मनोजले छोडेको कथा - Sajha Mobile
SAJHA MOBILE
मनोजले छोडेको कथा
Posts 120 · Viewed 39008 · Go to Last Post
fucheketo
· Snapshot
Like · Likedby · 1
“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।

 “कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।

 शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
 “यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
 “तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
 “तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
 “हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
 उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“

 जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।

 “साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !

 “थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
 “सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
 “त्यो फुचेकेटो म नै हुँ ।“
क्रमश:
Last edited: 13-Nov-08 09:11 AM
Load Previous
fucheketo
· Snapshot
Like · Liked by · 0
ctal- thanx the whole story is dedicated to dharmasankats that we face in life
SHANTEE- the story is not mine. the whole plot is given to me by another PSYCHO,,,who left writting these days thats why its मनोजले छोडेको कथा!!!!!!!!we already have designed the ending ...actually some story take shapes when ending is designed primarily....hope u ll feel good after ending!!!!!!!!
gogol- if u can comment like this u can write even better than me yaar lets try it....eagerly waiting for ur stories!!!!!!!
ek@l- Thanx for the comment from ur comments i can tell u r DEFINATELY MALE.....see from female perspective than u ll find where should u blame me!!!!!!!
चिप्ले यहाँ त दुवै कुरा आयो है पुरुषको भाग्यको पनि र स्त्रिको चरित्रको पनि !बिपि चोक बिराटनगर बाट ईटहरि बसस्टेण्ड तिर जाने बाटोमा पर्छ ।
नेपालको छोरा जी धन्यवाद अर्को भाग चाँडै लेख्ने प्रयास गर्नेछु ।



fucheketo
· Snapshot
Like · Liked by · 0


      साझामा धेरै धागाहरु लम्बिसकेछन् ।आज धेरै दिन पछि साझा खोल्ने समय पाएँ ,त्यो पनि निन्द्रा नलागेर मात्रै होला ,आजभोलि एकसुरे भएको छु म ,खोइ के हो के हो केहिमा जाँगर नै चल्दैन ।निन्द्रा पनि आजकल कम ने लाग्ने गरेको छ ,अथवा भनौँ निन्द्रा मा त सम्पुर्ण रुपमा सुदा आदिपत्य जमाएर बसेकी छ , उ सँगै हुँदाका रातमा पनि उ नहुँदाका रातमा पनि ,सुधा मलाई सुत्न दिन्न उ सँग मेरो आफ्नै समय चोरेर निदाउने गरेको छु आजकल !!!!!!!!!!!!!

आज शुक्रबार रातको दुई बजे ,शुक्रबार पनि के भन्नु शनिबार बिहानको दुई बजे भनौँ न ! दुइ चार वटा कथाहरु पढि टोपलेँ सबै आफैँले लेखे जस्ते लेख्छन् केटा छ केटि छ अनि सम्बन्धका बिभिन्न पाटाहरु !!!!!किन कथामा अरु विषय हुन्नन् ? खालि उहि माया ,प्रेम ,सम्बन्ध बिरक्त लागेर आयो !!!!! सुधालाई सम्झेँ ,,,,,,,,,,,,,,, मैले अहिले सुधा लाइ ढाँटेको छु म चानुवा तिर फिल्डमा जाँदैछु त्यहाँ नेटवर्कको थोरै प्रोब्लम छ भनेर ,,,सुधाले त्यसपछि दुई दिन देखि मेरो मोबायल ट्राइ गरेकी छैन होला,,,स्विच अफ छ ,,,एउटा सुधा बाट बच्न म सम्पुर्ण विश्व सँग सुचना बिहिन छु सुधाको त्यति शक्तिशालि अस्तित्व छ मेरो जीवनमा !!!!!!!!! जीवन मैले लेख्दै गरेका कथाहरु जस्तै हुने भए ,चित्त बुझेन इडिट गर्यो आफुले चाहे जस्तो बनायो !!!!! किन जीवन यति सहज छैन ?????


   बाहिर निस्किएँ एकै छिनलाई ,चुरोटको धुवाँ मलाई कोठा भित्र मन पर्दैन ,सुतिरहेको धनकुटालाई नियाल्दै सल्काएँ ।धनकुटा शान्त थियो ,नहोस पनि कसरि भए भरका ज्वालामुखि मैले नै सम्हालेर राखेको छु । मैले चुरोट छोडेको करिब सात वर्ष भएको थियो । दुइ तिन दिन भयो तलतल लागेजस्तो टाउको दुखेजस्तो हुन्छ  त्यसैले बढेको दामको नै भए पनि एक प्याकेट सुर्या ल्याउन मैले पैसा दिएर अफिसको पियनलाइ अह्राएँ ।बिचरा अचम्म मानेर मलाई हेर्दै थियो मैले अहिले सम्म चुरोट पिएको नदेखेर होला!!!!!!!!!!!

आज क्वार्टरमा पनि म एक्लै छु , आशिषजि हिजो दिउँसै घर जाने भनेर हिँड्नुभयो कोठाबाट । मैले मेरी सुदाको बारेमा बुझ्न लगाएको छु आशिषजीलाई । मेरी नभनि हालुम होला उ मेरी भइसकेकी भए म यसरि बुझ्न पठाउदिन थिएव होला !!! मान्छेको स्वामित्वको परिधि बुझि नसक्नु छ । हुन त मैले सँगै रात बिताएर त  बुझ्न नसकेको सुधालाइ अरु सँग बुझ्न लगाएर के ने बुझ्नुहोला र आशिषजीले ,ब्यर्थैमा दुख दिँदै छु आशिष सरलाइ म !

हातको चुरोट सिद्दिएछ ,कोठा भित्र छिरेँ ,एकछिन मेल हरु हेरेँ । मनोजको मेल आएको रहेछ ,सरुवा भएछ बिराटनगर !!!!मोरंग सरुवा गराउन ठुलै सोर्स लाउँदै छु भन्थ्यो लागेछ । अब बिराटनगर जाँदा रमाईलो हुने भयो तर के रमाईलो भन्नु म सुधा बाहेक अरुलाइ समय दिन भ्याउँदै भ्याउँदिन !!!!!
किन आजकल समय मेरो वसमा छैन , म पहिल्यै ठिक थिएँ ।
फेसबुक खोलेँ सुधाले स्ट्याटसमाँ सिमगल लेखेकि रहिछ ।मेले पनि ईन ए रेलेसन सिप लाइ चेन्ज गरेर सिंगल बनाईदिएँ ।अनि फेरि बाहिर निस्किएव अर्को चुरोट सल्काउनलाइ !!!!!!!!!!!!!!



आईतबार
बिहानको एघार बजे

आँखा मात्र फायलमा ध्यान जति आशिष सरकै बाईकमा थियो ।कहिले अफिस आइपुग्नुहुन्छ भनेर ,आइतबारको दिन एकछिन ढिलो स्वबाविक नै हो ,इटहरि बाट धनकुटा आइपुग्नुपर्छ ।


परबाट आशिषजिको बाइक देखेर म हफिसमा सम्हालिएँ।

"आशिष सर नमस्कार ,ढिलो गर्नु भयो नि ,भाउजुलाई छोड्न मन लागेन कि क्या हो ?'
मलाइ वहाँको निजि जिवनमाव कुने चासो छैन ।आप्नो क्याबिनमा जान खोज्दे हुनुहुन्थ्यो मैले आफ्नो तर्फ मोड्ने प्रयास गरेको मात्र हुँ ।जुन सफल भयो ।
'तँपाइ पनि बुढेसकालमा किस्काउनु हुन्छ ,बुढो भए पछि माया हैन बानी पर्छ ।"
'एउटै कुरा त होला नी !"
'हैन पछि थाहा पाउनु हुन्छ ।"फेरि आशिषजिको मुहारमा बद्र मुस्कान छायो ।
"अनि अबेर कहाँ भयो त ?"
"धरान बन्द रहेच गल्लि गल्लि छिराउँदे लिएर आएको ढिलो भयो ।"
'के छ त तँपाईको हालखबर मोटाउनु भए जस्तो लाग्यो ।"
'नचाहिने कुरा दुई दिनमा पनि मोटाउँछ कोहि ?बरु मैले तँपाइले बुझ्न लगाउनु भएको केटीको बारेमा बुझेँ !"
"हो र? " मैले त्यो कुरामा अघि आफ्नो ध्यान नभए झैँ गरेँ ।


'अनि कस्ति रहिछिन त ?"
"ठिक रछिन सर ,पढ्दै गरेकी ,शिलस्वभावकि ।काम पनि गर्ने फर्वार्ड ,साथिलाइ गरेँ हुन्छ भनिदिनुहोला ।केटि हेर्ने भए चाहिँ दिग्रि क्याम्पस बिराटनगर पुग्नुपर्छ अरे ,तर हसाध्ये राम्रो अनुहार छ हेर्नै नपर्ने जस्तो भने ।"

शिलस्वभाव राम्रो !!!!!!!! साँच्चै नै केटीहरु घरमा केहि र बाहिर केहि हुन्छन् । गाउँ भरिका मान्छेले उसलाइ शिलस्वभावको भन्छ तर बाहिर निस्केपछि उसले म सँग जस्तो सम्बन्ध बढाईराखेकि छ त्यो थाहा हुँदा त गाउँले उसलाई शिलस्वभावकि नभन्नु पर्ने हो ।मैले निष्कर्ष निकालेँ सुदा ईटहरिमा एउटि र बिराटनगरमा अर्के छे र दोहोरो चरित्रका मान्छे राम्रा हुन्नन् ।

त्यसबिचमा आशिषजि सुधाका गर परिवारका बारेमा केहि भन्दे हुनुहुन्थ्यो जुन मेले राम्रि नसुने पनि टाउको हल्लाउवदे गएँ ।
क्रमश:






ctal
· Snapshot
Like · Liked by · 0
ramra keti ko ke bhar? keta haru pakkai jhummiyakai thiye holan ni, boyfriend pani thiye holan, and tinlai pani fuchche lai jastai biswas gari hola. aba shanka le fuchche ko Lanka jalaune bhayo ni churot ko taltal lagne gari. having said that dherai shanka pani garna hudaina ni. umera pugeki keti ho, ali ali dose ta chahinchha ni, tesai le biswas garera fuchche sanga suti ta ke bho? herau ke hunchha aauda din ma. keti thikai chha ki jasti chha fuchche bro, aba tyo Surya churot purai chahiyela jasto chhaina ni Aashish sir ko kura sune pachhi.
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

क्या  लेखाई छ!

ek@l
· Snapshot
Like · Liked by · 0

fuche brother, yes i'm male.

i might not write the story in this life but ........i can read it. i don't want to comment from female side or whatsoever as u've mention because personally its hard for me to turst the woman..............

fucheketo
· Snapshot
Like · Liked by · 0
ctal - thanx for reading this thread so deeply........i ll end it in probably next two posts....then u ll know everything
mahila dai thank u
ek@l- sorry if i hurt u ,that was not my intension , ok read it from male perspective
fucheketo
· Snapshot
Like · Liked by · 0

बेलुकि पख मनोजको फोन आयो । मेरो मोबायल स्विच अफ भएर हैरान भएको रहेछ ट्राइ गर्दा गर्दा !एकैछिन रिस पोख्यो ।म चुपचाप सुनिरहेँ । मेरो काम आजकल सुन्ने र दिमागमा कुरा खेलाउने मात्र भइरहेको छ ,बोल्न त मैले बिर्सिसकेको छु ।

तँ शुक्रबार बिराटनगर झर है !!!!!! उसले कुरा टुंग्याउने बेलामा मलाई भन्यो ।

खोइ यार बिजि छु ! मैले टार्ने प्रयास गरेँ । मलाइ बिराटनगर जान पक्कै पनि मन छैन ।

नाटक नगर न ,तँ खुरुक्क न आईज ! मलाइ पनि थाहा छ तेरो अफिसमा कुन बेला कति काम हुन्छ ! उसले म माथि हक जनायो ।

 

सोचे उ मात्र छ जस्ले मेरो बारेमा सबै कुरा बुझ्छ ,मेरो भावना हरु बुझ्छ सुधा र मेरो सम्बन्ध आवश्यकता भन्दा चाँडै नै अघि बढिरहेको छ जसले पछि सम्बन्धहरुमा दुर्घटना निम्त्याउने छ भन्ने पनि उ नै थियो । म उ सँग मेरो संकटको निराकरणको उपाय पनि माग्नेछु । एकचोटि सुधाले पत्तो नपाउने गरी बिराटनगर झर्नुपर्ला मैले निधो गरेँ !!!!!!!!!

 

 

 

 

 

 

बिराटनगर

 

यो तेस्रो लगातार हफ्ता थियो जस्मा म धनकुटा बाट बिराटनगर आएको!!! घर फोन गर्दा तेरो आजकल बिराटनगर तिर धेरै काम हुँदै छ नि भन्दै हुनुहुन्थ्यो । ढाँट्नु त वाध्यता हो मेरो !!!!! म सुधा सँग को सत्यता अहिल्यै घरमा बताउन सक्दिन । मनोज को अफिसमा पुगेँ डाईरेक्ट !!!!मनोज मलाई नै पर्खेर बसिरहेको थियो ।

 

ल भन के छ त प्लान ?

तँ जे भन्छस् !!!!!!!म के भनुँ म त तैँले बोलाएर आएको !मैले टेबलमा राखेको पेपरवेट खेलाउँदै जवाफ फर्काएँ । सरकारि अफिस नै भए पनि उसको अफिस चटक्क परेर मिलाइएको थियो ।

फिल्म हेर्न जाने हो ?

नजाउँ यार ! मलाइ आज भिँडमा मिसिने रहर पक्कै पनि छैन ,म एकान्त चाहन्छु ।तिँ माथि सुधा भेटिइ नै हाल्छे कि भन्ने डर पनि थियो ।

किन आज तेरो मुड अफ छ नि ! उसले मेरो मन चिह्याउने प्रयास गर्यो ।

तँलाइ भन्नु पर्ने धेरै कुरा छ यार !!!!

 

 

मलाई सिधै विषयमा छिर्न अफ्ठ्यारो लागिरहेको थियो उसले मलाई सोचेर मात्र अघि बढ् भन्दा भन्दै म बढेको थिएँ अहिले म कस्तो अवस्थामा छु ।सुधालाई लाग्छ म सुधालाई माया गर्छु ।मलाइ लाग्छ न म सुधालाइ माया गर्छु न सुधा मलाइ माया गर्छे ।

 

सुधाको बारेमा ?

मैले टाउको हल्लाएँ ।

साँचि सुधा पनि त बिराटनगरमैँ छे नि ! भेट्न जाँदैनस् ?

उसले फेरि सोध्यो ।

हो बिराटनगर मैँ छे ,एक हफ्ता अघि त भेटेको !

भनेपछि भेट भइराखेको छ !!

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

उ एकछिन चुप रह्यो मानौँ मेरो विवशताको चिहानमाँ उ मौनधारण गर्दै छ ।चुपचाप बसेर उ म माथि सान्त्वना जनाउन चाहन्छ ।

 

हेर यसमा तेरै गल्ति पनि हुनसक्छ ,हुनसक्छ उ सम्पुर्ण रुपमा तँलाई विश्वास गर्छे !!!!!! उसले एकछिन पछि आफ्नो मौनता तोड्यो ।

 

मलाई विश्वास गर्नेले अरुलाइ विश्वास गर्न के बेर !!!! हिँड जौँ आज फ्रेश हुनुपर्छ ।

फ्रेश भन्नाले !मनोजले आफ्नो आँखा उठाउँदै मतिर हेर्दै भन्यो ।

तँलाई थाहा छ !

तैले छोडेको त थुप्रो भयो त हैन !

छोडेको कुरा समाउन लाइ केहि समस्या छ र ?

छैन !

आज म तेरोमा आएको तैले मेरो ईच्छा त पुरा गर्नै पर्छ ।

सुधाको कारणले हो भने ,पिउन शुरु नगर ,देवदास पार्ट टु होलास् !

हैन ,त्यत्तिकै मुड आयो !

कोठामैँ है !

हैन भाउजुको अघि केहि गफ हुँदैन !

त्यसो भए ?

थाहा होला नि बिराटनगरको तँलाई !!!!!!

थाहा छ ,मजाको रेष्टुरेन्ट छ ,ल हिँड !!!!!!!!

 

उ अफिस बाट तलतिर मोटरसाइकल पार्क गरेको ठाउँतिर लाग्यो म पनि उसको पछि पछि लागेँ ।

 

क्रमश:

 

 

 

 

Last edited: 29-Dec-08 10:59 AM
बिस्टे
· Snapshot
Like · Liked by · 0
फुचचे केटो ज्यु,केही दिन जीवन अस्त ब्यस्त भएर कथा पढ्न भ्याइन,अस्ती एकै छिन् मोटेल मा पनि चिहाउन त चिहाएको हो तर प्रतिकृया लेख्न भने भ्याइन। सुधा र आफ्नो सम्बन्ध द्रुत गतिमा दौडाएर घच्याक्क ब्रेक लाग्या जस्तो छ्, फुचचे को मनमा द्वन्द चल्नु स्वभाविक नै हो।
लेखाइ गजब को छ् प्रभो। ल अर्को भाग छिट्टै राख्नु होला।
जय फुचचे।
fucheketo
· Snapshot
Like · Liked by · 0
बिष्टेदाइ धन्यवाद ,समय निकालेरै पढिदिनुहुन्छ लेखिदिनुहुन्छ र पो मलाई पनि लेख्न मन लाग्छ ।
fucheketo
· Snapshot
Like · Liked by · 0
हामी हिँड्न चाहिँ कहाँ हिँडेको ?
रोडशेष छेउमा साँझमा मेरो कानमा सिरसिरे बतास पर्न थालेपछि मैले मनोजलाई सोधेँ ।डिग्रि क्याम्पसको छेउछाउ देखिनै आजकल मलाई डर लाग्न थालेको छ ।रोडशेष देखि थोरै भित्र सुधाको कोठा छ ,त्यो हामी हहिले भएको ठाउँ बाट धेरै नै नजिकै हो । त्यसै त सुधा छायाँ बनेर आजकल मेरो वरिपरि नै नाचेजस्तो लाग्छ । हुन त पहिले पनि मेरो वरिपरि नै नाचिरहन्थि तर अहिले परिवेश फरक छ । एउटै मान्छे जीवनका भिन्न पाटाहरुमा भिन्न भिन्न चरित्रमा भेटिँदा रहेछन् ।
तँलाइ आज नयाँ स्वाद चखाउन खोजेको !
यतिका वर्ष पछि पिउँदै छु मलाइ त पुरानै स्वाद पनि नयाँ लाग्छ । हुन चाहिँ कहाँ हो ?
पान्चालिमा छ ,कन्छिको भट्टि !!!!!!!!!!!!
 
 
खासै भब्य त होईन तर मैले खोजेको पनि त्यहि नै थियो जसमाँ मात्र हाम्रो डिमाण्डमा फोकस होस् । हामी कुनामा बस्यौँ । कान्छि परैबाट स्पष्ट देखिइरहेकि थिईनन् लोडशेडिंग को रातमा । तर उसको जिउ मोटो थियो भन्ने मलाइ परैबाट लागिरहेको थियो । जस्ले जे भने पनि खेलिरहन मन लाग्ने जस्तो शरीर पाएकी छे सुधाले ,मैले कान्छिलाई नियाल्दै सोचेँ ।
कता हराइस् ?
कतै होईन यार मैले आफ्ना कुण्ठाहरु लुकाएँ ।
कान्छि तुम्बा ,अनि भेज स्न्याक्स !!!!!! मनोज हाँस्यो ।
किन हाँसेको ?
धेरै कुरा लुकाउने भएको छस् ,जब तुम्बा छिर्दै जाला तेरो कुरा पनि बाहिर आउँदै जाला भन्ने सोचेको नि !!!!!!
हैन यार केहि छैन यस्तो !!!!!!!!
 
 
 कान्छि स्टिलका डब्बामा तुम्बा लिएर हाम्रो नजिकै आई ,छ्याके छ्याके तर पनि गोलो अनुहार ,थेप्चो नाक उ तर किन हो किन उ आकर्षक रहिछ । मैले कारण पत्ता लाउन सकिन आँखा उसलाई नियाल्न मैँ ब्यस्त भयो !!!!!!!!
 
अनि कस्तो चल्दै छ त म्यारिड लाईफ ? मैले नलि आफनो मुखमा लगाउँदै प्रश्न राखेँ । म सँग अरु प्रश्नहरु थिएनन् ।
हे शहिद हुनेहरु बाँचेर त हेर बाँच्न कति गाह्रो छ । मनोज  धक फुकाएर हाँस्यो ।
कवी भइछस् नि !
मैले लेखेको होईन कतै पढेको थिएँ ।
राम्ररि भन् न ।
बाँधिन्छ यार मान्छे ,आज पनि थोरै मात्र खान्छु भनेर फकाएको छु ।
कसैलाई बन्धन मन पर्दैन कसैलाई स्वच्छन्दता ! मैले भित्रको पानीलाइ चलाएँ नेरो हातमा भएको नलिले,हुन त त्यसो गरेको तुम्बा मिठो हुँदैन भन्छन् ,बिग्रिसकेकी केटी जस्तै ,मेरी सुधा जस्ति !!!! मैले तुम्बा मा पानी थपेँ ।
अनि के छ अरु सुना न त ,सुधा को मा जान्नस् ? एकछिनको मौनता चिरेर मनोजले कुरालाई त्यहिँ पुर्यायो जसबाट म उम्कन चाहन्छु ।
अहिले त साँझ मात्रै पर्दैछ ,सुधाले मलाई रातमा मात्र मिस गर्छे । मैले मनोज सँग यो कुरा अहिल्यै गर्न चाहन्नथेँ तर फुस्कियो ।
किन नि ?
मलाई थाहा छ तँ बुझि बुझि बुझ पचाउँदैछस् !
मेले बुझेकोकुरा र तैँले भन्न खोजेको कुरा एउटे हो भन्नेमा पत्यार लागेन !
यस्तै हो तँ पत्यार नलागेका कुराहरु सुन्दैछस् म भोग्दैछु ! भोग्न झन गाह्रो हुन्छ ।
तँ आरोप लगाउनु भन्दा पहिले थोरै उ के चाहन्छे त बुझ !
मलाई थाहा छ उ के चाहन्छे ! मैले फिंगरचिप्स लाई ससमाँ डुबाउँदै हवाफ फर्काएँ ।
के ? मनोजले स्न्याक्स बाट ध्यान हटाउँदै मलाई सोध्यो ।
एक चोटि बिहेको कुरा निकाल्ने बित्तिकै उसको सबै माया उडन्छु हुन्छ , उ मात्र स्वतन्त्रता चाहन्छे !!!!!!! मेरो फिंगर चिप्स अझै ससलाइ तहसनहस गर्नमाँ तल्लिन थियो ।
कसले भन्यो तँलाइ ?
मलाइ सबै थाहा छ । ए बहिनि तातो पानी सिद्दियो !!!!!!!!!
कान्छि नजिकै आई । तातो पानी लिएर !!!!!!!!!!!
मलाई यो कान्छि र सुधा को अनुहार एउटै लाग्छ !!!है सुधा ??? म सुधा जस्तै देखिईरहेकी कान्छिलाई पक्रन उठेँ । उहि आकर्षण ,उहि मादकता तुम्बा उसको सामु नशाहिन भए जस्तो !!!!!!!!
 
चाँडो नखा न यार मात्छस् चाँडै ।  छोडेको पनि धेरै भयो यार ! उसले मलाई समात्दै भन्यो ।
होशमा बस्न नै को खोजेको छ र !!!!!!
देवदास साला !
म देवदास होईन !!!!
किन नि ?
म तँलाई सुधा बिना पनि बाँचेर देखाउन सक्छु !!!!!!! तै होईनस् सुधा र मेरो सम्बन्ध को अन्त्य गर्ने अधिकार सुधा मा मात्रै रहन्छ भन्ने !!!!!!!
जौँ हिँड अब !!!!!
हो कि होइन भन्नै पर्छ तैँले !!!
हो बाबा !
अब सम्बन्धको अन्त्य म गरेर देखाउँछु ।
भोलि कुरा गरौँला ,हिँड अब घर !!!!
कहाँ ?
मेरो मा नि ,यति राति कहाँ जान्छस् त ?
होईन मलाई रोडशेष छोड्दे ,त्यहाँ एउटा साथि छ त्यहिँ सुत्छु ,भाउजुलाइ पिएर जाँदा बोर पनि हुन्छ ।
तँ जे भन्छस् । उसले मेरो झुट पत्यायो । मैले उसले दिँदैन भनेर सुधाको जाने कुरा गरीन ।म सुधाकै मा जान्छु आज हाम्रो सम्बन्ध के धरातलमा छ त आखिर बुझ्छु । नखाई कन गर्न नसकेको काम म आज गर्छु ।
क्रमश:
 
 
 
 
Last edited: 29-Dec-08 11:02 AM
ctal
· Snapshot
Like · Liked by · 0
ho ho, relation ko chhinofano garna lai ta jaad nakhai hudai hudaina ni. Fuchche ko suspicions and proposal of ending relationship might make Sudha cry for some time or she may shed fake tears in front of fuchche.
fucheketo
· Snapshot
Like · Liked by · 0
ctal thanks !!!!!!!!!!!coming with the last post!!!!!!!!!!!!1
fucheketo
· Snapshot
Like · Liked by · 0

सुधा !!!!!!

लड्खडाएको बोलिमाँ मैले चिच्याएँ । सुनसान अँधेरि रात अनि लोडशेडिंगले रातलाई झन निष्पट्ट बनाएको थियो । धिपिक्क बलेकी सुधामा पनि त आजकल मेरो मनले ग्रहण लगाउँदै छ । दोष मेरो मनको मात्रै त पक्कै पनि होइन किनकि केहि परिवर्तन नभई त्यहि मन सुधामा खुशाउने अनि त्यहि मन सुधामा रिसाउने किन हुन्छ त????????

सुधा !!!!!!!!!!यसपालि मेरो आवाजमा अघिको भन्दा जोर थियो । तेस्रो तल्लाको बाटा पट्टिको झ्याल खुल्यो । त्यहि झ्याल हो मैले खुलोस् भनेर चाहेको !!!!!!

 

सुधा मैनबत्ति लिएर तल झरी । पहेँलो प्रकाशमा उसको अनुहार मात्र चम्किरहेको थियो । मलाई करिब एक महिना भित्रका एक एक कुरा एकै चोटि फनन घुमे झैँ भयो । मान्छेले मैनबत्तिको प्रकाशमा ह्रिदय पनि देख्ने भए शंका रहन्न थियो होला ।

बाबा ,मान्छेहरु सर्प्राईज दिन लाई मोबायल दुई दिन सम्म स्विच अफ राख्दा रहेछन् !

म चानुवा गएको थिएँ भनेर त भनेको थिएँ त !!!!!!

आज त सरको बोलिमा नशा छ नि ! ईन्जिनियरको यो गुण पनि थियो ?

सुधा हाँसि ,अनि मलाइ समातेर भित्र लगी । म चुपचाप थिएँ । कुरा कता बाट शुरु गरौँ मलाई पत्तै छैन ।

सुधा किन मेरो बानीमा असन्तुष्टि माथि रिसाउँदिन । यसमाँ  त उसले हक सम्झिनु पर्ने हो !!!!!किन उसले मेरो लड्खडाएको बोलिलाई झपारिन । उसको ब्यवहार किन मैले केहि गल्ति नगरे जस्तो हुन्छ । मान्छे लाई असन्तुष्टि त्यहाँ बाट हुन्छ जहाँ उसका भावना हरु जोडिएका हुन्छन् । जहाँ सपना बुनिएका हुन्छन् त्यहिँ त सपना टुक्रिन्छ नि !!! यथार्थको मरुभुमिमा भावना ,कल्पना मलजल नगरि चाहना कहाँ बाट प्रकट हुन्छ । हो म बिग्रिनु सप्रिनु को सुधाको जीवन मा कुनै अस्तित्व छैन । आज मलाई पिएर लड्खडाईरहेको बेला सुधा मलाई गाली गर्दिन भने सुधा मलाई माया पनि गर्दिन !!!!!!!!!!

 

के सोचिराखेको ?

सुधा एउटा कुरा सोध्छु भन्छ्यौ ?

सोध न ! पहिला यो भन खाना बनाउनु पर्छ कि पर्दैन ?

पर्दैन ,मनोजको ट्रिट थियो आज !!!!!

ल सोध अब !सुधाले आफ्ना अस्तब्यस्त कपाल लाई मिलाई ,मैनबत्ति टेबलको बिचमा थियो जहाँबाट म सुधालाई नियाल्न सक्थेँ र सुधा पनि मलाई !!!!!!!!

तिमी के चाहन्छौ म बाट ?

मात्र माया !!!!!!! उसले मलाई स्पर्श गर्दै भनी ।

 

म कसरी सम्झाउँ उसलाई माया मेरो शरिर मात्र होईन । जसलाई माया भनेर उ मेरो अघि पछि दौडिरहेकि छे त्यो भोक हो एक किसिमको ।अथवा सुधा जानी बुझि भोकलाई मायाको ओढ्ने ओढाउँदैछे ।

पर्ख है ब्ल्याक कफि बनाउँछु !सुधा किचन तिर जान खोजी !!!

पर्दैन बस न !!!

ल भन न त!!!

के हो त तिम्रो बिचारमा माया !!!!

थाहा छैन ईन्जिनियर साब कै मुखबाट सुनौँ न !!!! सुधाले लाडिईँदै भनी ।

सुधा प्लिज आई एम सिरियस !!!

जो पनि नशामा सिरियस नै हुन्छ !!! सुधा फेरि हाँसी ।

म होशमैँ छु !!!!

ल त्यसोभए तिमी नै भन न त के हो माया!!!

कमसेकम हामी बिच चलिराखेको चाहिँ माया हैन !!!!सुधाले मेरो आँखा नियाली ,म होसमा छु कि छुईन भनेर बुझ्नलाई होला!!!!!मेरो आँखा मा नशा थिएन ।

उ चुप भई , म पनि चुप भएँ शायद अब हाम्रो वार्ता को दोस्रो प्रहरको शुरुवातको लागि थियो त्यो मौनधारण ।

 

के छ त !! उसले लामो मौनता तोडेर मलाई प्रश्न राखि !!!!

मेरो तर्फ बाट त माया नै हो !!!

म तिर हेरेर मलाइ जवाफ देउ जे मेरो तर्फ बाट भएको छ त्यो के हो र त्यसको जज तिमिले कुन हैसियतले गर्यौ ?

सुदाको स्वर कामिरहेको थियो !!!

केहि कुरा भोगेर थाहा हुन्छ ,तिमी मात्र मेरो शरिर चाहन्छौ ,कोहि पनि स्त्रि यति चाँडै नांगिदिन जति चाँडो तिमी नांगियौ !!!!

के त्यो शब्द पुरुषमा लागु हुँदैन ,अनि कति समय लिनुपर्छ सेक्स भन्दा अघि त्यो माया चाँडो हुनलाई ?

त्यो मलाई थाहा छैन !!!!

तिमी अभागि हौ ,थाहा छ मैले आज घरमाँ तिम्रो बारेमा कुरा गरेँ मैले जीवनसाथि पाएँ भनेर ,र हामी चाँडै एक अर्काको हुन चाहन्छौँ भनेर !!!अपसोच मेरो खुशिको जीवन यति छोटो रहेछ ,तिमी सँग बिताएका प्रत्येक समय यादगार रहे!!! मैले तिमीसँग का गल्तिलाई पनि सुन्दर मानेँ !!!!

तिमी जे भन मेरो निर्णय त्यहि नै हो !!! मैले बिस्तारै भने ।

तिमी के गर्छौ निर्णय ,बिश्वासका कंगाल !!!!!I m dumping u !!! जसलाई म माथी विश्वास छैन त्यो मेरो लायक पक्कै पनि होईन , रएउटा अपरिचित सँग रात बिताउन अब मलाई अफ्ठेरो छ !!! So get lost !!!!!”

 

मेरा शब्दहरु रित्तिए जब मैले सुधाको अभिब्यक्ति सुने । म बिस्तारै बाहिर निस्किएँ ।यसरि सुधाले मलाई नै दोषि देखाई । शायद दोष समयको थियो ।

 

आजको रात मेरो घर छैन अब यति राति न म मनोजको मा ,न आफन्तका मा जान सक्छु ।सुधाले त मलाई निकाली नै सकेकी छे । म किन त्यो बसमा चढेँ जुन बसमाँ सुधा यात्रा गरिहेकी थिई । शायद सुधा भन्ने ठेस लाग्न । आज एउटा पर्दा उघ्रियो !!!! म नाटकमाँ आँफैलाई नियाल्दै छु ।

 

कता हो , म त यता छु ???? पर बाट आवाज आयो नारी आवाज !!!!

को हो ?

म संगिता !!!!

झन्न तिमी सुधा हैनौ !

रातलाई के थाहा को सुधा को संगिता!!!!!! उ हाँसी ।

के गरौँ त म !!

पैसा भए हिँड्नुहोस् म सँग ,,,,,,,,,,,,नभए तँपाइ कै सुधा सँग जानुस् !!!!

कति लिन्छ्यौ एक रातको ?

आपसको कुरा न हो !!! उसले मेरो शर्टका बटन छिचोल्दै मेरो छातिमा हात पुर्याई ,अनि अघि लागी म उसको पछि पछि लागेँ अर्को सुधा भेट्ने आशमा !!!!!!!!!!!!!!!!!!!!!!!!!!

 

समाप्त!!!!

 

 

 

 

Stat
· Snapshot
Like · Liked by · 0
Fuche, I saw your "The End" but I have problem in reading the story. Is there any problem at any of the postings? I have to scroll whole right to left everytime to read a line and I even repeat the same line. Can you fix it first? May be there is some pic or something?
ctal
· Snapshot
Like · Liked by · 0
bahiri samaj ma ekdam asal, cultured bhanauda keti haru pani bigriyeka huna sakchhan bhitra bhitrai; shanka ta lagne nai bhayo kehi kehi activities ashobhabik huda. i have also seen a so-called cultured and educated lady from very cultured family, who was actually nothing more than an amateur whore, in my friend's life for some time. khai ke khai ke, bujhnai nasakine dherai keti harulai. thanks for serving us a story on somewhat realistic issue in relationship so beautifully. i enjoyed reading all the parts!!
Yakku
· Snapshot
Like · Liked by · 0
fucheketo, sathi lai ta ban ko bagh le na khaye pani man ko bagh le naramro sanga khayecha. katha ko plot interesting lagyo. naya kosheli pani padhna paiyosa. 
crazy_love
· Snapshot
Like · Liked by · 0
Awesome!

I have no word to explain how much I enjoyed the read.

fuche keto ki jaya!
Gogol
· Snapshot
Like · Liked by · 0
Fucheketo, Enjoyed reading the whole story... well composed! I look forward to reading your stories.. GOGOL
fucheketo
· Snapshot
Like · Liked by · 0
stat - so sorry yaar , I have been frustrated by the problems occured during posting , i know how i have posted this end.....ma sanga alternative nabhayerai matrai ho .....yasari post gareko !!!!!!!!!!!!
ctal- many many thanks
yakku ,gogol- thanx , trying for the new plot lets see kahile hune ho !!!!!!
crazy- thanx yaar !!!! n NO NEED OF JAYAJAYKAAR, तिमी खुरुक्क न आफ्नो कथा लेख त पढेर म पनि जयजयकार गर्थेँ कि!


कथा को सम्बन्धमा!!!!!
यो कथामा हामीले (मैले लेखेको मात्रै हो सोच अर्कै साथिको भएकोले!!!!)एउटा केटामान्छेको राम्रो बाट नराम्रो तर्फको पुर्ण रुपान्तरण देखाउने प्रयास गरेका हौँ । म पात्रको सन्दर्भमा हामी सफल नै भए पनि सुधाको ब्यक्तित्व अलि छायाँ मा परे जस्तो लाग्यो । हामीले सुधालाई उ राम्रो चरित्रकै हो भनेर स्पष्ट देखाएको भए अझ कथाको भाव खुल्थ्यो होला ।त्यो देखाउने मैले बारम्बार प्रयास गरे पनि मेरो प्रयास कता कता अपुरो भए जस्तै लाग्यो ।
धेरै अघि शुरु गरेको "म भित्रका म हरु !!!!"यो रुपमा पुनर्लेखन गरेर मैले सिध्याएँ ।

पढेर हौसला दिनुहुने तथा मौन पाठकलाई पनि यो फुच्चेकेटोको धन्यवाद ,साथै आगामी दिनमा पनि यस्तै न्यानो माया ,सल्लाह ,सुझाव पाउने अपेक्षा राखेको छु ।
कथाको विषयबस्तु दिएर पनि कलम चलाउन अल्छि गर्ने मनोज(त्यसैले मैले यस कथाको शिर्षक नै मनोजले छोडेको कथा !!राखिदिएँ) लाइ पनि मुरिमुरि धन्यवाद !!!!!!!!!!!!!
बिस्टे
· Snapshot
Like · Liked by · 0

फुचचे ज्यु,
धेरै पछी फुर्सत पाएर आएको तपाईंको अर्को कथा आईसकेको रईछ मेरो त एही पुरा गर्न बाँकी नै थियो,भ्याए अन्तिम दुई भाग पनि।
सकेर मेरै मनमा द्वन्द चल्यो तपाईंलाई अफु सम्झेर र सुधाले लत्त्याएको देखेर।
जोरदार छ् लेखाइ। अनी तपाईंको नाम फुचचे केटो भए जस्तै म पनि बिस्टे दाई हैन,बिस्टे मात्र् भन्दा हुन्छ होला है।
ल म लागे अब घाईते रातको कथा पढ्न, उतै भेटौँला।


अनी कथा जत्ती दाँया तिर तन्किए पनि मलाई पढ्न गाह्रो भएन।
ओर्ड म कपी पेस्ट गरेर पढे।

धन्यवाद।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 348
· Posts 8 · Viewed 1241 · Likes 3
· Posts 3 · Viewed 173
· Posts 9 · Viewed 475
· Posts 1 · Viewed 128
· Posts 12 · Viewed 889 · Likes 1
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 74
· Posts 9 · Viewed 1075
· Posts 1 · Viewed 109



Your Banner Here
Travel Partners
Travel House Nepal