शृंखला - Sajha Mobile
SAJHA MOBILE
शृंखला
Posts 250 · Viewed 98377 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 

Load Previous
ritthe
· Snapshot
Like · Liked by · 0

दीप जी को यो कथाले त साझा साच्चै नै पिट्यो यार !

म भा' भे क्षितिजलाई उडाइ सक्थे आइ स्वेर टु गड !

Khitititititiiii
· Snapshot
Like · Liked by · 0
Deep ko Srinkhala ma samarpit yo geet.


Khitititititiiii
· Snapshot
Like · Liked by · 0
Here is another one .. Sabda chai ramro chha

Deep
· Snapshot
Like · Liked by · 0

chanaa_tarkaari ,

बिगतलाई समाउन सकिन्न -- अब के छुट्यो के रह्यो प्रभो---कसो?

swopnilcheeta ,

प्रभो जस्ता पाठक पाउनु मेरा लेखाईहरुका लागि सानो उपलब्धी हैन।

prem chopda ,

कथा र ब्यथा त जता ततै छन। भ्याए पछि टिप्छु अनि राक्छु यता, प्रभो।

somewhereondearth ,

भावमा डुब्न मात्रै पनि मजा आउने। पौडीन नजाने पनि हुने। डुबेर पनि नडुबीएको जस्तो कहिले--कहिले डुबेर पनि नपुगे जस्तो।

Poonte ,

चण्डोलले मन भड्काउँछ भने बालुबाटारमै रोकिने त? त्यता पनि बाताबरण मनमोहक नै थ्यो। कसो प्रभो?

ritthe ,

गफै त हो ब्रो, कसो?

Khitititititiiii ,

सुन्दैछु गीतहरु प्रभो।

****

सबैलाई फेरी पनि धेरै धेरै धन्यबाद।

miss_ me
· Snapshot
Like · Liked by · 0

 

sabai jana royekai ho ta   

Deep Da,

Shrinkhala saphal bhayo -socheko jastai . paathak harule STUDENT bata TEACHER ma badhuwa garaidiye

badhaichha hajurlai

yacc
· Snapshot
Like · Liked by · 0
Ekdam daami story Deep!

Hope you found someone..  :)
Deep
· Snapshot
Like · Liked by · 0

miss_ me,

"paathak harule STUDENT bata TEACHER ma badhuwa garaidiye "

म बिद्यार्थी नै हुँ। साथीहरुले अरु मेहनत गर्न प्रोत्साहन दिएको बुझेको छु मैले त।

yacc ,

न्यानो प्रतिकृयाको लागि धन्यबाद।

 

Nepe
· Snapshot
Like · Liked by · 0

दीपको कथालेखनमा मलाई विशेष लाग्ने अनेक कुराहरुमध्ये एउटा हो दृश्यहरुको एकदमै विश्वसनिय चित्रण । उ यसलाई सम्पन्न गर्छ तर्कपूर्ण घटना समन्वय, सुक्ष्म अवलोकन र खास खास ठाउँमा revealing टिप्पणीहरुद्वारा । यो कथामा पनि यो कौशल मनग्गे देखिन्छ । किन्तु पुरै कथाको हकमा भने कथाको एक महत्वपूर्ण भाग (दीप र क्षितिजको बिछोड) को अनुपस्थिति खट्किन्छ । मेरो विचारमा त्यो भाग भईदिएको भए अन्तिम भागको प्रभाव कैयौं गुना बढी हुने थियो । पाठकहरुले हरेक सम्वाद, हरेक प्रतिक्रियालाई पुराना प्रसंग र पृष्टभूमिसंग जोडेर तीनको specificenhanced प्रभाव अनुभूति गर्न पाउँथे । त्यो नहुँदा भने अलि non-specific कल्पनाको सहारा लिनुपर्‍यो के । हुन त यतिमै त यतिका पाठकका आँसुका खोला बगेछन्, त्यो भन्दा पनि बढी भएको भए त सप्तकोशीको बाढी यहीं आउथ्यो होला ।

 

अनि चरित्रहरुका चरित्रको कुरा गर्न पर्दा रबिनचाही कि त अलि असम्वेदनशिल र लापरवाह कि त अलि (softly) भ्वायुर रहेछ (हिन्दी सिनेमा लाईभ हेर्न पाईने भो भन्ने डाईलग) ।

 

अनि क्षितिज पनि अलिक adulterous नै हो । लज्जा त ।

 

मैले judgment गर्‍या होईन है, observation मात्र गर्‍या हो ।

 

जे होस्, छोयो कथाले । tear jerker कथाहरु पढिने पुराना दिनहरुमा पुगियो गाँठे ।   

 

 

Nepe

Poonte
· Snapshot
Like · Liked by · 0

Unicode maa lekhna napaayera uddhum bhai sakyo...

Nepe daaji sanga asahamati mero...Rabin ko baare...

Mukhyata: Baange ra aafnai shreemati ko kathaa thaha bhayera pani...khulaa dil le atit laai swikaarnu Rabin ko mahaantaa hoina ra? Feri, Deep ra Chhitiz ko kathaa thaha bhayera...daau pareko belaa yesso thateuli thoknu...daau napareko belaa (Aditya ko upasthiti maa), tesbaare chup basidinu, usko sambedanshiltaa hoina ra?

Chitiz laai pani "adulterous" nai bhani chaai haldina ma...(huna ta, tesbelaa ko paristhiti maa baandhiyera pani holi) kehi aru kadam agaadi saarinan...bhaawanaa lukaauna nasakne kamjori maattra dekhen maile Chhitiz maa...ani feri, yesto kamjori dherai ko hunchha...kasai maa dherai, kasai maa kam...paapai chai thaandina ma teslaai...

Meghna chaai sahrai chanchali ra juvenile laagyo...ukaasna sipaalu, gambhirataa kam bhayeki...

Aditya ko baare kehi bhanna sakdina...role thorai ra insignificant thiyo...

Deep...hero ni uu ta...Chhitiz laai prem ko hero...haamlai sahanubhuti ko hero...
aman
· Snapshot
Like · Liked by · 0

Majjale Padhiyo.

Deep
· Snapshot
Like · Liked by · 0

Nepe ,

प्रभोले मेरो प्रस्तुती प्रति गरेका टिप्पणीहरुको म आदर गर्छु।

Poonte,

शृङ्खलाले आफ्नो मनमा उब्जाएका भावाहरुमा प्रभोले पोखेका दृस्टिकोणको लागि धन्यबाद।

aman,

धन्यवाद, प्रभो।

 

*********

हस त अब म यो शृङ्खलाबाट बिदा लिदै छु।

सबै लाई शुभकामना।

jira
· Snapshot
Like · Liked by · 0

aba deep ko paatra haru nadekhey ni syansyano dhunga banayera pratimurti khada garna mun lagi sakyo hya...

Bangey production ko banner ma filim nai haaney ni huncha ewuta...

Prabhu lekhdai jaam....Jamana ma Advanced Level physics bhitra Jawu/Saawu/Sewu haalera padhya yaad aayo halka

Nepe
· Snapshot
Like · Liked by · 0

पुन्टेदा,

 

असहमत हुन सहमत हम् क्या रे ।

 

बाङ्गे र मेघनाको सम्बन्ध नै बनेको थिएन । त्यसैले मेघनासंगको विवाहले रबिनको स्वभाव खोल्दैन ।

 

अनि यो राँदेभु जोखिमपूर्ण भएको कुरा त लगभग निर्विवाद नै होला । यस्तो जोखिमपूर्ण राँदेभुको व्यवस्था क्यार्न गरेका हुन्, त्यो स्पष्ट छैन । क्षितिजले चाहेको कारणले मात्र गरेका हुन् भने त्यसमा केही विशेषता देखिदैन ।

 

अनि क्षितिजको प्रिय-मिलनको चाहनामा पनि कुनै खँदिलो वैचारिक सुत्र देखिदैन । खास गरेर पोई लिएर आउनुले यो राँदेभु ईम्प्रम्प्टु देखिन्छ ।

 

जे भए पनि, जस्तो मैले अगाडी भनें, दीप-क्षितिज बिछोडको प्रसंगाभावले गर्दा धेरै कुरा अर्थ्याउन कठीन छ ।

 

Nepe

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

प्रभो! जिन्दगीका समस्या/समाधान/कर्तव्य/नियतीहरुका पछि लाग्दा केहि समय सम्म यता चिहाउन सकिएन। आज चरन गरेँ प्रभोका सबै पाटाहरुमा! 'घर' पछि 'शृङ्खला'मा अवाक भइयो! धेरै धन्यवाद् पस्किएकोमा, र शुभकामना अरु खुराकहरुको लागि!

MillionDollars
· Snapshot
Like · Liked by · 0

DeepBro: Timro Katha lekhan lai mannai parcha.. Malai jastai kati jana lai timile aa-aafno atit ma puryai diyako hola... Malai aafno fan-list ma rakhdeu..
bideshi
· Snapshot
Like · Liked by · 0

Deep aja balla padhiyo!

Gajjab chha lekhai...

Aru pani lekhdai gara....

*cheerios*
· Snapshot
Like · Liked by · 0
kasto sad ending, mutu nai kasto kasto bhayo... anywyz thx deep da for ur awesome writing!!!
vivid
· Snapshot
Like · Liked by · 0
दिप जि,
शृंखला पढेर खुब हासियो, एक छिनलाई मननै फुरुङा भयो । जे होस हजुर को लेख तथा कथा नपदेको निक्कै भएको थियो आजलाई धित मर्यो । कामको चपेटाबाट एकछिन उम्केर हलुङो महसुस भयो। लेख्दै गर्नु होला, बेला मौका मा पढने सौभाग्य मिलिनै रहोस् सात समुन्द्र वारी बसेरै भएनी।
Deep
· Snapshot
Like · Liked by · 0

यता केही शब्दसुमनहरु अर्पण गर्छु भन्दै थिएँ, निक्कै ढीलो भैसके छ। त्यै पनि आज उपस्थित भएको छु, शब्दका यी फुलहरु लिएर साथीहरुको लागि।

***********

jira ,

"aba deep ko paatra haru nadekhey ni syansyano dhunga banayera pratimurti khada garna mun lagi sakyo hya...Bangey production ko banner ma filim nai haaney ni huncha ewuta..."

हो जीरा दाई, चलचित्रै बनाउन पर्छ कि क्या हो सिनेमाइस्कोपमा ईस्टमैन कलरको? त्यो सिनेमामा हिरोनी त कति वटा मात्रै हुने होला नी, नारन! यसो पिनासध्वंस कक्ष (सिनेमा हलका ट्वाईलेट क्या!)पुगेर आउँदा त तिनटा हिरोनी चेन्ज भैसक्या हुने होला अनि हिरो चै उही त्यै पर्खालाँ ढेस्सीएर चुरोस तान्या छ तान्या छ -- यसो तरुनी आए भन्यो बल्यो हैन भने फेरी लोडसेडीङमा।

चाबेलकी सुष्माको पनि बयान जाओस न, जीरादाई!

Nepe,

"अनि यो राँदेभु जोखिमपूर्ण भएको कुरा त लगभग निर्विवाद नै होला ।"

लगभग हैन गर्ल्याम गुर्लुम नै धराप थ्यो नी प्रभो, तर रहरले कुनै दिन जस्कहाँ आफ्नो मन बन्धकी राखीएको थ्यो, उधारो राखिएछ। चुक्ता गरम भने साउँ नै उधारो, के चुक्ता गर्नु? नगरम तमसुकमा बकायदा लेखेर दस्तखत गरीया छ। मन फेरी उस्तै, मुक्त हुंदा भन्दा उस्कै बन्दी हुँदा बरु रमाईलो थ्यो भन्दै एउटा न एउटा निउँमा फेरी उस्को बन्दी हुन खोज्छ। अनि त्यस्तो मनले धरापमा पार्दैनथ्यो के त?

Birkhe_Maila,

"प्रभो! जिन्दगीका समस्या/समाधान/कर्तव्य/नियतीहरुका पछि लाग्दा केहि समय सम्म यता चिहाउन सकिएन।"

जिम्माल प्रभो,  जिन्दगी त आफ्नै हो भनेको डुम बनार हिन्यो आसपासमा आफ्नै जिन्दगीले, देखादेखै पो हुँदैन त। बल्ल बल्ल कहिले काहीँ भेट्टाएँ भनेर आसपास भन्यो, कि त सडेल भन्छ नभए आसपास भनी नसक्दै ढ्याप्पा दिन्छ। फेरी गन्न थाल्यो -- के चाल पर्यो यस्तो नी नारन!

MillionDollars ,

"Malai jastai kati jana lai timile aa-aafno atit ma puryai diyako hola... Malai aafno fan-list ma rakhdeu.."

फसमा त मै पुगें नी अतितमा। अतित टोलमा त प्रभो, आम्मामामा--कम्ती भिड हुदैन र छ हो --जो देख्यो उही अतितमा -- कैले? भनेर सोध्यो कोही भरखरै हो भन्ने कोही धेरै भो यार भन्ने -- कोही खै कैले भन्ने जैले यतै हुन्छु भन्ने -- अतितटोल नजाने त खै को पो होला र?

प्रभोलाई मैले के फयान लिस्टमा राख्नु, बरु मेरा शब्दहरुलाई प्रभोले गरेको मायाको लागि म भने आभारी छु। यो बिर्सिदिनु भएन।

bideshi ,

"Aru pani lekhdai gara...."

हस। सदभावको लागि धन्यबाद। धेरै।

*cheerios*,

asto sad ending, mutu nai kasto kasto bhayo... anywyz thx deep da for ur awesome writing!!!

सुर्यास्त भयो, साँझ पर्यो। अब यही रात एउटा कटाउनु छ। पूर्बी आकास तिर सूर्यकिरणहरु बाटो लागिसके हुन, बतासमा आभाको सन्देश सुन्छु।

मेरो प्रस्तुती प्रति देखाएको सदासयताको लागि हार्दिक आभार।

vivid,

"लेख्दै गर्नु होला, बेला मौका मा पढने सौभाग्य मिलिनै रहोस् सात समुन्द्र वारी बसेरै भएनी।"

निक्कै पछी भेट भयो पुरानो साथीलाई, त्यो पनि आफ्नै आँगनमा। खुशीलाग्यो। शब्दको अगाडी महासागरहरु पनि अस्तित्वहीन हुने रहेछन।

*************

सबै साथीहरुलाई शुभकामना, जिन्दगी यदी जुवा हो भने आफ्नो र भाग्यको दाउ एउटै परोस।

Deep
· Snapshot
Like · Liked by · 0
ए अनि सबैलाई नयाँ बर्ष २००९ को पनि हार्दिक शुभकामना।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 935
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 131
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 225
· Posts 13 · Viewed 2317
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 131
· Posts 4 · Viewed 1058



Your Banner Here
Travel Partners
Travel House Nepal