बेश्याको डायरी - Sajha Mobile
SAJHA MOBILE
बेश्याको डायरी
Posts 80 · Viewed 41644 · Likes 1 · Go to Last Post
nakkali keti
· Snapshot
Like · Likedby · 1
बेश्याको डायरी

एक साँझ अनायासै छीरेको थीयो उ मेरो कोठामा। त्यसपछी हरेक साँझ आउन थालेको छ उ मकहाँ।
यो शहरमा शायद उ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ उ आफन्तहरुबाट भागेर आउछ मकहाँ। ठीक्क मोटाइ, चौडा छाती, हसिलो अनुहार, सयौ बसन्त उ सङ्सङै भित्रीय झै लाग्छ मलाई।
"को होला उ?" यो प्रश्न ले दिनभरी चीमटी रहन्छ। त्यही चीमटाइ खप्न नसकेर मैले उस्लाई एक दिन सोधेको थीए "तपाइको नाम के को?"
 "कमल" छोटो उत्तर दीयो उस्ले।
मैले थप केही सोधीन। हाम्रो सम्बन्धको लागि त्यती जानकारी आबस्यकता भन्दा बढी थीयो। "कमल!!!" धेरै दिनसम्म मेरो कानमा गुन्जीरह्यो त्यो स्वर। तर "कस्तो कमल?", "कहाको कमल?", "कस्को कमल?", "के गर्ने कमल?" यी "क" बाट उठेका शब्दहरुले कहीले चीमटेर, कहिले काउकुती लगाएर, कहिले जिस्क्याएर हैरान खेलाउछन मलाई।

***********************************************************************************

हुन त श्रीगारीएर बस्नु मेरो पेसानै हो। तर आजकाल म आँफैलाई राम्राी देख्न थालेकी छु। चमेली मेरो नाम मात्र नभएर बातावरणनै मगमग बनाउने चमेली फुल हुँ जस्तो लाग्छ। कमल मेरो सुगन्धले  मोहीत भएर लठीदै आएको भमरा हो। म आँफैसँग प्रण गर्छु म कहिलेपनी ओइलाउने छैन। म मेरो सुगन्धले कमललाई सधैं लठ्याइरहने छु। ९ बजी सके छ तर उ आइपुगेन। सधैं त ८:३० मा आइपुग्थ्यो। मलाई यो ३० मिनेट पनि ३० बर्ष झै लाग्यो। १० बज्यो, ११ बज्यो,  म उस्को प्रतीछ्यामा झ्यालबाट हेरेर बसिरहे तर उ आएन। म आत्तिए "कहा गयो होला?" "के भयो होला?" "कतै गाडीले पो ..............?" "होइन होइन काम पर्‍यो होला केही।" दोस्रो चोटि म छ्ट्पटीए, म निसासीए। मेरो आफ्नै बाउले मलाई यहाँ छोडेर गएको दिन म यसरी नै निसासीएको थीए। अनी म छक्क परे कहाँबाट आए यती धेरै पीडाहरु, यती धेरै भावनाहरु  मसँग? यी भावनाहरु त फक्रीन नपाउदै ती काला, गोरा, पुड्का, आग्ला, मोटा, दुब्ला, बुढा, भर्खरका अनेकथरी मान्छेहरुका हवसले मारीसकेका थीए। म मान्छे हुनुको वास्तबीकता बिर्साएर "बेस्या" भन्ने शब्द बनाइदिसकेका थीए।
 "जीबीत रहेछु" म मक्ख परे। अनी आफुलाई जीबीत पाएको खुसीमा एकछीन रोए।

*****************************************************************************************

आज उ आयो। उ आउँदै गरेको मैले परैबाट देखे। म खुसीले उफ्रीए। हिजो उजाडीएको मेरो बगैचामा आज लाखौं कमल र चमेलीहरु फुले। "हिजो किन न आउनु भएको?" मैले उसँग टाँसीदै सोधे। उस्ले सहज उत्तर दीयो "बिहे गर्ने केटी हेर्न गएको थीए.................... किन अरु कोही ग्राहक पाइनौ?"
म ड्नरङ्र बिपनाको धरातलमा पछारीएँ। सपना र बिपना बीचको गहीराइ कती धेरै रहेछ भन्ने थाहा पाएँ। त्यती माथिबाट थचारीए म तर उस्ले पत्तै पाएन।  उस्को अनुहार अझै उज्यालो थीयो। म निसब्द भए। कती सजिलै उस्ले उ र म बिचको भिन्नता अभास गरायो।
"बिहे हुने भयो त?" थाहा छैन मैले यो प्रश्न किन सोधे। केवल ती शब्दहरु हावामा उढेको देख्एँ मुखबाट निस्कीएको थाहानै पाइन। "अँ हुने भयो। म भोली देखी आउँदिन। मलाई नकुर्नु।" उस्ले इमानन्दार उत्तर दियो। यो भन्दा कती इमानन्दार हुन सक्छ र उ एउटी बेस्यासँग?"

क्रमश:
Last edited: 12-Aug-08 09:13 PM
Load Previous
rajug
· Snapshot
Like · Liked by · 0
Nakkaliketi,

I want this story not to be ended up soon. I and so others too want this story to continue not eventually but with some fixed interval. Thanks. I don't need to admire the words and presentation again and again. Pretty much good. Keep it up. I wish your writing not to get down but get more higher.
rajug
· Snapshot
Like · Liked by · 0
Nakkaliketi,

I want this story not to be ended up soon. I and so others too want this story to continue not eventually but with some fixed interval. Thanks. I don't need to admire the words and presentation again and again. Pretty much good. Keep it up. I wish your writing not to get down but get more higher.

Edit:
Hello Administrator,
By mistakenly there were two same posts from my side. Please delete one. I did not see the option to delete it myself so far. Thank you.
Last edited: 28-Aug-08 11:04 PM
Arnico
· Snapshot
Like · Liked by · 0

Nakkali Keti, your writing is amazing.  I hope that once you've finished writing the whole piece, you compile it together and (1) get it published in Kantipur or some other widely distributed newspaper, and (2) you get it read out on a radio station in Nepal.  It sounds like a story that will touch a lot of people's hearts, and raise a lot of awareness...

o ho
· Snapshot
Like · Liked by · 0
तपाईंको प्रस्तुती निकै तारिफ योग्य छ। पढ्न निकै रमाइलो लाग्यो। अर्को भाग पनि छिट्टै आओस.
romio
· Snapshot
Like · Liked by · 0

ramro chha tara tespachhi k hunchha ta ????????

o@$!$....
· Snapshot
Like · Liked by · 0
waitin to see the next post .....
STUPIDA
· Snapshot
Like · Liked by · 0
Aakha haru rasayara aaya.....katti sajilo saga vhawana haru bagayka chan, harayak pankti ma.......
Haribansa
· Snapshot
Like · Liked by · 0
KHOI ARKO VAAG? VOK LAGO SAKYO ABA TA WAIT GARDA GARDA!!!!
o ho
· Snapshot
Like · Liked by · 0

 प्रतिक्ष्या त अलि लामो नै भयो नि त नक्कली केटी जी शायद नेपाल जानु भएर ब्यस्त हुनु भएको जस्तो छ। तपाईंको को भिसा को पोस्टिङ् पदेको थिए, नेपाल बाट भये पनि निरन्तर गर्नुस् न मिल्छ भने।
दसैं को शुभकामना

smile_07
· Snapshot
Like · Liked by · 0
Nakkali Keti

Tapai ko katha lay dherai manche ko naam choyeko cha. Hamro samaj yesto cha kia baisya lai galli kahilay kaam hudaina, tara baisya kaha jannay purush haru lai chahi kahilay kasailay kehi bhandainan. Tapai katha lay eeuta baisya pani manche ho bhanera dherai gahiro roop ma dekhaucha. Usho ko pani hammi sabai ko jasto sapna huncha, kunai pani bachha janmidai dekhi ki sano mai "ma thulo bhaye pachhi bhesya hunchu" bhanera sochdaina. Kohi pani rahar lay baishya hudainan, paristhiti lay garda huncha bhanerai bhujhna hamro samaj lai ajhai garai cha.

malai nepali padna 2 times badi time lagcha english bhanda.. tara tapai ko katha lay maan choyou. Tapai ko katha lay bhaishya ko jeewan ko dherai gahirahi dekhayeko cha.. huna ta kahilay na kahi sabai nepali haru ko maan ma hamra gareeb didi bahini sanga hunnay yo dherai dherai dukhad kura lay chwsaa dukheko nai hola tara tapai yo anubhab lai kagaj la utarnnu bhako cha... manche ko tyeti gahiro bhawana kagaj ma utarna dherai garo kura ho.. tapai ko katha padna jui ko harek part siringa bhayera aaucha.

ma baki english ma lekhchu hai (maan ma bhako kura bhannay garo bhayou). I can't imagine how much you feel about this issue because it is not easy to express your feelings in paper like you have done. You have a way with words, when I'm reading your posts I don't feel like "I'm reading", instead it feels like I'm watching a beautful dance where the words are dancing to protray much more deeper and important issue. Please, keep up your work, and think about publishing it after you're done (if you have not done it already). Our society needs stories like this.
nakkali keti
· Snapshot
Like · Liked by · 0
कथालाई दोबटो मै छोडेर धेरै दिन हराएकोमा सबैसँग माफि चाहन्छु। कथा बिर्सिसक्नु पो भयो कि? बिर्सिनु भयो भने कृपया एक चोटि फेरी झर्को नमनी पढीदिनु होला। अब देखी चै सबै type गरी नसकी साझा मा नटाँस्ने भएँ।


बेश्याको डायरी
(अन्तिम भाग)


मेरो रगत जाँचेको रीपोर्ट आज आयो। मलाई aids लागेको रहेनछ। त्यो थाहा पाएर मनमा फेरी एक चोटि ईच्छा र चाहनाहरुको  फिलुङो उठ्यो। त्यो कोठिमा आज नफर्किएर कतै भागउ जस्तो लाग्यो। आकाशको चरी झै उन्मुक्त भएर उढौं जस्तो लाग्यो। यसो ब्याग मा हेरें कती पैसा छ भनेर। १३५ रुपौयाँ रहेछ। हुन त मलाई पैसाको के दु:ख भयो र? म त एउटा जीबीत चेक हुँ। आबस्यक्ता परेको खन्डमा आफुलाई जती बेला पनि भँजाउन सक्छु। अर्को मनले  भन्यो त्यसरी आफुलाई भँजाउने हो भने भागनुनै किन पर्‍यो र? फेरी मन उतेजीत भयो कहाँ जाउँ , कता भागऔ? अर्जुन लाई यही कतै बाटोमा टुप्लुक्क भेटे पनि हुन्थ्यो झै भयो। भीड मा यताउती आँखा दौडाएर उस्लाई भेट्ने असफल प्रयास गरें। घर जान मन लाग्यो। आमको काखमा धीत मरुन्जेल रुन मन लाग्यो। यसोधिले दशैमा बोलएको सम्झें अनी बालाई सम्झें। अगाडि बढीरहेका मेरा पाइलाहरु टक्क रोकिए।
मैले घरमा पैसा पठाइन भने बाले के गर्लान? बाले मलाई जस्तै यसोधिलाई पनि यहाँ ल्याए भने। बाले नल्याएर भीमेले बिमलीलाई जस्तै यहाँ बेचेर गयो भने? मन भयभीत भयो। त्यही थचक्क बस्न मन लाग्यो। म आफ्नो स्वतन्त्रताको लागि अरु कसैलाई बन्धी बनाउन चाहन्न। घर गये नै भने पनि के पाउला मैले? के मलाई बाले देखेर अङालो हालेर आइज छोरी भन्लान? कुनौ अर्जुनले मलाई आफ्नु जीवन साथी बनाउला? यो समाजले स्विकार्ला? अँह !!! कतै बाट झीनो आसा पनि देखीन।  म यही बसें भने मेरा बहिनिहरुले राम्रो जीवन पाउने छन। यसोधिको बिहे हुनेछ। अरु बहिनिहरुलाई बाले स्कुल हाल्देका छन अरे। उनिहरुको त सपना पुरा हुनेछ।
आफ्ना बहिनिहरुको उन्मुक्त उडान को लागि म सदा पीजडामा बस्ने छु। म लुरुलुरु कोठिमा फर्कीए।

(समाप्त)
Antagonist
· Snapshot
Like · Liked by · 0
Kasto ramro lekhnu bhako? Lekhdai garnus :)
o ho
· Snapshot
Like · Liked by · 0

 Amazing, I really enjoyed reading your story. Lekhdai garnu hola. Tapaiko lekhai ko jati tarif gare pani kam nai huncha. What a presentation? Really, really nice flow of words. Dherai pratikshya pachi story continuation huda pani nikai ramailo lagyo. Tapaiko lekhai anusar tapaiko nam ali milena. You should change your name, nakali keti bhanne nam yesto ramro lekhai bhayeko manche lai ali milena jasto lagyo, mero bichar ma.

waiting for your next story.

CHOR
· Snapshot
Like · Liked by · 0
Not Bad.. Nepali class ma teacher ley padako dhyan diyera suneko rahecha.. Nice one.. saachikai ta hoina???? J/K
Nepe
· Snapshot
Like · Liked by · 0

यस कथाको अन्त्यबारेमा दुई महिना अगाडि यसरी जिज्ञासा व्यक्त गरेको थिएँ:

 

>कतिपय स्थानमा cliché दोष छन् तापनि एक सम्वेदनशिल विषय,

>compact शैली र सघन अभिव्यक्तिहरुले ममा निकै उत्सुकता उत्पन्न

>गरिदिएका छन् । खास गरेर कमलको सानो संजोगबाट ब्युँझिन

>पुगेको चमेलीको अस्मिता र जिजिविषा त्यतिकै तुहिन्छन् कि

>तीनले मार्गको खोज, चिन्तन गर्नेछन् भन्ने कथा-जिज्ञासा छ मलाई ।

 

मेरो जिज्ञासा पूर्ण भयो । चमेलीको अस्मिताचिन्तन एउटा संक्षिप्त कोल्टेफेराई पछि पूर्वावस्थामै सुत्‍न फर्केछ ।

 

Nepe

Deep
· Snapshot
Like · Liked by · 0

प्रस्तुती पढीयो। धेरै पछि आएको छोटो अन्तिम भागले घोषणा गरेको "समाप्त" शब्दलाई केही निमेषको लागि हेरीयो अनि समाप्त पछि चमेलीको जिन्दगी फेरी क्रमश: मा गएको देखियो।

"चमेलीको अस्मिताचिन्तन एउटा संक्षिप्त कोल्टेफेराई पछि पूर्वावस्थामै सुत्‍न फर्केछ ।"

नेपे प्रभो, मुख्य पात्रले तेजोबध भएको अनुभव गरेको उनको अस्मिता बाध्यताको जिजिविषा ओछ्यानमा फर्कनु मलाई नौलो त लागेन। कथाकारको फाँट हो, गोरु उनैका, हलो उनैको जसरी मन लाग्यो जोते। आफु त रमिते परीयो।

अरु प्रस्तुतीहरु पनि पढ्न पाईयोस, नक्कली केटी।

super007
· Snapshot
Like · Liked by · 0
Nice story telling. Title of the story reminded me of a british tv series "Secret diary of a call girl". I guess second season is telecasting these days.
Nepe
· Snapshot
Like · Liked by · 0

दीप प्रभो,

 

>कथाकारको फाँट हो, गोरु उनैका, हलो उनैको जसरी मन

>लाग्यो जोते। आफु त रमिते परीयो।

 

म पनि आफुले भनेको डोबमा जोताउन खोजेको भनी बात लाग्ला भनेर यसो पनि भनेको थिएँ है ।

 

>खास गरेर कमलको सानो संजोगबाट ब्युँझिन पुगेको चमेलीको

>अस्मिता र जिजिविषा त्यतिकै तुहिन्छन् कि तीनले मार्गको

>खोज, चिन्तन गर्नेछन् भन्ने कथा-जिज्ञासा छ मलाई ।

>मैले कथालाई नै प्रभाव पार्न खोज्या होईन है । लेखकको

>आफ्नो काल्पनिक यथार्थ जे छ/बुँनिदैछ त्यही आओस् ।

 

जे भए पनि सर्जकको रचना-हक भएजस्तै रमितेको पनि टिप्पणी-हक हुन्छ भन्ने ऐंचोपैंचो लगाएर यति चाही भन्न पाम्छु - कथान्त all too familiar भो । त्यसो पनि नभनम् । आत्मगौरव वा आत्मसन्तुष्टी नपाईने कुनैपनि पेशा बाध्यतावश गरिरहेको मान्छेले सामान्यतया के ईच्छा/सपना पालिरहेको हुन्छ भने कुनै दिन जब उसंग पुग्दो पैसो हुनेछ उसले त्यो पेशा छाडेर कुनै सामान्य वा कम्तीमा आत्मग्लानी नहुने पेशा/जीवन अपनाउने छ । यहाँ त त्यति पनि छैन ।

 

Ummm… कतै त्यो नै यस कथाको सार र सन्देश पो हो कि ?

 

जेसुकै होस् यो रमितेलाई छटपटी भने भा छ है ।

 

Nepe

nakkali keti
· Snapshot
Like · Liked by · 0

सर्बप्रथम त यो कथा पढिदिनु हुने सबै जनालाई धरै धरै धन्यवाद। त्यो भन्दा पनि धेरै धन्यवाद चैं कथामा भएका कमी कम्जोरिहरु औंल्याइदिनु हुने  पाठकहरुलाई दिन चाहन्छु। Deep तथा Nepe ज्यु तपाईंहरुलाई कथाको अन्त्य खासै मन नपरेको मैले बुझें। मन त मलाई नै पो कहाँ परेको छ र? वास्तविक जीवनमा त म पनि तपाईंहरु जस्ताइ एउटी रमिते न हुँ। चमेली अपबाद बन्न नसकेमा मलाई उस्का अस्मिता र जिजिबिसा हरु तेतिकै तुहिएका जस्तो लागदैन। मान्छेले आफुलाई मन नपरेका सबै कुराहरुमा कहाँ बिद्रोह गर्न सक्छ र? बिद्रोह गर्न सफल भएका मान्छेहरुका चिन्तन मात्र गहिरा हुँदैनन। बिद्रोही मनले आम मान्छेहरुलाई त्यर्साएका प्रश्नहरु पनि गहन हुन्छन। यस कथाको अन्त्यमा मैले पनि चमेलीको बिद्रोही मन सँगै उठेका प्रश्नहरु पस्केकी छु।

"घर गये नै भने पनि के पाउला मैले? के मलाई बाले देखेर अङालो हालेर आइज छोरी भन्लान? कुनौ अर्जुनले मलाई आफ्नु जीवन साथी बनाउला? यो समाजले स्विकार्ला?"

Nepe
· Snapshot
Like · Liked by · 0

नक्कलीज्यू,

 

थुप्रै पाठकहरुको मनलाई छोएको यस कथामा लेखनका दृष्टिले कथानक, अभिव्यक्ति र शैली लगायतका थुप्रै सशक्त पक्षहरु छन् । त्यसमा कुनै सन्देह छैन ।

 

तर कथान्त र यसमा निहित दर्शनको बारेमा म यस्सै भन्न सक्दिन ।

 

कुरा के भने कथाले एउटा गहन अस्तित्वपरक प्रश्न (existential question ) को उठान गरेको थियो । तर त्यसको उत्तर (resolution) भने पर्याप्त खोज (inquest) बिना फ्यास्स दिईएको देखिन्छ ।

 

ध्वस्तता पछि पुन:र्निर्माणको प्रश्न आउँछ, नियती स्वीकार गर्नुभन्दा पहिले । तर यस कथामा भने पुन:र्निर्माणको अवधारणा डरलाग्दो गरी दमित छ ।

 

पेशाको नर्क र घरको स्वर्ग बीच एउटा पुन:निर्माणको शिविर हुनसक्छ ।  हुनसक्छ के, हुनैपर्छ । अर्जुन पात्र उद्धारको सजिलो परीकथाको राजकुमार होईन पुन:निर्माणको कठोर यथार्थकथाको सह-लगानीकर्ता हो, हुनुपर्छ । स्वद्धारित, स्व-पुन:र्निर्मित, बोध प्राप्त गरेकी र मायाको न्याय माग्न आएकी छोरीलाई जतिसुकै विवस/पतित बाबुका हातहरुले पनि अँगालो हालेर नरुन सक्दैनन् ।

 

नियती जीवनको प्रचुर यथार्थ हो, अवश्य । विद्रोह विरल निर्णयहरु हुन्, जसले जे भने पनि । किन्तु, ती दुवै भन्दा अगाडी आउने/आउनै पर्ने एउटा कुरा हो - खोज । विकल्पका खोज, मार्गका खोज । त्यसपछि आउँछ तराजु र जोखाई । अनि मात्र उत्तर ।

 

अहिले यत्ति मात्र राखें ।

 

सप्रेम,

 

नेपे

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2301 · Likes 3
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 69
· Posts 4 · Viewed 423
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 213
· Posts 6 · Viewed 828
· Posts 1 · Viewed 199
· Posts 1 · Viewed 377



Your Banner Here
Travel Partners
Travel House Nepal