शुभकामना !!!! - Sajha Mobile
SAJHA MOBILE
शुभकामना !!!!
Posts 7 · Viewed 8602 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

शुभकामना !!!!


हे काली, हे भद्रकाली


हे दक्षिणकाली , हे महाकाली


जाग उठ चीर निद्रा पुग्यो अब
चुपचाप स्थिर मुद्रा पुग्यो अब


धेरै नेपाली को काख रित्तियो
धेरै आफ्नाको साख लुटियो ।


धेरै भो,  शुम्भ निसुम्भहरुको जगजगी
धेरै भो,  हत्या हिंसा र आगलगी


पापिहरुको अन्त्य हुनै पर्छ,
अधर्मिहरुको नाश गर्नै पर्छ।



सदियौं देखि पुजेका हौं हामीले
आस्थामा मुटु भित्र खोपेका हौ हामीले ।



हाम्रो विश्वाश माथि खेलवाड नगर्नु काली ssssssssssssss
हाम्रो धैर्यमाथि परख नगर्नु महाकाली ssssssssssssssssssss



घरघरबाट् अर्को दुर्गा हतियार लिएर पाया:* निस्कन नपरोस
गाउंगाउंबाट अर्को भगवति दागबत्ती लिएर निस्कन नपरोस । 


यसपाली दसैं रक्तपिपासुहरुको अन्त्यष्ठीमा
यस्पालिको दसैं  डरत्रास अनी धम्की उन्मुक्तिमा
 


आफन्तजन सँग दसैं मनाउन सकौं
देशलाई फेरी देश जस्तै बनाउन सकौं ।


शुभ बिजया को हार्दिक मंगलमय शुभकामना ।


(*पाया:= दशमीको दिन नेवार समुदाय बिशेषमा दैत्यहरुको अन्त्यको लागि खड्ग यात्रा निसक्ने परम्परा )

ritthe
· Snapshot
Like · Liked by · 0

गजब कबिता ठुल्दाइ !


 


महंगी नआकाशियोस !
परम्परा संस्क्रिती नमासियोस  !
सबै नेपालीमा सुमधुर सम्बन्ध गासियोस !


बडा दशैको सबैमा शुभकामना !


 

serial
· Snapshot
Like · Liked by · 0

निकै राम्रो कबिता ठुल्दाइ


बडा दशै को हार्दिक मंगलमय शुभकामना

Phatte
· Snapshot
Like · Liked by · 0
गज्जब छ कबिता राहुलदाइ, बडा दशैको सभै नेपालीहरुलाई शुभकामना !!!
Rahuldai
· Snapshot
Like · Liked by · 0
रिट्ठे, लहरे अनी फत्ते लाई मन पराइ दिनु भएको मा धन्यवाद दिदै पुन: एक पटक शुभकामना।
बैरे
· Snapshot
Like · Liked by · 0

ठुल्दाइ को कबिता ले नि कत्ती लाई पोल्यो होला हे हे हे हे हे । त्यही अप्नी कबिता कही घच्ची छ ठुल्दाइ । दशै को यस्तो दरो छ भने तिहार को त झन के हुने होला ??


 


बैर्या परिवार बाट नि सब साझा का इस्ट मित्र हरु लाई विजय दशमी को मंगलमय शुभकामना

Krs_84
· Snapshot
Like · Liked by · 0
Mero pani sabailai dashain ko shuvakamana
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12630 · Likes 1
· Posts 7 · Viewed 4074 · Likes 1
· Posts 1 · Viewed 1110
· Posts 1 · Viewed 1119
· Posts 1 · Viewed 1015
· Posts 1 · Viewed 1100
· Posts 1 · Viewed 1069
· Posts 21 · Viewed 10177 · Likes 1
· Posts 3 · Viewed 2651
· Posts 5 · Viewed 7840 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal