" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके
चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ
मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी
थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति
हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै
भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा
आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।
मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर !
ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व
ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो
सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!
उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश !
क्रमश:................................... ...
Last edited: 26-Feb-08 08:28 PM