~ * चौतारी-१३६ *~ - Sajha Mobile
SAJHA MOBILE
~ * चौतारी-१३६ *~
Posts 784 · Viewed 246098 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 0
~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM
Load Previous
serial
· Snapshot
Like · Liked by · 0

मैले पनि त्यसइ भनेको हो - केली छोड्नु हुँदैन है चौतारी

अनी सन्नानी मलाई ठिकै छ तिम्रो के छ नि - हप्पी न्यू एअर
यो पाली धेरै रौसी खाने होइन नि पोहर साल जस्ताइ - फेरी झ्याप होला नि फेरी

>>हैन हाम्रो नानु, गेली, मिस दि हरु कता हो अचेल?<<

गुप्ता बास मा छ रे भन्ने सुनेको
दिपिका को अनुहार भरी डण्डिफोर आको छ रे - त्यही भएर अनुहार देखाउन लाज लागेको ले नआको रे
गेली लाई चाँही दुई तीन हप्ता देखी पेट गड्बर भएकोले रे
मिस दिदी को चाँही धेरै रिस उठ्ने भएर मुखै बाङ्गो भएर नआको रे

 

 

Last edited: 31-Dec-08 12:43 PM
सान्नानी
· Snapshot
Like · Liked by · 0
हैन ठुल्दाइ माथि immediate posters मा देखिन के अनी काजु मासु भात दि सकेको हो ठुल्दाइ?
ritthe
· Snapshot
Like · Liked by · 0

ठिकै छ सानु ! Life Goes on !

तिमीले त चटक्कै माया मारिहालेउ !

ritthe
· Snapshot
Like · Liked by · 0

अखिल नेपाल क्रान्तिकारी ब्रिद्ध समाज द्वारा आन्दोलन को घोषणा हुने छ।

 

lol

chipledhunga
· Snapshot
Like · Liked by · 0

अपरान्हको जदौ है सबैलाई। कति हल्ला खल्ला गर्न भ्याएका हुन्।
ठुल्दाइ, ब्रिद्ध होइन युवा समाज भन्नुहोस् न, झन् तपाईं र म सबैभन्दा जवान भनेर प्रमाणित भैसकेको बेलामा। बरु एक जुट हुऔं हामी ब्रिद्ध समाजको बिरुद्ध।

अखिल चौतारी क्रान्तिकारी युवा समाज जिन्दाबाद्!!!

जिन्दाबाद जिन्दाबाद जिन्दाबाद       
Rahuldai
· Snapshot
Like · Liked by · 0

होइन सानु, आज अड्डा गैएन। जानु र आउनु एकै समय हुन्छ। म जाँदा अड्डा को पियनले ढोका लगाइ सकेको हुन्छ। घरैमा भात खाइयो, गृह मन्त्रिको रिसिपि अनुसार।

 

अखिल चौतारी क्रान्तिकारी युवा समाज जिन्दाबाद्!!!

जिन्दाबाद जिन्दाबाद जिन्दाबाद       

chipledhunga
· Snapshot
Like · Liked by · 0

कता गए सबै जना फेरी?  बाउचा र केली एकैसाथ हराउनु पनि अर्थपूर्ण नै छ। 
Rahuldai
· Snapshot
Like · Liked by · 0
बौचा र केली कुन चाँही हिन्दी सिनेमा को जुम्ल्याह हुन कि ? इलाहाबाद को कुम्भ मेला मा हराएका र नयाँखर्क को झुण्ड मेला मा पुनर्मिलन भएका। अनी एक जाना लाई पिटे भने अर्को लाई दुख्ने। एक ले बासी खाए अर्का को पेट गडबड हुने। राम लखन क्या रे, फिलिम को नाम।
chipledhunga
· Snapshot
Like · Liked by · 0

बादल बनाइदेउ आकार बदल्न सकूँ
क्षमता मिलाइदेउ जिउँदै म जल्न सकूँ 
Rahuldai
· Snapshot
Like · Liked by · 0

चिप्ले फेरी अर्को धमाकेदार गीत गयो।


यस गीत का गीतकार को होला? भन्न सक्नेलाई झोला भरी उपहार को ब्यबस्था छ।

chipledhunga
· Snapshot
Like · Liked by · 0

कालीप्रसाद रिजाल
Rahuldai
· Snapshot
Like · Liked by · 0
मिलेन चिप्ले मिलेन।
काली प्रशाद को त अझ बढी क्लासिकल हुन्छन ।
rawbee
· Snapshot
Like · Liked by · 0
मेरो तर्फ बाट नि पास् भयो
Rahuldai
· Snapshot
Like · Liked by · 0

रबी लाई नि बधाई छ, पास गरेकोमा।
फेल गरेकोलाई कस्ले पुच्छ र होइन र ?

राजेन्द्र रिजाल - असली उत्तर चाँही

rawbee
· Snapshot
Like · Liked by · 0
खोइ सबै जना भागी सक्यो अब म पनि टाप दिनु पर्ला। ल ठुल्दै र चिप्लेजी लाई तारेमाम। अब अर्को साल भेटौँला । जाँदा जाँदै एकपल्ट फेरी नयाँ बर्ष को शुभ-कामना 
chipledhunga
· Snapshot
Like · Liked by · 0

लौ त, २००८ को मेरो अन्तिम पोस्टिङ् राखिहाल्छु।

सबैलाई नयाँ बर्षको शुभकामना छ। भोलि उठ्दा कसैलाई ह्याङ्गओभर नहोस्। अर्को साल फेरि भेटौंला।  तारेमाम। 
Nepe
· Snapshot
Like · Liked by · 0

चौतारीवासी बान्धवलाई नयाँ वर्षको शुभकामना मेरा सहनामी मित्र एवं एक अत्यन्त प्रतिभाशाली गजलकार, दीपक जडित, को यो ताजा, अत्यन्तै समसामयिक र सन्देशमयी गजलको साथ टक्र्याए है ?

 

Nepe

 

 

 


gal1
· Snapshot
Like · Liked by · 0

Happy New Year to all chautarian...

 

Keli timilai party ma kura rakhya chau hai chito auu

somewhereondearth
· Snapshot
Like · Liked by · 0
सम्पूर्ण साझाबासी साथीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना ।


-somewhereondearth
serial
· Snapshot
Like · Liked by · 0

Happy New Year 2009

Yehhhhhhhhhhhhhhh

cheers -

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 573
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 57
· Posts 5 · Viewed 2410
· Posts 72 · Viewed 16034 · Likes 15
· Posts 1 · Viewed 147
· Posts 1 · Viewed 130
· Posts 16 · Viewed 2490 · Likes 3
· Posts 1 · Viewed 165
· Posts 1 · Viewed 149



Your Banner Here
Travel Partners
Travel House Nepal