Dhankuta - Sajha Mobile
SAJHA MOBILE
Dhankuta
Posts 31 · Viewed 22272 · Go to Last Post
Mad season
· Snapshot
Like · Likedby · 0
Anybody from dhankuta here?
students, professionals and others .....
just drop something!!
I used to study in that small town 8 years back....
just love tht place
Load Previous
सान्नानी
· Snapshot
Like · Liked by · 0

"कोही कोही लोग्ने मान्छेहरु त बुढीको म्याक्सी लगाएर निस्किएका थिए।"

daka
· Snapshot
Like · Liked by · 0
Quiero tyo biscuit ko nam dhankute naribal biscuit ho .
nakkali keti
· Snapshot
Like · Liked by · 0
daka
Balsansar school aajhai chha? Great! Hami padhne bela ma ta Balsansar ra Deep Jyoti ko kya jhagada partheyo ni. Timi/Tapai kaile padheko Balsansar ma?

Obama
Thanks for reminding Dhankute biscuit. Bihan bihan ko khaja nai tehi theyo hamro, chiya sanga :)
no_quiero
· Snapshot
Like · Liked by · 0
hehe sannani. Bhuichalo aauda manche kun kun condition ma huncha.. Luga lagaera make up garera niskina ta bhyaudaina ni.  :D  

Nakkali kt dekhera jhukinu hunna hai sathi ho. huna ta mero umer ni teen herne bata kati sakyo.
daka
· Snapshot
Like · Liked by · 0
cha ni balsansar aile ta 10 class samma cha ni balsansar ma. ma balsansar padheko hoina Nakkali. but i know fight about deep and balsansar. mero sathi haru thiyo teha padhne.
no_quiero
· Snapshot
Like · Liked by · 0
Afu ta Dharan ma basiyo. Maximu mathi aaye Buda Subba. Dhankuta nai ta kahile pugina
chipledhunga
· Snapshot
Like · Liked by · 0

ओहो धनकुटाको धागो नै खुलेको रहेछ यहाँ। मैले पनि आफू जवान छँदा त्यतातिर पाइला टेक्ने मौका पाएको थिएँ। साझामै त्यतातिरको बारे पहिले लेखेको कुरा यता पनि टाँसिदिउँ है त।    

चौतारीको पहिलो इन्ट्री मैले पूर्वैका कुरा गर्दै मारेको थिएँ, आज फेरि त्यस्तै जमेछ। आफ्नो पनि मुकाम गजुरमै जमेको थियो। सिधुवाको छथर होटेलमा पनि एक पाथी भात बजाइयो होला। त्यसो त धनकुटाको परिचय होटेलमा पनि भात नगोधेको होइन बिहीवारे हाट हेरेछिन्। बसन्तपुरको याक होटेलमा पनि तुम्बा र मम बजाइयाथ्यो। बसन्तपुरबाट कुहिरो छिचोल्दै बसबाट चित्रेको बाटो झर्दाको आनन्द पनि बेग्लै छ। हिलेबाट चियाको चुस्की लगाउँदै सूर्योदय अनि मकालु हिमालको दर्शन गरेको क्षण अबिस्मरणीय थियो। खोइ कहिले हो फेरि त्यतातिर लाग्न पाउने।   

चेली पनि पूर्वेली परीन् कि कसो? झर्ने होइन, इटहरीबाट माथि लागेपछिको कुरा गरम् है।
तरहराबाट केही माथि गएपछि सेउती खोलाको पुल आउँछ, जसको अघि पछि "HUMPS FOR HALF MILE" भन्ने साइन्बोर्ड राखिएको छ (वा थियो)। अनि सालघारी छिचोल्दै अलिअलि हो कि होइन जस्तो उकालो लाग्दै धरान छिरिन्छ औद्योगिक क्षेत्रलाई बाँया पारेर। उकालो लाग्दै भानुचोक पुगेपछि बस परिवर्तन गर्नु पर्थ्यो त्यो बेला। अहिले त काठमाडौंबाट सीधा सेवा छ रे म्याङ्लुङसम्मै।
त्यो बेलाको प्रख्यात कोशी सुपर एक्स्प्रेसबाट झरेर बसन्तपुर जाने थोत्रा बसहरु चढ्नु पर्थ्यो। बसहरु समय तालिका अनुसार नगएर १२०० रुपैंया उठेपछि छुट्थे। त्यो बेलाको भाडा दर: धरान- धनकुटा रु २५ (५२ किमी), हिले ९ (१३ किमि, बाटो कालोपत्रे गर्न अघि १२ लाग्थ्यो), सिधुवा १० (११ किमी) र बसन्तपुर १२ (११ किमि)। हिलेदेखि माथिको बाटो कच्ची थियो (अझै पनि कच्ची नै छ जस्तो लाग्छ), र सिधुवादेखि ठाडो उकालो भएकोले भाडा दर पनि महँगो।
धरानको छाता चोक छेउमा त्यहाँको प्रख्यात केशर (हो कि केशब हो) पुस्तक पसल थियो। त्यसैको अगाडिको पसलमा मम खाइएको थियो। ममको तौल पनि एउटैको आधा किलो होला, अनि एउटा प्लेटमा दुई मम, हाफ प्लेट खाए एउटा आउँथ्यो क्यार। त्यहिंबाट हो क्यारे चतरा जाने बाटो छुट्टीने। बाटो पनि जीर्ण, त्यहाँ जाने ट्याक्सीहरु पनि त्यस्तै।

धनकुटातिर लाग्दा नागबेली सडकको उकालो, अनि धरान र शर्दु खोलाको सुन्दर द्रीष्य। उकालो लाग्दै गर्दा बिस्तारै सालका रुखहरुको बाहुल्यलाई सल्लाका रुखहरुले प्रतिस्थापन् गर्दै जान्छन्। भेंडेटारमा चिया खान बस रोकिन्छ। चिसो हावाका साथ वारीपरिका सुन्दर द्रिष्यहरु हेर्दाइ चिया खाएपछी ओरालो लागेर लेउती खोलाको किनारतिर झर्यो, अनि एकैछिनमा मूलघाटमा तमोर तरी उकालो लाग्यो, धनकुटा पुग्यो।

सार्है नै रमाइला भएको थियो पूर्वको यात्रा। मर्नु अघि एक चोटी फेरि त्यता पाइला टेक्न पाइएला कि फेरि।                
Sunyataa
· Snapshot
Like · Liked by · 0
Hey nakkali keti, i also went to Bal Sansar a long long time ago. i went to UKG and 1 there. I still remember that song students used to sing "Pabitra mandir gyaan ko, bal sansar vidhyalaya hamro, purna karai vidhyalaya .... banaula guru abhivawak ho..gaurabantit garib deshlai banauchau saath milera....pragati pathma" that was an awesome and very inspiring song.
i still remember Naribel ko biscuit and suntala, ukhu, junaar, bhogatey etc etc.
That big tree when u came down from bal sansar, when we came down the hill is still in my memory. tyo bal sansar ko chipleti , jaahan ma darai darai chipleti khelthe. tyo moti madam jashle ekdin class maa, ma ra mero auta saathilai autai belt le kammar ma bandhera punishment diyeko thiyo. I still remember they would make us learn all the math tables by heart, it could be scary if u didn't know.
pakhribaas ma jada kheri ko yatra, dherai kharayo haru, thulo thulo pigs, nicely ripen oranges, cold air, bright sunshine. This is still vivid in my memory.
i still remember. i was a kid. I had my birthday after a few days, and there was this girl called Bunu and many other frens. they said they would give me eraser and some said they would give me this and that on my birthday. but i came with a bunch of sweets on my birthday, and i remember they had already forgotton those erasers and everything. hahhahaha. it was so much fun. Everything was valuable when i was a kid. everything had priceless beauty in it.
Dhankuta ko bus stop pani mero dimaag ma ajhai jhal jhali airako cha.
salleri ban ma hiking gako, Danda ma basera changa udaako. woow those days were so cool.
mero daddy ko service teti khera dhankuta ma thiyo. I left Dhankuta after i passed grade 1 and have never gone back. Wish some day, I could go to Dhanuta and pakhribas for a visit, stop by in vedetaar and dharan and pay a visit to buda subba, and remember how as a kid i travelled all these places, silently observing nature and its endless beauty




daka
· Snapshot
Like · Liked by · 0
sounds great sunyata. i also miss dhankuta a lot
pahadekanchha
· Snapshot
Like · Liked by · 0
ambo yaha ta purbeli sathi haru dherai rahechhan......aafu pani purbeli pariyo...dharan dhankuta ko bato dherai choti katiyo.......hile basantapur hudai sankhuwa sabha ko chainpur samma ko yatra ekdamai romanchak hunthiyo....tyo mulghat ko ukhu, dhankuta bus stop ko badam ani chatpate...dhankute biscuit .....hile ko tomba ani basanpur ko jado ma khayeko tato tato bhat...sahrai po yaad aaucha ti yatra haru ...aba ta tyo din haru kahile aaune hola....Damn this thread made me nostalgic....
chipledhunga
· Snapshot
Like · Liked by · 0

हिलेको गजुर होटेलको तोम्बा सम्झिंदा अहिले पनि मुखमा पानी आउँछ। सुङ्गुरको मासु पनि असाध्यै मीठो पाइन्थ्यो त्यहाँ। एक साँझ अस्ताउँउदो घामलाई पछ्याउँदै उत्तरपानीसम्म गएर हिले फर्किएको थिएँ।

कुनै बेला रेडियो नेपालबाट एउटा गीत भरेको थिएँ। सम्झिएका शब्दहरु तल लेख्ने प्रयास गर्छु है।

धनकुटा गौंडा सल्लेरी बन सल्लेरी सुसाउँछ
सल्लेरी सुसाउँछ
हुलाकटोल बजार लहरे पिपल सधैं नै याद आउँछ 
सधैं नै याद आउँछ         

निगाले मुनि कागते पोखरी बिहीवारको घुँइचो हाट
सरर हावा हल्लाइदिन्छ लहरे बरको पात
फापर(?)बेंसी (?)डाँडा सार्है नै खुलेको
हिलेको बजार अति नै राम्रो सम्झिन्छु डुलेको

धनकुटा गौंडा.....

घुमाउने माथि त्यो रानीबन चुलीबन देउराली
बजार बीचमा निशानदेवी चढाउँछन् फूलपाती
सलल बग्ने त्यो तमोर खोला मूलघाटको दोभान
बिस्रान्तिदेवी त्यो पूण्य थलो सबैको कल्याण          

धनकुटा गौंडा.....

निशानदेवी छिन्ताङकी देवी धन्य छ तिमीलाई
आशीर्बाद दिइ लौ रक्षा गर सधैं नै हामीलाई

(नमिलेका भागहरु सच्च्याएर पढ्नु वा गाउनु होला)

 
nakkali keti
· Snapshot
Like · Liked by · 0
चिप्ले जी तपाईंले गीत त सर्है राम्रो लेख्नु भएको रहिछ। धनकुटाका सबै पक्ष समेटिएका छन यो गीत मा। मैले बाल्यकालमा पुर्बी पहाडहरु धेरै घुम्ने मौका पाए। उ बेलाँ त रिस उठ्थ्यो अहिले सम्झिदा रमाइलो लाग्छ। शायद धनकुटा देखिका कुराहरु राम्ररी सम्झना सक्ने हुनाले पनि होला मेरो त्यो ठाउँ प्रतिको मोहो अर्कै छ। बिजुली बत्ती, फोन, टिभि सबै मैले पहिलो पल्ट त्यही उपभोग गर्न पाएको। त्यो बेलाँ टिभि हेर्न कहाँ कहाँ सम्म पुगिएन? बिजुली र फोन पहिलो चोटि देखेको साह्रै कौतुहलता थियो। एक दिन मेरो सान्दाइ र म फोन फोन खेल्ने भयौं। एउटा तार भेट्टार घुसार्यौ बत्तिको प्वाल्मा। अनी अर्को तिर समातेर हलो भन्न खोजेको त के को हलो, केले हो केले तानेको तान्यै गर्‍यो। दाइले तार फाल्देउ फाल्देउ भनेर कराको सुन्छु तर फाल्नौ सकिन। पछी बल्ल तल्ल फाले। नत्र त्यही बेलाँ मास छर्न गाको। अगुल्टोले पोलेको कुकुर भएर होला अहिले पनि बिजुली देखी डर लाग्छ। यस्ता स्‍मृतिहरु त टन्नै छन धनकुटाका। अहिले कस्तो भयो होला त्यो ठाउँ?








chipledhunga
· Snapshot
Like · Liked by · 0

नक्कली, २०४५ को भूकम्प जान भन्दा ठ्याक्कै अघिको हिउँदमा मैले पहिलो चोटि पूर्वान्चल जाने मौका पाएको थिएँ। त्यो बेला एक रातको लागि धरान बसेको हो। बिजयपुर पनि त्यही बेला गएको थिएँ। सार्है मन परेको थियो मलाई धरान। भूकम्पले धरान क्षतिग्रस्त भएको देख्दा एकदमै दु:ख लाग्यो। केही बर्ष पछि धनकुटा जाने मौका मिल्यो। भूकम्पको कारण भत्किएको धरानको प्रवेशद्वार अझै पुनर्निर्माण भएको थिएन।  

रेडियोबाट बज्ने गीतहरु मैले क्यासेटमा भर्ने गर्थें। धनकुटा गएको केही महिना पछि मैले माथि लेखेको गीत बज्यो। आफूले भौतिक रुपमा घुमेका कतिपय ठाउँहरु उक्त गीत मार्फत फेरि घुम्ने अवसर मिल्यो।     

PallaGhareAntare
· Snapshot
Like · Liked by · 0

धनकुटाको धागै शुरु भैसकेसि नलेखि बस्न सकिएन। हुर्केकै धनकुटामा हो भन्नु पर्‍यो। ३ कक्षा देखि ८ कक्षा सम्म त्यहिं पढियो भनम। त्यसैले फट्याइं गर्ने उमेरै त्यहिं बिताकोले सम्झना थुप्रै छन्, उस्तै ताजा, २३ बर्स भ'च धनकुटा छोडेको र पनि उस्तै।

नरिवल बिस्कुट जस्तै पेपर चुरोट पनि बिर्सिन्न म त। बाउन्न ढोकाबाट अलि माथि गएर टुंडिखेल झर्ने बाटोमा देब्रेतिर एउटा पाटि थियो क्यारे, त्याँ पेपर चुरोट बेच्न राख्थे। शायद पेपर कागज र सुर्ति छुट्टै छुट्टै किनेर आफैंले बेर्न पर्ने हो क्यारे। बेर्‍यो, तान्यो, कसैले देख्ला र घाराँ बाले था पाउलान् भन्नि कत्रो पीर। त्यो नि इस्कूलाट भागेको बेलाँ।

बाल संसार इस्कूलाँ त मेरी बैनी नि पढ्थि, केजी वा एक कक्षामा। छोरीलाई काखा छोरालाई पाखा गर्‍या हुन बा आमाले उतिबेला, बैनीलाई बाल संसाराँ मलाई तल्लो गोकुन्डेसोराँ पढा'र। त्यसो हैन, उतिबेला बाल संसार भक्खर खुल्या थ्यो, एक वा दुइ कक्षा सम्म मात्रै थियो क्यारे। मैले ८ पास गरेसि बिराट्नगर तिर झरियो अब एसएलसी आउन लाओ, अंग्रेजी इस्कूलाँ पढ्न पर्च नत्र अंग्रेजीमा गुल्टिन्च भनेर नत्र आफूलाई त तेतै रमाइलो थ्यो। बाउन्न ढोकाँ भिडियो हेर्नि, इस्कूलाट भागेर सल्लघारी, बेलडांडा, कचिंडे तिर घुम्न जानि। संधै तेत्तिकै बस्न पाए रमैलो जस्तो के। राम बादुर हेड सरले जान दिन मान्या थेनन्, राम्रो डिभिजनाँ पास गर्ला भनेर आश गरेको बिध्यार्थी छोडेर जान लाओ भनेर। उतिबेला एक दुइ जनाले एसएलसी पास गर्‍यो भने नि ठुलो कुरो हुन्थो के।

फिलिम हल थेन, बाउन्न ढोकामा कोचाकोच गरेर गुन्द्रिमा बसालेर हिन्दी फिलिम देखाउंथे। बाउन्न ढोकाको ठ्याक्कै मुन्तिर घर थ्यो। इस्कूलाँ एक दुइ कक्षा बस्यो अनि भागेर दिनभरि एक पछी अर्को गर्दै इस्कूल छुट्ने बेला सम्मका फिलिम हेर्‍यो अनि गुटुटु कुद्दै घर फर्क्यो, क्या रमाइलो थ्यो भने जिन्दगी। कैले काइं टुंडिखेलमा सर्कस ल्याउंथे तराईतिराट। अनि रात परुन्जेल त्यतै खेल्यो, घर फर्किने बेलाँ भूतको डर लागेर सातो जाने। घरेलु काटेर बिचबजार निक्लिने बाटो र बाउन्न ढोकादेखि तल घर सम्मको बाटो निस्पट्ट अन्धकार हुने। अनि फेरि मुर्कुट्टा, किच्कन्नि, राँके भूतको कथा खूब सुनिन्थ्यो तेतातिरा। बाउन्न ढोकाबाट करायो बेस्सरी आमाsssssssss भनेर अनि आमाले नडरा बाबू म यैं छु भनेसि कुद्यो बेस्सरी। त्यो बाउन्न ढोका आगाडिको बर पिपलका अजंगका रुखबाटै निस्किन्छन् कि भूत जस्तो लाग्ने।

उतिबेला धरान धनकुटा बाटो बनाउंदै थे। डोका चडेर पुगिन्थ्यो पैले पैले। पछि टडक सम्म भेटिन थाल्यो। टडक, टिपरका पछाडि चडेर बेलडाँडा मुन्तिरको खोलाँ दिनभरी पौडि खेल्यो अनि साँझ फर्किनि बेलाँ एउटा नि टरक नआसि लौ खाने भो चितुवाले आज, बांचियो भने फेरि आउन्न भन्यो फेरि जस्ताको तस्तै, एक दुइ दिनाँ फेरी उहि ताल। बाटो नबन्दा दुख पाइयो एक पल्ट। कान साह्रै दुख्यो, कम्पाउडर दाइले शहर लैजान पर्च अप्रेशन गर्न भने। बाटो बन्दै थ्यो, डोकाँ चडेर पुग्नि कैले हो कैले। पछि के के गरेर टरकाँ पुर्‍याए कि क्या हो बिराटनगर। म रात रात भर सुत्न नसक्दा आमाले तिन चार रात संगै काखमा टाउको राखेर सुम्सुम्याको अझै याद छ। त्यो कानले अझै नि दुख दिन्छ कैलेकाइं अनि फेरि सम्झिन्छु धनकुटा।  

टुंडिखेलको मन्चमा खोपी नि खूब खेलियो। त्रिभुवनको पालाको तामाको पाँच पैसा किन्न पाइन्थ्यो २ रुप्पेमा। हो त्यहि ढक्का बनायो खेल्यो दिनभरी। पढनु गुन्नु कौने काम हलो जोति खाउ माम भन्या त्यै हो। पैसा जितियो भने नाङ्लामा बेच्न राखेका चाखशाला, मुरैका लड्डु खान पाइन्थ्यो।

सबैभन्दा ब्यग्रताका साथ पर्खिने दिन हुन्थ्यो बिहिबार। हाट जान पाइन्छ भनेर। इस्कूल बिहान ९ वा १० बजे सक्किन्थ्यो त्यो दिन। बा आमा ठ्याक्क आइपुग्थे छुट्टि हुने बेलाँ अनि लाग्यो तल्लो कोप्चे हुंदै हाटतिर। कति रमाइलो लाग्थ्यो भने ओहो.... दिनभरी त्यतै बसे नि फर्किन मन नलाग्ने। बैनिको हात समातेर बा आमाको पछि पछि लाग्यो के के किन्छन भनेर। अट्टे चामल, मस्याम र गहतको दाल, लोकल कुखुरा, डिम्मा, ठेकिको दही, घ्यू, रायोको साग, रामभेंडा, जुनार, सुन्तला किन्नु पर्ने थुप्रो हुन्थ्यो। उखू चुस्दै फर्किंदा कुलबादुर साहूजीको पसलाँ किनिन्थ्यो शहरतिरका सामान। अनि कैले घर पुगिन्च र भात खान पाइन्च जस्तो हुन्थ्यो। आगोको चुलो अगाडि बस्यो पिर्कामा अनि ढुकेर।

हाट सम्झिंदा बाको झापड नि सम्झिन्छ। एक चोटि एक हप्ता भागेर बिहिबार मात्रै इस्कूल गा थें। बा बाटोमा पर्खिन छोडेर हेड सरको अफिसाँ पुगेचन् किन हो। सर भन्चन ऐले त ठिकै छ जस्तो छ अन्तरेलाइ। बा सोध्छन् के भा थ्यो र? सर भन्चन् हिजो सम्म बिरामी थें भनेर आज बल्ल आयो इस्कूल कत्ति दिन पछि। के को हाट, भेटियो बाटैमा मजाले।

सबै लेख्न थाल्यो भने लामो कथै बन्ला।

raju161
· Snapshot
Like · Liked by · 0
I am from dhankuta and i am proud to be . I am from Hile. right now i am in Texas. I only know how proud i feel being from there.
late night show
· Snapshot
Like · Liked by · 0
Beautiful pic of downtown Hile bazar..............can you post more if u have ?? BTW what part of texas you are right now??
chipledhunga
· Snapshot
Like · Liked by · 0

राजु, हिलेको सुन्दर तस्वीर राखेकोमा धन्यवाद।
शम्भू राइको एउटा पुरानो गीत सम्झिएर फेरि यो धागो खोल्दैछु।  

हो कि होइन लालुमै सोल्टीमा ढाका टोपी
छड्के पर्‍यो शीरैमा

साँघुरी भञ्ज्याङ चिरेतो घारी मुख मेरो लयालु
भाग्यमा मेरो लेखेकै रहिछ फकाउने मायालु
हे हो कि होइन
हो कि होइन लालुमै....

धनकुटा हिले दिल चित्त मिले सुसाउने सल्लेरी
कोही भन्छन् हजुर झिल्के र मिल्के गाउँघरका तन्नेरी
हे हो कि होइन

fucheketo
· Snapshot
Like · Liked by · 0
धनकुटा।।।।।।
कागते का मेजर बुढा,पोख्रेलको चिया पसल अनि लाल मोहन ,सल्लेरि ब्यारेक तलको रेडियो नेपाल,नगरपालिका,चुवाबोट तल जिल्ला स्वास्थ्य कार्यालय ,अनि तल को बसस्टपको झापा जाने डाँफे ।।।।।।।।दुई बर्ष भयो यहिँ जिउँदै आएको।।।।।।।फुच्चेकेटो अहिले पनि धनकुटामैँ छ ।।।।।।।।बिहिबारे हाटबजार मै बेचिएका तरकारि खाँदै ,गुराँसेको चिया पिउँदै !!!!!!!!!!!!
Hancy_keta
· Snapshot
Like · Liked by · 0
Ma pani dhankute ho hai..Tallo Kopche ko...Last year December ma ma Dhankuta pugera aako..Babba ek barsa bhaisakecha.. asti bharkhar jasto lagcha..    
chipledhunga
· Snapshot
Like · Liked by · 0

म नगएको १७ बर्ष हुन लाग्यो, तिमीहरु बर्ष दिनको कुरा गर्छौ। ह्यान्सी त यतैको छिमेकी पर्‍यो क्यारे होइन? अस्तिन भिडियोहरु हेरेको थिएँ आइकको चर्तीकला।         
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 292
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 68
· Posts 15 · Viewed 2115 · Likes 3
· Posts 1 · Viewed 170
· Posts 6 · Viewed 761
· Posts 1 · Viewed 153
· Posts 1 · Viewed 330
· Posts 4 · Viewed 893
· Posts 2 · Viewed 497



Your Banner Here
Travel Partners
Travel House Nepal