उ र मेरो दोष !! - Sajha Mobile
SAJHA MOBILE
उ र मेरो दोष !!
Posts 23 · Viewed 28136 · Go to Last Post
somewhereondearth
· Snapshot
Like · Likedby · 0

‘भाउजु, Company चाहिन्छ भने भनौं है ।‘

यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न । मेरो रिस बढ्दै गयो । मैले उसको त्यो कुटिल हेराई सहन सकिन । सोफा बाट जुरुक्क उठें ।

‘तपाईं आफ्नो बाटो जानुस’ यति मात्र भन्न सके ।

मेरा आँखि भौं माथि उठेका थिए । नाक का पोरा ठुला भएर, आफ्नै सास को तातो अनुभव भईरहेको थियो ।

‘भाउजुले गलत बुझ्नुभयो, मैले त्यसरि भनेको होईन। ‘ उ कुरा मिलाउन थाल्यो ।

म प्रचुर रिसले उभिईरहें । एकछिनको मौनतापछि उ आफैं ढोका तिर लाग्यो ।

‘मैले त्यो मनसायले भनेको होईन, भाउजुले बढि बुझ्नु भयो ।‘

यति भनेर उ गयो ।

म निकै बेर त्यसरी नै उभिइरहे । कुनै भाव change पनि भएन । एकोहोरो हेरि रहें ढोका तिर । एकोहोरो ।

निकैबेर पछि, अलि खुकुलो भयो । एसो हेरेको कुर्थाको शल सोफाबाट खसेको रहेछ । त्यसलाई उठाए । आफ्नै निधार छामेको, पसिना चिट चिट रहेछ । त्यहि शल ले पुछें । अनि गएर ढोका लगाए । अनि पछाडि फर्केर, त्यहि ढोकामा अढेस लागेर उभिए ।

कोठा यता उता हेरेको, सबै कुरा आफ्नै ठाउँमा थिए । टेबलमा प्रकाश र मेरो बिहेको फोटो त्यसरि नै बसेको थियो । टेबल क्लथको फुल फुलेकै थियो । प्रकाशले जितेका मेडल र मैले जोहो गरेका सजावट सोकेशमा सजिएका नै थिए । भत्ता मा सजाएकि जेसिका अल्बा हासेकै थिइन् । तर म भने, कता कता अर्कै भएकि थिए । कुनै युद्धबाट न जित न हार का साथ फर्केको योद्धा जस्ति । न गर्व आफु सित, न अथाह ग्लानि ।

मैले मन थाम्न सकिन । त्यसै रुन आयो । आखाँ सबै भिजें । गहिरो सास लिए । आँसु आफै बगि रहे । मैले पुछिन, बगिरहे । प्रकाश कहिले आउनुहुन्छ जस्तो भयो । दौडेर वहांको अंगालो मा बाधिन मन लाग्यो । मलाई त्यो पलमा श्रीमानको साथ र सुरक्षा एकदमै miss भयो । आशु बगि रहे । बगि नै रहे ।

निकै बेर चुप चाप रोए, आफै संग । उ प्रकाशको स्कुल देखिको साथी । हाम्रो बिहे पछि, काठमाण्डौ आएर, उसलाई भनेर बिशेष रुपमा खाना लाई बोलाएका थियौ । हासि, रहने । मजाकिया मान्छे । प्रकाशको साथी, म पनि उ संग comfortable भएर नै कुरा गर्थे । प्राय: जसो हाम्रो मा आई रहन्थ्यो । कहिले खालि हात त कहिले के लिएर ।

‘भाउजु, मलाई तपाईकि बहिनि छन् भने मिलाई दिनु न ।‘ उसको बिहेको कुरा सुरु गर्यो कि भनि हाल्थो । उ छिट्टै बिहे गर्ने तरखरमा थियो । प्रकाश उलाई सधै जिस्काइरहेनु हुन्थ्यो । उ हाम्रो परिवारकै जस्तो भएको थियो । हुन पनि, काठमाण्डौमा आफन्त नभएकाले होला, उ नै आफन्त जस्तो थियो ।

प्रकाश १५ दिनलाई china जानु पर्ने भयो । म काठमाण्डौमा एक्लै हुने भए ।

‘चितवन जान्छौ त?’ वहांले नसोध्नु भएको पनि होईन । माईत जान पनि मन लागेन । किन किन मलाई यहि डेरा आफ्नो लाग्छ ।

‘होस, स्कुलमा छुट्टि पनि छैन । तपाई फर्के पछि जाउँला, उता बुटवल पनि जानु छ ।‘ शायद यस्तै भनेकि थिए त्यो बेला। मेरो भनाई खुरुक्क मान्नु भएको थियो ।

प्रकाश जाने दिन उ पनि आएको थियो ।

‘यसो भाउजुलाई साह्रो गाह्रो पर्ला, कहिले काहिं आईदे है!’

‘भन्नु पर्दैन नि, यार’ मुसुक्क हासेर उसले प्रकाशलाई भनेको थियो ।

प्रकाशले पुगेर फोन गर्नु भएको थियो । वहां बिना डेरा शुन्य शुन्य लाग्यो । बरु चितवन गएकि भए पनि हुने रैछ । यति बेला फिल भयो । तर बसि हाले, आऽऽ १५ दिन त हो नि । यस्तै सोचेकि थिए ।

बुटवल तिर बाट बुवाले यति नै बेला चामल पठाउनु पर्ने । बुहारि एक्लै छ भने पछि त एसो कुरा बुझ्नु नि । कस्तो हतारो परेको । बुवालाई मन मनै गालि गरे । लिन जाने मान्छे थिएन । कसलाई भन्ने ।

सजिलो उ नै थियो । उसलाई नै phone गरे । उसैले कलंकि गएर चामल ल्याईदियो । अचारका सिसि र घ्यु । आमाले आफै बनाउनु भएको । उ त्यो दिन हतार छ भन्दै चिया पनि नखाई फर्केको थियो । प्रकाशले फोन गर्दा मैले सबै कुरा बताएको थिए ।

‘शनिबार खाना खान बोलाउनु नि । साथि पनि हुन्छ, तिमीलाई ।‘ राम्रै लागेको थियो , वहाँको सल्लाह ।

‘पर्सि शनिबार, बिहानको खाना खान आउनु है, म पनि एक्लै छु।“ बिचरो कति एक्लै पकाएर खाओस भनेर मैले फोन बाट निम्तो दिएकि थिए ।


आज, सधै जसो बिहानको काम गरे । चोक बाट मासु लिएर आँए । अलि टाढाको भाई थियो, आउँछ कि भनेर फोन गरेको, exam छ भनेर नआउने भयो । यता उताका काम गर्दा गर्दै १० बजिसकेको थियो । शनिबार किन घडि छिटो चल्छ र हात ढिला, म कहिले थाहा पाउँदिन । उ आई पुगेको थियो, साढे १० नबज्दै । म चामल पखाल्दै थिए ।

‘लौ, खान भनेको त पकाउन पो बोलाउनु भएको रहेछ ।‘

उ पनि भान्सामा नै बस्यो । म हस्यान्ग फस्यान्ग गरि रहेकि थिए । उ पछाडि डाईनिंङ कुर्सीमा बसेको थियो । हाम्रो भान्सा सांघुरो छ । काम गर्न यता उता गर्दा उसलाई छोई रहन्थ्यो । झन, त्यो डाईनिन्ग नि पल्लो छेउमा राखेको लसुन लिन लम्कदा, उसलाई मज्जाले छोईयो, मेरो छातिले । मेरो होसै भएन । उ आफै उठ्यो । मलाई अफ्ठ्यारो लाग्यो ।

‘अनि भाउजु कि बहिनिहरु भेट्टिनन् ?? म त बहिनिहरु पनि आउलान जस्तो लागेको थियो, आज ।’ उ अझै मजाक मा थियो ।

specification दिनु पर्यो नि, कति सम्म कालि चल्छ, कति सम्म मोटि चल्छ?’ म भन्दै थिए ।

तपाई कै photocopy गरेर दिनु न spec.’ उ सधै यसरि नै छेड हान्थ्यो ।

म आफ्नै तालमा काम गर्दै थिए,याद नै नगरि यसो पछाडि फर्केको, उसको छातिमा पो ठोक्किए । कस्तो अफ्ठयारो लाग्यो । उ कति बेला कुर्सि बाट उठिसकेको रहेछ ।

‘म पनि सघाउनु पर्यो ।‘

‘पर्दैन, म गरि हाल्छु नि ।‘

‘ल म मासु काटि दिन्छु ।‘ यति भनेर उ मासु काट्न थाल्यो ।

म अरु खत्र्याक खुत्रुक तिर लागे । खाना बसाई सकेकि थिए, राईस कुकरमा । तरकारि पहिले नै केलाई सकेकि थिए । त्यो बसांए । उसले मासु काटि सकेको रहेछ । त्यो पनि बसाए । बिच बिचमा हल्का फुल्का गफ हुदै थिए ।

मैले उसलाई एसो हेरेको

‘छिऽऽऽऽऽऽ‘ निधारमा मासु लागेको रहेछ । उसले आफै फाल्न खोज्यो, भेट्टाएन । मैले आफ्नै हातले निकालि दिए । ‘जानुस बाथरुममा मुख धुनुहोस् ।‘

उ चिसो मुख लिएर फर्कयो । मैले टोवल दिए । उसले मुख पुछ्यो ।

‘अब, राम्रो भए??’

‘ह्यन्डसम’ हामी दुबै हास्यौ ।

मैले त्यति बेला सम्म अचार पनि बनाई सकेकि थिए ।

‘सबथोक रेडि?’

‘रिडे’

‘धेरै भोक लाग्यो कि क्या हो?’

‘कति लाग्यो, लाग्यो नि’

फेरि हासेका थियौ ।

मैले भाँडा मोलिन । त्यसै बेसिनमा राखिदिए । हामी टिभि खोलेर बस्यौ । उहि साधारण गफ भए । कहिले म उलाई पेच हानथे कहिले उ मलाई जिस्काउथ्यो ।

‘फोटो, हेरौ न’

Time pass गर्न उसले नै माग गर्यो

म एल्बम लिएर आए । म बिहे का फोटो देखाउँदै गए । उ हेर्दै गयो । म मेरा माईति का मान्छे उसलाई चिनाउदै थिए । उ घरि म तिर हेर्थ्यो घरि एल्बम तिर ।

एल्बम हामी दुबैले समातेका थियौ । बेला बेला मा हात छोईन्थ्यो । शुरु शुरु मा उसले हात हटाए पनि, पछि पछि हटाउन छोडेको थियो । उ कम कम बोल्न थालेको थियो ।

अब एल्बम देखाउँदा देखाउँदै मलाई अल्छि लाग्न थालि सकेको थियो । शायद अल्छि भन्दा बढि अफ्ठ्यारो । मैले उसले हेरेको एल्वम उसलाई नै छोडेर अर्को एल्वम हात मा लिए ।

उ घरि घरि मलाई हेर्दै थियो । मलाई भने हरेक पटक उसलाई हेर्न गाह्रो लाग्दै गईरहेको थियो ।



‘चिया खाउँ न त’ उसले म तिर हेरेर भनेको थियो ।

‘कति बेला जान्छ जस्तो भई सकेको थियो । त्यहि भएर चिया थोरै मात्र पकाए ।

चिया लगेर टेवल मा राखेर बसेकि मात्र के थिए । एक टक ले म तिर हेर्यो र भन्यो

‘भाउजु, company चाहिन्छ भने भनौं है ।“

_______________________________________________________________

meaninglessthinkings@somewhereondearth
Last edited: 25-Feb-08 10:35 AM
Last edited: 25-Feb-08 01:00 PM
Load Previous
SurNaTal
· Snapshot
Like · Liked by · 0
फेरी एक पटक सुन्दर प्रस्तुती। यती धेरै नारी मनोबिज्ञान कसरी खोतल्ने भाई?
dipika02
· Snapshot
Like · Liked by · 0

"यती धेरै नारी मनोबिज्ञान कसरी खोतल्ने भाई?"---सुन्तले ज्यु को यो कुरामा म पनि सहमत छु।

यो प्रस्तुती मलाई एकदम राम्रो लाग्यो। एक पुरुष भएर (जहाँ सम्म हजुर को कथा र टिप्पणीहरु पढे अनुसार) , एउटा नारी को मनोबिज्ञान प्रस्तुत गर्न सफल हुनु भएकोमा बधाई छ।

ritthe
· Snapshot
Like · Liked by · 0
मलाई त अरु पनि पढुम पढुम लाग्यो सोमे जी
एकदम गजब छ लेखाइ
काल्पनिक नै हो भने त एउटा नारीको मन भित्र छिर्न चाँही सक्ने हो बाss

Tks.
Sampada
· Snapshot
Like · Liked by · 0

Hey,

It seems so real ! Is it from your own personal experience ?

Whether it is or not, Great presentation short, realistic and great choice of words !

Keep it up !

Sampu

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

good one, good naration of women phsycology. i read somewhat similar story called

"bhinajuko sweeter" long time back could not remember the writers name now.
pjna007
· Snapshot
Like · Liked by · 0
भिन्न प्रस्तुति !
सारै राम्रो लाग्यो।
भउते
· Snapshot
Like · Liked by · 0

छ्या कस्तो शंकालु बाइ यो सोमे-भाउजु त।

कस्तो मजाsssssssssले लेखेको गाँठे। साह्रै मन पर्यो हउ सोमे - जी।

crazy_love
· Snapshot
Like · Liked by · 0

लौ मार्यो, सोमेसाहिँलाले त नारी मनोबिग्यानको पुरै MRI गर्दो रहेछ। धेरै के लेख्नु? फेरि टाइपको अक्षर पढेर मनको कुरा सबै बताइदिन बेर छैन।

लु यिनको बे गर्दिने बेला भो छिट्टै। अनि एकै जनाको मन पढ्या पढ्यै। THESIS, PHD सबै सक्काँउछन् जस्तो छ।


 

JagataDhari
· Snapshot
Like · Liked by · 0
Excellent dai.
Tara malai chain dubai tarfa bata artha lagauna milne lago. Like tyo dewar ko intension kharab pani huna sakchha, or vauju le pani eklai vayeko le tyasto sochya huna sakchha. Manau yedi logne ghar ma vako bela dewar le vauju lai Need My Company vanera vaneko vaye beglai artha lagna saktho, but eklai vako bela vanera arko artha lago. Ma ta purai ghanchakkar ma pare. Lau na dai, kuro suljhaidinu paro.

Aru ta as usual, excellent.
Light-2
· Snapshot
Like · Liked by · 0

Sale,gadha,chor bhate.. arkako budhi lai khub naramro najarle herdo rahecha.... Sathiko nama ma Kalanka

Wow!! what a story .yo story padhepachi hamro jhapali daju ko lekhne style ko pransansa nagari ma basn sakdin... very super and nice.

sunima_sh
· Snapshot
Like · Liked by · 0
i dont know how to analyze your story but just wanted to say that i simply loved it
fucheketo
· Snapshot
Like · Liked by · 0

दाई प्रस्तुति पढेँ ,सँधै जस्तै यस्पालि पनि तारिफ गर्नै पर्ने भो ,पुरुष भएर नारित्व को यति सजिव चित्रण ।।।।।।।।।।।कसरी लेखीन्छन यी कुराहरु सोच्नै पर्ने भो !!!!!!!!!!!!!!!!

दाईको कथालाई थोरै पुच्छर जोड्ने प्रयास गरेको छु ,अनुमति छ नि है?

 

fucheketo
· Snapshot
Like · Liked by · 0

कथाको अर्को पाटो पनि छ ।

साझाबासि ,मुख्य त केटि साथिहरु ,म पुरुष चिन्तन भएको मान्छे होइन , तर सहि र गलत को विचमाँ वातावरण र आवेग भन्ने शब्हरु पनि हुन्छन् भन्ने देखाउने मेरो चाहना हो ,त्यो केटाको तर्फ बाट लेख्न खोजिएको पाटो प्रस्तुत गर्न खोजेको छु ,भुलचुक भएमाँ आफ्नै ठानेर माफ दिनुहुनेछ भन्ने आशाका साथ।।।।।।।।।।।।।।।

 

भाउजु र मैले नगरेको पाप!!!!!!!!!!!!

पानी सिमसिम परिरहेको थियो ,कसैको भिज्दै हिड्नु चाहना हुन्छ कसैको बाध्यता,मेरो भने चाहनामय बाध्यता थियो आजको भिजाई ।

"सरि भाउजु  ढिला भयो " मैले भित्र छिर्ने बित्तिकै apologize गरेँ ।

"केहि छैन ,खाना तैयार भइसकेको छैन ।" भाउजुले किचन तिर छिर्दै गर्दा जवाफ फर्काउनु भयो ।म तिर हेर्ने पनि फुर्सद थिएन भाउजुलाई, एउटा पाहुना लाई फच्चे गर्न  भाउजुलाई यस्तो धौ धौ हो कि अरु पनि आउने हुन कोहि?बाहिर पढ्ने पत्रिकाहरु पनि थीएनन ,न गफ गर्ने साथि टेलेभिजनको रिमोटसङ्ग कुश्ती त म आफ्नै कोठामाँ गर्दै आएको ,यहाँ पनि त्यहि के दोहोर्याउनु? मैले किचनमै भाउजु सङ्ग गफ गर्नै पर्ने भयो ।

डायनिङ्ग रुम किचनको बीचमाँ थियो ,भाउजु मेरो तिर बाट आएर पल्लो तिर लसुन,प्याज भएको ढाकि लिन लम्कनु भयो ,भाउजुको छातिले मेरो हातमाँ छोयो ,नरम स्पर्श ! म झट्ट उठेँ ।अर्को तिर बाट जानुभएको भए वहाँलाई पनि सजिलो हुने मलाई पनि !

"खाना खाने तँपाई र म मात्रै हो भाउजु ?"परिस्थिति सामान्य बनाउन  मैले प्रश्न राखे

"हो त नि"यसपाली भनेँ भाउजुले म तिर हेरेर मुस्कुराउने फुर्सद पाउनुभयो । दुई केस्रा केश राशी गालाको दुई तिर झरेका थिए भाउजुका ,

अनि भाउजु कि बहिनिहरु भेट्टिनन् ?? म त बहिनिहरु पनि आउलान जस्तो लागेको थियो, आज ।सँधै जसो सोधिरहने प्रश्नको थोरै modification थियो यो प्रश्न !

"specification दिनु पर्यो नि, कति सम्म कालि चल्छ, कति सम्म मोटि चल्छ?’

"तपाई कै photocopy गरेर दिनु न spec.’

प्याज लिन आउँदा फेरि भाउजु ठोक्किनु भयो ,उहि ढाकी ,लिन आउने ऊहि बाटो फरक मात्र म माँ थियो जोगिन म ऊभ्भिएको थिएँ र पनि जोगिन सकिन ।मैले टेबलको दोस्रो पट्टि बाट मनमनै दुरि नापिहेरेँ ,पक्कै त्यो नै छोटो हुन्थ्यो ,त्यसोभए के भाऊजु जानी जानी गरिरहनु भएको थियो त यो सबै ? धत के के कुराहरु खेल्छन मेरो मनमाँ ,आफ्नै साथीकी स्रिमतिलाई लिएर पनि ,मैले झट्ट ध्यान हटाएर अर्को तिर लान खोजेँ ,उकुसमुकुस भए जस्तो भयो ,रुमाल ले निधार माँ आएको पसिना पुछेँ सामान्य हुने प्रयासमाँ ।

हेरेँ भाउजु असाध्यै अस्तब्यस्त हुनुन्थ्यो ,घरि घरि कुर्ताको शल खसिरहेको ! मलाई पछाडीबाट वहाँलाई नियालेर बस्न मन लागेन

ल म मासु काटि दिन्छु । मलाई यो भन्दा सजिलो ध्यान हटाउने र समय कटाउने बहाना मिलेन ।

छिऽऽऽऽऽऽनिधारमा मासु लागेको रहेछ ।" मैले आफ्नो हात लान नै नपायी भाउजु अघी तम्सनु भयो ,शल बेगरको छातिको अग्रभाग स्पस्ठ देखियो ,मलाई झट्ट अघिको स्पर्श याद आयो ,म पराजित हुन चाहन्नथे पटक्कै चाहन्नथेँ त्यसैले मैले हत्तपत्त आँखा अर्को तिर डोर्याएँ । भाउजुले मेरो निधारको मासु निकालेर पनि धेरै बेर मेरो गाला माँ हात अड्याइरहनुभयो ।त्यो किन थियो मेरो मन अब त्यो सोच्न ब्यस्त थियो ।मेरो पो बिहे भएको छैन र मलाई थाहा छैन ,भाउजुलाई त थाहा छ "how to catalyte a male!" प्रकाश र मेरो मनोबिग्यान माँ यति मात्र फरक हुन्छ कि उ उसैको स्रिमतिसँग हुने भएर नैतिकताको परिधिमाँ हुन्छ र मैले पार गर्नु पर्ने हुन्छ ।

 

हामीले खाना खायौँ मैले वहाँलाई हेरी रहेँ ।

"एल्बम हेर्ने हो?" भाँडा माँझ्नु अघि को प्रश्न थियो वहाँको मलाई

"हुन्छ" धेरै सोच बिचमाँ मैले सुस्तरि जवाफ फर्काएँ।

एल्बम हामी दुबैले समातेका थियौ । बेला बेला मा हात छोईन्थ्यो । शुरु शुरु मा मैले हात हटाए पनि, पछि पछि हटाउन छाँडे ,मेरो तिघ्रा माँ उस्को कुहिनाको स्पर्शले मलाई अफ्ठ्यारो हुन थालेको थियो ,त्यसमाथि मेरो छाति माथि उस्का केश खसेर अनौठो सकसक पैदा भइराखेको थियो । मैले अहिले सम्म कुनै पनि स्त्रिलाई यसरि हेरेको छैन ,झन आजको त नैतिक होईन त्यो पनि थाहा छ ,तर मेरो पौरुषताको अघि मेरो नैतिकता र वास्तविक म पराजित भयौँ ।हुन त हेर्ने कोणहरु फरक होलान तर "पोखरिमाँ ढुङ्गा हानेर तरङ्ग किन निस्कियो भनेर अचम्म मान्न सकिन्न ।

 

 

somewhereondearth
· Snapshot
Like · Liked by · 0
राहुल दा,
शुरुमै पढिदिनु भयो। धन्यबाद, हजुरका यिनै शब्दले त ळेख्न मन लाग्छ ।
timrai_saathi जि, खोई के भनौं । पहिलो प्रयास हो, नारी पात्र भएर लेखेको । म चाहि होईन ।

 सुन्तले दाई,
म त हजुरकै बाटो हिडेको हो दाई । सिकाउने गुरु हजुर त हो नि । अनि त्यो पोखरा यात्राको पहिला २ भाग ले त मेरो मनै हर्यो दाइ । खोई, नारीको मन बुझ्न र जित्न त कहिले सकिएन, प्रयास छोड्न चाहि म तयार छैन ।

रिठ्ठे बोरो,
मन पराईदिनु भएकोमा धन्यबाद । बोरोको चिया खाने पुरानो ठाउ लाई चाहि बन्दले छोएको छैन ।

हर्के बोरो,
पढिदिनु भएको मा धन्यबाद । 'भिनाजु को स्वेटर'  त लिजेन्ड हो नि । नारी मनोबिग्यानको ।

भउते दाई,
मेरि बास्सै, क्यानाम मलाई नै भाउजु भनेको । ईईई  लाज लाग्यो बा!!!!!!
समय र हौसलाको लागि धन्यबाद ।

जगटाधारि,
क्या यार । तिमि किन रोकिएको । खोई त कथा हरु?

घटनाहरुको वर्णन, नारी पात्र ले मात्र गरेको छ । नारी पात्रको हेराई बाट मात्र हेरिएको छ । नियालेर हेर्नु भयो , कथालाई धन्यबाद ।
हो सहि हो, कुरा । बिचार गरेर हेर्दा । has he used highly offensive words ? केटाको नियत गलत हो कि होईन ? कि त्यस्तो राम्रो भनिएको मान्छे को नियत किन change भयो??  किन सज्जन भनिएका छोरा मान्छे पनि, अलिकति ठाउँ पाउनासाथ weak  हुन्छ्न । हाम्रो समाज र मानसिकताका धेरै पाटा केलाउन बाकि नै छ ।

गहनताका साथ पढिदिनु भएको मा धन्यबाद ।


light_2 जि,
कस्तो डर पो जाग्यो, गालि सुन्दा त । एए  धन्न मलाई भन्नु भएको होईन रहेछ , सातो गएको मेरो त!!
thanks for support..

dipika02 जि, सुनिमा जी, CL साइळि, pjna07 ji, अनि sampu जि ( lady jasto lagera yo group ma rakhe hai!!)

तपाईहरुको कमेन्ट र सल्लाह ले मेरो यस्तो  प्रस्तुतिको भाग्य निर्धारण हुन्छ । मेरा कोरा अनुमान मात्र हुन, यि नारी भावनाहरु। के साच्चै उनिहरु ले यस्तो गरि सोच्छन?? मलाई थाहा छैन् । त्यसैले नियमित कमेन्ट भन्दा पनि, केहि सल्लाहहरुको अपेक्षा गरेको छु । गल्तिहरु, नहिच्किचाईकन औल्याईदिनुहुन्छ भन्ने आश छ । पढिदिनु भएकोमा धन्यबाद ।

फुच्चे भाई ।
thanks.  i wanted the reverse angle analysis of this story. आफैले लेख्दा biasness   होला जस्तो लाग्यो ।
त्यसैले आज तिमिळाई request गरेको हो । केहो request गर्न पाएको छैन । लेखि भ्याएर टाँसेको ।
thank you very much . thanks yar

मेरो एउटा गुनासो चाहि तिमीले कहिल्यै सुनेनौ । 'अलिकति  लामो लेख्ने गर न यार,!!!

बाकि सबै साझा बासि लाई समयको लागि धन्यबाद ।
world_map
· Snapshot
Like · Liked by · 0

हा हा हा! सोम नाथ सिग्देल त सिग्मन्ड फ्रायड बन्न थालेछ, मनोविज्ञान त गजबले लेखेछ बुरोले!
छोटा मीठा वाक्यहरू र जीवन्त वर्णनले गज्जब स्वादिलो बनाएको छ कथालाइ। लेख्दै गरम् सोमे बुरो!

OcRam
· Snapshot
Like · Liked by · 0

Bandhu, Jankari hijo payeko bhaye pani I just got time to read it. Sorry for delay and thanks for such a gr8 one.

One of my friend's comment on the story - "Ask not for company, ask for job in the company". Yo chai US ko pida ho. Hehe

shirish
· Snapshot
Like · Liked by · 0

Hey this is a great story with details.

 

Keep going !!

 

Writing comes from art not a chance,

as those move easiest who knows how to dance.

somewhereondearth
· Snapshot
Like · Liked by · 0
चितरे बोरो,
नजिस्काउनु न, गाह्रो हुन्छ । हौसलाको लागि धन्यबाद ।

मारको...,
बन्धु, धन्नु बाद यार । thanks for support .

शिरिष दाई,
धन्यबाद, यस्तो मीठो हौसलाको लागि ।
दाई, गजल लेख्न नछोडम है । हजुरका गलज लेखाईमा हामी सधै झुम्म हुन्छौ ।

कत्ति सांच्नु माया,
रक्सि पनि उच्च कोटि को!!!!


बाकि सबै लाई समय को लागि धन्यबाद ।।।

----------------------------------------------
shubha
· Snapshot
Like · Liked by · 0

सोमेसाइला,

भरोसा नि गर्न नहुने भो अब , मनोबिज्ञानको एमआरआई त गर्या हो के  तर  कस्को हो खै नारीको या पुरुषको ---- :)

' ---- बढि बुझ्नु भयो '

मलाइ नि त्यस्तै लाग्यो।

 

ThahaChaena
· Snapshot 10062
Like · Liked by · 0
सोम दाइ,
आज अर्को पनि अब्बल कथा पढ्न पाएँ , दिन सुध्रेको झैँ लागि'छ मलाइ . कस्तो गहन कस्तो गहिराइ अनि कति सुक्ष्म लेखन . आजकाल अनुहार पुस्तिका मा होस् या साझामा कहिँ पनि लेखेको देखेको छैन तपाईले .

लेख्न किन छोडेको ?

- थाने
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 22 · Viewed 2105 · Likes 1
· Posts 3 · Viewed 382
· Posts 7 · Viewed 1084
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 86
· Posts 11 · Viewed 2196 · Likes 6
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 149
· Posts 1 · Viewed 213
· Posts 2 · Viewed 565



Your Banner Here
Travel Partners
Travel House Nepal