☰ Menu |
शृंखला (By Deep)
हाम्रो टोलाँ एउटा परीबार बस्न आ धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर उ भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न त उ आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै उ झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा उ शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।
त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। उ त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ। ए, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।
अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर म जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने म त उस्को प्रतिद्वन्दी नै थिईंन। म सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?
संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।
शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।
एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।
एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।
एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।
यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।
"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।
मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।
शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।
शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।
बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।
आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।
पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।
टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।
त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।
त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।
शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि।
एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।
उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"
"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।
बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।
उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।
मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --" ....
**********************************************************************************
मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --" ....
साँझले रातको भुमीका निभाउन सुरु गरीसकेको त्यो बेला सडक-बत्ती कुपोषणले ग्रस्त हाडीगाउँको त्यो बाटोमा बाङ्गेले किताब फरर पल्टायो फेरी त्यसै गर्यो। म पनि हेर्दै थिएँ। ढुकढुकी ढिक्कि कुटे झैं थियो अघि देखी।
"अघि कराउँदै बोलाउँदै गर्या तेस्को बाउ हैन?" बाङ्गेले सोध्यो।
"होला नी" मैले भनें। मलाई त्यो कुरा प्रासंगिक लागेन। "बाउले बोला हो कि आमाले त्यस्को के मतलब भो रित्तो किताब भेट्या बेलाँ?" मैले किताब बाङ्गेको हात बाट लिदै सोधें।
"बाउले अब तेरो क्षितिजको बन्दोबस्त गर्छ हेर्न -- " बाङ्गेले मुस्काउँदै भन्यो।
"किन?" बाङ्गेको कुटील हाँसो हेर्दै म झर्किएँ।
"किन अब? किताबमा च्याप्या चिट्ठी काँ झारी -- भेट्यो होला नी बाउले --" उस्ले भन्यो।
"हो त" मैले पनि सोचेँ "साँच्चै झारी त?"
"ल ल हिन छडकिम अब -- आउँछ बाउ अहिले तातेर अनि डाम्ला तँलाई पनि। " बाङ्गेले सतर्क गरायो।
मैले शहीदको त्यो कम्पाउण्ड वालमा बन्द ढोका नजिकै पुगेर सुनें। भित्र हो हल्ला केही थिएन। बाङ्गेले नी सुन्यो अनि भन्यो "बाउ अलि सोझो छ जस्तो छ बुझिस -- चालचुल छैन--सम्झाउँदै होला -- ल बधाई छ तँलाई -- "
बाटोबाट अलिकति भित्र गल्ली छिरे पछी थ्यो त्यो शहीद गेट -- त्यै कम्पाउण्ड वालको ढोका क्या। मैले त्यता गल्लि तिर नियाल्न थाले -- चिट्ठी त्यतै खस्या छ कि भनेर। मैले बुझेको थिएँ क्षितिजले मलाई मात्र देखेर तल आएकी थिई। किताबमा चिट्ठी च्यापेर आएकी हुनु पर्छ। आउँदा आउंदै बाउले देखेर साझाँ छोरी कता जान लाई भनेर बोला होला।
अनि उ चै त्यो किताब मलाई जिम्मा लाएर फर्किहाल्ने सुरमा हुंदी हो। त्यै बेलाँ अघोरी बाङ्गेले मलाई भेट्या थ्यो। क्षितिजलाई मुस्किल पर्या हुनु पर्छ त्यति बेला। बाङ्गेको अगाडी त्यो किताब मलाई दिन उस्लाई पक्कै मन थिएन तर नदिई फर्केर जाँदा बाउको फेला पर्ने सम्भावना बलियो। त्यसैले होला उ के गर्ने के गर्ने को मनस्थितीमा थिई अनि हतार हतार किताब मलाइ दिएर गएकी प्रस्टै थ्यो।
मैले गल्लीको भुईँ नियाल्या देखेर "यतै खसल्या भे त हुन्थ्यो नी" भन्दै भुईँ नियाल्न थाल्यो बाङ्गे पनि। कत्ति न उसैलाई देको चिट्ठी हराको हो कि झै थ्यो फेरी बाङ्गेलाई।
हामी यता उती हेर्दै थिम, बाटामा शिबदाई झुली रा देखिए। टवाँटको सुरमा त्यसरी उनी कैले त बिहानै देखी झुली रा हुन्थे नभए नी साँझाँ त सधै। भेटे पछि दिक्कै लाग्ने गरी ओगटथे। कुरा नगरे जथा भाबी बोलेर आईलाग्ने। घरै सम्म आईपुग्थे। उनलाई पन्छाउन भन्ने कि मन्छाउन असाध्यै गार्हो थ्यो। मैले बिस्तारै तर बाङ्गेले सुन्ने गरी भनें "उता बाटो तिर नहेर है शिबदाई झुली राछन -- नदेख्या जस्तो गरेर यतै भुईँ तिर हेरी राख -- उनी बाटो लाग्छन अनि बत्तिनु पर्छ।"
"के खोज्या हँ?" शिबदाई त हामी छेउ मै पो आईपुगेछन बाटो लाग्न छोडेर।
के भन्ने के -- म सोच्दै थिएँ बाङ्गे बोली हाल्यो "सय रुप्याँ नोट थ्यो काँ झर्यो झर्यो"
"सय रुप्या रे?" शिबदाई अलि टाठो जस्तो भए।
"हो दाई -- गैँडा हरायो नी" बाङ्गेले भन्यो। मलाई चैं हास उठ्यो। हाँस्न भएन।
"यही हरा?" शिबदाई पनि सोध्दै खोज्न थाले।
"यतै तिर हो" जस्तो लाग्छ बाङ्गेले सुनायो अनि फेरी थप्यो "घराँ त छोडीन होला -- हाताँ समाति रा थेँ -- घराड त ल्याकै जस्तो लाग्छ -- यो गल्लीमा छिर्दा सम्म थ्यो -- निस्किदा छैन"।
शिबदाई "हमें तुम्से प्यार कितना यह हम नही जानते--" लरबराको स्वरमा गाउँदै थिए-- गीतको बोल रोकेर अलि ठुलो स्वरमा भनें "घरैमा छोडीस होला -- जा घराँ गएर हेरेर आईज --यहाँ भेटें भने म राख्दिरन्छु" अनि फेरी म तिर हेरेर भने "जा तँ पनि -- तिमीहरु घरमा हेर म यहाँ हेर्छु -- जस्ले पैला भेटछ मुकेसको भट्टीमा आउने।"
"हस दाई, भेटनु भो राखीरख्नुस है" भन्दै बाङ्गे र म मुस्किलले हाँसो थामेर हिनीम।
"तिमेरुले चिन्तै गर्नु पर्दैन -- पैसा त म राख्दिहाल्छु नी-- " बर्बराउँदै उनी फेरी खोज्न थाले -- के खोज्या हुन के भेटने हुन कुन्नी --- हामी गल्लीबाट निस्किंदै गर्दा उनी "यह लाल रंग --" गाउँदै थिए।
"त्याँ लेटर भेटे भने?" सडकमा आए पछि मैले भनें।
भए पो भेट्टाउँछन। हाम्ले हेरेकै हो नी --- कि त त्यस्ले भित्रै झारी--कि किताबमा च्याप्नै बिर्सी" बाङ्गेले भन्यो। डबली अगाडीको पसलमा आईपुगे पछि बाङ्गेले "खै ले त एक चोटी फेरी हेरम" भन्दै किताब म सँग लिएर त्यो पसलको उज्यालोमा हेर्न थाल्यो। म संगै थिएँ। बाङ्गेले पाना पल्टाउँदै थ्यो। अनि देखियो।
चिट्ठी भनेर चिट्ठी थिएन तर किताबमै पेन्सिलले केही पंक्तिहरु लेखेको थ्यो। "तरुनी त खुँखार रे छे" बाङ्गेले आफ्नो प्रतिक्रिया दियो। मैले उ सँग किताब खोसेर लिएँ अनि भनें "हेर बाङ्गे यो कुरा कसैलाई नी नभन है -- अरुहरुलाई भनीस भने राम्रो हुँदैन नी फेरी"
"अब के राम्रो के नराम्रो -- त्यसलाई हेरेर र सम्झेर गरेर छ सात बट्टा जति चुरोस र एक सिसी जति बाउको रक्सी सकाएँ होला मैले -- तरुनीले लभ चैं तँ सँग गर्न लाई --अब यो भन्दा नराम्रो अरु के हुन्छ?" बाङ्गे दिक्क माने झै गरी भन्यो।
म घर तिर लाग्छु भन्या बाङ्गेले "आईज सरसोतीथान पछाडी एक एक राउण्ड तानम -- तेरो लभ मेरो ट्र्याजिडी पर्या दिन" भन्यो।
आफुलाई ती पक्तीहरु पटक पटक पढ्न मन लाइ रा बेलाँ --- मैले केही भन्नु अघि नै बाङ्गेको बाउको सरकारी मोटर आयो। राम्रै भयो। बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --
---शृङ्खला कायमै छ ---
***बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --***
अघि पसलमा देखेका पंक्तिहरु मात्रै होईन, किताबका अरु पानाहरुमा पनि अरु पंक्तिहरु छरीएका रहेछन। आँखाले बडो जतनले उठाएँ ति शब्दहरुलाई, मायाले स्पर्श गरें उस्का ती बयानहरुलाई अनि आस्था पूर्बक सजाएँ ति भावहरुलाई मनको गहीराई भित्र।
कौसी भरी गमला थिए, अनि गमलामा थरी थरी फुलहरु फुलेका। यस्तो लाग्थ्यो मानौं समय बिहानीका ती पलहरुका हो जुन सूर्योदयको केही पल अघि क्षितिजमा स्थिर थिए। म थिएँ अनि मेरो स्पर्शमा क्षितिज थिई।
"दीप" चिने चिने जस्तो आबाज थ्यो तर क्षितिजको हैन। मैले वरीपरी हेरें त्यो बगैंचा जस्तो कौसीमा म र क्षितिज बाहेक अरु कोही थिएन।
"दीप" फेरी आबाज आयो।
मैले फ्याट्टै चिनें--यो आबाज त बाङ्गेको हो। "बेला न कुबेला---" रिस उठेर् आयो। क्षितिज पनि देखिन, अनि अरु केही पनि।
"फुटाल्दिम झ्याल कि खोल्छस?" बाङ्गेको स्वर मेरो कानमै आएर ठोक्कियो। यसो घडी हेर्या चार बज्न आँटेको रहेछ। निन्द्राकै सुरमा झ्याल खोलें। बाहिर अध्यारै थियो। बाङ्गे ठिंग उभी रा।
"के गर्न आधाराताँ मर्या तँ यहाँ?" मलाई पटक्कै चित्त बुझ्या थेन उ त्यसरी आएर मेरो र क्षितिजको साथ भाँडेको।
"के को आधारात? घाम झुल्किन लाईसक्यो-- ल ल उठ" उस्ले भन्यो।
"रातभर बाहिरै छस कि के हो तँ? कस्तो राम्रो सपना देखिरा बेलाँ --" मैले भन्दै थिएँ उस्ले "आफ्नो त सपना पनि छैन सपनामा आउने पनि छैनन अनि ढिलो सम्म के सुताई भो र --" भन्दै मेरो कुरा काट्यो।
"के गर्नु पर्यो यतिबेला?" मैले सोधें उस्लाई।
"के गर्नु पर्यो रे अझ? फुटबल खेल्न जाने भन्या हैन हिंजो?" उस्ले सम्झायो।
भन्या त हो तर यत्ति छिटो त भन्या थे न। त्यै पनि त्यो त हिंजोको कुरा। हिंजो मन लाग्या थ्यो जाने कुरा गरीयो आज मन थिएन आफुलाई।
"जान्न म त -- बरु एक निन्द्रा सुत्नु पर्यो--" मैले भन्दें।
"ल हेरम त कसरी जाँदैन रेछस -- अहिले म तेरो घराँ सबैलाई उठाई दिन्छु नी -- अस्ति देखी भन्या हैन आज देखि फेरी सुरु गर्ने खेल्न भनेर?" उ अलि झर्कियो। अनि थप्यो "अब बिपनामै भेटे पछि के खान सपनामा पर्खिनु पर्यो? ल --ल-- उठ-- बाहिर आईज"।
नउठी सुख थिएन। बेक्कारमा खेल्छु भन्या फुटबल सोच्दै ठिक परें। अनि बाहीर निस्किएँ। दशैको बेला आउन लागेको थ्यो। कुहीरोमा जिस्किदा ती शितहरु अनुभव गर्दा भने रमाईलो लाग्यो।
"तँ र म मात्रै?" मैले सोधें।
"हैन, ट्वाकलाई उठार आको म -- त्यसले झ्यालिन्चा, छ्याक, कुबेर, पुडके लाई लिएर आउँछ, हाम्ले चै बर्मु, सुपारी, बाघ:, हल्दार र गुरुलाई लिएर जाने हो।"
जस्लाई उठाउन गयो जान्न भन्ने पहिला फेरी किच किच गरेर उठायो गर्दै सबै भेला भैयो भगबती थान अगाडी। बिहानको पौने पाँच जति बजेको थ्यो होला त्यहाँ बाट सानोगौचर तिर लाग्दा।
एक हुल हामी फुटबल लिएर त्यो बिहान अनेक थरी गफ हाँक्दै सानोगौचर तिर
लाग्दा रमाईलो भा थ्यो। हामी बिहान बिहान त्यहाँ फुटबल खेल्न जान्थिम तर झण्डै झण्डै एक महिना देखि त्यो क्रम रोकिएको थ्यो।
टंगाल स्कुलबाट देब्रे लागेर बालमन्दिरको पूर्ब पर्खाल छेउको बाटो हुँदै पुगियो सानोगौचर। फुटबल चौर आधि सम्म देखिन्थ्यो। अर्को तिर कुहीरोले छेकेको थ्यो। एउटा गोल पोस्ट बाट अर्को गोल पोस्ट देखिन्न थ्यो। को को कता तिर बाट खेल्ने त्यो भागबण्डा भयो। हाम्रो पट्टी गुरु थ्यो किपर, म ब्याक्की बस्या थें। खेल सुरु भै सक्या थ्यो। हाम्रो साईड अलि बलियो परेछ क्यारे बल अर्को साईडमै धेरै हुन्थ्यो। म र गुरु फुर्सद। गुरु मान्छे सोझो थ्यो। तरुनीको गफ एकलौटी गर्न पाईन्थ्यो त्यो सँग।
खेल एक छिन सुरु भै सके पछि बाउ छोरी जस्ता देखिने दुई जना छीरे फिल्डमा। दुबै जना ट्र्याक सुटमा। उनीहरु फिल्डको चक्कर लाउन थाले। बाउ पनि संगै थिए र मात्रै नत्र मैले त छोरी चै मात्रै देख्थें। देब्रे तिर बाट उनीहरुले चक्कर लाउँदा म देब्रे तिरको ब्याक्की हुन्थें दाईने तिर उनीहरु आईपुग्दा म दाईने तिरको ब्याक्की हुन्थें। अब एक्लो ब्याक्की-- फिल्ड त कभर गर्नै पर्यो नी। के गर्ने?
--बल आयो भने आयो हैन भने बाउ छोरी कति बेला आउलान आफ्नो साईडको फिल्ड तिर जस्तो हुन थाल्या थ्यो आफुलाई। उनीहरुले तिन चार चक्कर जति ला थे होलान -- बाङ्गे खुट्टा खोच्याउँदै आयो। उ हाम्रो साईडको एउटा फरबार्ड थ्यो।
केही सोध्नु अघि नै "खुट्टा मडकियो जस्तो छ यार -- " भन्यो। अनि गुरुलाई गएर "-- ल गुरु एक छिन अगाडी जा त --म यहाँ रेस्ट गर्छु -- गोल्कीको आज खासै काम छैन" भन्यो। गुरु बत्तियो अगाडी।
बाङ्गे म तिर आयो। खोच्याउने त निक्कै कम भए जस्तो थ्यो छिनको छिनै। म नेर आएर भन्यो "क्या बुलेट है त्यो केटी?--- बाउ चै बरु एक निन्द्रा अरु सुतेर आ भे नी हुने नी---"
"तेरो खुट्टा सुट्टा केई मडक्या छैन हो कि हैन ल भन --" मैले सोधे उस्लाई।
"अब के गर्ने त -- अगाडी कुदेर केही हेर्नै पाईएन राम्रो सँग -- त्यस्तो राम्रो केटी चौराँ घुमीराछे म चै खाली ढाडीया बल कति लखेटीरहने त?"
एक छिन भा थ्यो केटी र बाउ हाम्रो साईड तिर आउँदै थिए, त्यै बेलाँ बल पनि आयो। "भाग्गेमा नभए पछि यस्तो हुन्छ--" बाङ्गे फतफताउँदै अलि अलि खोच्याको जस्तो गरेर पुग्यो पोस्ट तिर -- म पनि लागें आफ्नो काममा। कर्नल भो। एउटाले केरा सट कर्नल हान्छु भनेर गा थ्यो नङ सट हानेछ क्यारे उ पनि भुतुक्कै बल पनि आउट भो। त्यती गर्दा होर्दा केटीहरु अर्को तिर पुगीहाले। त्यो राउण्ड त्यतिकै भो।
अर्को राउण्ड ठीटीहरु आउँदा बल सेन्टर तिरै थ्यो। बाङ्गेलाई टेन्सन हाम्रो डि एरिया तिर बल आउने र पोस्ट छेउ तरुनी आउने बेला एकै पर्ला भनेर। "म अगाडी हुन्जेल, बल यता सेन्टर सम्म नी आउँदैन थ्यो अहिले हेरन अहिले" बाङ्गे झर्किदै थ्यो।
म बल तिर लागें बाङ्गे केटी तिर लागेछ। सबैले एकै स्वर्मा "ए बाङ्गे ए!" भनेर कराउँदा त बाङ्गे पोस्ट बाट उती पर केटी हेर्दै। फेरी खोच्याएको जस्तो नी गर्नु पर्ने। उ पोस्टाँ आउनु अघि नै बल छिरी हाल्यो। एका तिर बाट "गोल" भन्या घन्कियो अर्को तिर बाट बाङ्गे का बाङ्गे भन्या सुनियो। "के हेरीरा थिस बाङ्गे तँ?" "पोस्ट छोडेर
"तिमीहरुको बाउको नाम छैन र बाङ्गे बाङ्गे भनी रा?" बाङ्गे पनि तात्यो। त्यस्तो तरुनीको अगाडी बाङ्गे बाङ्गे भने पछि तात्ने नै भो। ठिटी चै मुस्काउँदै थिई बाउ चै हाम्लाई नियाल्दै थ्यो।
सेन्टर चलाई सक्या थ्यो। बल अर्को तिर थ्यो। बाङ्गे अझै रिसाई रा। अरु त गै हाले म परे उस्को राग सुन्ने मा। एक छिन पछि बाउ छोरी आए। बाङ्गे पोस्टमै थ्यो यस पटक। केटी बाङ्गे छेउ आईपुग्नु अघि नै हल्का हाँस्दै थिई। उस्ले बाङ्गेलाई हेर्दा बाङ्गे पनि उसैलाई हेर्दै थ्यो। केटीले मुस्कान कायमै राखी। बाङ्गे पनि खुसी भयो। केटी अगाडी पुगे पछि फर्केर पनि हेरी।
"ठीटीले क्या सलिड स्माइला दीई नी मलाई देखिस? लुक्स पनि दिई नी --क्या लभली डेडली नी --" बाङ्गे फुरुङ्ग थ्यो। उस्को रिस हरायो।
पछि थाह भयो त्यो केटीको नाम मेघना रे। हल्दार ले भन्या। फर्किदा बाङ्गेले त्यो केटीको कुरा झिकेको मात्रै के थ्यो हल्दारले चेतावनी दिदै भन्यो "मेरो सानीमाको छोरी हो मेघना -- बुझिस हैन?"
*********************************************************************************
मेघना र क्षितिज साथी पो रहेछन-- क्षितिजले नै भनेकी -- त्याँ सानो गौचरमा त्यो दिन बाङ्गे मेघनाको असरमा चिप्लिदा कसरी बलले पोस्टमा एकलौटी मोज गर्यो अनि कसरी सानोगौचर एक्कासी "बाङ्गे" उच्चारणमा गुन्जायमान भयो त्यस्को बारेमा उस्लाई मैले सुनाउँदा त्यो मेघना उस्ले चिनेकी हुन सक्छ भनेकी थिई। नभन्दै हो रेछ।
"त्यो मेघना हल्दारको बैनी रे हो? सानीमाको छोरी?" मैले क्षितिजलाई सोधें।
"को हल्दार?" उस्ले छक्क परेर सोधी। बिचरीले हल्दारलाई चिनेकै रैनछे।
त्यो त नाम मात्रैको हल्दार हो, हाम्ले बनाईदेको। हल्दारको खाँटी नाम के हो त्यो भन्दें मैले।
उस्ले सोधी "अनि आफ्नो अर्को साथीलाई चै किन त्यस्तो हाँस उठ्ने नाम राख्देको नी? बाङ्गे रे -- "भन्दै उ हाँस्न थाली।
"बाङ्गेको कुरा मेघनालाई गर्न देउ न -- तिमी चै मेरो कुरा गर न --" मैले भनें।
यो हल्दार भनेको पुलिसमा कि आर्मीमा? उ अझै हल्दारमै थिई।
त्यो त अब हामीले त्यसको नाम राख्दा बिचारै गरेनम्। आर्मीलाई भन्दा पुलिसलाई धेर हेप्ने भा भएर होला मैले भन्दें "त्यो पुलिसको हल्दार हो"।
"होला खुब, अघि भरखर नाम मात्रैको हल्दार भन्या हैन? अहिले फेरी के को पुलिसको नी?" उस्ले जिस्किए झै गरेर भनी।
********
मेघनाको नशामा बाङ्गे नराम्रो रन्थनिएको थियो। मलाई थाह थ्यो। म पनि उकास्थें तर उ "त्यस्ता केटी चाहिया छैनन् बुझिस" भन्थ्यो। हल्दारकाँ कुरा पुग्ला भनेर हो कि बिनिसित्तीमा मेरो प्रतिस्प्रधा खेप्नु पर्ला भनेर हो कुन्नी। कि मैले भाँडछु भनेर हो थाह छैन। हुन त मैले उस्लाई क्षितिज र मेघना साथि रेछन भन्दीसक्या थिएँ त्यै पनि उ म सँग मेघनाको कुरा गर्दैनथ्यो। उस्को ध्यानमा क्षितिज नभए सम्म मलाई अरु उस्ले जे सुकै गरोस मतलब थिएन।
"हल्दार त हरामी डाँका रेछ नी बुझिस?" बाङ्गेले मलाई एक दिन सुनायो। हामी चाबेल गणेसथान बाट रिङ्ग रोडको ओरालो हुँदै धोबीखोलाको पुल माथी बसी रा थिम।
"किन के भो? मैले सोधें।
"त्यो मेघना भन्ने त्यस्को सानीमा छोरी हैन रेछे नी" उस्ले चुरोटलाई अलि लामै तानेर भन्यो।
"तँलाई त्यस्ले के फरक पर्यो त? तँलाई त्यस्ता केटी चाहिया छैन भन्या हैन?" मैले पनि पाएको बेलामा घोचें बाङेलाई।
"चाहिन त चाहिया छैन तै पनि यत्तिकै जो पायो उसैलाई सानीमा छोरी भन्न त भएन नी --ए भरे यहाँ धुम्बाराहीमा आउने है टेबल टेनिस खेल्न लाई" उस्ले तुरुन्तै कुरा घुमायो।
बाङ्गेले मेघानाको प्रेम पत्र देखाएर एकै चोटी मलाई सरप्राईज दिन खोज्या होला "देखिस?" भन्दै। मलाई त्यस्तै लाग्यो। जे सुकै गरोस।
*******
छुट्टीको दिन थ्यो, ब्यान ब्यानै लैनचौर जाने काम पर्या थ्यो -- उता बाट फर्किदै थिएँ, टंगाल गणेश अगाडी क्षितिज र मेघना सँग भेट भयो।
"हामीहरु सँग हिन्न हुन्छ?" क्षितिजले सोधी।
"हुन त हुँदैन तै पनि हिन्दीम्ला नी" मैले भनें र उनीहरु सँगै त्यो सशश्त्र प्रहरी गणको ढोका तिर लागें।
"पर्या छैन करले कोही पनि सँगै हिन्न" क्षितिज र म सँगै थिम अहिले उस्ले मेघनालाई बिचमा राखी। मेघना फेरी सरेर छेउ तिरै गै। म हाँसे मात्रै। क्षितिजको अनुहारमा सधै झै मुस्कान छरीएको थ्यो।
"खै त साथी?" यस पटक मेघनाले सोधी।
"को साथी?" मेरो प्रस्नको उत्तरमा उस्ले हाँस्दै भनी "त्यै सोझो चैं"
मैले
"किन
"चाहिया
"छ्या
हामी अहिले भाटभटेनी-बालमन्दिर बाटो बाट देब्रे लागेर टंगाल स्कुल तिर जाँदै थिम।
"हेर अघोरीको असर -- ज्यान दिएर लाग्या रेछ क्यारे" बाङ्गेलाई सम्झिदै मैले मनमनमा भनें।
"केही शन्देश भए म भन्दीन्छु नी -- म उसै कहाँ जान ला हो" मैले सुनाएँ।
"त्यो बाङ्गे काम लाग्दैन भनेको यो मान्दीन--" क्षितिजले भनी।
"कस्तो मान्छे हो उ?" मेघनाले क्षितिजको कुरा प्रति ध्यान नदिई मलाई सोधी।
"कस्तो मान्छे हो उ?" मेघनाले क्षितिजको कुरा प्रति ध्यान नदिई मलाई सोधी। उस्ले मेरा आँखामा सिधै हेरेर सोधेकी थिई यस पटक। उ गम्भीर देखिन्थी।
"खोजेर नभेटीने मान्छे हो नी उ त -- अब साथी कस्को?" मैले यत्तिकै भनें अनि सोधें "साँचि त्यो हल्दार तिम्रो दाई रे हो?"
उस्ले म तिर हेरी मैले तुरुन्तै हल्दारको असली नाम लिएर सोधें। उस्ले भनी "अँ पर्ने -- अनि त्यो खोजेर नभेटीने भन्या के?" मेघना अझै गम्भीर थिई।
"जस्ले जे भने पनि बाङ्गे मान्छे एकदम राम्रो छ, बाहीरको त सबैले देखेकै छ, म मनको पनि कुरा गर्दै छु" यस पटक मैले पनि गम्भीर भएर भनें। अब साथी त्यो पनि पक्का -- पर्या बेलाँ सिफारिस त गर्नै पर्यो नी।
मेघनाले हलुका मुस्कुराएर सोधी "म भर परम?"
"हुन्छ" मैले भनें। मलाई पनि रमाईलो लाग्यो। बाङ्गे कहाँ कुन बेला पुगम जस्तै भयो।
टंगाल स्कुलबाट अलिकति अगाडी बढे पछी मेघना उभीई। उस्को र हाम्रो बाटो छुट्टिन्थ्यो त्यहाँ। हामीलाई देब्रे लाग्नु थियो उस्लाई दाहिने।
"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।
****************************************************************************
"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।
"कस्को बैनी?" मैले सोधें।
मेघनाले उस्को चोर औलाले मेरो छातीमा छोई तर शब्दमा केही भनीन।
प्रस्ट थ्यो यदी उ मेरी बैनी भएकी भए के म उस्लाई बाङ्गेको भर पर्न भन्थें? उ यही जान्न चाहन्थी। जबाफ मलाई थाह थ्यो।
मेघनाले मलाई एकोहोरो हेरी रहेकी थिई। क्षितिज म सँगै थिई। मेरा मन-मस्तिष्कमा अनेक भावहरु एकसाथ उठे-- मैले मेघनाको आँखामा हेरेर भनें "निश्चित भन्दैन थिएँ --"
उदासीका भावहरु मेघनाका अनुहार भरी पोखिए तर उस्ले तुरुन्तै भनी "thankyou"।
म चुपचाप थिएँ।
"म आज देखी तपाईँलाई दाई भन्छु हुन्छ?" उस्ले उधारो हाँसो संगै मलाई सोधी।
क्षण कस्तो सम्बेदनशिल भए झैं लाग्यो मलाई। मन कस्तो कस्तो भयो।
"हुन त हुन्छ तर म तिहारमा दक्षिणा चै दिन्न नी" मैले बाताबरणलाई हलुका पार्न हाँस्दै भनें।
"मलाई दक्षिणा चाहिन्न, आशिर्बाद भए पुग्छ" यत्ति भनेर उ दाईने लागि। म किंकर्तब्यबिमुढ भएँ।
क्षितिजले म तिर हेरी अनि "जाँदै गरे हुन्छ-- म उ सँग जान्छु" भन्दै फटाफट मेघना तिर लागी। म एक छिन जाँदै गरेका उनीहरुलाई हेरेर त्यहाँ उभिईरहें अनि गर्हौ मनले बाटो लागें।
बाङ्गेको मित्रता, मेरो ईमान्दारी, मेघनाका प्रश्नहरु सबैले मलाई घेरी रहे। बाङ्गेकहाँ जाने बिचार त थ्यो तर जान मन लागेन। तै पनि जति जति उस्को घर नजिक पुगें जान मन लाग्न थाल्यो अनि भरखर मैले मेघनालाई के भनें त्यो पनि भनीदिन मन लाग्यो। अघि मेघना प्रति आफ्नो ईमान्दारीता निर्बाह गरें अब साथि प्रति गर्छु भन्दै म बाङ्गे कहाँ पुगें।
कोठामा चिया तान्दै बसीरा रेछ। म पुग्ना साथ, "क्या बेलाँ आईस ल -- म तँ काँ नै आउन ला थें" भन्यो।
"किन?" भन्या "एउटा मनमा आँधि ल्याउने प्रेम पत्र लेख्नु पर्यो, बुझिनस?" भन्यो।
"कस्लाई मेघनालाई?" मैले सोधें।
"मेघना हो कि जुनघना, जुलाईघना जे सुकै होस त्यस्को तँलाई के को पिर -- ल आईडिया झिक त के लेख्ने -- म तँलाई चिया भनेर आउँछु तल --"
भन्दै उ कोठाबाट निस्किन ला थ्यो मैले रोकें। अघि मेघना सँग भएको सबै कुराहरु सुनाएँ। उस्ले चुपचाप मेरो कुराहरु सुन्यो। म एकदम गम्भीर
मैले मेरा कुराहरु सुनाए पछि उस्को कोठाबाट निस्किएँ। उ त्यही उभीरा थ्यो। मेरो मन केही हलुका भयो।
दिन भरी त्यही बिहानको कुरा मनमा आईरह्यो।
साँझ तिर बाङ्गे आयो। म कौसीमा एक्लै थिएँ। उ आएको मैले कौसीबाट देखेको थिएँ।
के भन्ने सुरमा आयो -- ट्वाँट स्वाँट पनि लार आ छ कि भन्ने पिर पनि लाग्यो।
कौसीमा आउने बित्तिकै उस्ले म तिर हेरेर हाँस्दै सोध्यो "के छ त जेठान हालखबर?"
मलाई पनि हाँस उठ्यो। मनको बोझ हटयो।
दुई चार दिन सम्म यसो उसो गर्यो साथिहरुलाई बाङ्गे "मेरो पनि लभ पर्न ला थ्यो जेठानले खत्तम गर्यो" भन्थ्यो। अरुहरुले कुरा बुझेका थिएनन, थप्थे "हो त खत्तम गर्ने भनेकै कि त जेठानले कि त ससुराले त हो"
ए अनि साँची, मेरो र शहीदको सम्बन्धमा पैरो गा थ्यो। शहीदले बाङ्गेलाई "दीपले धोका दियो" भन्थ्यो रे-- अनि बाङ्गेले झन "के को धोका बाउ, तेरो घराँ भाडाँ बस्यो रे कोई भन्दैमा उस्को मनको मालिक पनि तैं हुन्छस र? घर पो तेरो मन त उसकै हो नी -- आफ्नै घराँ बसेकीलाई त अर्कैले लग्देछ अब अर्का घराँ बसेकीलाई तैले के भ्याउँथिस-- भन्या मान-- यो लभ सभ बाट सन्यास ली" भनेर हिन्देछ।
*******
समयको प्रवाह थ्यो क्षितिज र मेरो सम्बन्धको साक्षि। उ संग बिताएका पलहरुले बिताउन नपाएका पलहरुलाई सजाउँथे। उस्ले त्यो किताब पछि पनि धेरै पटक शब्दहरुमा उस्ले साथै हुँदा बयान नगरेका या गर्न नसकेका देखि लिएर बयान गरेका तर अझै अरु भावहरु समेटेर लेखेका उपहारहरु म सँग थिए त्यै पनि त्यो साँझ दिएको किताब मलाई धेरै प्रिय थियो। त्यो किताब भरी उ नै उ थिई। त्यहाँ म उस्लाई स्पर्स गर्थे अनि उस्का स्पन्दन सुन्थें। जिन्दगी रमाईलो थ्यो।
********
केही समय पछिको कुरा हो एउटा साँझ सत्तेनारनथान पछाडी बाङ्गे र म चुरोटको धुबाँ उडाउँदै थिम, उस्ले अचानक सोध्यो "तँ क्षितिजलाई बे गर्ने हो?"
"किन र अब पुरेतको काम पनि सुरु गरीस?" मैले सोधें।
उस्ले केही भनेन। मैले फेरी सोधें -- "तँलाई पनि क्षितिजले दाई बनाई कि क्याहो?"
उस्ले एउटा चुरोट सल्काएर मलाई दियो अनि "ल यो सबै तानेर घर जा" भन्दै उ हिन्यो। म त्याँ एक्लै थिएँ।
***********
....
शृङ्खलाको क्रम सकिएको छैन। ....
यस्तै एक बर्ष जति भयो होला -- काममै थिएँ बिजय दाईको फोन आयो।
यसो भला कुसारी पछि उनले सोधे "यो विकेण्ड फुर्सद छ तेरो?"
"किन र?" मैले सोधें।
"रबीनहरु आईराछन यहाँ, तँ काँ पठाईदिनु पर्यो। उनीहरु पनि जाने भन्दै थिएं, डिल पनि गज्जबको भेट्या छु। पठाईदिम?" उनले भनें।
बिजयदाई भन्या मेरो मामाका छोरा हुन, मिड वेस्ट तिर बस्या छन घरजम गरेर। मैले उनलाई सोधें "को रबीन भन्या?"
"ल, रबीन --बिर्सिस? मेरो सानीमाको छोरा के त --- हामी कहाँ आउँदा भेट भा छ त थुप्रै चोटी--" उनले सम्झाए।
"ए -- अँ अँ चिन्छु रबीनलाई किन नचिन्नु -- हुन्छ पठाईदिनु न--"
"उस्को बुढीले त तँलाई पनि राम्रै चिन्ने रैछ--" बिजयदाईले सुनाए।
"ए ब्या पनि गरीसक्यो रबीनले? अनि उस्को बुढी को नी?" मलाई पनि चिन्न मन लाग्यो।
"अब त्यै आए पछि चिनी हाल्छस नी -- ल म यहाँ टिकट किन्दिनु पर्यो, फेरी उम्केला --" उनी टिकट तिर लागे।
"हाम्रो नातेदार कोइ बे गर्या छ हो रबीनले?" मैले सोधें।
"हैन --- त्यसो त अब रबीनले बे गरे पछि नातेदार भै हाली नी --" उनले हाँसेर भनें--"
"को त?" मैले फेरी सोधें।
"उस्ले---- भन्या ब्वारीले चैं नभन्नु भन्या छ मलाई --सरप्राईज रे क्या सरप्राईज " बिजयदाईको हाँसो म राम्रै सुन्थें।
गफ लाई देका होलान -- मैले आफैलाई भनें। हावा गफ दिनमा खप्पिस थिए पहिला देखि नै -- र त आफु औसी जस्तो भए नी पुर्णीमा जस्ति श्रीमती भेट्टाए नी -- म आफैलाई सम्झाउँदै थिएँ।
कुरा त्यतिकै सकियो।
को रे छ मलाई चिन्ने? फोन राखे पछि धेरै बेर सोचें। को हो को?
अब रबिनको सालो, जेठान, ससुरा जस्ता जुँगे टोलीले चिन्ने रे छन तँलाई भनेर बिजयदाईले भन्या भए खासै मतलब हुन्न थ्यो होला मलाई तर रबिनकी श्रीमतीले चिन्ने भन्या भएर होला मनमा घाम अलि चर्कै लाग्या थो।
त्यसपछि फेरी काममा ब्यस्त भैयो।
काम सकिए पछि घर जाँदा सोचेँ पत्ता लाउन त के गार्हो छ र? मामाघरमा एक चोटी फोन गरे पुग्छ, माईजुलाई सोधे थाह भै हाल्थ्यो। नभए बाङ्गेलाई पत्ता ला भने पछि तु गर्थ्यो। पत्ता लगाउन केही गार्हो थिएन।
बिजयदाईलाई नै सोधे पनि हुन्थ्यो। तर फेरी बिचार आयो--भैगो किन पत्ता लगाउन पर्यो--बिजयदाईले भन्या जस्तो साँच्चि नै रे छ भनें यहीँ आए पछि थाह भै हाल्छ नी -- मैले पत्ता नलाउने बिचार गरें, तर मनले को होला भनेर सोध्न छोडेन -- दिमागमा अलि अलि मान्छेको नाम आ हैन ---
घरमा राती फेरी बिजयदाईको फोन आयो उनले टिकट किन्दीए रे भनेर --- मैले कति बजे जाने त म एअरपोर्टमा लिन भनेर सोध्या पर्दैन लिन जान-- उनीहरुले गाडी रेन्ट गरेर आउँछन---तँ काँ आईपुग्दा यस्तै बज्छ होला नी ९:३० जति -- बेलुकाको -- म मेरो जि पि एस दिन्छु -- तेरो ठेगाना त्यस्मै छ बिजयदाई ले भनें।
यस पटक रबिनको श्रीमतीको कुरा न त मैले उठाएँ न उनले। राम्रै भयो। तर पछि निन्द्रा भाँडिन खोजेको थ्यो मैले "अर्का स्वास्नीको नाममा भाँडिनु राम्रो बानी होईन" भनेर बल्ल बल्ल सम्झाएँ।
भन्नै पर्दैन होला मलाई रबिनहरु कहिले आईपुग्लान जस्तै भा थ्यो। यहाँ रबिन भन्दा पनि हरुमा थ्यो जे थ्यो। हुन त रबिनलाई म राम्रो सँग चिन्छु। नेपालमा हुँदा बेला बेला भेट हुन्थ्यो। प्राय: जसो मामाघर जाँदा भन्या बिजयदाई कहाँ हुन्थ्यो भेट। मान्छे अलि पढन्ते थियो रबिन। चुरोट तान्न सिकाको हामीले नै हो भन्दा हुन्छ। गुन देख्दै छ अझै कि बिर्स्यो कुन्नी। बियरको स्वाद तितो भो रे भन्दै यस्तो कुईया झोल नी खान्छ कोई भन्थ्यो----- त्यहाँ बाट सुरु गराएर "अलि चिssssssssसो पार्नु पर्छ--बियर त जत्ति चिसो भो उती -- " भन्ने सम्ममा पुर्याईयाथ्यो उस्लाई-- पछि उ दखिन भारत तिर लाग्यो क्यारे अनि आफु पनि भास्सिईयो परदेश। त्यस पछि भेट भाको थिएन।
डिनर देशीको रेस्टुरेन्टबाट भित्र्याएँ। पकाउन भने पछि अल्छि लाग्ने आफुलाई। ८:१५ तिर फोन आयो रबिन को एअरपोर्टबाट आईपुगियो भनेर।
बियर र वाईन पनि तयार थिए। चुरोटको खपत निक्कै कम गर्या थें आफैले त्यति बेला र पनि थ्यो एक बट्टा।
९ बजे देखि नै जुन मोटर आए नी आए कि जस्तो लाग्न थाल्या थ्यो। बेला भएकै थिएन। एअरपोर्ट बाट मज्जाले एक घण्टा लाग्थ्यो म कहाँ आईपुग्न। कैले काहीँ त झण्डै डेढ घण्टा पनि लाग्थ्यो।
९:३५ जति भएको थ्यो। मिनेट मिनेटमा घडी हेर्दै थिएँ अनि के त नी। गाडी आयो अनि त्यै बेलाँ फोन पनि। रबिनले भन्यो "हामी आईपुगिम"। म झ्यालबाट हेर्दै थिएँ। दुई जना ओर्लिए मोटरबाट। बिजयदाईले लट्टे देको हैन रे छ -- ओर्लिनेमा स्त्री र पुरुषको जोडी थ्यो। म स्वागतको लागि हतार हतार ढोका तर्फ बढें।
---
[को होला केटी रे? गेस त गर्नु हुन्थ्यो मिल्दैन होला र पो त-- :) ]
उस्ले पनि हात मिलायो।
"मलाई चिन्या हो?" रबिन सँगै उभिएकी स्त्रीले नमस्कार गर्दै मलाई सोधी।
"ओहो! मेघना?" मैले उस्को नमस्कारको उत्तर दिंदै भनें।
रबिन र उ दुबै जना मुस्कुराउँदै थिए।
बैठक कोठामा पस्दा पस्दै मेघनाले सोधी, "कसरी चिन्नु भो मलाई दीप दाई, पैलेई थाह थ्यो हो?"
"अहिल्या कुरा पैलेई थाह पाउने भैदेको भए म किन यस्तो हुन्थें नी --" मैले हाँस्दै भनें।
हामी बैठक कोठामा एकले अर्कालाई हेर्दै थिम। लामो समय पछि भेट भएको थियो। बैठक कोठा जुनेली रात झै थ्यो। हाम्रो खुशीमा उज्यालो। चन्द्रमा भने मेघना थिई। उस्को सुन्दरता झन धेरै निखारिएको रहेछ। उ एकदमै राम्री देखिन्थी।
रबिन र मेघनाको बिहे भरखरै जस्तो भएको रहेछ। मेघना अमेरीका आएकि त दुई महिना पनि भएको रहेनछ। रबिनले आफु पि-एच-डी मा लागेको कुरा सुनायो। भलाकुसारी भए। रमाईलो त्यति बेला त्यै कोठामा हामी सँग निर्धक्क बसेको थ्यो।
"तपाईँले बनाको हो खाना?" खाने बेलामा मेघनाले सोधी।
"मलाई त पकाउन अल्छि लाग्छ, यसो बेपार होला भनेर हुटेल खोलेर बस्या छन देशीहरु--बेला बेला उद्धार गर्दिन्छु म चैं--आज पनि त्यै गर्देको" मैले भाको कुरा भनें।
"भोलीको डिनर चैं म बनाउँछु है दीपदाई?" मेघना ले सोधी।
"किन दु:ख गर्ने?" मैले सोधें।
"हैन म दु:ख गर्छु, रहरले गर्ने दु:खमा सुख हुन्छ नी -- है?" उस्ले फेरी सोधी।
भैगो भन्या मानिन अनि मैले "लौ त उसो भए म भाँडा धस्काईदिम्ला" भनें।
"म पनि मद्दत गर्छु नी धस्काउन" रबिनले थप्यो।
मैले "पर्दैन" भन्या उस्ले "घराँ मेरो पेसै यही हो -- दुई दिन बाहीर फेर जाँदा बानी बिगार्न भएन नी -- " भन्यो।
मेघना हाँसी।
"ल ठिक छ हामी दुई जना धस्काम्ला" मैले भनें।
"काँ दुईजना मात्रै-- आदित्यलाई पनि धस्काउन लाउनु पर्छ।" रबिनले भन्यो।
"को आदित्य?" म अलमिलिएँ।
रबिन र मेघनाले हेराहेर गरे। अनि मेघनाले म तिर हेरेर अलि गम्भीर भएर भनी "साथी" अनि तुरुन्तै हाँस्दै सोधी "अनि तपाईंको साथिको के छ नी हालखबर?"
"को?" मैले सोधें।
"त्यै सोझो चैं" मेघनाले भनी।
"ए, बाङ्गे -- म टक्क अडें--" सायद रबिन पनि त्यहीँ भएर होला--
"त्यो सानोगौचरमा बुवा र म वाकिङ्गमा फर्स्ट टाईम जाँदा उस्ले म तिर हेरेर बल छोड्या अनि सबैले गोल भयो भनेर उ सँग उ रिसा अनि उ चै मेरो अगाडी सबैले उस्लाई बाङ्गे बाङ्गे भनेर गाली गरे भनेर रिसाको देखि लिएर पछि मलाई दिक्क पार्या सम्म सबै सुनाछु मैले रबिनलाई" मेघनाले मेरो बाटो सजिलो पार्दी।
"अँ बाङ्गेको मस्ति छ क्या रे" मैले भनें।
"ठुल्मुवाँ कहाँ पनि धेरै चोटी आ छ नी बाङ्गे, हैन?" रबिनले सोध्यो। मैले "हो" भनें। बाङ्गे म सँग धेरै चोटी गा छ मेरो मामाघर।
"उस्ले राम्रो गरीरा छ क्यारे" रबिनले भन्यो।
"पाडो चढेर हिन्छ" मेघनाले थपी।
"पाडो चढेर हिन्छ रे? पैला पैला मधेस तिर भैसी चढथे क्यारे मान्छे-- अचेल उ काठमाडौंमा पाडो चढ्छ?" म छक्क परें।
मेघना त मुर्छै पर्ला जस्तो गरेर हाँसी। रबिन पनि पहिला त अलमलियो अनि पछि हाँस्न थाल्यो।
हाँसो सँगै मेघनाले भनी "पाडो हो त -- प्राडो चढछ क्या" -- रबिनले थप्यो "टोयोटाको एस यू भि हो"
अनि चैं मलाई पनि हाँस उठ्यो।
"अनि आदित्य भन्या चै को नी?" मैले रबिन तिर हेर्दै सोधें।
उस्ले केही भनेन बरु मेघना तिर हेर्यो। अनि मेघनालाई हेरेर मैले सोधें "मैले चिन्या छ?"
"उस्लाई त होईन उस्की श्रीमतीलाई चिन्या छ तपाईँले" मेघनाले भनी।
"को?" मैले सोधें।
"क्षितिज" उस्ले मेरा आँखामा हेरेर भनी।
"को रे?" मेरो मन झिलिक्क भयो।
"क्षितिज" उस्ले फेरी भनी। उस्को अनुहारमा मुस्कान र गाम्भिर्य दुईटै मिसिएका थिए। रबिन चुपचाप थियो।
"मैले रबिनलाई तपाईँहरुको बारेमा पनि सबै भनेको छु" मेघनाले सुनाई।
"आदित्य मात्रै आउने?" मैले सोधें।
"हैन क्षितिज पनि" मेघनाले भनी।
"क्षितिजहरुलाई पनि बोलाउन मन छ मलाई भोलि डिनरमा" मेघनाले भनी।
मलाई लाग्यो मेघना जिस्कीराछे म सँग। क्षितिज मेरै शहरमा भएको भए उस्को र मेरो कुनै न कुनै ठाउँमा भेट हुँदैन थ्यो र?
"कसरी त मैले अहिले सम्म भेट्या छैन, यहीँ भएको भए?" मैले सोधें।
"आदित्य त यहाँ आईराख्छ--। यस पटक क्षितिज पनि आछे। कस्तो धनी सँग बे गर्या छे तपाईलाई थाहै छैन।" मेघनाले भनी।
म त सुनेको सुनेई भएँ।
"तपाइँले भैगो भन्नु हुन्छ भने, म बोलाउँदिन" मेघनाले सायद मैले केही नभनेकोले होला भनी।
"हैन मलाई त केही छैन, उस्लाई सोध्नु पर्दैन?" मैले मेघनालाई सोधें।
"उस्लाई मैले सोधी सकें -- " मेघनाले भनी।
"के-- सोध्या?" मेरो मनमस्तिस्कमा अनेक कुराहरु आईराथे।
"हामी दीपदाई कहाँ, जान ला --तिमीहरु पनि त्यै हुने रहेछौ-- हामी भेटम न भनेर"
"अनि?" मैले सोधें।
उस्ले "हुन्छ" भनी।
"तिमिले मनाको हो?" मेघनालाई सोधें।
"उस्ले तपाईंलाई चै मनाउन भनेकी थिई बरु" मेघना हाँसी।
मैले "हुन्छ" भनिदिएँ। बाढीको खहरे बनेको थियो मन मेरो। अनि पानी दर्किदो थ्यो।
रबिनले म नजिकै आएर भन्यो "भोली चैं हिन्दी सिनेमा लाईभ हेर्न पाईने भो" अनि उस्को बियरको बोतल उठाउँदै मेघनाको वाईनको ग्लास र मेरो पनि सिसी तिर हेर्दै थप्यो" चिअर्स"
"चुरोट पनि तान्ने हैन त?" मैले सोधें।
..........
त्यो रात आफ्नै कोठामा पराई भएँ म। हरेक चिज नौलो लाग्न थाल्यो। कुनै नौलो ठाउँमा आईपुगे जस्तो। उस्को सोचाईमा मात्रै त यस्तो छ, उ आफै यहाँ भोली आउँदा मैले के गर्ने हो? सोचें। उस्लाई नबोलाउन भन्नु पर्थ्यो कि त मेघनालाई मैले? तर्क गरें। तर त्यो कसरी सम्भव थियो र? जस्को आराधना गर्थें म, उसैको दर्शनलाई कसरी नाईँ भन्न सक्थें?
बत्ति निभाएर आफ्नो ओछ्यानमा छटपटिन थालेको पनि निक्कै बेर भैसकेको थ्यो। निन्द्रा नै लागेन। त्यो अध्याँरो कोठामा चलचित्रमा झै मैले अनेक दृश्यहरु देखिरहेको थिएँ। चलचित्रका कुनै कुनै दृष्यहरुमा झै उ ति दृष्यहरुमा मेरो नजिक आउँदा त्यो अध्याँरो कोठामा पनि निक्कै उज्यालो हुन्थ्यो।
केही लागेन। उठेर बत्ति बालें। जे गर्दिन भनेको थिएँ, त्यै नगरी भएन मलाई। जतनले बर्षौं देखि राखेको त्यही किताब झिकें जुन उस्ले मलाई दिएकि थिई। त्यो किताब मैले सधैं साथै राख्ने गरेको थिएँ।
ओछ्यानमा पल्टेर किताबका पानाहरु पल्टाउन थालें। हाडीगाउ निमेष भरमै पुगें। त्यहाँ बाट यात्रा शुरु भयो। पुराना दिनहरु झलझली आँखामा नाच्न थाले। धडकन तिब्र थ्यो। किताबमा उस्ले लेखेका शब्दहरुलाई हरेक चोटी पढदा फरक अर्थमा बुझे जस्तो लाग्थ्यो। आज त झन बुझाई नितान्त बेग्लै थ्यो। ति किताबका पानाहरुमा कुनै मनमोहक बगैंचामा पुगे जस्तै म रमाईरहेको थिएँ। त्यो बगैंचामा म आउँदा उ जहाँ थिई, त्यहाँ बाट अलि पर गएको उस्लाई मैले देखेको थिएँ। तै पनि
उस्को सुबास ति फुलहरुमा अझै रंगमंगीएकै थिए। उस्लाई मैले देख्थें प्रस्टै तर स्पर्श गर्न लाइ उ अलि परै थिई। उस्लाई हेर्दा हेर्दै कुन बेला त्यै बगैंचामा भुसुक्कै निदाएछु म।
बिहानको चिया नास्ता पछि शहरको घुमघाम कार्यक्रममा निस्किम। रबिन सँग पुराना दिनहरुको कुरा भए। "मेरो बुढालाई बिगारेको तपाईँहरुले रे हैन?" साउथ स्टेशन तिर बाट बरालिँदै चाईनाटाउन तिर लन्च खान जाँदा मेघनाले सोधी। "जाँड, रक्सी, चुरोटको लत लाईदेर मेरो रबिनलाई --" मेघनाले हाँसेर भनी। उ र रबिन हात समातेर हिन्दै थिए।
"हाम्ले लाईदेको लत त उस्ले चाहे छोडन पनि सक्छ तर तिमीले लाईदेको लतमा अब के गर्ला?" मैले भनें। "मैले के लत लाईदेकी छु र?" मेघनाले सोधी। "तिमिले लत लाई देकी छेउ नी मायाको" मैले भनें। "त्यो लत त नछुटोस पनि कहिल्यै।" मेघनाले भनी। "पहिला पहिला सुनीताले नी त्यसै भन्थी" मैले भनें। "के रे? को सुनीता?" मेघनाका आँखा चम्किए। रबिन हाँस्दै बोल्यो "ल--ल--मलाई काँ अचनामा राख्देको फेरी चिन्नु न जान्नुको मान्छेको नाममा"-- मेघना मलाई र रबिनलाई हेर्दै थिई। "यत्तिकै भन्देको" मैले भनें। "यो सुनीता भन्ने को हो---यस्ले मलाई धेरै दिन छोडदिन अब --" रबिनले म र मेघना तिर हेरेर भन्यो। बिचरी मेघनालाई सम्झाउन मलाई एकछिन लाग्यो। त्यस पछि फेरी उ पहिले जस्तै चुलबुले भई।
यता र उता बरालिदा बरालिदै ४ जस्तो बज्न आँटिसक्या थ्यो। क्षितिजको दुई चोटी फोन आईसकेको थ्यो मेघनालाई। कुरा गर्दा गर्दै मेघनाले एक चोटी इसाराले मलाई उ सँग कुरा गर्ने भनेर सोधेकी थिई तर मैले नाई भनें।
त्यो दिनको घुमघामलाई सकाउने क्रममा हामी घर तिर लागिम। फेरी भरेको लागि तयारी गर्नु थ्यो। फर्किदा मैले मेघनालाई फेरी भनें "दिनभरी घुमेर आईयो तिमीलाई थकाई लागेको भए रेस्टुरान्ट्बाट खाना मगाउँला--" उस्ले "नाई" भनी। फर्किदा सुपर्मार्केट गैयो। मेघनाको किनमेल थ्यो।
रबिन र म धन्ना टोलीमा थिईम। मेघना भान्सा तिर लागेकी थिई। "के मद्दत गरम?" भन्या, उस्ले "मैले खाना बनाउँदा मलाई आफ्नै सुरले गर्न मन लाग्छ सबै थोक --- जे मद्दत गर्नु छ भरे गर्नु" भनी।
रबिन र म बियरका बोतल लिएर बार्दली तिर लागिम। फेरी नयाँ र पुराना गफमा हराईम।
दिनभरी जता जता गए पनि, जो जो सँग जे जे कुरा गरे पनि मेरो मन-मस्तिस्कबाट क्षितिजलाई मैले हटाउन सकेकै थिईन। त्यो क्रम अहिले पनि थ्यो। जति जति उ आउने बेला नजिकिदै थ्यो, उती उती म अधैर्य हुँदै थिएँ।
उ आदित्य सँग आउँदै थिई। मैले हरेक शब्द तौलेर बोल्नु थ्यो, आफ्ना हरेक भाबहरुलाई निगरानी गर्नु थ्यो। "उस्ले म कहाँ आउन किन हुन्छ भनेकी होला?" मलाई लाग्यो। प्रतिकुल परिस्थितीको असर मलाई भन्दा उस्लाई धेरै हुने निस्चित थ्यो। त्यति त उस्ले पनि बुझेकै हुनु पर्ने।
आठ जस्तो बजेको थियो होला--मेघनाको फोन बज्यो। "उनीहरु हिने रे?" मेघनाले सुनाई। म त जुरुक्कै उठेछु। "कता हो? राजमार्गैमा जाने भेटन?" रबिनले सोध्यो। मेघना पनि हाँसी। म पनि फिस्स हाँसे आफ्नो ताल देखेर। "कसरी आउने उनीहरु?" मैले मेघनालाई सोधें। "आदित्यले यहीँ पढेको हो नी -- उता वेस्ट कोस्ट तिर -- फेरी उ त यता आईरहन्छ -- उसैले चलाउँछ होला नी मोटर-- खै त अरु कोही आउने भन्या छैन मलाई त" मेघनाले भनी।
म कहाँ आईपुग्न उनीहरुलाई ४५ मिनेट जति त लाग्ने थियो। म सँग त्यति नै समय थ्यो तयार हुन। मनलाई सम्झाउनु थ्यो, दिमागलाई सचेतक बनाउनु थ्यो।
क्षितिज र मैले जुन माला उनेका थिईम त्यस्का फुलहरु त कुनबेला झरीसकेका थिए तर धागो सुरक्षित थ्यो।
उनीहरु आईपुगे। मुटु धडेकेको मेरो सुनीरहनु पर्दैन थ्यो, देखिन्थ्यो। बर्षामा पहाडको खोला झै गडगडाएको थ्यो। उनीहरुको मोटर बाहिर रोकिंदै गर्दा मेघनाले मेरो हात उस्का दुईटै हातले च्याप्प समातेर मलाई हेर्दै "दीप दाई!" भनेकी थिई। रबिन म सँगै थ्यो, अनि साँझ बास बस्ने तरखरमा।
म, मेघना, अनि रबिन बाहिर निस्किम। आदित्य पहिला निस्कियो मोटरबाट । उस्लाई त मैले कहिल्यै देखेको थिएन। रबिनले परिचय गरायो। मैले स्वागत गरें। क्षितिज ओर्लने ढोका मेघनाले खोलेकी थिई। अनि सुन्तला रंगको सारी र त्यस्कै जोडा पहिरन अनि श्रींगारमा क्षितिज पूर्बी आकासमा सूर्योदय अघिको आभा झै मेरो अघि उभिई। म र रबिन आदित्य तर्फ थिएम। मेघना क्षितिज तर्फ। उस्ले परेली उठाएर म तिर हेर्दा समय स्थिर भएको थ्यो। अधरमा उही न्यानो मुस्कान थ्यो।
"ओहो, सारी लाएर आएकी?" मेघनाले क्षितिजलाई हेर्दै भनी। उनीहरुले एक अर्कालाई हग गरे।
क्षितिज हामी भए तिर बढी-- उस्ले केही झुकेर मलाई नमस्कार गर्दा म झन्नै बिचलित भएको थिएँ।
"क्षितिजलाई चिन्नु हुन्छ नी दीपदाई, हैन?" मेघनाले म तिर हेर्दै सोधी।
के के न भनमला क्षितिज आउँदा भन्ने थ्यो, त्यति बेला त एउटा शब्द पनि निस्केन। मैले खाली चिन्छुमा टाउको हल्�
हामी भित्र लागिम। मेघना नै अघि लागेकी थिई। उस्को पछि क्षितिज थिई। आदित्य त्यस पछि, अनि रबिन अनि म। .....
बैठक कोठामा एकातिर म सँग रबिन बसेको थ्यो, क्षितिज सँग मेघना बसेकी थिई अनि आदित्य एक्लै। म र रबिन पूर्ब फर्केर बसेका थिईम--मेरो बायाँ तिर रबिन थ्यो। मेघना र क्षितिज उत्तर फर्केर बसेका थिए। क्षितिजको दायाँ तिर मेघना थिई। सोफाले छुट्टाएको थियो नभए क्षितिज र म संगै थिईम। मैले दायाँ हात उ तिर र उस्ले बाया हात म तिर बढाएको भए हाम्रा हातहरु सजिलै भेटिन्थे। आदित्य दक्षिण फर्केर बसेको थ्यो। रबिन र आदित्य कुरा गर्दै थिए। मेघना र क्षितिज पनि कुरा गर्दै। म केही पलको लागि फुर्सद थिएँ। आफ्नै घरमा पाहुना जस्तो।
कोठाको बाताबरण धपक्कै बलेको थ्यो। अनायसै क्षितिजका हेराईहरु म तिर फर्के--उस्का हेराईहरु म तर्फ बढेका आभाष के भएको थियो मेरा आँखाहरु उस्का ति हेराईहरुको अभिबादनका लागि उठी हाले। उस्का र मेरा हेराईहरु निमेष भरका लागि जुधेका थिए होलान, फिलुङ्गाहरु तर कोठा भरी छरिए। मनले ठोकेको दमाहमा थर्किदो मेरो टि शर्टलाई म सम्हाल्दै थिएँ, आदित्यले उस्का शब्दहरु म तिर सोझ्यायो। औपचारीकताका शब्दहरु थिए ती।
आदित्य र मेरा कुरा हुँदा मैले आफ्नो दाइने आँखाको कुनाबाट देखेको थिएँ क्षितिजले मलाई हेरीरहेकी।
कुराकानीको सिमा फैलिएको थियो अहिले। क्षितिज र मेरो बाहेक सबैको सबै सँग दोहोरो कुरा हुँदै थियो।
कुम भन्दा अलि तल सम्म उस्का कपालहरु झरेका थिए। चुराहरु टन्नै लगाएकी थिई उस्ले। पटक पटक आफ्ना हात उठाएर कपालका केही लहरहरुलाई उ कानको पछिल्तिर लैजान्थी। त्यसो गर्दा उस्का चुराहरु सर्थे अनि ती चुराहरुका मधुर झंकारले केही भन्न खोजे झैं लाग्थ्यो मलाई।
मेघनाले खानाको बारेमा सोधी, उनीहरुलाई केही हतार नभएको आदित्यले भन्यो। के खाने, के गर्ने, कसो गर्ने त्यो सबैको जिम्मा मेघनाले लिएकी थिई। मेघनालाई हेर्दा लाग्थ्यो साँच्ची नै मेरै बहिनी घर आएकी छे। उस्ले मेरो घरलाई उस्कै जस्तो ठानेकी थिई। मलाई राम्रो लाग्यो।
बियर, वाईन, अनि मेघनाका परिकारहरु मुक्त भएका थिए।
"चुरोट चल्छ?" आदित्यले एक घुट्की उस्को गिलासबाट पिउँदै सोध्यो।
"कैले काहीँ" मैले भनें।
बार्दली तिर देखाउँदै उस्ले भन्यो "त्यतै त होला नी, हैन?"
मैले हो भने। उ उठ्यो, म र रबिन पनि। आ-आफ्ना पेय पदार्थ र खानेकुरा बोकेर पुगिम बार्दली। मेघना र क्षितिज भित्रै थिए।
आदित्य खुल्दै थियो। उस्ले मलाई चिनेको थिएन। मैले उस्लाई चिनेको थिएँ। त्यो उस्लाई थाह थिएन। त्यसैले उ जति म खुल्न सकेको थिईन। तर उस्ले त्यस्को गलत अर्थ नलगाओस भनेर म सतर्क थिएँ।
चुरोटका धुबाँ सँगै गफ उडाईयो। आदित्यको रित्तो गिलास तिर संकेत गर्दै रबिनले सोध्यो बियर नै ल्यादिम कि ह्विस्की ट्राई गर्ने?
"ट्राई गरम न त" आदित्यले सजिलै भन्यो। मैले चै सोचें "फिटान भयो भए घर कसरी जान्छ कुन्नी"। तर सोध्ने कुरा भएन।
मंगलबार एल ए जाने अनि त्यहाँ एक हप्ता बसेर नेपाल फर्किने कुरा सुनायो आदित्यले। उ नेपालमा के गर्छ त्यो भन्यो।आदित्य सँग कुरा गर्दै जाँदा उ मान्छे मलाई राम्रै लाग्यो। क्षितिजले राम्रो मान्छे पाएकोमा खुसी पनि।
खानाको कार्यक्रम तोकी मेघनाले। त्यै अनुसार भयो। परिकारहरु आ-आफैले लिनु पर्ने। खानेकुरा लिएर आदित्य फेरी बार्दली तिर लाग्यो। साथ दिनै पर्यो। म पनि गएँ। रबिन पनि आयो। मेघना र क्षितिज भित्रै बसे। मलाई त सँगै बसेर खान मन थियो। अब उनीहरु बार्दलीमा नआउने आदित्य बार्दलीमा बस्ने भन्ने। रबिनलाई मात्रै आदित्य सँग छोडेर मलाई मेघना र क्षितिज सँग भित्र बस्न सजिलो लागेन। क्षितिजको ठाउँमा अरु कोही भैदिएको भए त सायद बस्थे पनि होला।
एक किसिमको खानेकुरा खाईरा आफुले-- मेघनाले बनाएका खानेकुराहरु एक दम मिठो लाग्यो। सेकेण्ड राउण्ड हान्नु पर्यो भनेर भित्र छिर्या क्षितिजको पनि थप्ने बेला भा रे छ। के गरुँ के गरुँ भो।
"ल मौकामा आउनु भयो दीपदाई। जानी जानी त होला नी।" मेघनाले हाँसेर भनी। म त झसँगै भए। फर्केर हेरें बार्दलीको ढोका लागेको थ्यो। क्षितिजले म तिर पुलुक्क हेरी। म झन्नै झन्नै रित्तो प्लेट बोकेर उभिएको थिएँ।
उस्ले भन्न त केही भनीन तर मेरो प्लेटमा खानेकुरा हाल्दिन थाली।
"टन्न ख्वा है दीपदाईलाई--पुर्या रहर" मेघना जिस्क्याउँदै थिई।
उ अझै बोलेकी थिईन। तर मुस्कुराईरहेकी भने थिई।
"हामी पनि थप्नु पर्यो" रबिन र आदित्यले पनि भित्र छिर्दै भनें।
क्षितिज संग गर्नलाई मन भरी कुरा थिए म सँग। उस्लाई के छ भनेर सम्म पनि सोधेको थिईन मैले। मौकै परेको थिएन। हुन त उस्ले पनि म सँग एक शब्द सिधै बोलेकी थिईन। भैरहेका कुरामा उस्का र मेरा बोली मिसिएका थिए तर हाम्रो बोलचाल भएको थिएन। त्यो स्थितीले मलाई बिचलित गर्दो थ्यो।
बाँकि खानेकुरा भित्रै खाईयो। हामीले खाईसक्दा नसक्दै मेघनाले क्षितिजलाई "रबिन र दीपदाईलाई धन्ना गर्न पाएन भने निन्द्रा लाग्दैन रे -- " भन्दै भान्साबाट लिएर उस्को सुत्ने कोठातिर गै।
हामी जुँगेटोली फेरी बार्दली तिर लागिम।
साथीभाई हरु सँग ट्वाँट र चुरोट भए पछि कि त तरुनीका गफ हुन्थे नभए नेपाल सुधार्ने। अब तरुनीको कुरा गर्न अलि खतरा भएर होला कुरा नेपाल सुधार तिर लाग्यो। आदित्यले उस्को प्रोजेक्टको कुरा गर्न थाल्यो। उस्को कामले कसरी नेपाल सुध्रिन्छ भन्न थाल्यो। रबिन र म सुन्दै थिएम। उस्को कार्यक्रम उस्ले ईन्टरनेटमा देखाउने भयो। मैले ल्यापटप ल्याउनु पर्ने भो।
म मेरो कोठामा आएँ ल्यापटप लिन। क्षितिज र मेघना त मेरै कोठामा मेरै ओछ्यानमा के हो ताना तान गरेर बसी रा रेछन।
"के गरी रा हँ तिमीहरु?" कोठामा पस्दै मैले सोधें।
क्षितिज जर्याक जुरुक ओछ्यानबाट उठी। मेघनाले चै ओछ्यानबाटै भनी "हेर्नु न दीपदाई-- तपाईको एउटा चिज यो क्षितिजले मलाई हेर्न दिन्न---"।
"के चिज?" मैले सोधे।
मेघनाले केही बोल्नु अघि नै क्षितिजले उस्ले समातेको चिजलाई उस्को छातीमा उस्का दुबैहातले अरु लुकाएझै गरेर मेरा आँखामा सिधै हेरेर भनी "मेरो किताब त हो नी"
गए राती म उस्कै किताब सँग निदाएको थिएँ। फिर्ता राख्न बिर्सीएछु। त्यहीं टेबलमा थ्यो। पछि राख्छु भन्दा भन्दै त्यतिकै भएछ।
त्यो किताब हो त उस्कै। त्यही भएर त मलाई त्यस्तो प्यारो थियो। मेरै भएको भए त कुन बेला कहाँ पुगीसक्थ्यो होला।
मैले केही भनीन। मेघना उठेर जान ला थी मैले रोकें। मलाई क्षितिज सँग मात्रै त्यो कोठामा हुन उचित लागेन।
मैले देखें "मेरो अगाडी कसैकी श्रीमती उभिएकी छे, मेरी क्षितिज हैन।"
साईडटेबलमा भएको मेरो ल्याप टप उठाएर म फर्किन लागेको थिएँ "दीप" क्षितिजको मधुर तर कम्पनले भरीएको स्वर मेरो कानमा ठोक्कियो। म रोकिएँ। आज मात्रै हैन, कति बर्ष पछि पहिलो पटक उस्ले मलाई त्यसरी सम्बोधन गरेकी थिई।
उही आवाज। मैले फर्केर उस्लाई हेरें। उही मान्छे। उही क्षितिज।
उ मेरो अलि नजिक आई। किताब उस्ले अझै बोकेकै थिई।
"किन राखेको यो किताब अझै?" उस्ले सोधी। मैले उस्का आँखामा हेरें--उही मदहोस बनाउने हेराई।
म के जबाफ दिउँ? जबाफ नभएको हैन। तर जुन जबाफ सहि थ्यो त्यो जबाफ दिनु सायद उचित थिएन--बनाबटी जबाफ दिन मलाई मन लागेन।
"यो किताबमा लेखिएका शब्दहरु बिर्सेको छैन?" उस्ले फेरी सोधी।
"एक एक शब्द मनले सम्झेको छ" यस पटक मैले जबाफ दिएँ।
"मनले शब्दहरु मात्रै सम्झेको छ दीप कि ती शब्दहरुमा आफ्नो मन दिने मान्छेलाई पनि?"
मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो त झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो त झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन। ----
उ को हो भन्ने बिबादमा मेरो मन र मस्तिष्क नराम्रो सँग अल्झेका थिए। मनले
मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो त झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन। ----
उ को हो भन्ने बिबादमा मेरो मन र मस्तिष्क नराम्रो सँग अल्झेका थिए। मनले उ मेरी क्षितिज हो भन्थ्यो, मस्तिष्कले आदित्यकी श्रीमती। जबाफ दिन उ को हो त्यो निर्क्योल हुनु पर्थ्यो। कहिले मनले पछार्थ्यो मलाई कहिले मस्तिष्कले। त्यसमाथि उ फुल झै देखिने बाणहरु लिएर अगाडी उभिएकी थिई। मन हावी भयो।
"जस्का शब्दहरु हुन उस्को त मन्दिर सजिएको थियो यो मनमा --मन्दिर त अहिले पनि छ तर जस्को मन्दिर हो यो उ अब छैन यहाँ-- तै पनि आफुले सजाएको मन्दिरको मायाँ लाग्ने रहेछ-- त्यसैले होला दीप अझै जलेकै छ यहाँ--हर पल जलेरै भए पनि मन्दिर भने उज्यालै राखेको छ--यो मन्दिर अब अध्याँरो त कहिल्यै हुँदैन--दीप नै निभ्यो भने चैं म भन्न सक्दिन।" छचल्किए यस्तै भावहरु मन भरी मेरा अनि पोखिए पनि। अनि देखें उस्का आँखाहरु बर्षिन लागे झै। ति बर्षिनु भनेको तिनका बाढीमा म बग्नु थ्यो। म बगेको बाढीले कसैको घर, फुलबारी तहस नहस गर्न सक्थ्यो। त्यसो हुन नदिनु मेरो दायित्व थियो। त्यसैले म बाहिरीन खोजें।
म ढोका तर्फ बढें, उस्ले मेरो बाटो छेकी।
"एउटा अनुरोध गरम?" उस्को आबाजमा धेरै कम्पन थ्यो। त्यो कम्पन आगो बन्दो थ्यो अनि मेरो मन मैन।
मैले टाउको हल्लाएर "हुन्छ" भनें। मलाई जति सक्दो छिटो त्यहाँबाट जानु थ्यो। मेघना कोही आउँछन कि भित्र भनेर हेर्दै थिई।
उस्लाई एक चोटी उस्को नाम लिएर बोलाउन क्षितिजले अनुरोध गरी।
एक क्षणको लागि त लाग्यो उस्लाई अंगालोमा बाँधु सधै सधैंको लागि। तर त्यो सम्भव थिएन। मन भित्र चलेको भुमरीमा म अघि नै परी सकेको थिएँ। मन भित्र त्यो भुमरीले कहिले देखि शान्त बसेका बादलहरुलाई बिच्क्याईदिएको थ्यो। बिजुली ब्युँझिएको थियो अनि ती बादलहरु अब अनियन्त्रित हुँदै मडारिन थालेका थिए। एक दुई वटा छिटाहरु मेरा आँखामा पनि पर्न थालेको मैले अनुभव गरें।
उस्लाई मैले मनको गहीराई देखि सम्बोधन गरें । उस्ले उस्का परेली हरु बन्द गरी अनि मेरो बाटो छोडी दिई।
म निस्किन त निस्किएँ कोठाबाट तर रबिन र आदित्यको अगाडी पुगिहाल्न सक्ने स्थितीमा भने थिईन।
मेघनालाई ल्यापटप दिंदै मैले बाहिर लगिदिन भनें। उ पनि बिचलित देखिन्थी तै पनि उस्ले हुन्छ भनी। "सोधे भने म बाथरुम गा छु भन्देउ" भन्दै म बाथरुम तिर लागें।
एक छिन पछि म फेरी बार्दलीमा थिएँ। आफ्नै कोठामा फेरी जाने हिम्मत थिएन। गल्ती त मैले केही गरेको थिएन सायद, तर सजायँ भने कठोर भेटेको थिएँ।
रात मध्यरातको निक्कै नजिक थ्यो। आदित्यले जाने कुरा उठायो। मेरो तर्फबाट रबिनले यतै बसम न त आज भन्दै औपचारीकता निभायो। मैले पनि उस्को समर्थन गरें। आदित्यले "अब अरु कुनै बेला" भन्यो। उस्ले मलाई नेपाल आएको बेला उस्को घर आउने निम्ता दियो। मैले हुन्छ त भनें तर त्यहाँ मलाई झुक्किएर पनि जानु थिएन। आदित्यले पनि मैले जस्तै बुझेको भए, उस्को घरमा आमन्त्रण पाउने म सायद अन्तिम ब्यक्ति हुन्थें होला।
हामी बार्दलीबाट भित्र आईम। आदित्यले क्षितिजलाई बोलायो। मलाई कस्तो कस्तो लाग्यो। यस्सै।
क्षितिजलाई देखेर मलाई लाग्यो उ बतास हो अब मेरो लागि। जिन्दगीको रापमा म कुनै बेला तप्त हुँदा उस्को स्पर्शले मलाई राहत त दिन्थ्यो तर म उस्लाई न त देख्न सक्थें न नै उ प्रति मेरो कुनै स्वामित्व थियो।
बिदाईको तयारी भयो। फेरी औपचारीकता अरु शब्दहरु छरिए। हरेक चोटी क्षितिज र मेरा हेराईहरु जुद्धा उदासीका फिलुङ्गाहरु छरिन्थे। पस्चिम आकासमा
Thanks Pranita,
I dont think Deep will mind....Actually, I read them all again...
Nepali thita