खाली पानाबाट..... - Sajha Mobile
SAJHA MOBILE
खाली पानाबाट.....
Posts 129 · Viewed 45582 · Go to Last Post
crazy_love
· Snapshot
Like · Likedby · 0

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM
Load Previous
crazy_love
· Snapshot
Like · Liked by · 0

शिरिश ज्युको अड्कलहरु पढेर मलाइ जहिले पनि कथाको अन्तिम भाग लेख्न मन लाग्थ्यो। तर तेसो गर्दा बिचको भागहरु छुट्ने डर थियो फेरि।

तपाइको सहभागिता र अभिप्रेरणाको लागि धेरै धेरै धन्यबाद!

mohanB Jyu,

हाजमोला किन्न नेपाल नैं जानु पर्छ।

धेरै त होइन, २ जनाको पो कुरा गर्‍या त मैले।

अब कति छन् भनेर त "ब्लु डाइमन्ड सोसाइटीका" प्रेसिडेन्ट सुनील ज्युलाइ नैं सोध्नु पर्ला नि है?

यहाँले आफ्नो अमुल्य समय दिएर कथा पढ्नु भएको र कमेन्ट गर्नु भएकोमा यहाँलाइ many many thanks ।

pjna007
· Snapshot
Like · Liked by · 0

क्रेजि ले मलाइ कैले कथा लेख्छौ भनेर सोद्या राइछ, हत्तेरिका पहिले मलाइ सिकाउ तिम्रो जस्तो राम्रो कथा कसरि लेख्ने हो, अनि भन्छु।


Last edited: 24-May-08 08:16 AM
shirish
· Snapshot
Like · Liked by · 0

Few characteristics of this story:

* The story is written by a daring female writer with excellent psychoanlysis and state of mind after marriage (of a presumed virgin girl and her expectations of her man).A very well written psychoanalytical piece that is considered to be a taboo in the pretty conservative society - pretty rebelious writing !!

* I have not read any stories (though I am a voracious consumer of internet literary material) about "gay" character in Nepalese context. The Blue Diamond Society will have mixed reactions about the story re kya !! They will be happy to see the character with the "guy" but will feel bad for the potrayed female character.

* The plot was excellently designed as it could generate suspicions, create questions and make one ponder with the twist and turns. ( The presentation and Nepalese context makes the story more interesting for such "gay" related material will be abundent in the net. The flow of the story was great. The diction was excellent.

* The examples like Rajesh Hamal, lacking "that thing" without being vulgar has been done so naturally.

This is skill !!

 

* My suggestions:

Send the story to some quality literary magazine like "Garima" with minor corrections.

Keep writing. Who knows Crazy_love will get better recoginizition than BP on sexuality.

 

 

 

cheli
· Snapshot
Like · Liked by · 0

मैले सुरुमा गेस गर्या थिएँ यो कुरा, तर पछि निलुले गितालाई शंका गर्नथाले पछि, म नि गितालाई  शंका गर्न थाल्या थें । " फेरि यो सब निलु को मन को खिचडी हो, आखिरमा त सजल निलुकै हो नि" भन्दै आफ्नै मनलाई बुझाउँदैपनि थिएँ । जे होस् कथा दामी गयो, क्रेजी !!

waiyat
· Snapshot
Like · Liked by · 0
Nice Story but didn't want it to end this early. You have a good skill on potraying a character and making the story flow. Keep it up and hope to read more soon .
fucheketo
· Snapshot
Like · Liked by · 0

ल क्रेजि बधाई छ कथा सिध्याएकोमा,Excellent ending.........As u were going through such beautifullllllll female psychology i was expecting that might be her thinking  only............

general psychology भन्दा हट्के छ । twists n psychology..................I liked it.....बाँकि त शिरिष दाइ ले भनिसक्नु भऐकै छ ।

maannepali
· Snapshot
Like · Liked by · 0

la...cha cha..cha.. saki sakyo.........kasto bore........'samaapta' dekhe pachhi man nai kasto kasto bhayo..'kramasa' dekhne abilasha thiyo...tyo bichari nilu ko lagi...bichara..kati anaginti prashna haru anutarit rahirahe crazy...suspense mai chodi dine jhyalli :-)....

bichara nilu le tesh pachi pheri bihe gari ki garina..paila nai 'buhhera' garya bhaya hunthyo..sayad garin hola..bujhhaki manche thiyien kyare ?..

krishna
· Snapshot
Like · Liked by · 0

Very well designed plot and thoughtfully written with full of drama, suspense and careful crafted words and twists.

crazy_love
· Snapshot
Like · Liked by · 0

प्रेरणा,

तिमीले मलाइ एडिट गर्नु पर्ने गरी के भनेकी साथी?

गाली त गर्‍या होइन है?

ह्या, कथा लेख न पढ्न मन लाग्यो के।

शिरिश ज्यु,

लौ न मलाइ लाज लाग्यो हजुरको प्रसंशा पढेर। कहाँ बि पी कहाँ क्रेजी ?

यो कथालाइ त्यति धेरै मन पराइदिनु भएकोमा धेरै.. धेरै ...धेरै.. धेरै.. धेरै ..धन्यबाद।

हो र चेली?

खिचडी भन्नासाथ जाउलोको याद आयो। तिम्रो कथा चाहि कहिले नि?

Waiyat ज्यु,

बहुमुल्य प्रतिक्रियाको लागि धन्यबाद।

फुच्चे,

धन्यबाद साथी। मेरो अनुहारमा पनि एउटा डन्डिफोर आको छ। कस्ले हेर्‍या हो कुन्नि? हे ...हे ...हे।

maannepali ज्यु,

धरोधर्म मैले झेल्ली गर्‍या छैन।

नपत्याए सोध्नुस्न निलुलाइ।


निलुको फेरि बिहे गरी कि गरिन? मैले पनि उसलाइ सोध्नै बिर्से।

....paila nai 'buhhera' garya bhaya hunthyo..sayad garin hola..bujhhaki manche thiyien kyare ?..
तपाइको कुरा शत् प्रतिशत ठिक हो।

क्रिश्न जी,


million dollar प्रतिक्रियाको लागि धन्यबाद!

 

chicagoan
· Snapshot
Like · Liked by · 0

Crazy ji,

Although I have had some minor reservations with some of your past writings but this time, oh my god, you have really written an incredible story! I cannot stop myself but salute you for such a fine creation! The story is flawless, it moves so smoothly, the suspense is held till the end, you were so good in confusing us in thinking Sajal was actually having an affair with Geeta while all the while the truth was something else! And yes it is a pretty bold story although the happentance is not out of the ordinary!

Thank you so much crazy ji......in all human selfishness, I would have liked to see Neelu living a fulfilled life but that would have been an injustice to the story itself...last but not the least, the timing of the ending could not have been better!

Please keep on writing such wonderful stories...it adds some spices to our otherwise regular and mundane life here in the US :-)

Thank you

Chicagoan

 

raniban
· Snapshot
Like · Liked by · 0

Crazy Didi,

I am the silent reader of Sajha from Nepal. This time I cannot stop my finger typeing few words after reading all your stories. This one is so great among all. Thank you very much for giving us such a wonderful story.

Aru katha haruko pratiksha ma.

Thank you

raniban

crazy_love
· Snapshot
Like · Liked by · 0

Chicagaon Ji,

What a surprise! As I vividly remember your constructive critical analyasis on my past story, I was hoping to get some in this time too.

And you are there with an analytical comment once again.

Please feel free to drop any suggestions, critical analysis or just a "hi" any time when you have time.

Your comment is highly appreciated.

Thank you very much!

raniban Jyu (bhai ki bahini?)

I am really pleased to get such a nice greetings from my country Nepal. You reminded me all those things ,( mero bhasa, nepali food, nepali man and list goes on....) I missed from a long time ago.

Thank you for reading my stories ani man paraidinu bhaekoma. aba dekhi silent padhnu hudaina hola ni hoina?

lau ta sabailai mero "namaskar" bhanidinu hola.

Best regards,

CL

ritthe
· Snapshot
Like · Liked by · 0
अर्को थप्या हो कि भनेर च्याउन आ' त यस्तो '' भयेछु
निलुलाई सोध्या छ भन्देउ है
rabin333
· Snapshot
Like · Liked by · 0
Hi
Very nice story. Your writing skill is superb. I like the way you have presented the feelings of a newly wed bride. Of course the ending is sensational but the whole story is A+++.

Rgds
somewhereondearth
· Snapshot
Like · Liked by · 0

सांईलि,

यो साझामा एउटा उदाहरणिय कथा हो। एउटा स्रोत हो . you have raised the standard  of sajha lit. too high.. धेरै धेरै बधाई छ ।

अनि मुरिमुरि धन्यबाद पनि, यस्तो ससक्त प्रस्तुति को लागि ।

its a quality in itself . the Storyline, the micro Psycological analysis of female mind. and wonderful craft..

frankly,i was not expecting the end like that one.. but you mastered the psycology  of my mind in this issue..

keep going.. and as fuchche said, you are at your best..

go saili go!!!

च्याँङवा
· Snapshot
Like · Liked by · 0

मोइच्याङ मो आइना बानेरा मोलाई गाली गारेचा तोइंले,
खुकुरीले दुइ टुक्रा पार्जा त्यो च्याङबालाई बानेरा हिनिको राइचा गाउबारी
कास्दु कुर् नाबुजेको तोइले.... आस्ति मोलाई चौदारीकु खाच्चार गुर्मिङ सामितिको आदाक्छेबारा निकाल्दियु
आनि मोइले रिसले आङ्गा देकेना रा पाख मो आबो मोइले गुर्मिङ कारेको खाच्चारनीहारुको सुन्दारी पार्दियोगिता गाराउचा बानेरा खोक्नु खोक्यो...............
आनी गाउमा फार्किरा हेरेको ता साप्पाई खाच्चारनिहारु पोइला गाइरा मोरेचा.........
आबो मोइले कासारि सुन्दारी पार्दियोगिता काराउने बानेरा मो गामेरा बासेकु आनि आउना पाइना के.....

आबो मो तोङ्बा तान्दाइ काथा पार्ना बास्जा....

 

pjna007
· Snapshot
Like · Liked by · 0
crazy timlai gali garyeko thie, haina , ani pachi dar lagyo ra edit gareko ho  
SurNaTal
· Snapshot
Like · Liked by · 0
CL,
 
धेरै पछि मैले पनि पढे तिम्रो कथा। तिमी 'अंगुर' बाट यहाँ सम्म आइपुग्दा जुन उचाइ मा पुगिसकेकी छौ, त्यो अतुलनिय छ। सानेपा क्याम्पस परिसरका (??) सामान्य दैनिक पारीद्रिस्य देखी म्यानमार को होटेल र LA को अपार्टमन्ट सम्मका कथाहरुलाई जुन उत्क्रिस्ठताले प्रस्तुत गरेकी छौ, तेस्ले तिम्रो लेखन कलाको ब्यपकता प्रस्तुत गर्दछ। र सितिमिती एउटा लेखिकाले आंट्न नसक्ने यौन मनोबिज्ञानमा जुन तिख्खरता देखाउन सकेकि छौ, त्यो अतुलनिय र समसामयिक् रास्ट्रिय साहित्यको हाराहारिमा छ भन्ने लाग्छ।
LonelyAvenue
· Snapshot
Like · Liked by · 0

well written...     looking for the next part

 

Nepe
· Snapshot
Like · Liked by · 0

बल्ल मौका मिल्यो । बाफ रे ! एकदमै प्रभावित भएँ । कथानक भन्दा पनि आख्यान-कला र विस्तृतवर्णनकलाबाट । शिरीषको टिप्पणीसंग पूर्ण सहमत छु । स्तरिय साहित्यिक पत्रिकाको लागि स्तरिय सामाग्री हो यो ! सामान्य सम्पादन गरे पुग्छ ।

 

एउटै अपूर्ण लागेको कुरा सजलको चित्रण । उ एक असंगत (illogical) पात्रको रुपमा चित्रित छ । असंगत पात्र हुनु हुँदैन भनेको होईन, तर त्यसलाई थाम्ने logical सामाग्री हुनु जरूरी छ कथालाई पूर्ण बनाउन ।  समलैंगिकताले मात्र उसको व्यवहारलाई पूर्ण व्याख्या गर्दैन ।  

 

अन्यथा, a perfect story writing.

 

Nepe

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12530 · Likes 1
· Posts 7 · Viewed 3913 · Likes 1
· Posts 1 · Viewed 1080
· Posts 1 · Viewed 1056
· Posts 1 · Viewed 967
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 1032
· Posts 21 · Viewed 9882 · Likes 1
· Posts 3 · Viewed 2540
· Posts 5 · Viewed 7744 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal