ज्ञानेन्द्रलाई नागार्जुन दरबार....have your say!!!!!!!!!!! - Sajha Mobile
SAJHA MOBILE
ज्ञानेन्द्रलाई नागार्जुन दरबार....have your say!!!!!!!!!!!
Posts 10 · Viewed 7096 · Go to Last Post
bikash kc
· Snapshot
Like · Likedby · 0

ज्ञानेन्द्रलाई नागार्जुन दरबार
२२-जेठ-२०६५,बुधवार
 
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहलाई बस्नका लागि सरकारले यसअघि नै राष्ट्रियकरण गरेको नागार्जुन दरबार दिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई तत्कालका भने पनि कति समयलाई भनेर नतोकिकन नागार्जुन दरबार दिने निर्णय गरेको हो।
नागार्जुन दरबार ज्ञानेन्द्रलाई दिने प्रस्तावको विपक्षमा माओवादीका मन्त्रिहरु रहेको भए पनि हाललाई अर्को व्यवस्था नभएसम्मका लागि दिने सहमति बनेको बैठकस्रोतले बताएको छ।
नागार्जुन दरबार ज्ञानेन्द्रलाई दिने निर्णयमा मन्त्रिपरिषद् बैठकमा चर्को विवाद भएको छ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले असहमति राख्दै बैठकमा ज्ञानेन्द्रलाई दरबार दिने निर्णय गर्न लागेपछि आफूले बैठक नै छोडेर हिडेको बताउनुभयो।
आजको बैठकले ज्ञानेन्द्रलाई दरबार भोगचलन गर्न दिने एउटामात्र निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बैठकपछि पत्रकारहरुलाई बताउनुभयो।
बैठकमा संविधान संशोधन, २६ सभासद् मनोनयनलगायतका विषयमा छलफल भए पनि दलहरुले सहमति नबनाएकाले कुनै निर्णय हुन सकेन।
सरकारले नागार्जुन दरबार दिने भए पछि यसै सातासम्ममा पूर्व राजा ज्ञानेन्द्र नागार्जुन सर्ने नारायणहिटीस्रोतले बताएको छ।

http://weeklynepal.com/index.php?option=com_content&task=view&id=11009

bikash kc
· Snapshot
Like · Liked by · 0
नागार्जुन दरवार उपलब्ध गराएकोमा विरोध
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौं, ४ जुन/ नेकपा एमालेनिकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार उपलब्ध गराएको विरोध गर्दै अहिले ४ बजे रत्नपार्कमा विरोध जुलुस निकालेको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई सरकारले कुनै सुविधा उपलब्ध गराउनु नहुने बताउँदै युवा संघले गरिब देशका धनी पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार उपलब्ध गराएर जनविरोधी काम गरेको बताएको छ ।

स्मरणरहोस्, आजै बसेको मन्त्रीपरिषदको बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार उपलब्ध गराउने र आवश्यक सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

http://americadarpan.com/news.php?cid=3035
bikash kc
· Snapshot
Like · Liked by · 0
राजनीति
'नागार्जुन दरवार दिनु ठिक भएन'
माओवादी संलग्न मन्त्री परिषदले पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दरवार दिने निर्णय गरेकै दिन एक जना वरिष्ठ माओवादी नेताले सरकारको त्यो निर्णयको बिपक्षमा बोलेका छन् ।

२२ जेष्ठ २०६५ | १५:३५ मा पोष्ट गरिएको
प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबासका निम्ति नागार्जुन दरवार दिनुहुन्थेन भनेका छन् । बागमति सरसफाई अभियानले जेठ २२ गते राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै गजुरेलले नागर्जुन दरवार राष्ट्रियकरण भइसकेकाले पूर्व राजालाई त्यो दरवार दिनु ठिक नभएको उल्लेख गरे । 'ज्ञानेन्द्र सामान्य नागरिक भइसकेका छन्, उनलाई दरवार दिनु ठिक भएन' गजुरेलले भने ।

माओवादी संलग्न मन्त्री परिषदले आजै पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दिने निर्णय गरेको थियो । मन्त्री परिषदको बैठकमा माओवादी मन्त्रीहरुले त्यसबारे निर्णय हुँदा असहमति जनाए/नजनाएको स्पष्ट भएको छैन । कार्यक्रममा उपस्थित अर्थ मन्त्री तथा नेपाली कांग्रेस नेता डा. रामशरण महतले भने पूर्व राजालाई बासस्थानका लागि नागार्जुन दरवार दिने सरकारको निर्णयबारे केही बोलेनन् ।  

http://himalkhabar.com/news.php?id=1018

Last edited: 04-Jun-08 10:16 AM
TutunKaMun
· Snapshot
Like · Liked by · 0
ज्ञानेण्ड्र को सेश पछी पारसे ले बेची खाने पो हो कि?
chunlee
· Snapshot
Like · Liked by · 0
gahugoro
· Snapshot
Like · Liked by · 0

why can't we chose the right issue to fight for?

Feminists are protesting for the word of "rastrapati" while ignoring other issues such as new brides having to stay inside the house, and not having enough to eat for the fear of having to go out for the bowel movements or the woment requiring to live with animals during menstruations.

Regarding the issue of 'Nagardjuna durbar', I think, we're still not ready to be republic. Gyane did lots of mistakes, but he should be praised for being calm while he was being ousted. Maoists including Prachanda, Badal, and their other leaders have clearly stated that their main aim is to get MAOTANTRA (the ones like in Cambodia, where educated people and anyone opposing them will be slaughtered); Prachanda have already warned Kantipur not to write against them. Maoists are sucking the public funds including the ones allocated to benefit for the community (Parsa saga over the misuse of lake and temple fund by maoists). So, giving one durbar to king for their lifetime should not be a big deal.

 

bikash kc
· Snapshot
Like · Liked by · 0
all needs an issue
HappyFace
· Snapshot
Like · Liked by · 0
It looks like some people have too much time to waste, so, they are looking for petty andstupid reasons to fight for. It does not matter if the government decides to give the Nagarjuna Palace to former King Gyanendra for the time being. I do not see any harm in it;people are just wasting their energy and time not nothing.
syanjali
· Snapshot
Like · Liked by · 0

जनता भे भेडा हुन ।
युब राज गौतम को लेख पढे पछी  देश कुन दिशा तिर लैजान्छन अन्यौल को अवस्थामा छ
गरीबि बाट मुक्त हुइन्छकी बनी सोझा साझा जनता भेडा झै एक झुन्ड को पछाडि कुदी रहेका छन। यो कुदाइ मा कहिले सम्म कुद्ने हुन भन्ने कुरामा एउटा कथा याद आयो।
छोरा छोरी लाई भुङ्रामा गोलो ढुङ्गा हालेर आफु चाँही भोजन खोज्न गएका थिए रे । हाम्रा जनता पनि तिनै बालक बालिका जस्ताइ हुन , पाक्ला र खाउला भनी आसा मा बाच्ने ।
आसा पनि एती ठुलो पाएका छन अरुले त्यो त धुङ्गो हो भन्दा पनि न् पत्याउनेए भए ।
आसामा तुसरापात त भाई हाल्दछ , अनी आँफै आँखा खुल्ला ।


हो फुर्सदै फुर्सद। YCL का काम्दार मात्रै जम्मा भए पनि , बाँकी जनता के को भिड भन्दै हेर्न आउने ले जुलुस मा परिवर्तन भाई हाल्छ नि।


उधो लागेको म्रिगलाई भुस्या कुकुर्ले लखेट्दछ बनेको एही हो
कुराको जड् एका तिर छ , जनतालाई पूर्व राजाक पछाडि दौ
डाएका छन ।


बिनासकाले बिपरित बुद्दी भनेको एही हो।

hundari
· Snapshot
Like · Liked by · 0

biralo lai thunera kutna lage ki kya ho jantare tyata tira????
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 283
· Posts 1 · Viewed 79
· Posts 12 · Viewed 1205
· Posts 3 · Viewed 427
· Posts 102 · Viewed 23608 · Likes 25
· Posts 2 · Viewed 216
· Posts 6 · Viewed 1012 · Likes 2
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 147



Your Banner Here
Travel Partners
Travel House Nepal