जिन्दगी भर कपाल काटेको संख्या हिसाब गरम न त।
१- म सानो छंदा घर मै कपाल काटिन्थ्यो पैसा लागेन।
२- ६-७ बर्ष देखी कपाल काते होला, टोलको खान्दानी हजाम कहाँ, १ मोहर मा अर्थात ७ बर्षा देखी १३ बर्षा सम्ममा बर्षको ४ चोटिको दर ले २८ पतकको जम्मा १४ रुपैया। त्यो बेला डलर को भाउ पनि १०-१२ रुपैया मात्र थियो। त्यसैले भयो १ डलर।
३- १३ बर्ष देखी चाँही शंकर सैलुन एण्ड हेयर ड्रेसिङ भन्ने ठाम मा कपाल कटाएं होला २०-२१ बर्ष सम्म। जम्माजम्मी ८ बर्षमा ३५ पटक को रु ५ देखी ७ को डर ले ( औसत साँढे ६) कुल २२७ रुपैया ५० पैसा। डलरमा रु ३५ को डरले साढे ६।
४- इलाहाबाद मा ४ बर्षा पढ्दा नि कपाल काट्न नेपाल आउने गरेकोले ४ बर्षमा २० पटक ७ को डर् ले १४० रुपैया। अर्थात ४ डलर।
५- त्यसपछी अंरिका आउँदा सम्म ५५ पटक कपाल कटाउदा, औसतमा रु २० को दरले रु ११०० । डलर्को भाउ ७० ले हिसाब गर्दा नि १५ डलर।
भन्नाले अहिले सम्म जिन्दगी भरी कपाल कटाउदा लागेको खर्च कूल जम्मा, १+ ६.५+ ४+ १५= २१.५ डलर।
अब हेर्नुस् त हाम्रो बुइनिको एक पटक को कपाल कटाइ खर्छ, १८० डलर। यस्तो हिसाबले घटिमा ७ पटका जन्म लिए पनि कपाल काट्न पुग्ने पैसा हुंदो रैछ हाअंरो घोर कलियुग पो देखियो नारन।