मेरै जिबन दाउमा थापी झेल गरीछौ (gajal) - Sajha Mobile
SAJHA MOBILE
मेरै जिबन दाउमा थापी झेल गरीछौ (gajal)
Posts 31 · Viewed 14745 · Go to Last Post
waka
· Snapshot
Like · Likedby · 0

फेरी एउटा गजल टासेको छु ,अशा छ सुझाब पाउछु

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ


एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ


हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ


बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ


छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ


Load Previous
shirish
· Snapshot
Like · Liked by · 0

Hey Bhaute

If can be co ordinated, it will be a great skill. if not it will be hard to drive or face comments like Nepe's. ( I had similar fate and comments from Nepe which worked out to be advantageous for me). I am sure Waka will benefit too.

Kaam ma chu- I can not down load any thing so no Unicode.

 

 

nepalean
· Snapshot
Like · Liked by · 0

ल वाका मैले त सर्वोत्तम दिए। भर्खर छोटे उत्साद हेरेको क्या, सबै भन्दा ठुलै त्यही सर्वोत्तम रहेछ।

जाओस अरु पनि बाजिहरु!

waka
· Snapshot
Like · Liked by · 0

ishwor ji
तपाईंले भने झै एउटै घगोमा उन्नेछु ,सुजाबको लागी धयबाद

sanokanchha ji
गजल मन पराइ दिनु भएकोमा धन्यवाद

shirish ji
यहाँको सदभाब र मिठो सुझाबले मलाई निकै हौसला दिएको छ ,सधैं सुझाबको आशामा हुनेछु

nepe guru
यहाँकै मार्गदर्शन अनुरुप अघी बढने छु,काफिया -रफिद बिधानमा अहिले तेती अल्मल्लिएको त होइन तर हजुरले नयाँ प्रयोग भन्नु भएको र मलाई पनि अली भिन्न र मिठास बढी भए झै लगेर तेसो  हुँ ,हजुरले भने झै गजलको बिधानमा बाधीएर पक्कै अरु गजल उन्ने छु ,र लाग्छ यसरी लेख्न मलाई अझ सजिलो लाग्छ । यसरी नै हजुरको हौसला र सुझाब मलाई खाचो छ ।

bhaute ji

धन्यवाद ,शिरिशजिले भनेझै यस्ले मलाई पक्कै मद्दत गरेको छ ,

nepalian

thanks for ur sarbottam,

 यहाँले दिनु भएको उपहार मेरो हौसला बढाउने छ ।   

waka
· Snapshot
Like · Liked by · 0


एउटा फेरी नेपे गुरुले भनेझै थपेको छु ,
सुझाबअको सधैं झै आशामा पनि छु 

 

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
 
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
 
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
 
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो

होश उडाउने हासो कसैको नासो भएछ अब 
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो 

Nepe
· Snapshot
Like · Liked by · 0

Waka-jyu,

 

अब तपाईले जानी जानी experimental  गजल लेखेको थाहा पाएको भए अलि कम harsh कमेन्ट लेख्थें कि । एनिवे, खुशि लाग्यो गजल विधानसंग अपरिचित हुनुहुँदो रहेनछ । तपाईको पछिल्लो गजलमा काफिया-रदिफ पूर्ण त छदैछन्, भाव पनि परम्परागत श्रृङ्गारिक लेदोमै चोपिएको अनुभूति हुन्छ गाँठे । एउटा कुरा चाही जरुर भन्न चाहन्छु- यी विषय र भावनाहरु निखारिईसकेका (exhausted) कुराहरु हुन्, त्यसैले तीनमा हात हाल्दा नविनता र मौलिकता देखाउन अत्यन्तै कडा मेहनत गर्नुपर्ने हुन्छ । मेहनत पुगेन भने पाठकहरुलाई ती कतै सुनिईसकेका, कतै पढिईसकेका जस्ता लाग्न पुग्न सक्छन् ।

 

अनि तपाईले आविष्कार गर्नु भएको भनेर जो भने दोहोरो काफियायुक्त गजललाई, त्यसलाई यत्तिकै dismiss गर्न चाहन्न म । त्यो शैलीलाई तपाईले स्थापना गर्न सक्नुभयो भने (भनम् न तपाईले केवल त्यही शैलीमा लेखिएको एउटा स्तरिय गजल संग्रह प्रकाशित गरेर केही followers समेत जम्मा गर्न सक्नु भयो भने) एउटा ठूलै योगदान र भलाई हुनेछ । भलाई चाही के अर्थमा भने वास्तवमा नेपाली भाषा उर्दुको तुलनामा अनुप्रास-न्युन भाषा भएकोले यो त्यति गजल-मैत्री छैन । ५०-६० वटा गजल लेखिसकेपछि अनुप्रास निखारिएको अनुभव हुन्छ । यही कारणले कति गजलकारहरु गजलबाट पलायन भएका छन् । यस्तोमा केही नयाँ वैकल्पिक शैलीद्वारा नेपाली गजललाई जीवित राख्ने मात्र होईन समृद्ध बनाउन सकिन्छ भने त्यो ठूलै योगदान र भलाई भएन त ?

 

रदिफ हटाएर काफियालाई बढाउँदा शाब्दिक स्वतन्त्रता (degree of freedom) बढ्न गई गजल लेखन अलि बढी सहज पनि हुने अनि लयात्मकताको क्षयको पनि क्षतिपूर्ति हुने देखिन्छ । त्यसैले यो शैलीलाई तिलाञ्जली नै चाही दिई नहाल्नुस है भनेर सचेत गराउन खोजेको के मैले ।

 

नि:सन्देह हरेक अभ्यासीले अभ्यासकालमा यस्तो शैलीको पुनर्आविष्कार गर्ने गर्दछन् (हाम्रा राहुलभाईज्यूकै रचना त्यसको प्रमाण हो), तर यसलाई स्थापना गर्ने तर्फ भने शायदै कसैले सोचेको होला । अब सोच्ने कि भन्ने पनि मेरो आग्रह हो । अलिकति आँट, केही मेहनत र पूर्ण प्रतिवद्धता- चाहिने सर्दाम यत्ति हो त्यसको लागि ।

 

Nepe

waka
· Snapshot
Like · Liked by · 0
नेपे गुरु
हजुरले थपी दिएको उर्जालाई म खेरा जान दिदिन ,कताकता जोश थपिएको छ ,एउटा गजल सङग्रह निकाल्न मन त छ तर गजल कती जती हुन आबस्यक छ र हल म अमेरिकामा छु ,नेपाल नगै प्रकाशन गर्न सकिन्छ कि सकिदैन ,यसको पनि जानकारी पाए हजुरको ऋणी हुनेथिए ।
हजुरको सुझाबको आशामा 
Nepe
· Snapshot
Like · Liked by · 0

Waka-jyu,

 

प्रकाशनको लागि अमेरिका त के मंगल ग्रहमा बस्नुहुन्छ भने पनि केही कठीनाई हुने छैन । कठीनाई त मार्केटिङमा हुने रहेछ ।

 

६०-१०० वटा गजल भएपछि एउटा decent संग्रह हुन्छ भन्ने लाग्छ मलाई ।

 

अनि मेरो आसय स्पष्ट अस्पष्ट के कसो भयो कुन्नी, मैले मिश्रित गजल संग्रह (परम्परागत र प्रयोगात्मक दुबै मिसिएको) को कुरा गर्‍या होईन है । कि त शुद्ध परम्परागत गजलको संग्रह, कि त शुद्ध प्रयोगात्मक (दोहोरो काफियावादी) गजल को संग्रह को कुरो गर्‍या नि ।

 

प्रयोगात्मक गजलको अलग्गै संग्रह नै सिर्जना गर्ने प्रतिवद्धता छ भने त्यसमा लगानी गर्नुस्, होईन प्रतिवद्धता चाही छैन भन्नुहुन्छ भने त्यसमा ठूलो लगानी नगर्नुस् ।

 

दुई थरीका गजलमा लगानी गर्नु भनेको एकैचोटी दुईवटी प्रेमिकासंग प्रेमको कारोवार गर्नु सरह हो । क्रिटिकल ट्याममा न यताको न उताको होईन्छ । विचार पुर्‍याउनुहोला ।

 

अब गजल विधानको अर्को अलि enigmatic नियमको कुरा गर्न चाहन्छु । बहर अर्थात् छन्द ।

 

अधिकतम शुद्ध गजल लेख्ने आँट, जाँगर र मनसाय छ भने उर्दु र संस्कृतका परम्परागत छन्दमा लेख्ने प्रयास गर्नुहोस् (नेपालबाट प्रकाशित संग्रह बहरमाला को मोडेलमा)।

 

मनसाय न्यूनतम स्वीकारयोग्य गजल लेख्ने (शिरीष, भउते र मैले यसै गर्ने गरेका छौं) हो भने कम्तिमा, for a given ghazal, समान अक्षरसंख्या वा syllable संख्या भएका पंक्तिहरु भएका शेरहरु लेख्ने बानी बसाल्नुहोला । कुरा के भने एउटा गजलको सम्पूर्ण शेरहरु एउटै लयमा गाउन सकिने हुनपर्छ । लय संगै सम्बन्धित अर्को महत्वपूर्ण कुरा विश्राम (हरफको बिचतिर कतै रोकिने स्थान) हो । शुरुको शेर (मतला) मा जुन लय र विश्राम छ, त्यही लय र विश्राम बाँकी सम्पूर्ण शेरहरुमा हुनुपर्छ ।

 

प्रचलित मात्रा (syllable संख्या) र विश्रामहरु:

 

8+8  (आठौं syllable पछि एक विश्राम भएको जम्मा सोह्र syllables को पंक्ति हुने)

8+6

7+7

8+5

6+6 (or 3+3+3+3)

5+5

5+5+5+5

4+4

 

ल है त, यिनै न्यूनतम (भन्नुपर्‍यो) नियमहरुको पालना गर्दै गजल रचना गर्नुहोस् । तपाईको गजल प्रकाशित गर्ने र गाउनको लागि गायक/संगीतकारहरु बीच हारालुछ हुने स्थिति पैदा गर्ने जिम्मा मेरो भो ।

 

Nepe

 

Nepe
· Snapshot
Like · Liked by · 0

"बहर" (छन्द, meter ) उपर केही टिप्पणी:

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=421&PageNum=15&forum=4&threadid=25330#457405

Nepe

shirish
· Snapshot
Like · Liked by · 0

"दोहोरो काफियावादी"

आफूलाई त एकोहोरो नि धौ-धौ छ !

shirish
· Snapshot
Like · Liked by · 0

गजल

भूपेन्द्र महत, कोलोराडो


आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई

सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुँ मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोषी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चढोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
 

www.khasskhass.com

Nepe
· Snapshot
Like · Liked by · 0

Waka-jyu लाई सार्वजनिक हुनुभएकोमा बधाई !

यो "दोहोरो काफिया" स्थापित नभएको प्रयोगात्मक शैली भएकोले यसलाई अहिल्यै "गजल" भन्ने बेला भा'छैन । अहिलेलाई यस्ता रचनाहरुलाई "गीत" विधामा राख्नु ईमान्दारिता हुनेछ ।

उर्दुमा पनि सबै प्रकारका अगजल (अपूर्ण गजल, गैर-गजल ) रचनाहरुलाई "नज्म" वर्गमा राखिन्छ । हामीले पनि त्यसै गरेर त्यस्ता रचनाहरुलाई "गीत" वर्गमा राख्नुपर्छ भन्ने आग्रह हो मेरो । हुन त एक ठाउँमा मैले मेरो एउटा त्यस्तै अपूर्ण गजललाई "उपगजल" भनेर प्रकाशित गरेको छु । "गजलिका" अर्को एउटा वैकल्पिक नाम हुनसक्छ । तर स्त्रीजातीलाई होच्याउने भाव त्यसमा निहित भएकोले यो संज्ञा मलाई मन परेन ।

जे होस् अपूर्ण गजललाई जबर्जस्ती "गजल" भनेर नभनम् भन्ने मेरो राय हो । कमसेकम मलाई गुरु थाप्नेले यो कुरामा सम्वेदनशिल भईदिन पर्‍यो । नत्र मेरो छवि नै अर्कै हुन्छ के । ;-)

Nepe

Nepe
· Snapshot
Like · Liked by · 0

मैले माथी refer गरेको मेरो उपगजल यहाँ प्रकाशित भएको थियो ।

 

http://sahitya.freenepal.com/13poem_gajal_deepak.htm

 

यसमा मैले झण्डै झण्डै दोहोरो काफिया प्रयोग गरेको छु । तर मैले भूपेन्द्रजीको जस्तो consistent दोहोरो काफिया नभएर बरु inconsistent दोहोरो काफिया प्रयोग गरेको छु । त्यसैले यसलाई “inconsistent काफियावादी वा “flip-flop काफियावादी वा “Pendulum काफियावादी गजल भन्दा ठीक पर्ला । जे भए पनि यसलाई मैले शुद्ध गजल नभनेर ईमान्दारिता चाही जनाएँ भन्नु पर्ला ।

 

उपगजल

 

धेरै भई पोखिने कुरा होइन आँसु

थोरै भई रोकिने कुरा होइन आँसु

 

यत्ति हो यसको मात अलि बेग्लै

नत्र कसले भन्छ सुरा होइन आँसु ?

 

वरपरकालाई पत्तै नदिई खस्छ

छिन्द्रिङ छिन्द्रिङ खस्ने चुरा होइन आँसु

 

कसले पारेको त टुक्रा कलेजीको

नभन नभन छुरा होइन आँसु

 

हर्कको यो साथी, मर्काको यो साथी

अरु साथी जस्तो कुरा होइन आँसु

 

बिटुलियो गोहीको आँसुले भने

गंगाजलले चोखिने कुरा होइन आँसु

 

जत्ति कुरा सुनेका छौ आँसु बारे

कुनै कुरा हो, कुनै कुरा होइन आँसु

 

बग्न दे निर्बाध, बज्न दे दीपक राग

बस् यो बिर्सिदे- तानपुरा होइन आँसु

 

Nepe

भउते
· Snapshot
Like · Liked by · 0

शिरिष-गुरु, गलत अर्थ नलागोस है ! म सकारात्मक अर्थ मै "फलामको चिउरा" भनेको। फलामको चिउरा चपाउन अभ्यस्त भएपछि चामलको चिउरा चपाउन पक्कै सजिलो हुन्छहोला। :-)

 अनलाइन तथा प्रत्यक्ष भेटघाटमा नेपेगुरुबाट पाएका गजल सम्बन्धि ज्ञानहरु अति नै अमूल्य छन्। अब त आफै पनि यति महत्वाकांक्षी भइएछ कि अगिल्लो हप्ता लेखेको गजल पछिल्लो हप्ता आफैले हेर्दा दिक्क लाग्ने हुनथाल्यो। वास्तवमा ५-६ वटा पूर्ण भैसकेको गजल त मैले आँखा चिम्लेर पुरै डिलेट गरेको छु। जति फेर हेर्दा नि सोँचाइको दायरा लेखिसकेको गजल भन्दा बाहिर नजाने, कहिलेकाहीँ त फ्रस्टेशन नै हुने भन्या। बरु नामोनिशान मेटिने गरि डिलेट नै गरिदिएपछि नयाँ सृजना फुर्छ कि भनेर के। थाह छैन, मेरो यस्तो बढी महत्वाकांक्षाले आफैलाई कहाँ पुर्‍याउने हो।

नेपेगुरुको अनुहारमा मुस्कान ल्याउन नसक्ने गजल टाँस्दै टाँस्दिन भनेर बसेको, बसेको बसेइ भइयो। अब यो अहम चूर्ण होला जस्तो छ।   टाँसिसकेपछि चैँ हातमा ढुङ्गा-मुढा लिएर डिफेन्स गर्ने बानी छ आफ्नो फेरि।

भउतेको हल्लै बढी !

 

 

 

waka
· Snapshot
Like · Liked by · 0

नेपे गुरु ,
हजुरको अमुल्य सुझाब मेरा लागि मार्गदर्शन सरह छन । यसरी नै सुझाबको आशा सधैं रहने छ ।
अब भने अली दिबिधामा परे ,जोश त पक्कै छ तर कुन बाटो जाने ,गजल्कै बिधनलाई आत्मासाथ गर्ने कि प्रयोगात्मक
गजल (गीत,उपगीत जे होस् )लाई। रहरै रहरमा नयापन भनेर अरु ४ वटा लेखी सकेको थिए अबलाई थाहा छैन के गर्दा राम्रो हुन्छ । झन हजुरले हिजो दियको बिश्रामको समेत् बिचार  गरी आज एउटा अभ्यास गरेको थिए ,जस्लाई म यहाँ राख्दै छु । हजुरले अबश्य उचित सुझाब दिनु हुने छ ।
शिरिश जि सार्वजनिक गरिदिनु भएकोमा धन्यवाद ।
भुपेन्द्र

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो

पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो

कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो

दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो

कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो     

shirish
· Snapshot
Like · Liked by · 0

भउते

त्यै फलामको चीउरा देखेर त वाकाको बयान गरेको नि मैले ! खुबी नभएको मान्छे कहा हुन् र उनी ?

Continuit; दिन सकियो भने त दुई जनाले पेडेल गर्ने एउटा साईकलको दोब्बर रफ्तार हुन्द होला  ! हेर्दै जाम उनले कुन रफ्तारमा गर्दै जालान् !

उनको लेखाई हेर्दा एकै बसाईमा लेख्या जस्ता छन् है रचनाहरु !

मैले नि नेपेलाई gold standard मान्या कुरा अर्को थ्रेडमा लेख्या थिएं  - कोशिस भन्दा बढ्ता गर्न सकिएला जस्तो छैन !

Nepe
· Snapshot
Like · Liked by · 0

Shirish, Bhaute and Wakajyu,

 

सर्वप्रथम त शिरीषले मलाई धान्न नसकिने स्ट्यान्डर्ड दिएकोमा त्यसलाई ससम्मान फिर्ता गर्न चाहन्छु । एक दुई सुनका टुक्रा होलान् मसंग देखाउन, तर अधिकांश त चाँदी, तामा र कति त फलामका टुक्रा पनि छन् है, भला फलामका जस्ता लाग्ने टुक्राहरु घरमै ग्यारेजमा लुकाएर राख्ने गर्छु ।

 

अब अलिकति पाण्डित्याँई छाटम् है गजल-लेखनको बारेमा । जस्तो मैले एडमिट पनि गरें, फलामका टुक्राहरुलाई घरमै थन्क्याएर राख्नु बेस ।

 

शेर लेखन भनेको पहिलो चरणमा धाउ (ore) को ठूलो थुप्रोलाई पगालेर (smelting) धातु निकाल्ने, दोश्रो चरणमा फलामे धातुलाई पिटी पिटी सुन बनाउने काम हो । भनन् न, यो लोहार र सुनार दुबैको सिप चाहिने काम हो ।

 

एक शेर निर्माणको लागि एक स्वतन्त्र, स्वायत्त र ठोस विचार/भावना/कथा/टिप्पणी पहिलो कच्चामाल हो । अनि त्यसलाई पगालेर त्यसको सार (जुन चार पाँच शब्दमा व्यक्त गर्न सकिने हुनुपर्छ) खिच्ने काम दोश्रो काम भयो । त्यसपछि त्यसलाई बहर र काफियामा ढाल्ने (तीन चार नयाँ थप शब्दहरु राख्दै, तानतुन पार्दै) काम अन्तिम भयो ।

 

यो पद्धति (order तलमाथी हुन सक्छ) हरेक शेरमा लगाउनु पर्छ ।

 

चार पाँच शब्दहरुमा उखान टुक्का जस्तो सुनिने गरी व्यक्त गर्न सकिएन भने त्यो भावना/विचार अझै शेरको लागि उपयुक्त हुने गरी बुझ्न बुझाउन (distil गर्न) सकिएको  छैन भनेर बुझ्नु । त्यो नभएसम्म distillation जारी रहनुपर्छ अर्थात् यसरी भन्दा पो हुन्छ कि, त्यसरी भन्दा पो हुन्छ कि भनेर केवल चार पाँच शब्दमा व्यक्त गर्ने प्रयास गरेको गरेई गर्नुपर्छ ।

 

त्यसैले शेरको प्रसुतिकाल लामो र प्रसववेदना तिव्र हुन्छ । यो अरु कुरा जस्तो होईन ।

 

सारांशमा राख्नुपर्दा तलका तीन कुराहरु यसका अपरिहार्य रचनाचरण हुन्

 

१) चिन्तन-मनन

२) अभिव्यक्ति अभ्यास

३) परिमार्जन, परिमार्जन, परिमार्जन

 

गजल रचनाका विविध पक्षबारे भएका तर्कवितर्कका थ्रेडहरु साझामा थुप्रै छन् । शिरीषको ASAD त्यसको एउटा राम्रो स्याम्पल हो । Waka-jyu र अन्य पुराना मित्रहरुलाई पनि पुनर्भ्रमणको लागि निम्ता छ:

 

http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=1&PageNum=1&forum=4&threadid=22595

 

स्मरणिय रहोस्, म त्यहाँ गुरु भन्दा पनि स्वयं एक सिकारु र अभ्यासीको रुपमा धेरै छु र जिन्दगीभर त्यस्तै रहने छु पनि ।

 

Nepe

waka
· Snapshot
Like · Liked by · 0

शिरिश जि
यस् बिधामा म शिकारु नै छु ,यहाहरुको देखासिकी बाटनै यसो कोशीस गरेको हुँ ,
बरु अब चाँही कताकता नशा जस्तो भाईरहेछ यो । गजल मोह

नेपे गुरु
यहाँको अंमुल्य सुझाबले बामे सर्न थालएको छु ,शायद हजुरको सुझाब यसरी नै
पाइ रहेमा एकदिन हिडन पनि सकुला भन्ने आश पालेको छु ।

भउते जि
यहाँको गजल पढने तेती मौका पाएको छैन ,जावोस न हजुर यसो .

भउते
· Snapshot
Like · Liked by · 0

waka-जी,

मैले अलिक पहिले केही प्रयाशहरु गरेको थिएँ। नेपेगुरु र शिरिष गुरुलाई गुरु थापना गरेर सुरुगरेको। निकै फलिफाप भएको थियो। लेख्न नजाने नि अचेल पढ्न चैँ जान्ने भा'छु। तपाईँको जस्तै मेरो गजलको क ख ग घ, यहाँ सुरु भएको थियो। सुरुमा मच्चियो, अहिले थच्चियो जस्तो भा'को छ। अचेल मरेकाटे केही फुर्दैन। फुरे पनि आफैलाई चित्त बुझ्दैन, अनि टाँस्न मन लाग्दैन।  ट्याम हुँदा यसो पाल्नु भे' हुन्छ नि। अलेली गजल सम्बन्धि ज्ञान ज्ञुनका कुरा पनि भा'छन के रे सायद।

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=2&threadid=22112

नेपेगुरुको हात पक्डिनुस्, शिरिषगुरुको साथ लाग्नुस-- बस् ढुक्क हुनुस्।

waka
· Snapshot
Like · Liked by · 0

 

शिरिशजी,नेपे गुरुको सहयोगमा तपाईंको गजलको महफिल निकै बेर हराए र धेरै पाए ,निकै राम्रा र गहकिला खजानाहरु रहेछन ,मन त्रिप्त भो

भउते जि ,वाह क्या बात हे ,गजब रहेछ नि । फेरी मच्चिनु पर्‍यो है । तपाईं पनि मेरो गुरु अब देखी

waka
· Snapshot
Like · Liked by · 0

थाहा छैन कस्तो भो ,तैपनी उनि दिएको छु ,
चिनो ,छिनो ,सिनो पछी शब्द नपाएकोले छानो ,मानो ,पानो को साहारा लेको छु। मान्य  हुन्छ कि हुँदैन ।
झन बुझ्यो झन कठिन रछ यो गजल ,र पनि हरेश खाको छैन । सदा झै सुझाबको आशामा ।
भुपेन्द्र

 

 

टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
 
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
 
बाटो पर्दा कतै नजर पर्ला घरमा भनी  
सुकुमबासी भै भात्किएको छानो पठाकोछु
 
सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली  तिमीलाई 
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु

  

 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 73
· Posts 18 · Viewed 2980 · Likes 1
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 121
· Posts 4 · Viewed 1105
· Posts 1 · Viewed 233
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 139



Your Banner Here
Travel Partners
Travel House Nepal