनि जोडिएर आउँछन । त्यसैले मलाइ शंका के मा लाग्छ भने साँच्चिकै तिनको शक्ती तन्त्रमन्त्रमा छ कि अथवा त्यो पदार्थमा मिसाएको केहि चीजका कारण अनेक चमत्कारी असर देखिन गएको हो । वा यो साँच्चै अन्धविश्वास मात्रै हो त ? 

बिस्टे
· Snapshot
Like · Liked by · 0
चौथो भाग पढियो ठुल्दाइ.
बुढीया ले दुस्कर्म को फल भोगिछिन नै।
लौ सम्धी ज्यु र चना दाई को सुरु भएछ,लौ आफु त एता कुना मा बसेर सुन्ने हो।
अनी अरु चम्कत्कारी कुरोहरु सुनौ न त दाई द्योमाँ को।
crazy_love
· Snapshot
Like · Liked by · 0

Interesting!


aru bhaaga pani padhna paaye ajhai interesting hunthyo.

alche
· Snapshot 5878
Like · Liked by · 0
khai ta bhag 1 dekhi ekai choti bhag 4 cha ta.. aru bhaag haru pani padhna paye ta gajabai hunethiyo sathi ho
Rahuldai
· Snapshot 5917
Like · Liked by · 0

alche जी , 
 
एक भन्दा धेरै पानामा सामाग्री रह्यो भने सान दाइ को यो जिनिस मा अन्तिम पेज नै "डिफल्ट " भै बस्ने हुँदा यो पाना अन्तिम पाना हो . ओरिजिनल पोस्ट र अन्तिम पेज मात्र देखिन्छ . पेज न. १-२  मा क्लिक गरी सबै भाग हेर्न , पढ्न सक्नु हुने छ . तल को चित्रमा पेज न. स्पष्ट संग देखिन्छ . धन्यबाद ! 


 
ThahaChaena
· Snapshot 6754
Like · Liked by · 0
 हैन ठुल्दाई हजुर को भाग चार सम्म पछि क्रमश: छ अनि खै त पुरा गर्या कथा/संस्मरणलाइ .....  अधकल्चो छोड्ने बानी कस्तो नराम्रो भनि हाम्रा ठुल्दैको ........ 
Rahuldai
· Snapshot 6800
Like · Liked by · 0
 अरु पनि द्यो माँ का कथाहरु सुनेको छु , देखेको छु तर खासै इन्टरेस्टिंग न भेटिएकोले होला अरु नथपेको थाने..
 
फेरी अर्को तप्काका साथीहरु भगवान प्रति त बिश्वास छैन भन्छन , यस्ता द्यो माँ हरुको कुरा राख्दा .... साइन्स पढ्या मान्छेको नि ........... भन्नेहरु नि भेटीए .. त्यसैले पनि जाँगर नचलेको होला ... धेरै अघि को कुरा हो , बुझेर राखौला नि  हुन्न र ?
ThahaChaena
· Snapshot 6880
Like · Liked by · 0
 अब दाइ यहाँ मान्छे थरि थरि का छन्...... भन्छन नि के त एउटी हात को पांच औंला बराबर छैन ... अब मान्छे मान्छे को सोच कहाँ बराबर होला र....... हजुरको बुझाई लै बुझेर बुझ्न खोज्दा पछि लेखे पनि हुन्छ जस्तो लागो ठुल्दाई.....
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 178
· Posts 1 · Viewed 55
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 55
· Posts 1 · Viewed 90
· Posts 2 · Viewed 300
· Posts 12 · Viewed 1793
· Posts 1 · Viewed 112
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 278



Your Banner Here
Travel Partners
Travel House Nepal