जो चोर उसैको ठूलो स्वर ! - Sajha Mobile
SAJHA MOBILE
जो चोर उसैको ठूलो स्वर !
Posts 1 · Viewed 3159 · Go to Last Post
npsmarties
· Snapshot
Like · Likedby · 0

जनमोर्चा नेपाल सहति मधेशका दुईवटा दललाई समर्थनमा लिएर राष्ट्रपतिको चुनाव जित्ने सुरसारमा लाग्दा उ दगं थियो ।  उपराष्ट्रपतिमा पाएको हार अनी आफ्नो राष्ट्रपतिको विजोगपछि बल्ल उसको चेत खुलेको देखिन्छ । तर सधै आफुलाइ बलशाली देख्ने माओवादी आफु कत्तिको निरिह रहेछु भन्ने यर्थाथ थाहा पाएपछि भर्खर मानसिक अस्पतालवाट निस्कीएको विरामी झै र्बबराउन थालेको छ ।

श्रीधर सुबेदी
देशको राष्ट्रपति अब कांग्रेसको पोल्टामा जाने निश्चित भएपछि माओवादीको चुइचुइ सुनिन थालेको छ । अब रामराजा िसंह राष्ट्रपतिमा नजिते सरकारमा नजाने ती दलको गठबन्धन अप्राकृतिक र अपवित्र भएको जस्ता मुसा स्वरमा उनीहरु चिच्याउने प्रयास गरिरहेका छन । सबैका अगाडि एमालेसंग सहमति गरेर पछि लात्ति हान्ने माओवादी अहिले भनिरहेको छ-हामीले धोका दिएका हैनौ ।

राष्ट्रपतिको निर्वाचनमा अहिले माओवादीको साथमा तराइ मधेस लोकतान्त्रीक पार्टी र सदभावना पार्टी मात्र रहेका छन । तर यो चै गठबन्धन हैन रे । केवल कांग्रेस एमाले र मधेसी जनअधिकार फोरम मिल्नु मात्र गठबन्धन हो रे ।

राजनीतिमा इमान्दारीता सबैभन्दा महत्वपुर्ण अस्त्र हो । एमालेका नेता माधव नेपाललाई राष्ट्रपतिमा हुन्छ भनेर भोलिपल्टै धोका दिएर माओवादीले धोकाको राजनीति शुरु गरेपछि बल्ल एमाले कांग्रेस र फोरमको गठबन्धन निर्माण भएको हो । एमालेलाइ लात हान्ने काम माओवादीले गर्यो तर अहिले भन्छ- कांग्रेस एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धनलाई अप्राकृतिक छ । माओवादी अझै भ्रममा छ-उसले जे गरेपनि प्राकृतिक अरुले जे गरेपनि अप्राकृतिक । अचम्मको विष्लेशण छ उ संग ।

जनमोर्चा नेपाल सहति मधेशका दुईवटा दललाई समर्थनमा लिएर राष्ट्रपतिको चुनाव जित्ने सुरसारमा लाग्दा उ दगं थियो ।  उपराष्ट्रपतिमा पाएको हार अनी आफ्नो राष्ट्रपतिको विजोगपछि बल्ल उसको चेत खुलेको देखिन्छ । तर सधै आफुलाइ बलशाली देख्ने माओवादी आफु कत्तिको निरिह रहेछु भन्ने यर्थाथ थाहा पाएपछि भर्खर मानसिक अस्पतालवाट निस्कीएको विरामी झै र्बबराउन थालेको छ ।

सबैलाइ थाहा छ जे भइरहेको छ ठिक भएको छैन । उपराष्ट्रपतिमा भ्रष्टाचारी चयन भएकोमा पक्कै नेपाली जनता खुसी छैनन नै । तरयसको मुल कारक माओवादी नै हो भन्नेमा कसैमा भ्रम पक्कै छैन ।

सहमति र सहकार्यको राजनीति विगार्ने माओवादी नै हो । संविधान सभामा सबैभन्दा ठुलो दल भएको आधारमा पहिलो पद रोज्ने अधिकार माओवादीको नै हो । तर माओवादीले राष्ट्रपति हैन प्रधानमन्त्री रोज्यो । त्यसपछिको रोजाइ दोस्रो ठुलो दल कांग्रेसको हुनुपर्नेमा माओवादी र एमालेले गेम शुरु गरेर दोस्रो दललाई माइनस गर्ने खेल खेले । अहिले जुन राजनीतिक धु्रविकरण भएको छ यसको पहिलो कारण दोस्रो दललाइ लात हानेर अगाडि बढ्ने सहमति विपरितको राजनीतिका कारण नै हो । सहमति विपरितको खेलको शुरुवात गर्ने जो हो अहिले उही जो चोर उसैको ठुलो स्वर झै कराइरहेको छ ।

अब द्धन्द्धको रुपान्तरण र शान्ति प्रकृया नै गम्भिर अवस्थामा पुग्यो रे राष्ट्र संकटको भुमरिमा फस्यो रे । क्या गजव लाग्छ माओवादीका राजनीतिक भाषा सुन्दा । उसले गरे जे पनि ठिक अरुले त्यहि गरे बेठिक ।

तरपनि प्रमुख तिन दल सहमतिमा आउनु आजको आवश्यकता भने हो । कारण यो संविधान सभाको पहिलो म्याण्डेड भनेको नयां संविधानको निर्माण हो । जसका लागि २ तिहाइ बहुमतको आवश्यकात पर्छ । कांग्रेस एमाले एकतातिर माओवादी अर्कोतिर भएसम्म नयां संविधान पाउने आशै नगरेहुन्छ । त्यसैले यसरी नै सहमतिय राजनीति पूर्णतया टुट्यो भने त्यसको पहिलो र मूख्य सिकार नेपालको संविधानसभा शान्ति प्रकि्रया हुनेछ । सधै वार्गेनिङ्गको राजनीतिमा विश्वास गर्ने मधेसी दलले सधै कांग्रेस एमालेलाइ साथ दिन्छन भन्नेपनि छैन । त्यसैले अब प्रमुख दलहरुबीच एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुको साटो राष्ट्रपतिमा सहज रुपमा डा रामवरण्लाई स्विकार गरी माओवादीले नयां राजनीतिक समिकरणको बाटो खुल्ला गर्नुपर्छ नै । कारण असहमतिको राजनीतिको प्रारम्भ उसैले गरेको थियो ।
-लेखक मलेसियावाट प्रकाशित श्रीअभिलेख साप्ताहिकका कार्यकारी सम्पादक हुन ।

Source : http://www.hamroblog.com/?p=427#more-427

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 75 · Viewed 18207 · Likes 16
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 217
· Posts 16 · Viewed 3478 · Likes 3
· Posts 1 · Viewed 194
· Posts 1 · Viewed 289
· Posts 6 · Viewed 886 · Likes 1
· Posts 1 · Viewed 157
· Posts 1 · Viewed 169



Your Banner Here
Travel Partners
Travel House Nepal