<font color="red">के माओबादीको जित "अप्रत्याशीत" हो?</font> - Sajha Mobile के माओबादीको जित "अप्रत्याशीत" हो?"/>
SAJHA MOBILE
के माओबादीको जित "अप्रत्याशीत" हो?
Posts 11 · Viewed 7581 · Go to Last Post
Acharya Dilip
· Snapshot
Like · Likedby · 0

ब संबिधान सभाको चुनावमा काठमाडौं क्षेत्र नं‌ १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह बिजयी भएको पहिलो नतिजा निक्लियो "ठूला" दलका नेताहरुले सोचे हाम्रो बोलबाला अझै कायम छ र उनिहरु आफ्नो जित प्रति अत्यन्त आशाबादि भए । तर उनिहरु कल्पनाको जित प्रति ढुक्क हुन नपाउदैं धमाधम उनिहरुको सोच बिपरितको परिणाम आउन थाले । "कुनै तुक नभएका" भनिएका दल र "पाँच कक्षा पास नभएका" भनिएका उम्मेदवारले ति 'बुद्धिजिवि' र 'महान' नेताहरुलाई अत्यन्त ठुलो मत अन्तरबाट धमाधम पराजित गर्दै गएको नतिजा निस्कन थालेपछि उनिहरु रनभुल्ल परे ।

अब ति पुराना र 'घाग' मानिएका दल र नेताहरु आफ्नो बचे-खुचेको ईज्जत जोगाउने असफल प्रयास गर्दै अर्को यौटा शब्द प्रयोग गर्न थालेका छन --"अप्रत्याशीत!"। अर्थात अप्रत्याशीत रुपमा माओबादिले चुनाव जित्दैछन रे।

त्यसो त हाल म नेपालमा छैन र चुनाव अगि-पछिका माहौलसंग निकट परिचित छैन, तर यौटा सामान्य नागरिकको हिसाबले सोच्दै जादां मलाई लाग्छ माओबादिको जित कुनै "अप्रत्याशीत" घटना भने पक्कै होईन ।

नेपालको स्थिति हालको जर्जर अबस्थासम्म आउनुमा प्रमुख भूमिका खेल्ने बासी, पुराना र भ्रष्टहरुले हार्नु भनेको कुनै "अप्रत्याशीत" घटना कसरी हुन सक्छ ? । मैले यसो भनेर जित्ने पक्षको तारीफ गर्न खोजेको पनि पक्कै होईन र माओबादिका बिगतका अनगिन्ति गल्तिहरुको म अझै बिरोध गर्छु । तर यो चुनाव जनताहरुले सोचि सम्झी दिएको मतको परिणाम हो र यसमा कुनै अप्रत्याशीतता देख्दिन म। "अप्रत्याशीत" त त्यतिबेला हुन्थ्यो जब यसपाली पनि तीनै घुसखोर, सरकार ढाल्न र बनाउन भेडा बाख्रा जस्तै बिक्ने अनि पुरुष भएर पनि सुत्केरी भत्ता खानेहरुले नै चुनाव जित्थे ।

केहि समय अगाडि यस्तै आफ्नो ब्लग र केहि अनलाईन फोरमहरुमा मैले गिरिजा कोईराला र अन्य केहि "ठुला" नेतामा गनिने व्यक्तिहरुलाई "झल्लु" र आफ्नो बिचार नभएका र अरुबाट संचालीत भनेर प्रमाणीत गरको थीए र त्यसको धेरैजनाले समर्थन गरे पनि केहि व्यक्तिहरुले निजिस्तरमा समेत बिरोध जनाएका थिए । हाल आएर मेरो तर्कले अनुमोदन पाएको छ ।

बास्तबमा हालको चुनाव सरकार बनाउने नभई संबिधान बनाउने हो र मैदानमा गिरिजा कोईराला र माकुनेका दल पनि नेपाललाई गणतन्त्र बनाउने नाराका साथ देखीए । यि सबै नया जोगिको बाक्लो खरानी भने झै आफुलाई गणतन्त्रबादि प्रमाणित गर्न यसरी लागे कि उनिहरुको नारा, बाद र बिचार सबै अप्राकृतिक लाग्थे ।

सबैलाई थाहा भएको कुरो हो, दोस्रो जन आन्दोलनताका मात्रै आफुले "भाग" खान नपाएपछि यि दलहरुले राजालाई तर्साउन आफुलाई गणतन्त्रबादी बनाएका थिए । मतलब नेपलाको परिप्रेक्षमा यो गणतन्त्र न कांग्रेसको लक्ष थियो न त एमालेको सोच । ति सबै बिरोधको आबेशमा आएर परिबर्तीत यौटा नकारात्मक सोचाईको आबेगका परिणाम मात्रै थीए ।

उता माओबादीको उदयनै गणतन्त्रको लागी भएको थियो वा भनौं गणतन्त्रलाई नै लक्ष बनाएर हिडने माओबादि नै थिए । अब चुनावमा भोट माग्दा सबैले नेपाललाई गणतन्त्र बनाउने मार्ग चित्र प्रस्तुत गरे पछि नेपाली जनताले स्वभाविक रुपमा माओबादिलाई चुने । जब एमाले वा कांग्रेस स्वयं पनि माओबादिकै बाटोमा छन र गणतन्त्रको कुरा गर्छन भने जनताले किन उनिहरुलाई चुन्ने? ।

नेपालको हिसाबमा गणतन्त्रकै कुरा गर्ने हो भने माओबादिको कुनै बिकल्प पक्कै छैन र अन्य काम कुरामा माओबादी जे जस्तोसुकै भए पनि माकुने वा गिरिजा कोईरालालाई भन्दा नेपाललाई गणतन्त्र बनाउने काममा माओबादि नै बढी सक्षम छन भन्दा कुनै फरक पर्देन ।

यो स्थितिमा जनताले कहिले "राजालाई सेरिमोनियल दिउँ" भन्ने र कहिले 'बेबि किंग' को कुरा उठाउने कांग्रेसी नेता वा अमेरिकी राजदूत आउँदा लेलिन र मार्कसका फोटो हुत्याउने एमालेका नेतालाई कसरी भोट दिने? ।

समष्टिमा यो चुनावी परिणाम कुनै "अप्रत्याशीत" घटना हुदैं होईन र देशै भरिको झुकावलाई हेर्दा यो करिव करिव देश भरिकै जनताको 'सल्लाह' ले चयन गरीएको जस्तो देखिन्छ । तर जनताले आफ्नो बिगतका कठोरता र गल्तिलाई भुलेर बैगुनको बदला गुन ले तिरेर दिएको अविभारामा माओबादि कति खरो उत्रन्छन त्यो भने हेर्न बाँकि नै छ ।

Java
· Snapshot
Like · Liked by · 0
dude! have a momentary  fun and celebration !!!!!!
       we are counting how long you celebrate!!!!!!!!!!!!
Acharya Dilip
· Snapshot
Like · Liked by · 0

Dear Java!

I am not celebrating and having fun......coz I am not Maoist, not even a supporter of that party and if I was in Nepal I would have never casted my vote to them.

But what I pasted here is just my personal thoughts....anyway thanks for yr comments.  Does my writings in anyway gives you hint like ..I am a Maoist ....if it is so then it is really fun.....hahahhaha...... माओबादीले चुनाव जितेको बेलामा पनि "म माओबादी होईन" भन्नु पर्‍यो हो हाहाहहाहाहाहा

Thankx again Java!! maja aayo!!!!

GP
· Snapshot
Like · Liked by · 0

Removed.

Last edited: 13-Apr-08 08:56 AM
Nepe
· Snapshot
Like · Liked by · 0

दिलीपज्यू,

 

ईमान्दारिताकासाथ भन्नुपर्दा केही गुण र केही अवगुण सबै दलहरुमा छ । तपाईले पनि त्यसलाई स्वीकार गर्नुभएको छ ।

 

त्यसो हुँदा जनताले आगामी निर्वाचन अवधीभरको लागि कुन गुण र कुन अवगुणलाई बढी महत्वपूर्ण देख्नेछन् भन्ने मात्र प्रश्न थियो ।

 

जनताले परिवर्तनप्रति प्रतिवद्धता र दृढता जसको छ त्यसैलाई मत दिए, ढुलमुलेहरु र यथास्थितिवादीहरुलाई अस्वीकार गरिदिए । कुरा त्यत्ति हो ।

 

माओवादीहरुको पनि अवगुण र कमजोरीहरु छन् । मतदाताहरुको भनाई सुन्दा उनिहरुले त्यसप्रति आँखा चिम्लेर वा क्षमा दिएर माओवादीहरुलाई सम्पूर्ण विश्वास दिएका होइनन्, बरु ती कुराहरुलाई पहरेदारीमा वा थातीमा राखी मुलुकलाई परिवर्तन गराउने जिम्मा दिएका हुन् । यसलाई विश्वासको मत भन्दा पनि आसाको मत भन्नुपर्छ ।

 

अब प्रत्याशित र अप्रत्याशितको कुराहरुमा, सर्वसाधारण जनताले के रोज्छन् भन्ने कुरा तपाई हामी जस्ता नेपाली संभ्रान्त वर्ग भनुम् न (बुद्धिजीवीवर्ग, मिडिया आदि) ले बुझ्ने कोशिस नगरेका वा बुझ्न नचाहेका चाही हौं । नभए अन्तिम क्षणसम्म पनि माओवादीको भारी हार हुन्छ भनेर भविष्यवाणी (खास गरेर ठूला मिडियाहरुद्वारा) गरेको गरेई किन हुन्थ्यो ?

 

अहिले स्वदेश र प्रवासका संभ्रान्तहरु नेपालको विकसित र भरपर्दो मानिएको संचार र सूचना माध्यमहरुले हामीलाई यत्रो समयसम्म यत्रो ठूलो भ्रम र असूचनामा किन र कसरी राखे भनेर महाआश्चर्यमा परिरहेका छन् ।

 

प्रत्याशितलाई अप्रत्याशित कसले, कसरी र किन बनायो ? त्यसको उत्तर भेटिन बाँकी छ ।

 

म स्वयं पनि जनताको निर्णय कस्तो होला भन्ने कुरामा असूचनाहरुबाट बहकिएको रहेछु । यद्यपि दलहरुलाई जोख्ने काममा भने मैले त्रुटी गरेको रहेनछु । ठूला तीन दलहरुलाई म यसप्रकार हेर्दै आएको छु,

 

माओवादी: मिश्रित सर्दाम भएको झोला

कांग्रेस: रित्तो झोला

एमाले: झोला नै नभएको

 

जनताहरुले रित्तो हातवालाहरुलाई पनि माओवादीबाट ऐंचोपैंचो लिएर काम चलाउने गरी कामको जिम्मा देलान् कि भन्ने लागेको थियो मलाई । म निकै हदले गलत साबित भएँ । यसलाई मेरो अप्रत्याशा भने पनि हुन्छ ।

 

Nepe

 

 

jayamatadi
· Snapshot
Like · Liked by · 0

Dilip Jyu,

Very very well said... I am not venting my frustration but the logic you made are very rational.

 

Free H1B
· Snapshot
Like · Liked by · 0

दिलिपजि,

माओवादी गणतन्त्रको मात्रै सुत्रधार कहाँ हो र

माओवादी संबिधानसभा, संघईय प्रणली, धर्मनिर्पेक्ष, दासप्रथा उन्मुलन र अरु थुप्रैका मुल सुत्रधार  हुन माओवादी का उम्मेद्बर का लिस्ट र अरु पार्टी का उम्मेद्बर लिस्ट हेर्नुस्, माओवादीका महिला उम्मेद्बर 41 छन भने अरु पार्टीका  महिला उम्मेद्बर 24 -25 छन तेस्ताइ जातिय, दलित, उत्पीडित उम्मेद्बर का लिस्ट अरु पार्टी का उम्मेद्बर लिस्ट सँग दाज्नुस्
मलाई लाग्छ माओवादीले पक्कै पनि नयाँ नेपाल निर्माण गर्नेछ






  

Nepe
· Snapshot
Like · Liked by · 0

तिमी आउने हल्ला थियो म बाटो ढुकेर बसें

तिमी आयौ, तिमी गुज्रियौ, म लुकेर बसें

 

अलिकति बरालिएँ, अलिकति ओरालिएँ

तिमी नहुँदा, समय छँदा, चुकेर बसें

 

हाम्रो जम्काभेटमा के के हुन्थ्यो अनभिज्ञ छु

तिम्रो नजर पर्नु अगावै प्रायः झुकेर बसें

 

टोलको नामी गुण्डासँग तिमी देखियौ, म निरुपाय

हाम्रो पुरानो घागडान प्रेमको हल्ला फुकेर बसें

 

हतारमा मागेको एक फिलिङ्गो निभिसकेको रै छ

म चाहीं बाह्र वर्ष चुल्हो फु फु फुकेर बसें

 

एउटा विचित्रको शान्ति महसुस गर्दैछु आज

हिजोदेखि म आफ्नै इतिहासलाई थुकेर बसें

 

प्रकाशित: २५ जनवरी २००३ (नेपाली पोष्ट)

SiriDhar
· Snapshot
Like · Liked by · 0

दिलीपज्यू, नेपेज्यू र सबै

केही सन्तुलित पढ्न पाए, नत्र हिजो-आज साझामा यताउता ओरालिएको मानसिकताको पखाला चलेको स्पस्ट देखिन्छ।            हो, नेपाली जनताको आफ्नो स्बबिबेकले नै यो नतिजा आएको हो भन्नेकुरामा बुझ्न हामीले ढिला गर्नु हुन्न जस्तो लाग्छ। यसका अतिरिक्त, आउदा दिनका मार्गकाबारेमा केहि जानकारी लिन पाउदा अझै रामो् होला।

 

purush
· Snapshot
Like · Liked by · 0

Have a respect for the will of the people. We need peace in the country. I don't care who rules. Democracy, autocracy or federalism or whatever provides each Nepali a chace to live in peace and get a chace to work for their well being. 

Nepali people have spoken for a change. Although I never supported Maiost, I endorse the outcome the result of this election. It is sad that those who were vying for the CA election in the past are not happy here with the outcome. Looks like more people in sajha come from the families whose profession is in politics and whose father / uncle / brother lost in the election or the sons of those spoiled corrupt bereaucrats.

Hey otherwise, why there is a growing ranting? Jimmy Carter was there to observe the election and he and his team commended it. .

Please let the elected party to work for the betterment of Nepal. We should voice against them if they are not upto the task after some years only, NOT NOW.

 

Acharya Dilip
· Snapshot
Like · Liked by · 0

नेपेज्यू !

तपाईले भन्नु भएको "मतदाताहरुको भनाई सुन्दा उनिहरुले त्यसप्रति आँखा चिम्लेर वा क्षमा दिएर माओवादीहरुलाई सम्पूर्ण विश्वास दिएका होइनन्, बरु ती कुराहरुलाई पहरेदारीमा वा थातीमा राखी मुलुकलाई परिवर्तन गराउने जिम्मा दिएका हुन् । यसलाई विश्वासको मत भन्दा पनि आसाको मत भन्नुपर्छ ।" <b><i><u>१००% सहि हो जस्तो लाग्छ मलाई पनि </u></i></b>

 

अनी नेपालको मिडियाहरु अझै पनि एकतर्फी सोच भएका, हलुका तर्क मात्रै गर्ने र जनमानसको बैचारिक धरातल सम्म प्रवेश गर्न असक्षम रहेछन भनेर पनो प्रमाणित भएको छ ।

 

त्यसो त ३०% नेपालिहरुले भोट हाल्न लाईनमा बसेपछि मात्रै कसलाई मत दिने भनेर 'डिसिनज' गर्छन रे भनेर लेखिएको पनि कतै पढेको थीएँ तर सामान्य स्थितिमा यसपाली सबैको अनुमानले हावा खाएको पक्कै हो ।

 

बाँकी :

माओवादी: मिश्रित सर्दाम भएको झोला

कांग्रेस: रित्तो झोला

एमाले: झोला नै नभएको

एकदमै सटिक र चीत्त बुझ्दो छ ।

 

Jayamatadi  ji!, Free H1 B ji !!

 

Thanx for your valuable comments! and for indications of matters that I have not mentioned.

 

Siridhar ji and Purus ji

 

I also think that we  must let the elected party to work for the betterment of Nepal but we should also keep our eyes open wide on their activity and voice against them if they are not upto the task.

 

Thank you all !

 

Dilip

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 1425 · Likes 1
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 80
· Posts 2 · Viewed 527
· Posts 5 · Viewed 897
· Posts 79 · Viewed 19507 · Likes 19
· Posts 1 · Viewed 225
· Posts 2 · Viewed 426
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal