पहिचान - Sajha Mobile
SAJHA MOBILE
पहिचान
Posts 15 · Viewed 13143 · Likes 3 · Go to Last Post
129lane
· Snapshot
Like · Likedby · 1
हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय,
हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय ।
रुप फरक पार्दै परिस्थितिसँग ठोक्किनु मेरो बहाव,
आफ्नो कर्मले त्यही परिस्थिति बदलिने, मेरो प्रभाव ।।

म केही हैन एक दृष्टिले,म ब्रहाण्ड अर्को दृष्टिले,
मेरो क्षमतामै पर्छ सृष्टि रच्ने,मलाई जन्माएको फेरि सृष्टिले।
म तुच्छ कीरा पलमा,पलमा म विराट् वृक्ष ,
पलमा म ब्रहाण्ड त पलमा यसलाई घुमाउने अक्ष ।।

शक्तिको मुहान म नै हुँ, तर उसैको रुपमा अल्मलिने म जति छैन कोही ,
म स्वयं गन्तव्य हुँ, तर ममा आउने बाटो बिर्सिने म जस्तो छैन कोही।
म हर वस्तु, हर प्रश्नले मागेको परिभाषा हुँ,तर म भन्दा ठुलो प्रश्न पनि छैन ,
म हर संकटको समाधान हुँ,नयाँ आयाम हुँ,तर म भन्दा ठुलो संकट पनि छैन।।

बनाउने म, मिलाउने म,बिगार्ने पनि त मै हुँ,
बढाउने म, फलाउने म,अनि माटोमा मिलाउने पनि त मै हुँ ।
म समय हुँ;म प्रकृति; अनि म नै त शून्य पनि,
म विचार हुँ,म आविष्कार हुँ, अनि हर निर्माणको जन्य पनि ।।
Last edited: 13-Jul-09 07:52 PM
sajha_addict
· Snapshot
Like · Liked by · 0
Awesome!
nakkali keti
· Snapshot
Like · Liked by · 0
कस्तो उत्कृष्ट रचना ! Thank you for sharing....
shubha
· Snapshot
Like · Liked by · 0

'हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय,
हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय ।'


शब्दहरु परिचित जस्तो लाग्यो-(एकदमै त थाहा भएन ---  म गलत पनि हुन सक्छु) -मन छुनेगरि लेख्नु भा छ-


:)

Nepe
· Snapshot
Like · Liked by · 0

A beautiful existential wonder !


 


However, it can be easily extended to include more questions. I mean the depiction is not exhaustive yet.

shirish
· Snapshot
Like · Liked by · 0
वाह !

यो "म" को बयान र शाब्दिक कालिगढलाई मेरो सलाम !!
129lane
· Snapshot
Like · Liked by · 0
कविता मन पराइदिनुभएको मा  sajha addict; nakkali keti ,subha , nepe and shirish लाई धेरै धेरै धन्यवाद। यो रचनाबाट पाएको प्रोत्साहन पश्चात् अरु लेख पनि छिट्टै राख्ने छु ।

धन्यवाद




129lane
· Snapshot
Like · Liked by · 1

अर्को प्रश्न


मनमा आज 'ताल' छाएको छ,
मन्द मन्द हावासितै; वसन्त पलाएको छ।
वर्षौ पछि आज शान्तिको आकाश छाएको,
कत्ति छट्पटि अनि आँसुपछि यो बिहानी पाएको ।।

शक्तिको पराकाष्टामा भन्दा शान्तिको झझल्कोमा,
खुशीको बास हुने रहेछ सन्तुष्टिको साहारामा ।
शान्ति मागेर हैन, खोजेर हैन, लिएर पो बन्दो रहेछ,
वाणीले भनेर हैन, सुनेर हैन,बुझेर पो तथ्य बोल्दो रहेछ ।।

परिस्थिति उही;समय उही तर ह्रदयको आफ्नो संसारमा,
आफ्नै मौसम,आफ्नै वातावरण र आफ्नै नाट्य रहन्छ ।
जतिसुकै बदलियोस् समय,जतिसुकै अलगियोस् चाहना ,
ह्रदयको बहाव आफ्नै अन्त्यतिर हरदम बहन्छ ।।

म बदलिएको छु;परिस्थिति हैन,समय हैन,आधार हैन,
तर बदलाव हो म भित्रको सोच,जोश र दरिलो साथको ।
म समालिएको छु,धनले हैन,नाताले हैन,अवस्थाले हैन,
तर समेटिएको छ, ज्योति,शक्ति अनि सोच माथको ।

किनारा त पाइला पिच्छे नै छन्,तर मेरो खोज त्यो अन्त्यको,
जँहा साँच्चै नै समापन हुन्छ; त्यो समुद्री गन्तव्यको ।
शुरु र अन्त्य विना केही नहुने;ज्ञान भन्छ यही हो सत्य,
कँहा छ यसको शुरुवात, कँहा हो अन्त्य; खै खुलेको यो तथ्य?

शान्त मनको तालमा डुब्दा यदा कदा यसरी,
कौतुहलताको हजारौं बादल उमड्डिन्छन्,वर्षा खोजे जसरी।
ज्ञान, बोध र अनुभवको रसले कहिले होला मन मेरो पूर्ति?
अरु कसलाई सोधूँ, प्रश्न भरिएका आँखाले हेर्छु,उही परमात्माको मूर्ति ।।

crazy_love
· Snapshot
Like · Liked by · 0

जति बुझ्यो त्यति गहिरो, झन बुझ्यो झन गहिरो। एकचोटि पढेर चित्त बुझेन फेरि फेरि पढ्न मन लाग्यो।


तर नि एउटा कुरो है त परमात्मा कहाँ छ त?

Nepe
· Snapshot
Like · Liked by · 0

>परमात्मा कहाँ छ त?


व्यर्थ सोधेछु ज्ञानीजनलाई ईश्वर बारे


ईश्वर अज्ञेय निक्ल्यो, ईश्वर अज्ञात निक्ल्यो


 


http://www.nepalikavita.com/contents.php?files=archive/2061/baisakh/baisakh-30-2061


Nepe

129lane
· Snapshot
Like · Liked by · 1
>तर नि एउटा कुरो है त परमात्मा कहाँ छ त?

परमात्मा कहाँ छन् र को हुन् 'एक अधुरो परिभाषा' मेरो मनबाट:

परमात्मा मुहान हो, परमात्मा त्यो अन्त्य हो जसको कुनै अन्त्य छैन,
जे देख्दैनौ तिमी त्यो परमात्मा हो
जे हर वस्तुमा देख्छौ  त्यो परमात्मा हो
शरीरको अक्ष आत्मा हो,आत्माको लक्ष्य परमात्मा हो ।
शान्तिको शुरुवात खोज, त्यही परमात्मा
मुस्कानको मूल हेर, त्यो परमात्मा
खाली मनको रिक्तता परमात्मा
खोलाको कलकल,चराको आवाज
सूर्यको ताप,आकाशको खुलापन; परमात्मा ।
गुण परमात्मा, दोष परमात्मा;
जहाँबाट तिमीमा भावना छाउँछ,त्यो परमात्मा,
जहाँबाट तिमीमा सोच आउँछ,त्यो परमात्मा।
तिमी जे हेर्छौ ,त्यो परमात्मा;
जुन दृष्टिले हेर्छौ ,परमात्मा।
हर भाव,हर शब्द परमात्मा;
तर ती भाव र शब्दले बयान गर्न नसकिने,
त्यो तत्व, त्यो एक ज्ञान, त्यो शक्ति नै परमात्मा ।।
                    






crazy_love
· Snapshot
Like · Liked by · 0

लौ, तपाइको परमात्मालाइ पनि मेरो कोटि कोटि प्रणाम।


म त यहाँ परमात्मा परमात्मा भंए। फेरि पनि मलाइ परमात्मा देखाउने परमात्मालाइ मेरो प्रणाम।


धन्य परमात्मा!

129lane
· Snapshot
Like · Liked by · 0
Crazy_love; u understood best;
very cool reply,
:)
Nepe
· Snapshot
Like · Liked by · 0

परमात्माको बारेमा केही पुराना उत्सुकताहरु:


http://www.sajha.com/archives/openthread.cfm?threadid=13146&dsn=sajhaarchive#117155


There is no doubt that an atheist's world is cold, lonely and scary as compared to a believer's world. Perhaps for this reason, human sought mysticism very early in his civilization. Deepak Chopra says human mind is hard-wired to believe in God. I think there is some truth in it. I think it derives from our fear, our need to feel safe and secure. And with this understanding, I am totally in peace with believer's God. As for myself, I am still in search for a good or rather a noble or at least an unselfish reason to surrender to God. I know surrendering is giving your 'self'. So, isn't it an unselfish act by definition ? No, it is not. The expectation or at least the anticipation of something good happening to myself when I do so makes it a selfish act.
But before all that nitty-gritty I must know more about Him. And Gokul ji, you have been scaring me by using this word 'unknowability' whenever you talk about Divinity or it's manifestations, supposing human mind is one of them.
I have some questions, doubt and curiosity about this notion of 'unknowability'. Let me try to put them here briefly.
My first question is, is there any basis, apart from a hypothetical possibility, for the existence of the unknowables ? I know it is paradoxical question because if we *know* it exists or may exist, then it is already not any more unknowable. So, it appears to me that we will never ever know anything about the unknowables. I also speculate that among the unknowables, those who have consciousness, will never *know* about us too.
As you should have noticed, I am using 'unknowable' not to mean 'undetectable' and certainly not 'unpredictable'. Undetectability would be tool-dependent whereas 'unknowability' is tool-independent. And 'unpredictable' goes to the realm of statistics.
You had used Heisenberg's Uncertainty Principle in similar context somewhere. But I suppose Heisenberg's uncertaninty which is about the precision does not lead to any notion of Unknowability. Or does it ?


________________________________


Nepe

ThahaChaena
· Snapshot 3082
Like · Liked by · 0
वाह ! I29lane JI,

Absolutely Devine Poems . Awestruck with the wordsmith and his creativity, that is you .


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 23
· Posts 1 · Viewed 54
· Posts 1 · Viewed 105
· Posts 73 · Viewed 17290 · Likes 16
· Posts 1 · Viewed 102
· Posts 9 · Viewed 1042
· Posts 1 · Viewed 105
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 107



Your Banner Here
Travel Partners
Travel House Nepal