तिम्रै काखमा मर्न पाए हुन्थ्यो - कबिता । - Sajha Mobile
SAJHA MOBILE
तिम्रै काखमा मर्न पाए हुन्थ्यो - कबिता ।
Posts 14 · Viewed 11843 · Likes 1 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 1

तिम्रै काखमा मर्न पाए हुन्थ्यो !!!!!!


 


लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो, 
तिम्रो   मुटुमा मेरो   नाम  कोर्न   पाए हुन्थ्यो।
 


 


 आँखाबाट प्रणय ज्योति   छछल्केको देख्दछु म, 
 त्यै आँखाबाट दुई बूंद मोती झर्न पाए हुन्थ्यो।


 


तिम्रो कसम,  जिन्दगी भरी साथ दिइरहन्छु  म,
भरोसामा  एक चिम्टी सिन्दूर भर्न पाए हुन्थ्यो ।


 


अंगालोमा बाँधिएर खाएको झुठो वाचा होइन यो
     तिम्रै   न्यानो काखमा   सजिलै   मर्न    पाए हुन्थ्यो । 


 

बिस्टे
· Snapshot
Like · Liked by · 0
वाह ठुल्दाइ वाह। गज्जब छ्।
कबिता चै फुर्ने हो हाम्रो ठुल्दाइ लाई नि, टिरेना आउँदा आँउदै फुर्या हो दाई यो कबिता नि ?
serial
· Snapshot
Like · Liked by · 0
वाह ठुल्दाइ वाह। गज्जब छ्।
raju161
· Snapshot
Like · Liked by · 0
Thuldai please!
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0


साह्रै दह्रो हान्नुभयो ठूल्दाई!


वाह!!

perfectionist
· Snapshot
Like · Liked by · 0
<<< तिम्रै काखमा मर्न पाए हुन्थ्यो - कबिता >>>

तर यो कबिता चाँही को परिन् कुन्नी, थाहा पाये त ठुल्दाइले भरे भाउजुको हातबाट मस्त मालिस भेट्थे भनेर मलाई रिट्ठेले सुनाउँदै थ्यो अघी


वाह! गज्जब छ ठुल्दाइ
crazy_love
· Snapshot
Like · Liked by · 0

वाह कति राम्रो! दोस्रो लाइनमा चाहि मलाइ यस्तो लेख्न मन लाग्यो।


आँखाबाट प्रणय ज्योति   छछल्केको देख्दछु म, 
 त्यै आँखाबाट दुई बूंद मोती भर्न पाए हुन्थ्यो।



 ल, भएन, ठुल्दाइ ट्वाँलाइ पनि अलि अलि ट्रेनिङ दिनु पर्‍यो। सधैँ त्यहि "पानी बिना माछा........." लेखेर हैरान पारिसक्यो।

Pret Aatma
· Snapshot
Like · Liked by · 0
 Cliched and filmy. Apologies for my blunt remark. Keep writing though.
ritthe
· Snapshot
Like · Liked by · 0

अंगालोमा बाँधिएर खाएको झुठो वाचा होइन यो
     तिम्रै   न्यानो काखमा   सजिलै   मर्न    पाए हुन्थ्यो । 


 


गज्जब छ !



 

Nepe
· Snapshot
Like · Liked by · 0

कविता हो, नैतिक तराजुमा जोख्‍ने कुरो भएन । नत्र ता स्वार्थी देखियो नि भन्नुहुन्थ्यो । तर एउटा कुरा नि, practical हिसाबले, माने यो कविता जो एउटा प्रणयनिवेदन (courtship) हो, प्रियतमाले स्वीकार गर्ने सम्भावना कत्तिको छ भनेर जोखाना हेर्ने हो भने म त छैन भन्छु ।


तिम्रो काखमा सजिलोसंग मर्न पाउँ भन्ने निवेदन स्त्रीको निम्ती एउटा ठूलो turn off हो । धेत् यस्तो पानीमरुवासंग पनि जिन्तखी बिगार्ने हो भनेर भाग्छन् । पुरुषहरुको strength हो उनीहरुलाई आकर्षित गर्ने त । त्यसैले तिम्रो काखमा मर्न पाम होईन बरु, तिमीलाई अन्तिम विदाई मेरो काखमा गर्न पाम् भन्यो भने यो जतिसुकै bizarre सुनिएपनि यसले जादूको काम गर्नेछ ।


को को छन् साझामा उम्मेदवारहरु, experiment गरे हुन्छ ।

Rahuldai
· Snapshot
Like · Liked by · 0

बिस्टे- टिरेन मा सुडोको खेल्दै बित्छ, चिलिम बिरेकमा फुर्‍या कबिता सबिता हो यो।


लहरे- गजब मात्रै ? अजब छैन ?



राजु - धन्यवाद !



बिर्खे बा - दह्रो हान्या जस्तो त लागेन, अब बिर्खे बा ले भने सि होला नै ।


पुरे - यो कबिता अस्ती को कबिता होइन क्या, चिने जानेकै कबिता हुन यिनी ।


क्रेजी - सुझाव अत्यन्त मनन योग्य। तर मैले भन्न खोजेको चाँही " मोती बनी मायालुको आँखाबाट खुशी झर्न पाए हुन्थ्यो " भन्ने हो। शब्द लाई खेलाउदा त्यस्तो हुन गयो।



प्रेत-आत्मा - धन्यवाद ।


 


रिट्ठे- गजब मात्र, अली पुगेन।



नेपे दाई - तपाईं को प्रेरणा सधैं पाइरहुं ।
 

ritthe
· Snapshot
Like · Liked by · 0

>>>त्यसैले ‘तिम्रो काखमा मर्न पाम होईन बरु, तिमीलाई अन्तिम विदाई मेरो काखमा गर्न पाम् भन्यो भने यो जतिसुकै bizarre सुनिएपनि यसले जादूको काम गर्नेछ ।<<<


 


नेपे दाइले भने जस्तै  "तिम्रो काखमा मर्न पाँउ" भन्दा त पक्कै पनि आफुलाई unsecured महसुस गर्छन् स्त्रिहरुले ! तर यस्को साटो "तिमीलाई अन्तिम विदाई मेरो काखमा गर्न पाम्" भन्दा पनि त कस्तो स्वार्थी रैछ आफु भन्दा पहिला मै मरुम भन्ठान्दो रइछ भन्ठान्दैनन
र? मखुला ठुल्दाइ?
भरै  बाजिगरको शाहरुख खानको स्टाईल भईरा रे क्या !

बैरे
· Snapshot
Like · Liked by · 0

वाह वाह वाह वाह क्या पेल्नु भयो भने ठुल्दाइ ले ,


ठुल्दाइ बिहान बिहान चिया मा सिया हालेर रोमान्टिक मूड मा ?? के हो ??

keli
· Snapshot
Like · Liked by · 0

लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो, 
तिम्रो   मुटुमा मेरो   नाम  कोर्न   पाए हुन्थ्यो।
 


ल मलाई चै यो लाइन सब्से बेस्ट लाइन  लाग्यो है ठुल्दाइ

क्या राम्रो ,ठुल्दाइले यो कसरी लेख्नु भाको?  कसरी लेख्न आएको  भन्या

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 430
· Posts 1 · Viewed 129
· Posts 13 · Viewed 2054
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 86
· Posts 4 · Viewed 896
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 168
· Posts 1 · Viewed 412
· Posts 3 · Viewed 4659



Your Banner Here
Travel Partners
Travel House Nepal