सफल जिन्दगी - Sajha Mobile
SAJHA MOBILE
सफल जिन्दगी
Posts 204 · Viewed 133010 · Go to Last Post
बैरे
· Snapshot
Like · Likedby · 0

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................

Load Previous
बैरे
· Snapshot
Like · Liked by · 0

Deep


<<prabho...la hai gadgadaudai garam...darkara barshaunu parchha....hami jasta pathak nithrukkai hune gari.....
bijuli pani chamkaudai garam hai...... >>


दीप प्रभु तपाई जस्तो महा रथी ले मेरो कथा पढि टिप्पणी गर्दा त स्वोर्ग नै पुगे झै भयो, तपाई लगायत सप्पै साथी भाई हरु को प्रोत्साहन ले नै एक दुई शब्द कोरियो । अहिले अली ब्यस्त भएर थप केही एख्न भ्याको छैन । समय पाउने बित्तिकै केही कोर्ने छु, आउने कथा हरु पनि यहाँ हरु ले मन पराइ दिनु हुन्छ भन्ने आशा छ ।



ritthe
<<मैले पनि सबै भाग पढ्न भ्याये ! प्रिन्ट गरेको ३९ पेज पुगेछ ! सबै भाग एकै चोटि पढ्दा झन मजा आउने रैछ !
बैरे त खलि रइछ यार ! बिचरी रियालाई त्यस्तो बिदी नि दु:ख दिनु हुन्थ्यो त ! जे होस् लास्ट मा त मन फर्केछ् !
त्यस्पछीको पनि प्रोग्रेसको बारेमा पनि लेख्नु पर्थ्यो कि त १-२ पाना अझै !>>


३१ पेज लौ न खोकदै जादा त धेरै पो भयो कि क्या हो प्रभु ? प्रभु मेरै खेदो किन खन्या भन्या !! अब नेपाला आउँदा रिया सँगै माया प्रिती लाउछु त भन्या थिईन , आफ्नो खैरिनी तिर आँखा थियो के गर्ने । शायद मले पहिले देखी नै बाल दिया भए आज यो दिन देखिन्न थियो कि , के थाहा ?


प्रोग्रेस्स को बारे मा नि यहो कोर्यो भने त उपनयास भई हाल्यो नि हेहेहेहेहे ..... प्रोग्रेस्स चाँही भाग २ मा राख्छु भन्या खैर्या सन्तान ले पेल्या पेल्यै भयो । तर भाग २ चाँही अवस्य आउने छ ।


कथा पढि दिनु भएको मा क्रितज्ञ छु । 
 

ritthe
· Snapshot
Like · Liked by · 0

खेदै खन्या त हैन प्रभु तर रिया को माया लागेर भन्या नि !


हो भन्या तेस्पछी को प्रोग्रेस को बारेमा पनि यस्सो हाल्नु पर्‍यो २-३ पाना सट्कट मा भएपनी ! कुरो अधुरो राख्नु हुन्न रे क्या ! बरु एइ विकेन्ड मा कलम चलाऊने नि ! मखुला?

NitiSa
· Snapshot
Like · Liked by · 0
Error occured here because of server configuration. Any inconvenience is regretted - admin
NitiSa
· Snapshot
Like · Liked by · 0

Opps... double posting.


 

Last edited: 23-Jul-09 05:06 PM
newlynew
· Snapshot
Like · Liked by · 0

Baire Bro: Timro katha le man chhoyo. Sayad aafno katha sanga milna gayakole pani hola...


Aafno ta Riya le biha garera pani 3-4 wata janmaisake bhanne khabar facebook marfat halsalai paya... Nice surprise to kurai bhayana...


Khoi aafno chyangro pani kata cha kunni... Email address ta cha tara garne saahas jutayako chaina... Adhura kathaharko sangalo bhayako cha jeeban... Tara timro katha ko lagi hridaya dekhi dhanyabaad... Malai fokat ma atit ko bhraman garaidiyau.

Last edited: 02-Sep-09 07:49 AM
keli
· Snapshot
Like · Liked by · 0
मज्जा आयो ल , बैरे ले नि कथा त बबाल लेक्ने के
 
बैरे अन्द रिया लाई बधाई छ ,सुखद भबिस्य को लागि

perfectionist
· Snapshot
Like · Liked by · 0
अ केलिचा, के बधाई दि रा?! त्याँ भाग २ आइ सक्यो, त्यो पढ अनी भन्नु बधाई नबधाई भनेर
keli
· Snapshot
Like · Liked by · 0
अ पुरेचा, का आयो खै? देखिन मैले त,  किन र/ बधाई फिर्ता लिना पर्ने भो ?

perfectionist
· Snapshot
Like · Liked by · 0
खै के भन्नु रSSSSSS केलीचा तिम्लाई, त्यो बैरे पाट खोज्दै छु, अस्ती देखी हराइराछ। बैरेलाई भेटेर कुरो क्लेअर-कट गर्नु छ, सोच्या जस्तो हो रेछ भने त मुडुलो पारेर खौँ हान्न पर्छ!
बैरे
· Snapshot
Like · Liked by · 0

newlynew
<<Baire Bro: Timro katha le man chhoyo. Sayad aafno katha sanga milna gayakole pani hola...


Aafno ta Riya le biha garera pani 3-4 wata janmaisake bhanne khabar facebook marfat halsalai paya... Nice surprise to kurai bhayana...


Khoi aafno chyangro pani kata cha kunni... Email address ta cha tara garne saahas jutayako chaina... Adhura kathaharko sangalo bhayako cha jeeban... Tara timro katha ko lagi hridaya dekhi dhanyabaad... Malai fokat ma atit ko bhraman garaidiyau.>>


प्रभु तपाईको रिया ले अन्तै घर बनाएको मा मन चसक्क भयो , प्रभु को facebook मार्फत अझै कन्ट्याक्ट् छ कि क्या हो ? त्यसो चाँही गर्नु हुन्न प्रभु , उडेको पंछी ले अन्तै गएर रत्ते सि त छाड्नु पर्छ भने बुढा पाका हरु , बरु आफ्नो च्याङ्ग्रा लाई चाँही कन्ट्याक्ट् गरु प्रभु , त्यस्ता साथी भाई हरु जीवन म एक पटक आउछन कसो ? प्रभु ले पहिलो पैला चाल्दा निको हुन्छ भन्छु है म त । बरु उता बाट उत्तर आएन भने चाँही आफ्नो अतित को भूत सँग त compromise हुन्छ कसो ? लौ प्रभु लाई नि All the Best ।


फलोस फुलोस , अर्को रिया नि भेटोस , बैरा को आशिश लागि जावोस ।


keli


<<मज्जा आयो ल , बैरे ले नि कथा त बबाल लेक्ने के
 
बैरे अन्द रिया लाई बधाई छ ,सुखद भबिस्य को लागि>>


ओहो मुइचा कहिले फिर्ती सवारी  भाको , खै कोसेली हामीलाई , आएर नि यो बैरे को आठआ सम्झी पढेको ले दिल garden garden भयो


perfectionist
<<अ केलिचा, के बधाई दि रा?! त्याँ भाग २ आइ सक्यो, त्यो पढ अनी भन्नु बधाई नबधाई भनेर >>


पुरे पाट ले बैरे को कथा बिकाइ राख्या छ जे होस् , लौ प्रभु को जय होस्


keli
<<अ पुरेचा, का आयो खै? देखिन मैले त,  किन र/ बधाई फिर्ता लिना पर्ने भो ?>>


कहाँ दिएको बधाई फिर्ता लिने, त्यस्तो नि हुन्छ ?


perfectionist
<<खै के भन्नु रSSSSSS केलीचा तिम्लाई, त्यो बैरे पाट खोज्दै छु, अस्ती देखी हराइराछ। बैरेलाई भेटेर कुरो क्लेअर-कट गर्नु छ, सोच्या जस्तो हो रेछ भने त मुडुलो पारेर खौँ हान्न पर्छ!>>


लौ हेर अर्थ को अनर्थ लाउने हरु, के भन्या पाट पहिले मुडुलो अनी खौ , के पाप गरे मैले त्यस्तो ?? अब काम ले हाम गरे सि कथा नि अगाडि बढाउन पाको छैन के गर्ने , टाईम टाईम कि बात है


 

keli
· Snapshot
Like · Liked by · 0
ओ बैरेचा मेरो बधाई फिर्ता चाहियो ल, लिये है मैलेहैन पुरेचा ले पहिले कपाल खुरेर तालु बनाउने रे अनी खौँ   हन्ने रे क्या कपाल हुँदा नै  खौँ    हन्यो भने त दुक्दैन नि कपाल ले छेक्छ
तेइ भेर  तालु बनएर  खौँ     हनेर आलु फलाउने रे, पुरेचा ले भन्या

perfectionist
· Snapshot
Like · Liked by · 0
केलीचा क्या ट्यालेन्ट छ है, सब थाहा छ है? पैले पैले खुब खौ खान्थी जस्तो छ! लोल
newlynew
· Snapshot
Like · Liked by · 0
Error occured here because of server configuration. Any inconvenience is regretted - admin
STUPIDA
· Snapshot
Like · Liked by · 0

Wonderful piece of Work!!!!!!!!!


kaam ma kaam napayara, chatpatiaykoe ma, kaati khayra long weekneed ko 3 bajoye pattaie vhayana. aba ta ghar janay bayla vhoye....tara yehi basayra second vhag padhi jhai lagi ra cha....


akha ta royanun, tara maan chahi aawasya roya mera.......


baari Ji....hajur koe iesthan ma bayla bayla afue li paya, teskoe mafi paue..tara baydana ma ma arkaie ramiloe pan thioye


thankyou...

quicksiler
· Snapshot
Like · Liked by · 0
Baire atiii ramro lagyo story. I first read your safal gindagi part 2, and then today i read the first part. I really like your first part. very interesting. keep it up bro.
quicksiler
· Snapshot
Like · Liked by · 0
Baire atiii ramro lagyo story. I first read your safal gindagi part 2, and then today i read the first part. I really like your first part. very interesting. keep it up bro.
बैरे
· Snapshot
Like · Liked by · 0


ओहो यो भाग एक त हेर्नै बिर्सें छु , साझा को युनिकोड मा तल माथि भएको ले यो धागो आफ्नो नाम बाटै हटी रहा ।


मुइचा मेरो टाउको को पछी पुरे त थियो थियो तिमी अनी किन पछी पर्यौ ??


STUPIDA
<<Wonderful piece of Work!!!!!!!!!
kaam ma kaam napayara, chatpatiaykoe ma, kaati khayra long weekneed ko 3 bajoye pattaie vhayana. aba ta ghar janay bayla vhoye....tara yehi basayra second vhag padhi jhai lagi ra cha....
akha ta royanun, tara maan chahi aawasya roya mera.......
baari Ji....hajur koe iesthan ma bayla bayla afue li paya, teskoe mafi paue..tara baydana ma ma arkaie ramiloe pan thioye
thankyou...>>



प्रभु कथा पढिदिनु भएको मा आभारी छु , मन किन रोये प्रभु ? यो बैरे को पुरुरो मा लेख्या दु:ख सुख तपाई ले नि बाडी चुडी लिनु भएको मा म क्रित्ज्ञ भए ।


quicksiler


<<Baire atiii ramro lagyo story. I first read your safal gindagi part 2, and then today i read the first part. I really like your first part. very interesting. keep it up bro.>>


प्रभु दोस्रो भाग पढेर पहिलो भाग को कोजी गर्दै पढिदिनु भयो , यो बैरे लाई गुण लगाउनु भयो । हेरुम दोस्रो भाग ले पनि यहाँ को मन छुन सक्छु कि भन्ने आशा छ ।



 

ThahaChaena
· Snapshot 22679
Like · Liked by · 0
वाह ! साझाको ढुकुटी खोतल्दै गर्दा क्या चम्किलो र ओजिलो कथा भेटें ...मन नै गार्डेन गार्डेन भो.... 

- थाहा छैन 
KaliKoPoi
· Snapshot 22818
Like · Liked by · 0
थानेलाइ धन्यवाद
The story is indeed a gem .
intelligentguy
· Snapshot 22916
Like · Liked by · 0
Enjoyed reading keep up writing.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 328
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 76
· Posts 15 · Viewed 2145 · Likes 3
· Posts 1 · Viewed 182
· Posts 6 · Viewed 782
· Posts 1 · Viewed 168
· Posts 1 · Viewed 341
· Posts 4 · Viewed 920
· Posts 2 · Viewed 515



Your Banner Here
Travel Partners
Travel House Nepal