खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म: - Sajha Mobile
SAJHA MOBILE
खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म:
Posts 4 · Viewed 2103 · Go to Last Post
ठरकी दादा
· Snapshot
Like · Likedby · 0

माओवादी कार्यकर्ताले सुतीरहेको बेलामा कांग्रेस कुटे , दलहरूबीच विभिन्न ठाउमा झडप, उम्मेदवारमाथि आक्रमण,  काभ्रेमा जनमोर्चाको प्रतिशोध,  माओवादीद्वारा नेमकिपाका कार्यकर्ता कुटिए,  दलका कार्यकर्ताहरूबीच हिंसा जारी ........

 

बिगतका केहि हप्ता देखी पत्रिकामा करिब करिब यस्तै समाचारहरुको भरमार छ , अनि पत्रीका पढ्दा लाग्छ हामी कुनै सभ्य समाजको स्वस्थ राजनैतीक प्रतिस्पर्धामा हैन कुनै आदीम ढुंगे युगको "सरदार" वा "मुखीया" बन्ने होडबाजिको मुकाबला र जसको शक्ती उसैको भक्ति भन्ने युक्तिमा विश्‍वास गर्छौं ।

 

तेस्रो विश्‍वमा हुने निर्वाचान, चुनाव आदिमा एक-अर्कालाई 'तथानाम' भन्ने अनी आफ्नो मार्ग चित्र देखाउने भन्दा प्रतिपक्षको खोईरो खन्ने काम करिव करिव सामान्य जस्तै बनेको छ, तर यसरी एक अर्कामा जाई लाग्ने, कुटने, पिटने र ज्यानै जाने आक्रमण गरेर बिपक्षीलाई परास्त गर्न खोज्ने काम सायद ढुंगे युगमा पनि कमै हुँदो हो ।

 

सुन्न र भन्न पनि लाज लाग्ने कुरो,  देशको भविश्‍य किटान गर्न अग्रसर दलका स्थानिय नेता र कार्यकर्ताको यो व्यबहारले भोलीको नेपालो भविश्य वा संबिधान कुन खालको बन्ला भन्ने बारेमा गहिरिएर सोचने हो भने कहाली लाग्ने अबस्था छ । वरिपरि, कार्यकर्ता र 'सुरक्षा घेरा' सहित चुनाव प्रचारमा हिडेका उम्मेदवारलाई त ज्यान जोगाउन मुश्‍कील हुने यो अबस्थामा सामान्य मतदाताले कसरी भयरहित भएर भोट हाल्ने हुन?

 

यसै भीचमा फेरी १२ बुँदे, १७ बुँदे के हो कुनी फेरि अर्को यौटा 'झै-झगडा' नगर्ने सम्झ्यौता पनि भएछ .....तर यता झगडा नगर्ने कुरा हुदां हुदैं अर्को तिर ५-७ जनाको हड्डी पनि भाँच्चीसकेको रहेछ। अनि यस्तै कुरै कुरो र लहडको बिचमा भित्ते राष्ट्रपतिले आफ्ना कार्यकर्तालाई कमसेकम १ हप्ताको लागी गान्धी बनिदिन आग्रह गरेछन ।

 

सोचेँ एकजना कमजोर शरिरका दुब्ला पातला गान्धिको बिचारले पुरै भारतको ईतिहास अर्कै भयो भने हामीकहा त हजारौंको संख्यामा 'गान्धी' हुने भए .....अब भने देशमा केहि हुन्छ । तर मेरो आशा धेरै बेर टिक्न पाएन ..... आज बिहान 'अनलाईन' मा नेपाल एफ एम मा वाई सी एलका महा सचीव दिलिप प्रजापतिसंगको कुराकानी सुन्दै थीए। एउटा प्रश्‍नको जबाफमा उनले आफूहरु गान्धी बने पनि कसैले लात्ता हान्न आयो भने त्यसको लात्ता भाँचिदिने बताउँदै थिए । मैले सुनेको थीए गान्धि भन्ने गर्थे "कसैले दायाँ गालामा थप्पड हाने वाँया गाला पनि दिनु" । तर यहा त गान्धिको पनि क्रान्तिकारी अवतार रहेछ ।

 

अंहिशाका पुजारी गान्धि र यो खुट्टा भाँचिदिने गान्धि बिच म कुनै तालमेल देख्दिन न त मलाई भित्ते राष्ट्रपतिको उर्दी कार्यकर्ता सम्म लागु हुनेमा नै विश्‍वास छ । यसरी नेताले कसैलाई सुनाउन मात्रै बोल्ने र कार्यकर्ताले सिधै लात्ता भाँचिदिने कुरो गर्ने हो भने  भोलीको नया नेपालमा "लात्ता भाँचिदिने गान्धि", 'बन्दुक समात्ने बुद्ध' वा 'खुकुरी भिर्ने' शान्तिदूत जे पनि हुनसक्छन अनि त्यसपछि नेपालको हालत के हुन्छ त्यस बारेमा न त भित्ते राष्ट्रपति न त यि क्रान्तिकारी गान्धि कसैलाई केहि थाहा हुने छैन । गान्धिबाद यौटा तपश्‍या हो जसलाई १ हप्ता लिने र त्यसपछि छोडने कुरा नै गलत छ भने गान्धि बादी हुदै खुट्टा पनि भाँच्दै हिडने कुरा त भेजिटेरिएन चिकेन म:म: जस्तै हो ।

sumedhu
· Snapshot
Like · Liked by · 0

हैन ठरकी जी,

 

कुनै कसाहीको नाम बुद्द वा गान्धी राखिदिएर , उसको कर्म फरक पर्छ र ?

माओवादी केवल हिंस्रक जत्था हो , यहाँ नेतरत्वको कुरा तल्ला कार्यकर्ताले सुन्दैनन् वा सुने पनि टेरपुच्छर लगाउँदैनन् वा नेतृत्वले नै कुकर्म गर्न सुर्‍याएर शिर्ष सम्झौताको खोल ओढेर संसारका लागि रुञ्चे अनुहार देखाउँछ ।

प्रचण्ड डरछेरुवा रैछन, आफ्ना कार्यकर्तालाई बिरोधी उमेद्वारमाथि आक्रमण गर्न लगाएर आँफू त भुमिगत भएछन ! अनि आफ्नो ड्राइभरको पनि विश्वास नलागेर छोरालाई ड्राइभर बनाएछन रे ! अरूलाई मार्ने योजना बनाएर आफ्नो मृत्यूमा यति डर किन हो दाहाल जी ?

सबै कुरा खोल्दिम जस्तो लाग्छ भन्ने पुष्पकमलले अब के खोलेर तर्ल्याङतुर्लुङ देखाउने हुन कुन्नि । २ वर्ष अघि सार्वजनिक भएका कथित महान नेता पुष्पकमलको सार्वजनिक जीवनको नौटंकी देख्दा देख्दा वाक्क भैसकेका हामीले अब कुन कुरा देख्न पर्ने हो ?

marconi
· Snapshot
Like · Liked by · 0
chicken eat earthworm and other insects. It can never be veg. but Buff never eat meat. So, buff momo is pure Veg. Jaya MOMO.
ठरकी दादा
· Snapshot
Like · Liked by · 0

सुमेधु जी !

सबै कुरा खोल्दिम जस्तो लाग्छ भन्ने पुष्पकमलले भा' को भन्दा बढी कुरा खोलीसके अब अरु के खोल्नु?  । हुनसक्छ फेरी कुनै नया भविष्यवाणी गरेर आफूलाई पून: एकचोटी "त्रीशुल बाबा" भने प्रमाणित गर्न सक्छन ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 120
· Posts 1 · Viewed 111
· Posts 4 · Viewed 333
· Posts 2 · Viewed 320
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 135
· Posts 2 · Viewed 339
· Posts 12 · Viewed 1861



Your Banner Here
Travel Partners
Travel House Nepal