Pankaj Once again - Sajha Mobile
SAJHA MOBILE
Pankaj Once again
Posts 2 · Viewed 5547 · Go to Last Post
hundari
· Snapshot
Like · Likedby · 0

it was published in dc nepal dot com yesterday...........


अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वषर्ीय पंकज जोशी हुन् । प्रहरीले जोशीको खोजी गर्न उनको काठमाडांैस्थित घर, आवातजावत गर्ने सम्भावित स्थानमा निगरानी बढाएको छ ।

जोशीले ६७ वषर्ीय अमेरिकी महिला विलिजलाई परेको चिट्ठा झुक्याई ७ लाख ५० हजार अमेरिकी डलर -पाँच करोड पैंसट्ठी लाख) आफ्नो हात पारी बैंकमार्फत् नेपाल पठाएका थिए । पछि आफू पनि अमेरिकाबाट बाहिरिएका थिए । मेगा मिलियन्स, मेगा पिलर नामको चिट्ठाको विजेताले दस लाख डलर (सात करोड ५० लाख) पाउने गर्छन् ।

जोशी युनिभर्सिटी अफ टेक्सासमा पढ्दै लक्की फुड स्टोरमा विगत पाँच वर्षदेखि अफिस क्लर्क पदमा कार्यरत थिए । उनले स्टोरमा बसिरहेको बखत चिट्ठा पर्‍यो परेन भनी जाँच गर्न आएकी अमेरिकी महिलालाई जोशीले कप्म्युटरमा जाँच गर्दा प्रथम उपहार परेको देखेपछि उनलाई नपरेको जानकारी दिँदै चिट्ठा फुत्काउन सफल भएका थिए ।

अमेरिकी राजदूतावासले हालै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय र राष्ट्र बंैंकलाई लिखित पत्राचार गरेपछि त्यससम्बन्धी अनुसन्धान हाल महानगरीय अपराध महाशाखा र राष्ट्र बैंकका अधिकारीहरूले गरिररहेका छन् । 'सम्बन्धित निकायबाट अनुसन्धानका लागि आग्रह भएपछि महानगरीय अपराध महाशाखालाई अनुसन्धान गर्न निर्देशन दिएका छौं, प्रहरी प्रधान कार्यालय, अपराध विभागका प्रमुख एआईजी प्रकाश कुँवरले कान्तिपुरलाई भने । 'अभियुक्तले अमेरिकाबाट नेपालमा पठाएका रकम कुन कुन बैंकमा राखेको छ ? भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।'

घटनाबारे विस्तृत विवरण पाएपछि अनुसन्धान महाशाखाले जोशीको आपmनै नाममा रहेको खाता र शंकास्पद अन्य आफन्तका खाताहरू रोक्का राख्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ । प्रहरीको अनुरोधमा राष्ट्र बैंकले विभिन्न बैंकका झन्डै आधा दर्जन खाता रोक्का राखेको थाहा भएको

छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार रोक्का राखेका अघिकांश खातामा आकस्मिक रूपमा ठूलो रकम जम्मा भएको देखिन्छ । जोशीकै नाममा भने उनकी दिदी काम गर्ने आईसीएफसी बैंकमा पनि ठूलो रकम जम्मा भएको देखिन्छ । 'अमेरिकाबाट भागेलगत्तै नेपालमा जोशी र उनको आफन्तको नाममा जम्मा भएका अधिकांश ठूला रकमको हामी खोजी गरिरहेका छौं,' महाशाखाबाट अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, 'केही रकम भेटिए पनि आधाभन्दा बढी रकम अझै फेला पर्न सकेको छैन ।' नेपालको बैंकमा जम्मा भएको रकम प्रहरीले अनुसन्धान थाल्नुअघि नै निकालेर अभियुक्त जोशीले केही स्थानमा जग्गा खरिद गरिसकेको हुनसक्ने आशंका प्रहरीको छ ।

राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह पनि गरेको थाहा भएको छ । 

अभियुक्त जोशीलाई काठमाडौं प्रहरीले भेटाउन नसके केही दिनभित्रै उनका नाममा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय प्रहरीको सन्जाल( इन्टरपोल) बाट 'रेड कर्नर नोटिस' जारी गर्ने भएको छ ।

इन्टरपोलको नोटिस जारी भएपछि फरार अभियुक्त जोशी नेपालमा नभए उनलाई जुनसुकै देशको प्रहरीले पक्राउ गरी अमेरिकी प्रहरीलाई बुझाउने छन् । जोशीलाई अमेरिकी प्रहरीले भेटाए त्यहाँको कानुनअनुसार बिगो फिर्ता गराई बीस वर्षसम्म जेल सजाय गर्न सक्छ । 

Last edited: 01-Dec-09 09:22 AM
MagicMushroom
· Snapshot
Like · Liked by · 0
why are you posting this news again? this article smeels like bashi pauroti, post
some joke, insights or something else. 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 931
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 224
· Posts 13 · Viewed 2314
· Posts 1 · Viewed 145
· Posts 1 · Viewed 130
· Posts 4 · Viewed 1057



Your Banner Here
Travel Partners
Travel House Nepal