बिदाई - Sajha Mobile
SAJHA MOBILE
बिदाई
Posts 45 · Viewed 26761 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0

साथीहरु,

 

साझामा मैले धेरै समय बिताएँ। बिताएका प्राय: सबै पलहरु सुखद रहे। जिवन यात्रामा साझा साँच्चै नै एउटा चौतारी बन्यो। यो साझा मन्चको लागि सान प्रति सधैं आभारी रहने छु।

 

साझामा कथा कबिता लेख्ने जमर्को गरियो। साथीहरुको प्रोत्साहन पाईयो। लेखक कहिल्यै थिइन तर पाठक भने सधैं थिएँ। साथीहरुका थुप्रै रचनाहरु पढने अवसर पाएँ। ती अवसरहरु पनि मेरा लागि पुरस्कार झै बने।

 

यात्राको क्रमलाई निरन्तरता दिँदै यो साझा चौतारीबाट अघि बढ्दै छु।

 

साझा को यो आकासमा हामी सबै तारा बनेर जगमगाउने गरेका छौं। जस्तो एउटा तारा बिलिन हुँदैमा साझाको आकासको जगमगाहटमा कुनै कमी हुने छैन। त्यो मलाई थाह छ। चुपचाप पनि बाटो लाग्न सक्थें तर जुन स्थानमा एउटा घर जस्तै गरेर बर्षौं बसियो, नभेटेका नदेखेका साथीहरु सँग पुरानो चिन जान झै गरी सँग हाँस खेल गरीयो, जुन फुलबारीमा आफुले पनि थुप्रै फुल रोपियो, अनि अरु साथीहरुले रोपेका फुलहरुको पनि गोडमेल गरीयो यस्तो बगैँचा जस्तो ठाउँबाट बिदा नमागी जान मनले मानेन।

 

साथीहरुले प्रति देखाएका सदभावहरु जस्लाइ मैले साझाको तर्फबाट मेरा लागि उपहार सम्झेको छु ती सदभावहरुको लागि सबै साथीहरु प्रति यो जिन्दगी भर आभारी रहनेछु।

 

यहाँ आफ्नो बसाईको क्रममा मैले कसैको पनि मन नदुखोस भन्ने सोचाईमा आफुलाई सतर्क राखेँ। तर नचाहंदा नचाहँदै पनि कसैको मनमा मैले ठेस पुर्याएको हुन सक्छु। त्यस्ता अरुका मनमा दु:ख पुर्याउने सबै मेरा ब्यबहारहरु प्रति मलाई खेद त्यस्को लागि क्षमा पार्थी पनि छु।

 

 

सबै साथीहरुको जीबन सुखमय रहोस। मेरो हार्दिक शुभ-कामना। यो दीप आज अन्तिम पटक बलेको यहाँ। बिदा।

 

दीप

Load Previous
Nepe
· Snapshot
Like · Liked by · 0

 

साझामा दीपको कथाकथनकलाबाट पहिलोपल्ट छक्क परेको आज ठ्याक्कै ६ वर्ष भएछ । मर्दको छोरा (जुलाई २००२) बाट शुरु भएको त्यो पठनआनन्दयात्रा अनेक अद्वितिय हर्ष-विस्मातका नोस्टाल्जिया, मीठा मीठा लडिबुडी र केही प्रश्न-मग्नताका शिविरहरुसमेतबाट गुज्रेर आज कथाकलाकार स्वयंको साईबर-विदाईसम्म आईपुग्दा एक जुग भोगेको अनौठो महानुभूति भइरहेको छ ।

 

दीपको अद्वितिय सरलता र सरसतायुक्त आख्यान बाहेक अन्तराल अन्तरालमा सामयिक सन्दर्भहरु उपर मुक्तक शैलीमा आउने जटील टिप्पणीहरुले पनि पाठकहरुलाई बुद्धिविलास गर्न वा मजस्ता अलिक साँघुरो राजनैतिक कोठामा अभद्रताको ढोका थुनेर बसेकालाई एउटा वैकल्पिक क्षितिजको भद्र चिनारी दिएको हो भन्छु म । जीवन समग्रताको नाम हो भने त्यसलाई त्यसरी नै भोगियो दीपको साईबर-सहयात्रामा ।

 

दीपको यो साईबर-विदाई जीवनको अन्य मोडमा भेटका लागि निमन्त्रणा हो भन्ने मानेको छु मैले ।

 

साझाका एक प्रतिभाशाली र भद्र सहायात्री दीपलाई यहाबाट शुरु हुने अर्को यात्रामा सुखद गतिमयता र तृप्त पूर्णताको लागि समस्त शुभकामना !!

 

Nepe

pjna007
· Snapshot
Like · Liked by · 0

फुर्सद पाउनासाथ साझा चियाउदा प्राय स्टोरिज हरु मेरो पहिलो क्लिक हुने गर्छन। "बिदाइ" आज देखे, बिदा कथा कै अर्को भाग जस्तै केहि होला भनेर यो धागो खोल्न सकिन, (बिदा पढ्दा दिनै भरि मन अमिलिएको थियो) तर दीप को कथा छुटाउन मन ले कहा मान्थ्यो र। पढि सकेपछि लाग्यो शायद नपढेकै भए बेश हुन्थ्यो होला। कम्सेकम आश सम्म गरिन्थ्यो होला दीप का बाङे,ट्वाके, झ्यालिन्चा,दिब्या,भिनाजु, इन्द्रेणि हरु ढिलो चाडो पक्कै "घर" आउलान भनेर......
खैर, जीबन समग्रता को नाम हो नेपेदाइ को यो भनाइ म फेरि दोहोर्यौने अनुमति चाहन्छु, केहि तिता, धेरै मिठा बिर्सिनसक्ने सम्झना हरु को खात मा  दीप र दीप का कथाहरु सधैं मेरो स्‍मृति मा मिठा सम्झना बनेर बस्ने छन।

शुभकामना आगामि दिनहरुका लागि!
  

shirish
· Snapshot
Like · Liked by · 0

दीपले आफ्नो कथामा जस्तै टर्न दिएको नि - कंहा जान सक्छन् ती ?

‌‌+

+

म नि कथा पढ्छु भनेर आ'को त यस्तो पो देख्न परो !

यो सपनै हो भनेर आफूलाई चिमोटेको समेत छैन लौ !

fucheketo
· Snapshot
Like · Liked by · 0
dip jee, कथा हरु कम किन भनेर त्यसै मन अमिलि रहेको छ !    मात्र एक पटक पुनर्बिचार हाम्रो लागि भए पनि ।।।।।plzzzzzzzzzzzzz
waiyat
· Snapshot
Like · Liked by · 0

Deep bro,

R u really serious? It's been a habit reading your stories, it feels like i know u from a long time and suddenly while i read this it makes me feel that it won't be easier for us to be in sajha without u but i respect your decision or are you making us fool in May.....!!! We all would love to see u back asap .

Amazing
· Snapshot
Like · Liked by · 0

la bro chaldeko? borai bho ni...

hamro pani maya namarnu hai DEEP bro.

----------------

Oh no, such a great writer and RAJINAMA......bro, k ho yesto, aba BANGE, TWAKE lai kaha bhetne yaar??? Please think twice before quitting, yes bro experience counts.

do_not_remember_me
· Snapshot
Like · Liked by · 0
"यो दीप आज अन्तिम पटक बलेको छ यहाँ".
जादा जादै पनी मुटू पोल्ने बचन लेख्नु भो दीप दाजू.  म अलिक सेल्फिश भये को छु आज पनी सधै जस्तो. तेस्कारण म तपाई लाई शुभ-कामना दिदीन, यो आसमा की आरको चोटी फेरी आरको लेखेन ले साझा लाई सजौछा.
kalejo
· Snapshot
Like · Liked by · 0
प्रभो  को कथा को त म ठुलै पङ्खा हुँ। टिप्पणी दिन नपाए पनि पढ्न भने कहिले छोडिएन। कती चोटि त १५ दिन पछी भए पनि देखेर पढिएको छ। २००४ को  "Tears - Where I Failed"  बाट पछिलागेर आज यो "बिदाइ" सम्म पुगियो। धेरै बर्ष बिताएछु गाँठे प्रभो को कथाहरुमा टटोलिएर। उसैत आइतबार झर्को लाग्छ मनलाई यस्सै त्यस्मा पनि प्रभो को यस्तो बिदाइले त मन नै छताछुल्ल पर्‍यो। कती दिन देखी देखिरहेको तर "बिदाइ" शिर्षक देखेर पढिहाल्न पनि मन नलाएर आज हेरेको त बेक्कार हेरेछु जस्तो भो। प्रभो जस्ता को निर्णयलाई सधैं कदर गर्दै आएको हुँदा यो निर्णय को पनि कदर गर्दै यहाँ बाट सुरुहुने हरेक पाइलाहरुकोलागी शुभकामना।
crazy_love
· Snapshot
Like · Liked by · 0

यो कथाको अर्को भाग कहिले आँउछ होला?

पहिला पढ्दा त्यस्तै लाग्यो, अहिले पनि बिस्वास लागेको छैन। तारा नक्षत्रमा हुनेछ, नक्षत्र ब्रम्हान्डमा र त्यस्तै दीप पनि सधैं साझामा नै रहनु हुनेछ भन्ने आशा गर्छु।

म चाहीं अर्को कथाको प्रतिक्षामा छु है।


 

shailendra
· Snapshot
Like · Liked by · 0
Deep, whats wrong? Did anyone in Sajha say anything wrong to you?
shabanam
· Snapshot
Like · Liked by · 0

आँच, दिप ज्यो के हौ यस्तो ? इ हि हि हि !! छ्या कस्तो मान्छे होss? मुटु चसक्क भयो केss!!! छ नि!!  जिस्केको होss ल!! भन्दिनु न लss?

साँच्चि हजुरले बिदाइ भनेको लास्ट लाइनतिर आँखा पुगेदेखुन मोलाइ कस्तो रुन मोन लाइराको छ नि हौ ss।  किन बिदाइ भनेको हजुरले ?? मो सित रीस उठ्यो होss ?  कान समात्छु लss?

मोलाइ राम्रो लेख्नु आउन्दैन केss । बेस्कन रोइदिम् ? क्वाँss क्वाँss  बिदाइ नभन्नु लss!!!

 

 

Simsim
· Snapshot
Like · Liked by · 0

वास्तबमा नछोड्नु पर्ने मान्छे ले छोड्दै हुनुहुन्छ।

तर मैले अरु मान्छेहरु ले छोड्नु पर्छ भनेको हैन है साथीहो ।

हैन दीपदा कहाँ जादै हुनुहुन्छ, कतै सभासदमा पर्नु भएन भन्या, लौ है साथीहो खोजिगर्नु पर्‍यो।

 

Last edited: 12-May-08 07:34 PM
sindoor
· Snapshot
Like · Liked by · 0
sindoor
· Snapshot
Like · Liked by · 0
Now what will happen to all those stories that are not written yet?
Last edited: 13-May-08 10:27 PM
best friend
· Snapshot
Like · Liked by · 0
oo bro rack nagarauna yar. tyesari chodera jane kura garda mero ta manai kya raddi bhai racha yar.  
Pretty
· Snapshot
Like · Liked by · 0

यो त हाम्रो लागी सजाय् नै भयो है। तर म चाँही आशाबादी छु दीप फर्किन्छ भनेर।

SurNaTal
· Snapshot
Like · Liked by · 0

शायद यसो भन्दा अतिसयुक्ती नहोला कि साझा प्रतिको मेरो क्रेजको एउटा प्रमुख, उत्क्रिस्ठ र अर्थपूर्ण क्षमा दीप र उन्का कथाहरु थिए। साधारण घटनाहरुको असाधारण प्रस्तुति हरु जो थिए, तिनिहरु अतुलनिय थिए र शायद नेपाली कथा संग्रह भाग १ र २ जस्तै दीपका कथाहरु पनि मानसपटलमा अमिट भएर निरन्तर, अबिरल र अनवरत उब्जिरहनेछन। सबै कथाहरु लिस्ट गरिरहन सकिन। तर त्यो 'इन्द्रेणी' कथा, त्यहाँकी सुसिल र स्निग्ध इन्द्रेणी अनी चन्चल तर इमान्दार दीप सदैब सम्झिरहने बिम्बहरु हुन। अनी त्यो अन्तिम पारीद्रिस्य, जहाँ इन्द्रेणि लाग्न खोज्दा खोज्दै पनि समय निख्रिरहेको छ, त्यो अत्यन्त उत्क्रिस्ठ छ।   

कुनै खेद छैन कि दीप ले आफ्नो जीवन चर्यालाई यता र उताका तुलोहरुमा मिलाएर साझाबाट बिदा लिने निर्णय गरेका छन। उन्को निर्णय, र उन्को जीवन। मेरो सम्मान र शुभकामना सदैभरी। तर स्वार्थ म संग पनि छ र म पनि चाहन्छु उनि फर्किउन। आउ तिमी पुन: फर्कीएर र साझा फुलबारिमा अरु सुन्दर पुष्पहरु उमारिदेउ।

Kusal
· Snapshot
Like · Liked by · 0

I DID NOT GET IT.......... If you really love this site then where ever you go, sajha.com is just a click away unless you are going to a remote area where no Internet access is available..

Any way good luck  and have fun whatever you do

Yes_K
· Snapshot
Like · Liked by · 0
१ बर्ष अगाडी पहिलो पटक एक जना साथीले मलाई sajha.com को link दिएको थियो । त्यस बेला मलाई sajha को बारेमा पूर्ण ज्ञान थिएन । कहिले काँही हेर्ने गर्थे । एक दिन बाङ्गे भन्ने पात्र देखे एउटा थ्रेड मा, मन नलागी नलागी पढ्न सुरु गरे त्यो थ्रेड, त्यो कथा पढे पछी बल्ल मलाई थाहा भयो साझा को वास्तविक स्वाद । त्यो दिन देखी दीप ज्यु का कथा हरु खोजी खोजी पढे । प्रत्यक पटक साझा भित्र छिर्दा एउटा आशा हुन्थ्यो, कतै दीप ज्यु को कथा पो आयो कि । मैले साझामा post हुने सबै कथा हरु पढेको छु, तर मेरो यो कथा पढ्ने श्रीङ्खला दीप ज्यु को त्यही बाङ्गे माहत्म्य बाट नै सुरु भएको थियो । यो बिदाइ भन्ने थ्रेड देखे, मलाई लाग्यो यो त त्यही पुरनो बिदा भन्ने थ्रेड हो, त्यसैले म यो थ्रेड भित्र पसेको थिइन । आज अचानकै भित्र पसे, पहिले त मलाई विश्वाश नै लागेन, दीप, साझा को एउटा अभिन्न अङ्ग, कसरी साझा बाट छुटिन सक्छ? तर यो एउटा तितो सत्य थियो । म अझै  पनि आशा गर्छु, दीप ज्यु ले साझा लाई अपाङ्ग बनाउनु हुने छैन। साथै म साझाको एउटा पाठकको हैसियत ले अरु सर्जक  somewhereondearth, crazylove, fucheketo, rahulbhai, surnataal , dipika ... हरुलाई यसरी साझा बाट बिदा लिने भन्ने बारेमा नसोच्नु हुन पनी आग्रह गर्दछु।
uptowngal
· Snapshot
Like · Liked by · 0

दीप ज्यु के हो अस्ती भर्खरै चौतरारिमा कहिले नचुतिने हामी दुबइले खाएको कसम हजुरले एती चाडै कसरी बिर्सन सकेको होला खित खित। दीप ज्यु हजुरलाई मैले भनी राख्नु पर्ने कुरा त हैन तर पनि हजुर मैले साझामा भेटेको साथीहरु मधै सबै भन्दा प्यारो र मन पेर्ने साथी हो। यसरी आज हजुर कहिले नि न-अौने खबर पाउदा कता कता नरमाइलो लागि रहेको छ। साझामा हासो थत्ता गर्दै यतिका बर्ष बितेको पतै भएन। तर मेरो हजुर सँग कबिता सिक्ने सपना भने सपनाइ रहने भो। Deep jyu i will miss u sooooooooooooooooo much. pls keep in touch. urs n only urs Thuli :P
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 224
· Posts 10 · Viewed 798 · Likes 1
· Posts 9 · Viewed 1193
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 627
· Posts 25 · Viewed 4019 · Likes 2
· Posts 3 · Viewed 658
· Posts 3 · Viewed 595



Your Banner Here
Travel Partners
Travel House Nepal