फेरी? - Sajha Mobile
SAJHA MOBILE
फेरी?
Posts 20 · Viewed 15544 · Likes 2 · Go to Last Post
JyotiK
· Snapshot
Like · Likedby · 0

(साझाका मूर्धन्य लेखकहरुको सम्मानमा मलाई पनि केही लेख्न मन लाग्यो। प्रयास यही हो।)

 

फेरी?

 

फेरी पनि बोझिलो मन लिएर घर पुगेको थियो आज। अचेल कुनै कुनै दिन उस्को मन यस्तै गर्हों हुने गरेको थियो। बिद्रोह आँधि बनेर मडारिन्थ्यो अनि तिनै कुनै कुनै दिन ति आँधिहरुलाई शान्त पार्थ्यो। तर, जब ति आँधि थामिए झै हुन्थे उस्को मन बोझिलो हुन्थ्यो। आज जस्तै। फेरी चल्थ्यो आँधि, फेरी उही क्रम। एउटा लडाई लडदै थियो, जस्मा उस्को हार निश्चित नै थियो तै पनि अरु कसैलाई पराजित गर्नेमा तल्लिन। उस्लाई आफुले नजितेको थाह भए पनि जस्लाइ उस्ले हराएँ ठानेको थ्यो, त्यो हारको उत्सब मनाउन चाहन्थ्यो। मनाउँथ्यो पनि। केही पलहरु मात्रैको लागि भए पनि किन नहोस।

 

घरमा पुग्दा पुग्दै उस्की श्रीमतीले उही मन्द मुस्कानले स्वागत गरी। सधै झै आज पनि आफ्नी स्वास्नीको सुन्दरताले प्रभाबित भयो। एउटा आँधि कतै मन भित्र उठन खोज्यो तर उस्ले त्यो आँधिलाई मुस्किलले तितर बितर पार्यो।

 

"कत्ति ढिलो नी आज?" उस्की स्वास्नी नजिकै आई, उस्को हात समाई अनि उस्का आँखामा हेर्दै सोधी "अफिसमा धेरै काम थियो हो आज?" अनि थपि "तिमी कस्तो थाकेको जस्तो देखिन्छौ।" 

 

गएर सोफामा बस्यो, दुई कदम उस्की स्वास्नी पनि संगै आई अनि तुरुन्तै भान्छा तिर फर्किई। भान्छामा पुग्दा पुग्दै सोधी, "आशिष, तिमी भुजा खाईहाल्ने कि पहिले चिया पिउने?"

 

आशिष अफिस बाट आउनासाथ पहिले चिया पिउँथ्यो। उस्को पुरानो बानी भने हुन्छ। अहिले उस्लाई केही खान मन थिएन। उस्ले खाई सकेको थ्यो।

 

यत्तिकैमा फोनको घण्टी बज्यो। मन नलागि नलागि उस्ले उठायो। 

 

"दर्शन" आशिषले हेलो भन्ना साथ उताबाट आवाज आयो। उस्ले पनि मसिनो स्वरमा दर्शन भन्यो।

"शिबानी ?" मधुर स्वरमा फोन गर्नेले सोधी।

 

भान्छाबाट उसैलाई हेर्दै गरेकी उस्की श्रीमती तिर फोन तेर्साउँदै उस्ले भन्यो "तिम्रो फोन"

 

"को?" शिबानीले सोधी।

 

"प्रिती" उस्ले भन्यो।

 

फोन लिंदा लिदै शिबानीले आशिषलाई सोधी " भुजा नै ठिक गरम?"

 

उस्ले "हुन्छ"मा टाउको हल्लायो। खान मन छैन भनेन। उस्ले देख्यो डाईनिङ्ग टेबलमा दुईटा प्लेट राखिएका छन।

 

एक मिनेट जतिको भलाकुसारी पछि, शिबानीले फोनमा भनी "सुन्न, आशिष भरखर आयो, भुजा खा छैन तँलाई पछि फोन गर्छु है" अनि फोन राखि।

 

"किन नी दुईटा प्लेट?" आशिषले सोध्यो।

 

"मैले पनि खा छैन नी" उस्ले उही मुस्कान ओठमा छरेर भनी।

 

शिबानीले उस्लाई सधै खाना खान पर्खिने गरेको थिएन। ढिलो हुँदा कहिले उस्ले खाई सकेकी हुन्थी, कहिले हुन्न थी। हप्तामा दुई दिन काम गर्थी बाँकि दिन कलेज जान्थी। संगै खाने समय हतपत मिल्दैन थ्यो।

 

खानेकुराहरु शिबानीले टेबलमा राख्दै गर्दा आशिषले उस्लाई एक टक हेरी रह्यो। जुन सुन्दरताको भेलमा पाँच बर्ष अघि परेको थ्यो, त्यो भेल अरु उर्लेको थ्यो। पानी अर्कै रगंको। बाढीको। उस्ले देख्यो, शिबानी चन्चल छे अनि खुशी पनि। अचेल कुनै कुनै दिन उस्लाई आशिषले यस्तै चन्चल देखेको छ।

 

खाना पछि शिबानी भान्छामा बाँकि काम सकाउन तिर लागि। काम सकाउँदै आशिष सँग कुरा पनि गर्दै थिई। बेला बेला आशिषलाई लाग्थ्यो उस्ले शिबानीलाई चिनेको , शिबानीले उस्लाई। त्यो सोचाई सम्झेर उसैलाई अचम्म लाग्यो।

 

पछि शिबानी संगै आएर बसी, टि भि हेर्दै केही बेर कुरा गरी। कुरा गरुन्जेल उस्ले आशिषको हात समाईरही। शिबानीको औलामा "" लेखेको औठी चम्केको थियो। त्यो चमकलाई उस्ले हेरी रह्यो। त्यस्तो "A" लेखेको औठी किन्देउ भनेर हालसालै उस्ले जिद्दी गरेकि थिई। भन्ने बित्तिकै उस्ले किनेको थिएन। पछि शिबानीले आफै किनेर ल्याई। ल्याए देखि फुकालेकी थिईन। शिबानीले उस्लाई पुलुक्क हेरी, फेरी मुस्कुराई। केही बेर पछि निन्द्रा लाग्यो भनेर सुत्न गै।

 

आशिष एक्लै टि भि अगाडी बसी रह्यो। टि भिको कार्यक्रम प्रति उस्को ध्यान थिएन। ति रापीला अधरहरु सम्झिदै थ्यो, अनि चुम्बनहरु पनि, उस्को मुटु बेजोड धडकिदै थियो--जुधेका ति अङग अङ्गकाबाट उठेका नदेखिने तर अनुभव गरीएका ति फिलुङ्गाहरुलाई सम्झियो। ति फिलुङ्गाहरुले उस्लाई फेरी जिस्काए। अधिर भयो अनि बेचैन पनि। उठेर कोठा सम्म पुग्यो बिस्तारै। शिबानी निदाई सकेकी थिई। 

 

फेरी बैठकमा आयो। वालेटको भित्र पट्टी लुकाई राखेको प्रितीको फोटो एक छिन नियाल्यो, फोटो पछि उस्ले लेखेकी "विथ अल माई हार्ट" पटक पटल पढ्यो--त्यो लेखेको मुनी उस्ले अघि लगाईदिएकी ओठको छाप हेर्यो, बिस्तारै फेरी धेरै फिलुङ्गाहरु छरिन लागेको देख्यो। फोटोलाई भित्र वालेटमा लुकाएर पनि सुत्न गयो।

 

निदाईरहेकी शिबानीलाई उस्ले हेरी रह्यो केही बेर। आँधि चलमलाउन थाल्यो मन भित्र उस्को। फिलुङ्गाहरु उठेकै थिए। बत्ति निभायो। शिबानी सँगै पल्टेर एक छिन शिबानीलाई नछोई सुत्यो। आँधि बढ्दो थियो। आगो सल्किदो। बिस्तारै उस्ले शिबानीका अधरलाई छोयो, चलमलाई, उस्का हात शिबानीका बक्ष तिर पुगे, शिबानीले उस्को हात समाउँदै निन्द्राको स्वरमै भनी "उफ, अनुज -- फेरी?"

Rahuldai
· Snapshot
Like · Liked by · 0

वाह ! ज्योति जी ! वाह !

भाषामा शैलिमा यो पहिलो प्रयास होइन भन्ने ठहर् छ मेरो। घात्-प्रतिघात को यो अप्रेम यात्रा को एक बिसौनी  नियात्रा जस्तो लाग्यो। अती सुन्दर।

nmsake
· Snapshot
Like · Liked by · 0
ज्योति जि, साह्रै राम्रो प्रस्तुती, म नि अब हजुरको फ्यान भएन , ल अरू नि पस्कदै गर्नू होला छिटो छिटो । म हजुरको कथा पढ्नलाई कुरी रहने छु।  
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

गजब छ, 'ज्योती के' ज्यू!

उत्कृष्ट लेखाई! अब बेला बेलामा पढ्न पाइराखिन्छ भन्ने आशामा!

somewhereondearth
· Snapshot
Like · Liked by · 0
JyotiK जी,
राहुल दा संग म पनि सहमत छु ।
माझिएका हातको लेखाई देखिन्छ । पहिलो प्रयास भन्नै नसकिने ।
बिषय बस्तु ले राम्रो संग बाधेको छ । राम्रो लाग्यो ।
लेख्दै गर्नु होला , टांस्दै  पनि  गर्नु होला ।


dipika02
· Snapshot
Like · Liked by · 0
मलाई यो कथाको भाषा र शैली हेर्दा कता कता दीपको लेखन शैली सँग पनि मिल्न गएको जस्तो लाग्यो। साँच्चिकै उत्कृष्ट लेखाइ। अरु पनि पढ्ने मौका दिनु होला। 
cheli
· Snapshot
Like · Liked by · 0

यो पहिलो प्रयाश होइन भन्ने कुरोको त म पनि ठोकुवा गर्न सक्छु!

उत्कृष्ठ छ लेखन शैली!

पस्कनुभएकोमा धन्यवाद!

CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0

कथा रमाइलो रहेछ! गाह्रो सिचुएसन मा रहेछ हाम्रो आशिष सोम! धेरै राम्रो ज्योती!

दिपिकाले भनेपछि चाँहि मलाई नि यो लेखाई दीप ब्रो को लेखाई संग मिलेजस्तै लाग्यो। हुन त हाम्री दिपिकालाई जस्ले लेखेको नि दीपको जस्तो लाग्छ होला क्यारे! नाम नि मिल्छ! :पि

dipika02
· Snapshot
Like · Liked by · 0

कुम्ले दाई आफु बच्न खोज्नु भएको हो?

दीप को जस्तो लेखाइ सबै मा पाइदैन कुम्ले दाई र मैले अरु सँग कहिले तुलना गरेकी पनि छैन। यो त्यस्तै  लाग्यो त्यसैले भनेकी हो।

भने पछी हजुरलाई पनि त्यस्तै लागेछ होइन त? अनी किन मलाई चै : P गर्नु पर्‍यो नि। त्यही पनि यदी साँच्चिकै ज्योतिक ज्यु को यो पहिले प्रयास हो भने त दीप जस्तो धुरन्धर कथाकार सँग तुलना गरिएको सुन्न पाउनु त गौरव को कुरा हो जस्तो लाग्छ मलाई। 

norton
· Snapshot
Like · Liked by · 0

उत्कृष्ट लेखाइ। ज्योति के ज्यु, पहिलो प्रयास भनेर गफ चाइ नहानम है। पहिलो प्रयास कस्तो हुन्छ भनेर हेर्न मन छ भने मैले उहिले लेखेको "परिवर्तन" पढ्नुस् अनी थाहा हुन्छ।

मलाई पनि तपाईंको लेखाइ धेरै हद सम्म हाम्रो दीप ज्यो को लेखाइ सँग मिल्या जस्तो लाग्यो।

miss_ me
· Snapshot
Like · Liked by · 0

:)

यस्तो राम्रो लेख्नेलाई भगुवा दिप( साझा बाट बिदावारी भैसक्यालाई जे भनेनि भयो नि -- देख्ने होइन होलान दिपदाले---  )भन्न का पाइन्छ?  यो चै ज्योती नै हुन -- अब बिस्तारै अरु कथाहरु पनि त आउलान नि त--

 

parbatya
· Snapshot
Like · Liked by · 0

JyotiK ,

जुनसुकै शैली/लेखाइ भए पनि कथा राम्रो लाग्यो, अरु पनि आउने नै छ होला
तर यस्तो घटना वास्तविक जीबनमा नपरोस भन्ने कामना मात्र !!

JyotiK
· Snapshot
Like · Liked by · 0
मेरो प्रयास प्रति आ-आफ्नो द्रिष्टिकोण राख्नु हुने सबैलाई धन्यवाद।
fucheketo
· Snapshot
Like · Liked by · 0

jyotik jee......

पहिलो प्रयास होईन यस्मा त मेरो पनि एक मत थपिदिए हुन्छ ,तर जतियौँ प्रयास भए पनि त्यस्लाई कोटि कोटि सलाम ! माझिएको लेखाई ,साझाको आकाशमा एउटा अर्को तारा उदाएछ ।

सुम्निमा को बिच खण्ड पढे झैँ लाग्यो जस्मा पात्र हरु आधुनिक छन् ,अफिस जान्छन् ,टि.भी. हेर्छन् ।पढ्न पाइराखियोस ! यसको दोस्रो भागको ब्यग्र प्रतिक्छ्यामा!

crazy_love
· Snapshot
Like · Liked by · 0
 

jyotik jee......

पहिलो प्रयास होईन यस्मा त मेरो पनि एक मत थपिदिए हुन्छ ,तर जतियौँ प्रयास भए पनि त्यस्लाई कोटि कोटि सलाम ! माझिएको लेखाई ,साझाको आकाशमा एउटा अर्को तारा उदाएछ ।

सुम्निमा को बिच खण्ड पढे झैँ लाग्यो जस्मा पात्र हरु आधुनिक छन् ,अफिस जान्छन् ,टि.भी. हेर्छन्, खाना खान्छन्, फोटो वालेटमा लुकाउछन्, फोटो हेर्छन्, आँधी आँउछ, आशिषलाइ अनुज भन्छन्, प्रितीलाइ शिवानी देख्छन्।

लौ न अर्को भागमा के हुन्छ?

(फुच्चे मैले तिम्रो कमेन्ट कपि गरेको छैन है, राम्ररी हेर त्याँ)

heartthrob
· Snapshot
Like · Liked by · 0

WOW! One more dhamaka..

Waiting for next episode

दशैँ तिहार
· Snapshot
Like · Liked by · 0

एउटा लडाई लडदै थियो, जस्मा उस्को हार निश्चित नै थियो तै पनि अरु कसैलाई पराजित गर्नेमा तल्लिन। उस्लाई आफुले नजितेको थाह भए पनि जस्लाइ उस्ले हराएँ ठानेको थ्यो, त्यो हारको उत्सब मनाउन चाहन्थ्यो। मनाउँथ्यो पनि। केही पलहरु मात्रैको लागि भए पनि किन नहोस।

जति बुझ्न खोज्यो तेती गारो,

यु आर हियर टु रक्, द्याट्स फर स्योर।

 

दशैँ तिहार
· Snapshot
Like · Liked by · 0

एउटा लडाई लडदै थियो, जस्मा उस्को हार निश्चित नै थियो तै पनि अरु कसैलाई पराजित गर्नेमा तल्लिन। उस्लाई आफुले नजितेको थाह भए पनि जस्लाइ उस्ले हराएँ ठानेको थ्यो, त्यो हारको उत्सब मनाउन चाहन्थ्यो। मनाउँथ्यो पनि। केही पलहरु मात्रैको लागि भए पनि किन नहोस।

जति बुझ्न खोज्यो तेती गारो,

यु आर हियर टु रक्, द्याट्स फर स्योर।

 

JyotiK
· Snapshot
Like · Liked by · 0
मैले सोचे भन्दा धेरै माया पायो मेरो यो लेखाईले। म प्रोत्साहित भएको छु। म साझाका घघडान लेखकहरु बाट प्रभाबित भएकोले मेरा लेखाईमा वहाँहरुको छाप पर्नु स्वभाबिकै हो जस्तो लाग्छ। झन तुलना गरीनु त सम्मान नै हो। तै पनि मेरो सम्मानमा अरुहरुको अपमान नहोस। म यस्मा सजग हुन चाहन्छु।
ThahaChaena
· Snapshot 4181
Like · Liked by · 0
कति मिठो यौन-मनोबिश्लेशणात्मक कथा छुटेको रहेछ मेरो दृष्टिबाट . ज्योति के. ज्यू तपाईको लेखाइ एकदम खारिएको रहेछ , हुन त साझामा हुनु हुन्न होला अहिले तर जता भएनी अरु कथा पढ्न पाए हुने .

- थाहा छैन
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 233
· Posts 1 · Viewed 140
· Posts 24 · Viewed 7418 · Likes 2
· Posts 26 · Viewed 2136 · Likes 5
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 166
· Posts 2 · Viewed 268
· Posts 13 · Viewed 3436 · Likes 6
· Posts 8 · Viewed 2588



Your Banner Here
Travel Partners
Travel House Nepal