एसियन साथि - Sajha Mobile
SAJHA MOBILE
एसियन साथि
Posts 19 · Viewed 5740 · Go to Last Post
pjna007
· Snapshot
Like · Likedby · 0
                                                   एसियन साथि
 
कुरा अली अगाडी को हो, म  नेपाल बाट भर्खर आ थिए -- क्लास पनि त्यस्तै भर्खर भर्खर सुरु भा को थियो--बर्षदिन के बर्सौ सम्म एउटई ग्रुप मा झुन्ड बनाएर स्कुल जाने आउने  नानि देखि को बानि --या आएपछि साथी नभएर जिल्लै परियो  । साथि पनि के साथि, छेउ को लाइ हाइ  भन्यो मन लागे  फेक ङिच्च हास्या जस्तो गर्यो बस्।
 
दुइ चार दिन पछि मैले नोटिस गरे- एउटि एसियन जस्तो देखिने केटि सङ मेरो दुइवटा क्लास मिल्दो रहिछ। पाचौ दिन पछि त्यो मेरो नजिक को कुर्सि मा बस्न थालि। कुरागरियो-- उ भियतनामि रहिछ, उ पनि म जस्तै साथि नभएर जिल्ल परेकि रहिछे, मैले आफु नेपालि हो भनेको नमस्ते को पोज मा हात जोडेर बुद्धा पनि भनिहालि। पछि भन्थी उसलाई भने म इंडियन जस्तो लाग्यो रे अनि म नेर बस्न आएकी रे -- यसरि मैले एउटा साथि बल्ल तल्ल बनाए।
 
क्वि यान नाम लाइ अंमेरिकानाइज्ड गरेर किम बनाएकि रहिछ ठिकै गरिछे नत्र म त्यस्को नाम भनेपिछे हास्थे होला छोटो पारेर बोलाउदा कुहिया जस्तो सुनिने। किम पनि भर्खरै आएकि रहिछे उनिहरु का तिर पनि स्कुल,साथि सबै कुरा हाम्रै नेपाला जस्तो हुदो रैछ , अनि हाम्रो कुरा मिल्ने नै भयो नि। हुन त यहा केटि केटि साथि भयो भने के के सोच्छन अरे भन्ने सुन्या हो तर आफु बेग्लै संस्कार मा हुर्क्या भएर त्यस्तो कुरा खासै याद गरिदैन रहेछ।

अलिक पछि तिर अरु दुइ -- एउटि म्याक्सिकन र अर्कि कुहिरेनि हरु पनि थपिए, तर त्यो ग्रुप प्रेसेन्टेसन वा ग्रुप जस्ता वर्क संङै बस्नै पर्ने कारण हरु ले गर्दा मात्र। तिनिहरु को नाम बाहेक हामिलाइ केहि थाहा भएन पछि समेस्टेर सकियुन्जेल सम्म। 
 
किम र म खुब मिल्थियोउ मलाइ पनि नेपाल कै साथिहरुको झल्को लाग्थियो, ति दुइ क्लास बाहेक हामि सङै खान जाने देखि लाइब्रेरि मा बसेर पढ्ने गर्थिउ।
स्कुल नहुदा कहिले काहि मल सल पनि खुब चाहरिन्थियो खुब रमाइलि थीइ, किम हास्न हसाउन देखि दुख का कुरा सुनाएर आफ्नै जस्तो ठानेर रुन सक्ने स्वच्छ ह्रिदय भएकि साथि पाएर मलाइ पनि नियस्रो कम भएझै लाग्थ्यो।  नमस्ते, आइज, भोलि, जस्ता दुइ चार नेपालि शब्द हरु पनि सिकिसक्या थि । 
उस्को बोयफ्रेन्ड भियत्नाम अर्मि मा रहेछ  एकबर्श पछि उ पनि जागिर छोडेर यतै पढ्न आउन लागेको छ भन्थि।
"किम तेरो बोयफ्रेन्ड आएपछि त लाइ बोल्ने फुर्सद नि नहोला है" म उस्लाइ जिस्काउथे।
 
"त्यति बेला सम्म त पनि एउटा खोजि हाल अनि सबै जना झन रमाइलो हुन्छ" उ झन पाएसम्म मलाइ उडाउथि।
 
सेमेस्टर को अन्तिम दिन मलाइ कस्तो कस्तो नरमाइलो लाग्यो त्यहि  हो नि -मन त मेरो नेपालि हो भन्या जस्तो- सङै पढ्या साथि सङ छुट्टिने बेला मा कस्तो कस्तो लाग्ने । नेक्स्ट सेमेस्टर किम र मेरो  संगै क्लास पर्या थियन। अरु दुइटि केटि हरु सि यु गाइज भन्दै टाप दिए। किम र म अरुबेला जस्तो निकै बेर गफगाफ गर्यौ, खाजा साजा खाएर छुटियौ।
 
यस्को मतलब हाम्रो स्वच्छ मित्रता को अन्त्य भएको भने होइन नि फेरि-- आफ्नो आफ्नो क्लास बाहिर हाम्रो दोस्ति जिउदै थियो।
 ----
 
क्रिस्मस आयो --मैले किम र उस्कि दिदि भिनाजु हरु सङ क्रिस्मस मनाए -- भियात्नामि भन्नसाथ  युद्दले अक्रान्त भएका रोगि गरिब जस्ता देखिने मान्छे वा चुच्चो बास ले बन्या छत्रे ह्याट लाएर फार्म मा काम गर्दै गरेका किसान हरु मात्र हुन जस्तो लाग्ने मेरो सोचाइ पुर्णत चेन्ज भएर गएको थियो-- तिनिहरु लाइ देखेर।
नेक्स्ट सेम सुरु भई सक्या थियो, एक दिन क्लासामै थिए किम को txt mess. आयो pjna i hv smt 2 tl u  exctin news ..pl. cm 2 caft. 
मलाइ सुन्न हतार लाग्यो क्लास सिदिना साथ कुदे क्याफ्टेरिया तिर।
उस्ले सुनाइ होवान, उस्को बोयफ्रेन्ड एक महिना को लागि अर्मि कै  ट्रेनिङ को लाइ आउदै रहेछ,  उस्ले भर्खर इमेल चेक गर्या रैछे अनि पो फुर्केर भुइन भाडा भाकि रैछे।
मलाइ पनि खुसिलाग्यो भेट नभएको भएपनि फोटो मा देखदेख भएको थियो किम ले म र होवान लाइ इन्डाइरेक्टलि चिनाइसकेकि थि।
 
उस्ले फुर्कदै भने " त कहिले फ्री हुन्छेस? " मैले  "किन?"  सोध्न नभ्याउदै फेरि भनि "मलाइ अलि अलि नया कपडा हरु किन्नु पर्यो नि हाहा"
 
"होवान ले  भियतनाम बाट के गिफ्ट  ल्याऊ भनेर लेखेछ, तलाई पानी एउटा राम्रो गिफ्ट ल्यौना लाउछु  तलाई मन पर्या केही छ? " मलाइ बोल्न नदीइ एक्लै बोल्या बोलै गर्छे।
 
"पख है म सोचेर भन्छु यसो मौका बार बार आउदैन सोचेर भन्नु पर्छ " मैले हास्दै भने।

 भोलि शपिङ मा जाने प्लान बनाएर दुबै हास्दै निस्कियौ।
 
---------
 
भोलि पल्ट घुम्नु घुमियो - पाइन्ट, स्कर्ट हरु किन्न लाइ किनि तर टिशर्ट कुनै मन पर्दैन --स्टायल मन पर्या कलर मन पर्दैन --कलर मन पर्या कि सानो हुन्छ, कि ठुलो हुन्छ खोज्दा खोज्दा हैरान।

बल्ल बल्ल होलिस्टर मा एउटा त्यसलाइ मन पर्ने टिशर्ट देखियो।
 
"हो हो यस्तै मैले खोजेको देखिस" फुरुङ पर्दै भनि।
 
"ल ट्राइ गर्न त त्यसो भए म  हिड्दा हिड्दा थाकिसके"  मैले भने।
 
भन्न त भने, तर त्यहि डमि मोडल मा राख्या मात्र लास्ट पिस बाकि रहेछ। अब भयो-- सेल्सग्रल पोलाइट हुदै भन्दै थि, नया शिपमेन्ट नेक्स्ट विक आइपुग्छ  नेक्स्ट विक आउन मिल्छ भने आउनुस न है। यस्तो स्याम्पल पिस चाइ हामि त्यति बेच्दैनौ "  किम किन मान्थि र उसलाइ मन परेपछि पर्यो पर्यो - म्यानेजर लाइ भनेर अनेक गरेर निकाल्न लाइ त्यो टिशिर्ट।
 
"ल पर्खि है" उ गै बोकेर फिट्टिङ रुम तिर।
 
जान त गै तर एकछिन पछि स्स्स..! स्स्स..! गर्दै "यहा आइज न" भन्या जसरि गरेर इशारा ले बोलाइ ।
ह्याभि लेदर को पर्दा ले छेकेको त्यो ट्राइअल रुम भित्र किम बुख्याचा जस्तो उभ्यारहिछे --नमिल्या टिशर्ट लाएर। भएछ के भने बाहुला चाइ नभएको गला को पछाडि तुना जस्तो डोरि ले बाध्नु पर्ने, पहिला हो त्यो तुना मिलाएर मात्र अरु तिर को मिलाउन पर्ने टि शर्ट पनि त्यस्ले खोजेजस्तै "वान पिस' रहेछ।
 
त्यस्लाइ देख्न बितिकाइ म खित्का छोडेर हास्न थाले। "चुप लाग है बाहिर सुनेभने के भन्लान" रिसाउदै उस्ले भनि "आइज न पछाडि को तुना मिलाइदे।"
 
म भने हास्या हास्यै थिए।
 
बल्ल तल्ल मिलाइ। अनि घुमि घुमि ऐना मा  फ्रन्ट प्रोफाइल भिउ हेर्न थालि ,  हेरिसकेपछि
"किनौ कि नकिनौ" अलि कन्फ्युज भए जस्तो गरेर मलाइ सोदि प्राइस पनि राम्रै थियो नि, म भए प्राइस हेरेरै कन्फ्युज भैसक्या हुन्थे उस्ले त लगाएर चेक गरेपछि भैछे।
 
 "नकिने अर्को पटक अौनै लाज हुने जस्तो भैसक्यो खुरुक्क किन यति गरिसके पछि के भन्ला"
मैले किनाउने हिसाब ले सल्हा दिए। त्यहि किन्ने नकिन्ने सल्हा हुदैथियो-
" आर यु गाइज डोइङ ओके?" म्यानजर अलि ठुलो स्वोर पारेर लेग्रो तान्दै हामिले सुन्ने गरि ढोका बाहिरै बाट बोल्यो ।
 
म पर्दा बाहिरै थिये टाउको तन्काउदै म्यानजर तिर हेरेर भने "ओह् या या !   "
 
त्यस्को मुख को कुटिल मुस्कान ले मलाइ सम्झिन बेर लागेन-- त्यसले अनर्थ लगायो कि क्या हो --- रिस उठ्यो---मन्मनै गालि गरे "शट अप यु मोरा डर्टि माइन्ड!"
 
" किम त्यसले हामी भीतर बस्या के के सोचे जस्तो छ हरी अप ग्रल" मैले भने  ।
 
"What do you mean?" किम भित्रै बाट बोलि।
 
"you know what I mean...lets get the hell outta here" मलाइ नि त्या बाट कति बेला निस्कियौ जस्तो भएर आयो।
 
" Hell  NO!!!"  कराइ उ  "व्हाट डज हि नो अबाउट आओर एसिअन कल्चर एन्ड फ्रेन्डशिप -इडियट u know what these people know only one thing -garbage mind !"  रिसौदै निस्की किम ।
 
रजिस्टर मा पनी  हमिलाइ हेर्दै कुटिल ले चाल  निच्चा हस्दै थियो त्यो म्यानजर र अघि कि सेल्स गर्ल ।
"बन्दर क्या जाने अदरक का स्वाद"  त्यसको अनुहार हेरेर मलाइ अझ रिस उठ्यो भुत भुताउदै बाहिर निस्किए.
" ya अदाराक Idiot!  " किम पनी म संग संगै लागेर त्यसलाई गालिगर्दै थी ।
 
                                                          Thanks for reading &
                                                       Happy New Year 2008 to you all !
Deep
· Snapshot
Like · Liked by · 0

la yata ni fas aaja. ramro chha.

sachi badar lai aduwako swad thah hunna bhanne chai ko re chha? kasari laaechha patta?

 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

तेइ त भन्या दीप, म नि अचम्ममा परेँ।

किमको बुढो आएसि के के रमाइलो भयो त्यो नि जावस न!

जे होस, यो लाइन कुनै स्थापित उपन्यासकारले लेखेको लाइन जस्तो गहकिलो लाइन लाग्यो-

" भियात्नामि भन्नसाथ  युद्दले अक्रान्त भएका रोगि गरिब जस्ता देखिने मान्छे वा चुच्चो बास ले बन्या छत्रे ह्याट लाएर फार्म मा काम गर्दै गरेका किसान हरु मात्र हुन जस्तो लाग्ने मेरो सोचाइ....."

 

Nepal ko chora
· Snapshot
Like · Liked by · 0

  हाहाहा, निकै राम्रो लाग्यो। यहाको चलन नै यस्तै छ। हाम्रो तिर सामान्य लाग्ने कुरा, यहा त अरु नै अर्थ लाग्ने रहेछ। अरु पनि लेख्दै गर्नुस, पढ्ने जिम्मा हाम्रो भयो।
हिजो देखि त हास्य लहर चले जस्तो छ, साझामा। पहिला दीप जी, त्यस पछी दिपिका अनि फेरि अब तपाइ को रमाइलो कथा।

तपाइ लाइ पनि नवबर्ष २००८ को हर्दिक मंगलमय शुभकामना।

dipika02
· Snapshot
Like · Liked by · 0

pjna that's right ---"shut up u dirty mind" hoina ta

pjna my fren, hassayou ekdam, sacchi aafnai dinharu yaad aayo--mero pani thi burmese saathi bole pachhi stop nai nahuni feri usko accent aafule 5% matrai bujhne 

yo pani raamro laagyo,

pjna007
· Snapshot
Like · Liked by · 0

Deep

sachi badar lai aduwako swad thah hunna bhanne chai ko re chha? kasari laaechha patta?

अब भयो --के के सोध्न मन लाग्ने होला दीप लाई --जबाब दिन बांगे नै गुहार्न पर्ने जस्तो भयो।

Birkhemaila ji,  किमको बुढो अरे ?  कस्ले भन्यो ? त्यत्तिकै कुरा बढौन पाइन्च ? (just in jest)

 thanks for your comment.

 

nkchora --हाम्रो तिर सामान्य लाग्ने कुरा, यहा त अरु नै अर्थ लाग्ने रहेछ। ---

हो नि क्या फसाद   thank you so much and  happy newyear 2008 to you too.

 

दिपिका,  Thank you  friend  --तर कोहि कोहि त कति असल हुन्छन है।

Last edited: 31-Dec-07 03:16 PM
kancha01
· Snapshot
Like · Liked by · 0

Pjna Ji, lol.. kya ramro laagyo, aru pani padhna paaiyos

world_map
· Snapshot
Like · Liked by · 0
पीजेएनए जी, 
आकर्षक लेखाइ छ तपाइको। साझामा अचेल उदीयमान लेखिकाहरू दीपिका, सीएल, र तपाइ सब एक से एक हुनुहुन्छ।
तपाइ जस्ता राम्रा नयाँ तथा पुराना लेखक लेखिकाहरूको निरन्तर कथा वर्षाले गर्दा अचेल साझा अत्यन्त रमाइलो हुन थालेको
छ। अझै लेख्दै गर्नुस्, निरन्तरताको लागि शुभकामना!
Amazing
· Snapshot
Like · Liked by · 0
Malaai pani ramailo lagyo
crazy_love
· Snapshot
Like · Liked by · 0

ho bhanya kasto dirty mind hai morako. taukoma hanna parne.

Happy new year Pjna and all.

bhalubhutte
· Snapshot
Like · Liked by · 0
thanks for another great story
GwachAquarian
· Snapshot
Like · Liked by · 0
Yeah some of the stuffs are really weird here..Cultural Extremes,,
There was this hot looking blonde over in the company I used work a few years back and one time when we were over in a bar she told me about this incident that this guy (everyone there used to say that he was a gay) fondled her breasts telling her that she's got nice ones and that she did not mind it as she thought that he was a gay. For a minute I was like "WTF"..and I told her may be I should make her believe that I am gay too if she is going to let me do that same thing..And whatelse,,she would believe it i told that my roommate is a gay
wow.nepal
· Snapshot
Like · Liked by · 0

pjna007 ji, thanks for the great story! feels like a real story. Thanks again! and happy new year!

 

kalejo
· Snapshot
Like · Liked by · 0

pjna,  badarlai sodhnu parla jasto chha aduwako swad, k chha bichaar? raamro chha story.

Ani Crazy uniharu hurkekai testai environment ma chhan ta ke garun ho, timi pani khaali boxing ko kura nagarana yaar

nothing to say
· Snapshot
Like · Liked by · 0

let us know abt what happen after that day.

what abt yr chances of being a good fr or whatever u know how it goes......... or abt her BF.

anyway not bad at all.

nothing to say
· Snapshot
Like · Liked by · 0

let us know abt what happen after that day.

what abt yr chances of being a good fr or whatever u know how it goes......... or abt her BF.

anyway not bad at all.

pjna007
· Snapshot
Like · Liked by · 0

Kancha, ramro lagyou bhanya sunera khusi lagyou thank you :)

Worldmapji,  उदियमान लेखिका हरु संग कम्पेयर गरे को  भएन बा यस्तो-- मलाई तपाईंको कथा मा तपाइ ले भन्या जस्तो "लाजले जिनि जस्तै अन्तर्ध्यान भएर भागौ" जस्तो लाग्यो।
धन्यबाद कमेन्ट र शुभकामना को लागि। 

Amazing, Thank you! :)  khai uta rose ko katha saroj lyera interval gardine

CrLove,  साच्चै टाउकाइ मा हान्न पर्ने जस्तो थियो भन्या ल 

thank you friend and dhila bhae pani Happy New Year to you too.

Bhalubhutteji, Thanks for the comment.

Gwachaquarian,  I agree with you. few things are really wired here.

Wow. Nepal ji, Thanks for liking it and happy New year to you too.

Kalejo, Ramro lagyou ? Thank you sir!

Nothing to say, Nothing happened, or else I would definitely write here. Thanks for your comment.  :) 

 Thanks to all silent readers too.

miss_ me
· Snapshot
Like · Liked by · 0

 :)

pjnajee  ,

यो हजुरको नाम मा भाको  j लाई हटाएर i बनाइदिम है , कति गाह्रो नाम हो हजुरको त ?

मैले कसरी नदेख्या रहिछु त ?  :)

राम्रो लाग्यो पढेर।

pjna007
· Snapshot
Like · Liked by · 0

नभाको जि थपेर भएको J लाई हटाइ दिउ रे ?

 Hm-m-m-  हजुर लाई हुँदैन कसरी भनु ,  हुन्छ भनु भने मेरो नाम अपाङ्ग होला भन्ने डर---- धर्मसंकट भन्या यहि रैछ क्यारे - बरु त्यो थप्या जि हटाउदा कसो पर्ला?  

धन्यबाद मिस_मि जि

Last edited: 02-Jan-08 12:28 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2264 · Likes 3
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 63
· Posts 4 · Viewed 399
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 209
· Posts 6 · Viewed 818
· Posts 1 · Viewed 194
· Posts 1 · Viewed 371



Your Banner Here
Travel Partners
Travel House Nepal