अमेरिकाको अलावामा राज्यको हन्स्िभलस्थित CINRAM INC नामक डीभीडी
कारखानामा काम गर्ने एक सयभन्दा बढी नेपालीहरु एकाएक उक्त कम्पनी छाडी भागेको
समाचार एसोसिएट प्रेसले दिएको छ ।
नेपालीपोष्टका लागि स्थानीय सहयोगीले दिएको जानकारी अनुसार उक्त डीभीडी
कारखानामा कामगर्नका लागि सात महिने भिसा लगाएर नेपाल र अमेरिकाकाकै दलालमार्फत् गत
डिसेम्बरमा तीन सयभन्दा बढी नेपालीहरु उक्त स्थानमा आइपुगेका हुन् ।
त्यसरी सात महिने भिसामा आइपुगेका ती नेपालीहरुले दलाललाई बाह्र लाख नेपाली
रुपैयाँदेखि २५ लाखसम्म तिरेर आएको थाहा भएको छ ।
कारखानादेखि झण्डै १२ देखि १५ माइल टाडा अपार्टमेन्टमा राखिएका ती नेपाली
कामदारहरुलाई स्थानीय दलाल कम्पनीले नै स्कुलबसमार्फत् कम्पनीमा ल्याउने र लैजाने
काम गर्दै न्युन दरमा काम लगाएर सम्बन्धित कम्पनीबाट समेत दलालहरुले कमिशन खाने
भएतापनि ठगिएका नेपालीहरु आफू ठगिएको कुरा भने भन्न नचाहने र केही दिनपछि कोही
न्युयोर्क कोही बाल्टिमोरतिर जाने कुरा त्यहाँ काम गर्ने केही नेपालीले आफूलाई
जानकारी दिएको हाम्रा नेपालीपोष्टका सहयोगीले बताएका छन् ।
दुइ तीन महिनाको काममा लागि स्थानीय कामदारहरु त्यस्ता कम्पनीमा काम गर्न नचाहने
भएका कारण ती डीभीडी उत्पादक कम्पनीले भने बाहिरी मुलुकबाट सस्तो कामदार ल्याउने
गर्दै आएको हो ।
यसरी काम गर्न आउनेमा यसपटक धेरै नेपालीहरु स्थानीय दलाल र नेपाली दलाललाई सात
महिनाको भिसाका लागि मोटो रकम खर्च गरेर आएका र कम्पनीले क्रिसमस र नयाँ वर्षपछि
काम दिन छाडेपछि सो ठाउँ छाड्न बाध्य हुनुपरेको र सोही शिलशिलामा सो स्थान छाडेका
थाहा भएको छ ।
अपार्टमेन्टका फर्निचरसहित भागेका भनेर जसरी एसोसिएट प्रेसमा समाचार आएको छ त्यो
एउटै अपार्टमेन्ट कम्प्लेक्समा एक डेढ सय नेपाली बस्ने र विदाको दिन पार्टी गर्दा
फर्निचरहरु एक अर्का कोठामा पुगेका कारण त्यो समाचारमा आएको हुन सक्ने कुरा पनि
हाम्रा सहयोगीले नेपालीपोष्टलाई जानकारी गराएका छन् ।
सो राज्यमा रहेका स्थानीय मानवअधिकारवादी संघसंगठनहरुले समेत यस्ता कामदारका
बारेमा सम्बन्धित व्यक्तिहरुलाई सोधपुछ गर्दा ती नेपालीहरुले भिसाका लागि आफूहरुले
जम्मा सात सय डलरमात्र तिरेर आएको कुरा बताउने गरेका थिए ।
त्यसो त यसरी तीन महिनाका लागि काम गर्न आउनेमा केही युरोपियन मुलुक र केही
अप्रिmकन मुलुकका कामदारहरु समेत आउने र काम पछि फर्किने प्रचलन नै त्यहाँ बनिसकेको
भए पनि नेपालीहरुको हकमा भने कमाउनका लागि त्यहाँबाट भाग्नु आफ्नो बाध्यता भएको
ठानिन्छ ।
आहिले आएर स्थानीय अध्यागमनले समेत हराएका नेपालीहरुलाई खोजी गरिरहेको थाहा भएको
छ ।
यस सम्बन्धमा डीसीस्थित नेपाली राजदूताबासका उपनियोग प्रमुख कालीप्रसाद
पोखरेलसँग बुझ्दा आफूलाई यसबारे कुनै जानकारी नआएको नेपालीपोष्टलाई बताउनुभयो
।