नेवारलाइ काथर जाती भनेर होच्याउने चलन छ । सेनामा जान नेवारलाइ जातले नै दिदैन भन्ने भ्रम ब्याप्त छ । त्योभन्दा अगाडि बढेर नेवारलाइ होच्याउन अनेक कुथुङ्ग्रीहरु जोडिन्छ । जस्तो कि लड्नेभिड्ने कुरा सुन्यो कि घ्याम्पो खोज्न जान्छ भन्ने जस्ता कुराहरु साथिभाइमाथ अनौपचारीक तीर हानाहानमा भन्ने गरिन्छ ।
तर हालै प्रकाशित सेनामा जातीगत उपस्थीतिको तथ्यांकले यी कुराहरु मिथ्या हुन भन्ने देखाउँछ । नेवारहरुको ठूलो संख्या सेनामा छन । जातीय समानुपातिक उपस्थीतिलाइ मापो मान्ने हो भन्ने नेवारहरु चाहिने भन्दा बढी नै उपस्थीत छन । सेनामा जान इच्छुक जातीलाइ शुरो जाती मान्ने हो र जनसंख्याको अनुपातमा त्यसलाइ दाँज्ने हो भने नेपालका शुरो जातीहरु क्रमश: क्षत्री(३.४४:१), ठकुरी(२.७८:१), गुरुंङ(१.४६:१), मगर (१.४३:१), ब्राम्हण (१.२३:१), र नेवार (१.१३:१) रहेछन (हेर्नुस रातो गोलाहरु)। यस्तै जनसंख्याको अनुपातमा कम उपस्थीति भएकाहरु क्रमश: राइ (०.९३:१), तामाङ (०.८०:१), लिम्बु (०.७६:१), थारु (०.७३:१), र दलित (०.४७:१) हुन आउँछ (हेर्नुस नीलो गोलाहरु)।
अचम्म यो छ कि नीलो गोलाका लिम्बु, राइ, थारु वा अन्य जातिहरुलाइ काथर भनिन्न, तर नेवारलाइ मात्रै काथर भनेर होच्याउने दुष्प्रयास गरीन्छ । हालै मैले पढेको "नेलेखिएको इतिहास" भन्ने अष्ट्रीयन खोजकर्ताले लेखेको आख्यानमा यस्तो कुप्रचार नेवारहरुलाइ दमन गर्ने योजनाबद्ध षडयन्त्रको नतीजा हो भन्ने तर्क गरीएको थियो, (फेला पर्यो भने त्यो आख्यान साझामा राख्ने छु, कसैसित छ भने राख्न अनुरोध पनि गर्दछु) । अहिले यो तथ्याङक देख्दा ती इतिहासकारको तर्क जायज हो भन्ने लाग्यो ।