लैनचौरका राजाहरु - Sajha Mobile
SAJHA MOBILE
लैनचौरका राजाहरु
Posts 4 · Viewed 4237 · Go to Last Post
SateLite
· Snapshot
Like · Likedby · 0
भत्केका महलहरुको सपना
देश टुक्राउन चाहने पापिहरु अनि
कठ्याङ्ग्रिने जाडो
पैतालका डोबहरु मेटिदै गयको शुन्य समय
भविष्यप्रति निराशित हेराइहरु
कमजोर बनेका आशाहरु
बन्दै-बन्द अनि अभावहरुको लस्कर
कुटिल मुस्कानसहितको छिमेकि देश
अत्तालिरहेका मेरा मान्छेहरु
घृणाको जिन्दगि बाँचिरहेका छन

इन्धनको अभावमा बन्द स्कुलहरु
अँध्यारो भविष्यसहितका मेरा नानिहरु
म घरिघरि बिचलित बनिरहेको छु
मेरो माटोको दुर्दशा देखेर अनि
आफुले केहि गर्न नसकेको guiltiness
मनभरि साँचेर
म नमिठा आँशुहरु झारिरहेछु

अधुरो प्रेममा बितायका क्षणहरु
अनि
मेरो देशको Democracy
उस्तैउस्तै बनेका छन
अपाङ्ग अनि निरिह
धुवाँको मुस्लोमा अस्पतालहरु
ढाकिइरहेको यो क्रुर समयमा
बिद्यालयहरु बन्द छन
हाम्रो अभावमा छिमेकिहरु हाँसेका छन
जसरि प्रेमिका हाँसेकि थिइन बिदाइमा
उनको त्यो उन्मुक्त हाँसोमा
मेरा बिगतहरु छताछुल्ल भयझैँ
बन्द सडकहरुले
मेरो देशको कालो भविष्य देखाइरहेछन
देश बनाउने मस्तिष्कहरु
बन्द कोठामा मौन छन
अनि
लैनचौर र दिल्लिमा चलिरहेको भोजमा
मेरा नागरिकहरुको क्रन्दन सुनिरहेछु म
देश टुक्राउने सपना देखेकाहरुको भिड
काठमाडौँमा कुदिरहेको देख्दा
म युद्दमा जान हतारियको सिपाहिसरह भयको छु
लैनचौरका राजाहरुलाइ border कटाउने साहस बोकेर !!

The End

****लैनचौर र दिल्लि शब्दको प्रयोग यहाँ ,भारतिय राजदुतावास अनि भारतिय राजधानिको निम्ति गरियको छ ***
chitwani hero
· Snapshot
Like · Liked by · 0

keep it up!

i would also like to give u a big hand !

तर बिबस छन यी हातहरु भबिस्य बनाउने सपना मा बाधिएका  छन यी हातहरु
तर पनी आमा तिम्रो चराइरहेको घाऊ मा मलम लिएर पक्कै आउनेछु आमा
अहिले  लाई माफ गरिदेउ म मलम खोज्दै छु अनी तिमीलाई चोट दिने लाई पनि   ! 
 अनी हामी नयाँ जीवन सुरु गरौला ल

syanjali
· Snapshot
Like · Liked by · 0

देख्दा देख्दै, न चाहदा चाहदै
पाहाडे र मधिसे मा
चिरा पर्न लागि सक्यो
चिरै परयो भने
कसरी बुजाउ उन्को मन
थोक्रो आश्वासन भन्दा
वास्तविकता भोगिन,  थाहा पाईन
भने
पिडा काम होला

पछी

 

shailendra
· Snapshot
Like · Liked by · 0

Tapain haami jasta nepali haru sabai bideshiya pachhi chor bhrasta neta haru le desh bigarna jhan sajilo bhayo.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 102 · Viewed 23492 · Likes 25
· Posts 2 · Viewed 317
· Posts 2 · Viewed 181
· Posts 11 · Viewed 1060
· Posts 2 · Viewed 180
· Posts 6 · Viewed 987 · Likes 2
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 129
· Posts 5 · Viewed 763



Your Banner Here
Travel Partners
Travel House Nepal