रातो गुलाफ
लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ,
स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ।
रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा,
समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।
प्रेमालिंगनमा बाँधिन न उमेर हुन्छ, न अबेर हुन्छ,
उभिने धरातल भांसिन्छ कि भनी पर्खाएं रातो गुलाफ।
ठुल्दाइ, गजब गयो रातो गुलाब
वाह! ठुल्दाइ वाह!
"लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ,
स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ।"
कस्तो meaningful poem
धन्यवाद
चोखो माया प्रस्तुत गर्दै दिएकाथ्यौ तिमीले
बुझेरै त मैले पनि स्वीकारें रातो गुलाफ !!
ठुल्दाइ, kabita sarhai ramro chha tapai ko!! but, ali chhoto lagyo!! Huna ta chhoto bhaye ni mitho chha!!
बाह ठुल्दाइ बाह, मन छुने तीन हरफहरु। भाउजु कै लागी त होला नि त्यो रातो गुलाब त।
rato gulab kinna gayeko sarai mahango bhayechha.....5 dollar ko rose bouquet ta valentine eve ma 25 $ bhayechha
so rato gulab haina rato tulip roje......ma ra mero rato tulip
यो रातो गुलाफ सित त आफ्नो एलर्जी नै छ, न आज सम्म कसैलाई दिने ध्रिस्टता गरियो न कसैले आँट नै गर्न सके तेही भएर अर्थ बुझेको छैन होला सायद्। रातो लालिगुरास चाँही खुब टिपियो कहिले कहिले त चबाइयो पनि होला
कबिता को अर्थ नबुझे पछी पक्का धेरै नै गहिराइ मा पुगेको टुक्रा होला भन्नु पर्यो
प्रणय दिवस ( रात्री) को उपलक्षमा प्रेमका केही उदगार पोखेथें। मन पराइ दिनु हुने र नपराइ दिनु हुने सबैमा तपाईंको जीवन सदा प्रेममय होस् भन्ने कामना सहित धन्यवाद।
प्रणय दिवसको पूर्ब सन्ध्यामा पुरानो "गुलाफ " मा पानी छर्केर ताजा बनाएको छु , स्विकार्नु होला |
गुलाफ त गमलामा फुल्ने गर्थे। बिहानिपख घामको झुल्का सँगै गुलाफ माथि को शीत को थोपा टल्किने गर्थ्यो। आजभोली कैले नओईलिने फूल पाइन्छ क्यारे । सधैं मुस्काई रहने। पानी पनि छर्कन नपर्ने। अजर अमर प्रेम को निशानी, सम्भाली राख यसलाई भनी भन्थे नारायण दाई।
living room मा गएर एक झलक दिएर पुरानो प्रेम(हरु) लाई सम्झिई दिने हो कि। १ मिनट को मौनधारण गरेर।
Please log in to reply to this post
You can also log in using your Facebook