सर्ब प्रथम भट्ट जी लाई जागिर मिलेकोमा बधाई छ। नासा होस कि साना मा, यो अनिकाल मा जागिर मिल्नु ठुलो कुरा हो। कुरो रह्यो नासा मा पहिलो नेपाली भन्नु बिल्कुल गलत हो, निराधार हो, कपोलकल्पित हो । जहाँ सम्म मलाई सम्झना छ, न्यूरोड पाको बस्ने २०१५ सलामआ मन्त्री भएका होरा प्रशाद जोशी का सुपुत्र उहिलेइ ( हामी एस् एल सि दिंदा ) नासा मा कामा गर्थे। नेपाल मा छुट्टी मनाउन आउँदा अमेरिकन सेक्युरिटी सहीत आएका थिए रे भन्ने गाइगुइ सुनेको थिएं। अर्थात कुरा २०३९ साल तिर को । यसमाने मा नासा लगायत अन्य संबेदनशिल निकायमा धेरै पहिला देखी नेपालीमूल का आम्रेकालि हरु थिए।
भट्ट जी को दावी काम्रेड क्रमभङ्ग अर्थात प्रचन्ड को जस्तै हावादारी मात्र हो।
हल्ला, फट्याइ र नौटंकी को देशमा भट्ट जी जस्ता हरु चट्ट परेर चम्किनु स्वाभाबिक हो। १० पास ऋषी धमला वरिष्ठ पत्रकार हुने देश को मेडिया मा यस्तै मान्छेहरुको प्रचार प्रसार हुनु आश्चर्यको बिषय होइन।
शुद्ध एकेडेमिक क्षेत्रमा समेत झूठ ढाँट को खेती गरेर फसल काटी रहेका छन । जस्तो-
१- डिसीएच (Diploma in Child Health) गरेका डाक्टर साहेबहरु कसरी वरीष्ठ बाल रोग बिशेषज्ञ भए। मास्टर्स नै नगरेका स्पेशलिष्ट हाम्रै देशमा हुन्छ।
२- टि इन टि सि एण्ड डि टि (Training in Chemo Therapy and Drug Therapy) हुने वरीष्ठ क्यान्सर रोग बिशेषज्ञ Oncologist हाम्रै नेपाल मा हुन्छ
३- मेकानिकल इन्जिन्यरिङ्गमा ब्याचलर गरेका ब्यक्ती देशको सबै भन्दा ठुलो बातावरणबिद हुन्छ। हरेक मन्च मा तीन कै बोली बिक्छ।
४- ३ महिने ट्रेनिङ लिएर डाक्टरी झुन्ड्याइ मनोक्रान्तिको नाम मा हल्ला पनि हाम्रै देश मा हुन्छ।
अरु नक्कली पीएचडी डिग्री भा का त कती छन छन ।
त्यसैले हाम्राइ देश का सच्चा नागरिक भट्ट जी ले त्यती भन्दा के पो अपराध गरे त ? जागिर भाको त ठीक साँचो होला नि ? मखुला?
Last edited: 13-Feb-09 02:14 PM