lau na dashain manaunu paryo - Sajha Mobile
SAJHA MOBILE
lau na dashain manaunu paryo
Posts 3 · Viewed 5449 · Go to Last Post
grokhali
· Snapshot
Like · Likedby · 0
लौ न साथी हो, दशै मनाउनु पर्‍यो भन्य।।। तास्, खसि, साथी हरु, सबै को arrangement गरियो।। तर अब खसि को मासु सँग जाड पनि खानु पर्‍यो भनेर छ्याङ् बनाउने recipe खोजेको कुरै मिलेन।।।।सबैले ले भात पकायेर मर्चा लगाउनु भन्छन तर कुरा बूझन गाह्रो भो भन्या।।। अली detail ma कसैलाइ थाहा छ भने येसो दुई चार् शब्द लेखिदिनु पार्यो।।।। छ्याङ को recipe detail मा लेखिदिनुहोस् न क्रिपया।।।

धन्यवाद
 

Gay Goat
· Snapshot
Like · Liked by · 0
You remind me .."LOTA story"...when time to go..looking for lota...

Well, Dashain is here....enjoy with Bud and share your happiness..thats all it matters....
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

गोर्खाली बन्धु!


छ्याङ बनाऊन त अलि गाह्रो र समय पनि लाग्छ बरु छ्याङ खोज्ने किन्ने र पिउने तरिकाहरु यस प्रकार छन्।


छ्याङ के हो?- अन्न (विशेषगरि भात तथा कोदो) बाट बनाईन्छ र जस्ताको तस्तै अर्थात मजाले नछानिकन छोक्रासहितको सेतो झोल निकालिन्छ।


जापानमा धेरै पहिलेदेखि नै छ्याङकै एक रुप साकीको चलन चलिआएको छ। भातको साकि जुन फिल्टर गरिएको हुँदैन वास्तवमा छ्याङ जस्तै हुन्छ (देख्नमा, सुँघ्नमा तथा स्वादमा पनि)।


तपाइँ कत्तिको ठूलो शहरमा हुनुहुन्छ थाहा छैन तर कुनै एशियन पसलमा जानुहोस र मदीराको सेक्सन तिर unfiltered sake खोज्नुहोस। nigori ब्रान्डको धेरैजसो ठाउँमा देखेको छु मैले। चिन्नको लागि, यो प्राय: बोतलमा पाइन्छ र तपाइँले बोतलको पिँधमा सेतो पदार्थ थिग्रिएको देख्न सक्नुहुन्छ। भेट्नुभएन भने पसलेलाई unfiltered sake छ छैन सोधेर किन्नुहोला र घर ल्याऊनुहोला। खालि दूधको ग्यालनलाई सफा गर्नुहोस, साकि त्यसमा खन्याऊनुहोस र एउटा मकै छोडाएर बिर्को बनाऊनुहोस। अब तपाइँको खोयाबिर्के छ्याङ तयार भयो। मज्जाले दशैँमा मासु संग खानुहोस!


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12570 · Likes 1
· Posts 7 · Viewed 3988 · Likes 1
· Posts 1 · Viewed 1093
· Posts 1 · Viewed 1078
· Posts 1 · Viewed 985
· Posts 1 · Viewed 1077
· Posts 1 · Viewed 1049
· Posts 21 · Viewed 10002 · Likes 1
· Posts 3 · Viewed 2604
· Posts 5 · Viewed 7788 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal