-- चौतारी - ९७ -- - Sajha Mobile
SAJHA MOBILE
-- चौतारी - ९७ --
Posts 609 · Viewed 152378 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 0
 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Load Previous
uptowngal
· Snapshot
Like · Liked by · 0

चित्रे नया चौतरि बनाउन सुरु कसे हुन्च

world_map
· Snapshot
Like · Liked by · 0
हस् ठूली, म ढुंगा, इट्टा जम्मा पार्छु नयाँ चौतारीको लागि!
uptowngal
· Snapshot
Like · Liked by · 0

good boi chitre
ritthe
· Snapshot
Like · Liked by · 0

चित्रेको कबिता सुनेर सानो छँदा नयाँ बर्षामा पोस्ट्कार्ड एक्स्चेन्ज गर्दा पोस्ट्कार्डमा एउटा साथीले लेखेको सायरी याद आयो
सायरी यस्तो थियो:
फुल हुनु गुलाब जस्तो
सुगन्ध बाड्दै जानु
साथी हुनु तिमी जस्तो
पोस्ट्कार्ड दिदै गर्नु
लोल!
हा हा हा
तेती खेर त त्यस्तो माइन्ड हुँदैन थियो
अहिले त सम्झी सम्झी हास उठ्छ

ritthe
· Snapshot
Like · Liked by · 0

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं।

लहरे, त्यो ९६ लाई ९७ बनाउने होइन?
लु अब भयो त, कत्ती मुख लुकाको? तेस्तै हो बा हारजित हुन्छ नि खेलमा
आउ बा आउ अब
तिम्रो सायरी एकदम मिस भयो

world_map
· Snapshot
Like · Liked by · 0

धनियाँवाद ठूली, म जस्तो ब्याड बोइलाइ नि गुड बोइ भनेकोमा!

रिट्ठे त्यो शुरूको तीन लाइन त प्रख्यात कवि हरिभक्त कटुवालको हो!

uptowngal
· Snapshot
Like · Liked by · 0

साथी हुनु तिमी जस्तो
पोस्ट्कार्ड दिदै गर्नु LOLZ
ritthe
· Snapshot
Like · Liked by · 0

चित्रे त्यो अस्तीको राष्ट्रपती चुनावको परीणाम के भयो? खै त को भयो राष्ट्रपती? कि संबिधानसभा को चुनाव जस्तै सर्यो पछी त्यो पारीणाम?

Rahuldai
· Snapshot
Like · Liked by · 0
लौ चित्रे यसपाली ट्यान्टर् म्यान्टर् गरेर नि बोर् फस् हुनु पर्छ, समय मै यसो साउती पाम् है। पातकीहरु ठुल्दाई बोर् फस् नहोउन् भनेर हात खुट्टा धोएर पछि लाग्छन्।
uptowngal
· Snapshot
Like · Liked by · 0

कत्तुवाल

ritthe
· Snapshot
Like · Liked by · 0

अर्को एउटा भातमाराले यस्तो लेख्या थ्यो सायरी  ! लोल
फुल टिप्न त मन लाग्छ तर काँडाको डर लाग्छ
तिम्रो घर आउन त मन लाग्छ तर तिम्रो बुवाको डर लाग्छ
हा हा

uptowngal
· Snapshot
Like · Liked by · 0

600
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

Irish Americanko barema ta kehi gyan payiyo.. aaba native americnako barema thaha chha bhane

kehi thaha paauna chitre..
ritthe
· Snapshot
Like · Liked by · 0

हाम्रो चाहना -ठुल्दाइलाई यसपाली बोर फस बनाउने

uptowngal
· Snapshot
Like · Liked by · 0


हाम्रो चाहना -ठुल्दाइलाई यसपाली बोर फस बनाउने ritthe le hasaayo

Rahuldai
· Snapshot
Like · Liked by · 0
धन्यबाद रिट्ठे।
चाहना त २०४० साल् देखिन् थियो क्या रे बोर् फस् हुने। भैएन क्या रे। प्रचन्डको राष्ट्रपति हुने सपना जस्तै, माकुनेको प्र म हुने चाहना जस्तै हुने भो पर्भू।
ritthe
· Snapshot
Like · Liked by · 0

यस्पाली पक्का हो ल ठुल्दाइ, सत्य सत्य धरो धर्म

world_map
· Snapshot
Like · Liked by · 0
नयाँ चौतारी जाने बाटो
copycat
· Snapshot
Like · Liked by · 0

कुरो मनाशिव छ । मन पर्‍यो मलाई। 

 

 

चौतारी मन्त्रिपरीषद्को बैठक आज पनि आकस्मिक रुपमा बस्न बाध्य भयो! चौतारीका केहि सदस्यहरुलाई चौतारीका नियमित पर्दा पछाडिका केहि पाठकहरुले केहि समय यता गरेका इमेल तथा सल्लाह बमोजिम काम गर्नु पर्ने कुरालाई लिएर चौतारी मन्त्रिपरीषद्को बैठक बस्नु परेको हो। चौतारीमा खट्केका केहि बुँदाहरु-

१) बिगत केहि अंक देखि चौतारी हाम्रो ग्रुपको सन्चो बिसन्चो मात्र सोध्ने थलो जस्तो देखिन आएको छ!

२) चौतारीकै कतिपय सदस्यहरुमा चौतारीमा लेख्ने बाहेकका अरुके खासै चौतारी पढ्दैनन भन्ने कुरा शायद कतै भित्रि अन्तरमनमा हुन पर्छ, जसले गर्दा गफ आफ्नै वरिपरि घुम्छ। जुन नितान्त असत्य हो!

३) चौतारीमा भएका केहि सद्स्यहरु एक आपसमा साँच्चिकै परिचित छन्, तर उक्त परीचय चौतारीमा लेख्ने बेलामा सधैँ देखाउँदा, अपरिचीत साथिहरु तथा पर्दा पछाडीको पाठकहरुलाई चौतारी पढ्न मनोरंजक नहुने र पट्टयारलाग्दो हुन्छ।

यस्तै कुराहरुलाई मध्यनजर राख्दै, चौतारी मन्त्रिपरीषद्ले निम्न निर्णयहरु गरेको छ। उक्त निर्णय मान्नै पर्ने कुनै पनि किसिमको दवाव छैन, तर चौतारीको गरीमा उस्तै रहिरहोस र चौतारी पहिले जस्तै मनोरंजक भइरहोस भन्ने अलिकता पनि मनमा लाग्नेले उक्त निर्णयमाथि बिचार गर्छ नै भन्ने हाम्रो बिश्वास छ!

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
त्यहि भनेको, अब शायद सबैले कुरा बुझेर केहि रमाइलो बढ्छ कि भन्ने आशाले लेखेको हो!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 106
· Posts 17 · Viewed 3806 · Likes 3
· Posts 1 · Viewed 241
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 74
· Posts 77 · Viewed 18635 · Likes 16
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 378



Your Banner Here
Travel Partners
Travel House Nepal