अन्तिम रात - Sajha Mobile
SAJHA MOBILE
अन्तिम रात
Posts 11 · Viewed 5969 · Go to Last Post
MidSouthWesterner
· Snapshot
Like · Likedby · 0

 

आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा एकपटक फेरी हामीबिचका तितामिठा पलहरु म सम्झिनेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा भगवानलाई तिमीलाई मेरो सपनामा पठाइदिन म प्रार्थना गर्नेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा तिमीले खोजेको जस्तो हुन नसकेकोमा म आफ्नो भत्सर्ना गर्नेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा तिमीलाई कस्तो होला भनेर चिन्ता म लिनेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा तिमी के गर्दैछौ, को सँग छौ भनेर म सोच्नेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा अरु कसैको अङालोमा तिमीलाई सम्झेर भित्रभित्रै म मर्नेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा तिमीले मलाई माया गर्न नसक्नुको कारणहरु म केलाउनेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा आफु कसैको मायाको योग्य नभएको म सोच्नेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा निन्द्रामा नडुब्दासम्म घाइते जनावरजस्तो म रुनेछु
आजको रात अन्तिम रात हुनेछ
अन्तिम रात जसमा तिम्रो यादमा छट्पटाउदै कोल्टे म फेर्नेछु
 
आजको रात, आजको रात तिमी र तिम्रो सम्झनाबाट आफुलाई म मुक्त पार्नेछु
लाखौं सपनाहरु देखाएर पछाडि फर्केर नहेरी अकस्मात पीठ देखाएर त्यती सजिलै हिंड्ने तिमीलाई
आजको रात, आजको रात मेरो मनमस्तिस्कबाट सदाको लागि बिदा म गर्नेछु

Deserted
· Snapshot
Like · Liked by · 0

Don't worry midsouthwestner jee, there are several persons in the same boat including me. About a year ago, my wife left me even without telling me what wrong I committed without truely understanding me. Now, after about a year later I want her again as I am completely cooled down. Her parents are also positive about it as it's the matter of their daughter's life and their prestige too. But, I am unable ot convince her. She has already filed for divorce and that's what might happen soon. Yestai ho jingadi, we also had so much of hopes about our future, but everything is scattered now. Now, it's my turn to feel bad for the time being, but I am sure she will go through the same situation sooner or later.

Remember that it is easier to forget her if you see only her negative sides for some days. For example, your wife might have low understanding or is too angry person, and you might have been fighting with her for even a minor issues every day if she were still with you. But, you are lucky, she is gone now, so you are eventually in the good shape. Her new husband must have to suffer from now on.

There are so many girls out there who want to come to mid South-West for you for sure. You will definitely find a good match soon. It's just the matter of time.

Good luck, bro!

 

Deserted
· Snapshot
Like · Liked by · 0

correction: ... scattered now. = ... shattered now.

 

jantar_mantar
· Snapshot
Like · Liked by · 0
tapaiko kavita lai dhyaan diyera padhne bhane nikai marma haru bokeko jasto lagchha. ramro chha, marmasparshi chha. yedi yo kavita true emotions ko result ho bhane ma tapaiko saath ma chhu, dhairya garnuhos, sabai thik hunechha ek din.
Houston
· Snapshot
Like · Liked by · 0
Very Nice. Reminds me of Pablo Neruda.
Nepe
· Snapshot
Like · Liked by · 0

मार्मिक !

 

किन्तु एउटा चिन्ता भनम् कि सन्देह भनम् ले घर गरिरहेको छ मलाई । भोलीको रात के होला, कस्तो होला, कति फरक होला आदि ईत्यादि ।

 

आजको रातको कार्यसूचीमा भावुकता भारी रहेको देख्दा त भोलीको रातमा पनि आजकै रातको पुनरावृत्ति हुने अथवा, अझ डरमर्दो कुरा, त्यो पुनरावृत्तिबाट मुक्त हुन ढाँट (denial) को सहारा लिने काम शुरु हुने पो हो कि भन्ने भय छ मलाई ।

 

निम्न एजेन्डा एकमात्र बुँदा हो जसले प्रोटागोनिस्ट महोदय अग्रगमन तिर उन्मुख हुन सक्ने सम्भावना देख्छु म,

 

तिमीले मलाई माया गर्न नसक्नुको कारणहरु म केलाउनेछु

 

तर म यसमा पनि कताकता तिमी मा बढी जोड र आफु लाई कठघरामा उभ्याउन हिचकिचाईएको वा चुकेको भान हुन्छ ।

 

माथिको एजेन्डालाई निम्न रुपमा राखेको भए यो दोष रहने थिएन,

 

मैले तिम्रो माया पाउन नसक्नुको कारणहरु म केलाउनेछु

 

आसा छ मैले कवितालाई क्षति पुर्‍याईनँ ।  

 

Nepe

 

onetouch
· Snapshot
Like · Liked by · 0
Good one, keep it up.....................
bubble_burst
· Snapshot
Like · Liked by · 0

atti daami chha tapaiko kavita or mann ko bhaawana haru, reminded me of what i was going through once in my life.

MidSouthWesterner
· Snapshot
Like · Liked by · 0

 

Deserted दाई, दु:ख लाग्यो तपाईंको कथा सुनेर। तपाईंको दु:ख मेरो भन्दा गहिरो रहेछ। तर जे पर्छ तेस्लाई भोग्नै पर्दो रहेछ। टाउको फुटाएर समाधान निस्किने भये फुटाउन पनि हुन्थ्यो, तर त्यो पनि सम्भव भएन। तपाईंको एउटा वाक्य मेरो कहानीसँग पनि एक्दमै मेल खायो, त्यो के भने मैले पनि कहिले थाहा पाइन म तिरस्क्रीत हुनुका कारणहरु के थिए। न त मैले कहिले अनुमान लगाउन सके, न त उसबाट सुने। खैर जे हुनु थियो त्यो त भयो, तेसमा अबदेखी म केही गुनासो गर्ने छैन। तर एउटा कुरा, दाईले अली बढी नै सोच्नु भयो, मैले मेरो श्रीमतीलाई होइन कि पुर्व मायालुलाई इङगीत गरेको थिए मेरो कवितामा। र midsouthwesterner ले तपाईंले सोच्नु भएको भौगोलिक क्षेत्रको बासिन्दालाई लछित गरेको नि होइन मैले, तेसैले There are so many girls out there who want to come to mid South-West for you for sure भन्ने कुरा पनि त्यस्तै हो।   

jantar_mantar जि, कवितामा true emotions नै थिए। तपाईंको साथ पाएको मा आभारी छु।

Houston जि, मैले पहिले कहिले नसुनेको लेखकको बारे जानकारी दिनुभएकोमा धन्यवाद, Google मा खोजेर २-४ वटा कविता पढे, निकै राम्रा थिए।

Nepe जि, साह्रै गहिरिएर कविता पढिदिनुभएको र कमेन्ट गरिदिनुभएकोमा धन्यवाद छ। भोलिको रात कस्तो हुने भन्ने तपाईंको जिज्ञासाले मलाई पनि झस्कायो, र आँफैले आफ्नो भोलिको रातको मुल्याङ्कन गर्नलाई कुरे। त्यो रात बितिसक्यो, र आज बल्ल म भन्न सक्छु हिजोको रात कस्तो थियो भनेर। यथार्थबादी हुन्छु यहाँनिर, कवितामा व्यक्त गरेजत्तीको सहज नभये पनि हिजोको रात अस्तिको भन्दा धेरै भिन्न थियो, धेरै गतिशिल थियो, र भुतमा भन्दा भविष्यमा केन्द्रित थियो। अझ सोझो रुपमा भन्नु पर्दा, त्यो कविताको उदेस्य आफना मनका भावनाहरुलाई पोखेर भोलिको दिनको लागि हिजोभन्दा positive हुनु थियो, जसमा पूर्ण रुपमा नभये पनि धेरै हद्सम्म सफल भएजस्तो लागेको छ मलाई। "मैले तिम्रो माया पाउन नसक्नुको कारणहरु म केलाउनेछु" राम्रो हुनेथियो भन्ने हजुरको सुझाब प्राकृतिक छ, तर जब म त्यो कविता लेखिरहेको थिए, मेरो कानमा "I can't be in love with you anymore" भन्ने अन्तिम वार्तालापका बखतका वाक्यहरु गुन्जिरहेका थिए, शायद मेरो मनले तेही वाक्यको उत्तर खोजिरहेको थियो जसलाई मैले मेरो भावनामा रोक्न सकिन।

onetouch र bubble_burst जि, पढिदिनुभएको र २ शब्द रखिदिनुभएको मा धन्यवाद छ।   

Nepe
· Snapshot
Like · Liked by · 0

Midsouthwestener ज्यू,

 

तपाईको स्पष्टवादी, सकारात्मक र उत्साहवर्धक रिपोर्ट सुनेर मलाई राहत अनुभव भएको छ । मैले थुप्रै सम्बन्ध-विच्छेदहरुलाई नजिकबाट हेर्ने अवसर पाएको छु, त्यसैले तपाईको पीडालाई हुबहु अनुभूति गर्न नसकेपनि केही हदसम्म कल्पना गर्न सक्छु भन्ने लाग्छ मलाई ।

 

मैले अक्सर के पाएको छु भने सम्बन्ध-विच्छेदहरुमा सबै परित्यक्त पक्षहरुमा गुमाउनुको पीडा समान भए पनि सबभन्दा बढी पीडा दिने खास कारणहरु भने हरेक सम्बन्ध-ईतिहास अनुसार फरक फरक हुँदा रहेछन् ।

 

कसैलाई सोध्न नसकिएको/नमिल्ने कारणहरुले सबभन्दा बढी पीडा दिने, कसैलाई नपाईएको उत्तरले सबभन्दा बढी पीडा दिने, कसैलाई पाईएको उत्तरले सबभन्दा बढी पीडा दिने, कसैलाई आफ्नो लगानीको मात्रा र हदले सबभन्दा बढी पीडा दिने, कसैलाई आफ्नो भोलापनले सबभन्दा बढी पीडा दिने, कसैलाई तेश्रो पक्षको उपस्थिति/भूमिकाले सबभन्दा बढी पीडा दिने, यस्तै यस्तै ।

 

सम्बन्ध-विच्छेद आजको युगमा सामान्य दूर्घटना हो । दूर्घटनालाई हामी जसरी deal गर्छौं, सम्बन्ध-विच्छेदलाई पनि त्यसरी नै deal गर्ने हो । मूख्य कुरा हाम्रो हृदयमा त्यसको खत पर्न नदिनु हो जस्तो लाग्छ मलाई ।

 

र यस्तो खत पर्न नदिन हामीले स्वभ्रम वा ढाँटको सहारा लिने होईन बरु तपाईले प्रदर्शन गर्न खोजिरहनुभएको जस्तो ईमान्दारिता, समझदारी र साहसले त्यो काम फत्ते गर्नुपर्छ ।

 

मलाई पक्का विश्वास छ, तपाई कुनै तिक्तता र खत नबोकी अगाडी बढ्नुहुनेछ र मलाई के पनि आशा छ भने यो अन्त्यको वावजुद तपाई उनीसंग बिताएका क्षणहरुको उचित किर्तन र गौरव गर्न सक्ने अनि उनको अलग यात्राको एक सक्कली शुभेच्छुक हुनुहुनेछ ।

 

हवस् त, समस्त शुभकामनाहरु सहित,

 

Nepe 

 

MidSouthWesterner
· Snapshot
Like · Liked by · 0

हुन त अली ढिलो भईसकेछ धन्यवाद दिनलाई पनि, तै पनि Nepe ज्यु लाई अझ एकपटक मुरिमुरी धन्यवाद, सकारत्मक चिन्तनको लागि फेरी एकपटक हौशला बढाईदिनुभएकोमा। 

 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 58
· Posts 13 · Viewed 1460 · Likes 1
· Posts 6 · Viewed 633
· Posts 81 · Viewed 20703 · Likes 19
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 202
· Posts 1 · Viewed 151
· Posts 1 · Viewed 163



Your Banner Here
Travel Partners
Travel House Nepal